STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गाँजाखेती नष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार

जिल्लाको भूमे गाउँपालिका–४ काँडामा स्थानीयवासीले लगाएको गाँजा प्रहरी र प्रशासनको टोलीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएका प्रहरी टोलीले भूमे–१ स्थित काँडामा करीब दुई रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको हो । लागुऔषधका कारण जिल्लाका आपराधिक गतिविधि भइरहेको बेला उक्त स्थानमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक ओमप्रकाश पौडेलले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना