STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७६ बैशाख २, सोमबार

    २०७५ सालमा १५५ जनाको दुर्घटनामा मृत्यु 

    जिल्लाका विभिन्न स्थानमा विसं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या, मृतक र घाइते बढेको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष २८९ दुर्घटनामा १३० को मृत्यु भएको थियो भने २२३ गम्भीर घाइते...

  • २०७६ बैशाख २, सोमबार

    प्रथम राष्ट्रिय परिचयपत्र वाहकको निधन

    नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गर्नुभएकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ । दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उहाँका आफन्त सूर्य अधिकारीले जानकारी दिनुभयो । उहाँको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ ।  नेपालमै पहिलो पटक गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय...

  • २०७६ बैशाख २, सोमबार

    सिन्दुरले रंगियो मध्यपुर थिमि

    बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् ।  विहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाईएको हो ।  थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी...

  • २०७६ बैशाख २, सोमबार

    बुद्धचित्त फल्न थालेसँगै सुरक्षाको चिन्ता

    काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका– ३ सरमथलीस्थित स्थानीय बासिन्दाले बारीमा लगाएको बुद्धचित्त माला फल्न थालेपछि सुरक्षाका लागि बनाएको टहरा । राम्रो जातको माला महँगोमा विक्री हुने भएपछि अरुले क्षति पु¥याउने डरले यसरी बारीमा नै सुरक्षाका लागि मान्छेले हेरचाह गर्ने गरेका छन् ।

  • २०७६ बैशाख २, सोमबार

    भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु

    माप्यदूधकोशी गाउँपालिका – ४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले आइतबार साँझ बन्दुकमा गोली भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लुु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो । उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे थप...

  • २०७६ बैशाख १, आइतबार

    लुक्लामा विमान दुर्घटना

    तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग आज बिहान ९।२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो ।  विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ । विस्तृत विवरण आउन...

  • २०७६ बैशाख १, आइतबार

    लुक्ला विमान दुर्घटना ः दुईको मृत्यु

    तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विमानका सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी ९असई० रामबहादुर खड्का रहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिनुभयो । लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको...

  • २०७६ बैशाख १, आइतबार

    नदीले बगाउँदा एक बेपत्ता एकको उद्धार

    नयाँ वर्षमा घुम्न आएका एक युवक आज बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । सँगै नदीले बगाएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार...

  • २०७६ बैशाख १, आइतबार

      लामो दूरीका  १११ चालक कारवाहीमा

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारी साधनमा दुई चालक नराख्ने १११ चालकलाई कारवाही गरेको छ ।  महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गरेका सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने...

  • २०७५ चैत्र २९, शुक्रबार

    टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ । बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नंंको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो ।...

  • २०७५ चैत्र २९, शुक्रबार

    आगलागीबाट १५ लाख क्षति

    झापाको झापा गाउँपालिका–४ का राजेश गणेशको किराना पसलमा बिहीबार राति आगलागी हुँदा करीब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । राति ११ः५० बजे गणेशको टिनको छानो भएको बाँस र काठले बनेको पसलमा अचानक आगलागी हुँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट पसलमा रहेको सम्पूर्ण किराना सामान, फर्निचरका सामान र नगद रु १० हजार जलेर नष्ट भएको छ । आगलागी प्रहरी र...

  • २०७५ चैत्र २९, शुक्रबार

    सुन र लागुऔषधसहित दुई युवक पक्राउ

    प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट आज बिहान अवैधरुपमा रहेको सुन र लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ स्थित पिप्रा टोलबाट ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–२ निवासी २५ वर्षीय मोहमद अकरामुल राइनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ स६प ६८०१ नंको मोटरसाइकलमा आउँदै गर्दा जाँच गर्ने क्रममा अवैध...

Pages