अपराध-दुर्घटना
-
२०७६ जेठ ५, आइतबार
सवारी दुर्घटना बढ्दो
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालकिा वडा नं ४ बुल्दीपुल नजकि गत फागुन १८ गते बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भयो । त्यसको तीन दनिपछ िव्यास नगरपालकिा वडा नं १२ घाँसीकुवामा सडकबाट जीप खस्दा दुईको मृत्यु हुनुका साथै ११ घाइते भए । फागुन २६ गते रसिङि गाउँपालकिा वडा नं ६ सार्कीचौतारास्थति भत्रिी कच्ची सडकखण्डमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु हुनाकासाथै सात घाइते भए । चैत...
-
२०७६ जेठ ५, आइतबार
बालक्लबमा सक्रिय सदस्यकै बालविवाह
कैलालीको टीकापुर– ८ स्थित लालीगुरास बालक्लबमा सक्रिय एक १४ वर्षीया किशोरीको विवाह भयो । क्लबकै सदस्यले बालविवाह गरेपछि क्लबमा खैलाबैला भयो । बालबालिका र किशोर किशोरीमा आइपर्ने समस्या समाधान र उनीहरुको विकासका लागि गठन भएको क्लबकै सदस्यले बालविवाह गरेपछि क्लबमा निकै तनाव भयो । क्लबका अध्यक्ष महेश साउदले भन्नुभयो, “हामीले उनलाई निकै सम्झायौँ तर उनले अब माइतीघर फर्कन नसक्ने बताइन्”, उहाँले भन्नुभयो...
-
२०७६ जेठ ५, आइतबार
आलेख ः बलात्कार र हिंसापछि पनि तड्पिनु पर्छ पीडितलाई
सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच्छाविरुद्ध नै सुमनले जबर्जस्ती गरे । घर गएर भने ‘बाँच्न दिन्न’ समेत भन्न भ्याए । त्यसपछि युवती घर फर्किन् र...
-
२०७६ जेठ ५, आइतबार
आगजनीको अभियोगमा पक्राउ
पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्ने रत्ननगरको गणेश चोकका कुलप्रसाद लामिछाने हुन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार घटनाका समयमा लिइएको भिडियोका आधारमा लामिछानेलाई पक्राउ गरिएको हो । भिडियोमा पहिचान...
-
२०७६ जेठ ५, आइतबार
जीप दुर्घटना ः तीनको मृत्यु तीन घाइते
बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११।३० बजेतिर दशरथ चन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका अन्दाजी ४५ वर्षका हीराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन् । मृत्यु हुनेमध्ये एकजनाको सनाखत...
-
२०७६ जेठ ३, शुक्रबार
दुई शव फेला
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा दुई जनाको मृतावस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो वडाका वडाध्यक्षले दिएको जानकारीअनुसार खानेपानी मर्मतका लागि गएको दुवै जनाको आज बिहान मृतावस्थामा शव फेला परेको बताउनुभयो । सो वडाका वडाध्यक्ष दूधराज तामाङका अनुसार गाउँमा उपभोग गर्दै आएका खानेपानीको धारामा...
-
२०७६ जेठ ३, शुक्रबार
सर्वसाधारणले ढाटमा आगो लगाए
पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सर्वसाधारणले आज आगो लगाएका छन् । आगो नियन्क्रणका त्रममा प्रहरी सहायक निरीक्षक गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिहान ११ बजेको समयमा ३०र४० जनाको समूहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएका हुन् । सो क्रममा आगो नियन्त्रणको प्रयास गर्दा त्यहीँ कार्यरत प्रहरी सहायक...
-
२०७६ जेठ ३, शुक्रबार
यार्सागुम्बा र नगदसहित तस्कर पक्राउ
हिमाली जिल्ला डोल्पाको ढाढाचौर यार्सापाटनबाट अवैध रुपमा छिरेका २० जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् । सुम्दो चेकपोष्टबाट खटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले ढाढाचौर यार्सापाटनबाट १६ पुरुष र चार महिलासहित २० जनाको समूहलाई पक्राउ गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिनुभयो । पक्राउ पर्ने सबै जुम्ला जिल्लाका भएको...
-
२०७६ जेठ ३, शुक्रबार
धादिङलाई केन्द्रविन्दु बनाएर भूकम्प
धादिङको नलाङ र कुम्पुर क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज अपराह्न ५ रिक्टर स्केलको परकम्प गएको छ । अपराह्न २ बजेर ८ मिनेट जाँदा उक्त परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त परकम्प ‘गोरखा भूकम्प’ कै परकम्प भएको बताइएको छ ।
-
२०७६ जेठ ३, शुक्रबार
भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त
पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ । इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका...
-
२०७६ जेठ ३, शुक्रबार
अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति पक्राउ
नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेक्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले गोङ्गबु...
-
२०७६ जेठ ३, शुक्रबार
हेलिकप्टरमै मृत शिशुको जन्म
रुकुम पूर्व की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल रिवाङचौर स्वास्थ्यचौकी चारगाउँमा सुत्केरी हुन नसकेपछि...


