STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ जेठ ५, आइतबार

    आलेख ः बलात्कार र हिंसापछि पनि तड्पिनु पर्छ पीडितलाई

    सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्‍याएर बलात्कार गरे ।    सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच्छाविरुद्ध नै सुमनले जबर्जस्ती गरे । घर गएर भने ‘बाँच्न दिन्न’ समेत भन्न भ्याए ।        त्यसपछि युवती घर फर्किन् र...

  • २०७६ जेठ ५, आइतबार

    आगजनीको अभियोगमा पक्राउ

    पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्ने रत्ननगरको गणेश चोकका कुलप्रसाद लामिछाने हुन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार घटनाका समयमा लिइएको भिडियोका आधारमा लामिछानेलाई पक्राउ गरिएको हो । भिडियोमा पहिचान...

  • २०७६ जेठ ५, आइतबार

    जीप दुर्घटना ः तीनको मृत्यु तीन घाइते

    बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११।३० बजेतिर दशरथ चन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन् ।  मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका अन्दाजी ४५ वर्षका हीराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन् । मृत्यु हुनेमध्ये एकजनाको सनाखत...

  • २०७६ जेठ ५, आइतबार

    करेन्ट लागेर युवकको मृत्यु

    महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।    शनिबार साँझ आफ्नै घर नजिकै रहेको खेतमा पानी तान्ने मोटरबाट पानी लगाउने क्रममा अचानक मोटरको तारबाट करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो...

  • २०७६ जेठ ५, आइतबार

    त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

    झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी...

  • २०७६ जेठ ३, शुक्रबार

    भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त

    पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ । इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका...

  • २०७६ जेठ ३, शुक्रबार

    अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति पक्राउ

    नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेक्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले गोङ्गबु...

  • २०७६ जेठ ३, शुक्रबार

    हेलिकप्टरमै मृत शिशुको जन्म

    रुकुम पूर्व की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल रिवाङचौर स्वास्थ्यचौकी चारगाउँमा सुत्केरी हुन नसकेपछि...

  • २०७६ जेठ ३, शुक्रबार

    सुन चोर्ने प्रधानाध्यापक पक्राउ

    अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद रु तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । लामो समयदेखि सोही स्कूलमा पढाउँदै...

  • २०७६ जेठ ३, शुक्रबार

    घरेलु मदिरामा चप्पल, पिसाब र प्याड

    लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमा नै अपराध बढ्न थालेपछि अभियान शुरु गरिएको घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले बताउनुभयो । “सात...

  • २०७६ जेठ ३, शुक्रबार

    लागुऔषधसहित तीन पक्राउ

    पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली मुसलमान, वर्ष १९ का कुर्सेद मियाँ र वर्ष ३१ का तेजबहादुर कुर्मी रहेका छन् । उनीहरुको साथबाट एक ग्राम खैरो ब्राउनसुगर र नौ ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय...

  • २०७६ जेठ ३, शुक्रबार

    कैदीको उपचारका क्रममा मृत्यु

    भरतपुरमा उपचारका क्रममा एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बारा डुमरवाना–७ की ३५ वर्षीया सरिता थिङको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको हो । थिङ जिउ मास्ने बेच्ने मुद्दामा १० वर्षदेखि काठमाडौँ जिल्ला कारागारमा कैद सजाय भोग्दै आएकी थिइन् । एघार वर्ष जेल सजाय पाएकी थिङले १० वर्ष दुई महीना कैद भुक्तान गरेको र बाँकी १० महीना मात्र...

Pages