अपराध-दुर्घटना
-
२०७६ जेठ ७, मंगलबार
फरार अभियुक्त चार वर्षपछि पक्राउ
हाडनाता करणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामी रहेका छन् । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । धामीलाई जिल्ला अदालत बैतडीले हाडनाता करणी मुद्दामा विसं २०७३ जेठ १८ गते एक वर्ष कैद सजाय...
-
२०७६ जेठ ६, सोमबार
ससको बोतलमा अखाद्य वस्तु भेटियो
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो । अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिनुभयो । तिरुपती फुड्स एण्ड वेभरेजले २०१८...
-
२०७६ जेठ ६, सोमबार
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई र ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका–२९ केराबारीमा ठक्कर दिएको थियो । ट्रकको...
-
२०७६ जेठ ६, सोमबार
प्रेम विवाहमा धोका खाएपछि न्याय खोज्दै गङ्गा
“दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भन्नुभयो । सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोका खाइएला भन्ने कहिले सोच्नु भएन । “हामीले एक अर्कालाई औधि माया गर्दथ्यौँ, सबथोक...
-
२०७६ जेठ ६, सोमबार
पौडी खेल्ने क्रममा एकको मृत्यु
काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए । पौडी खेल्दा डुबेपछि...
-
२०७६ जेठ ६, सोमबार
पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ
दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् । उक्त घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई...
-
२०७६ जेठ ६, सोमबार
महिला तथा बालबालिका हराउने क्रम बढ्दो
बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५ र ७ कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले यसको चित्रण गरेको छ । यहाँको माइती नेपालमा आफन्त...
-
२०७६ जेठ ६, सोमबार
तामाङ पक्राउ
महानगरीय अपराध महाशाखाले अपराधमा संलग्न रहेको आरोपमा विष्णु तामाङ ‘काले’ लाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आज विहान टोखामा तामाङलाई पक्राउ गर्न जाँदा उल्टै प्रहरीलाई गोली हान्न खोजेपछि गोली हानेर पक्राउ गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले तामाङलाई पक्रन गएको टोलीलाई उत्टै पेस्तोल देखाएर गोली हान्न खोजेपछि महाशाखाको टोलीले गोली हानेर पक्राउ गरेको जानकारी दिनुभयो...
-
२०७६ जेठ ६, सोमबार
चुनावी मतसर्वेक्षणको नतिजा गलत छ – शशी थरुर
भारतीय कङ्ग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गर्नु भएको छ । उहाँले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताउनुभयो । “चुनावी मतसर्वेक्षण सबै गलत रहेको मेरो बुझाई छ । गतसाता अस्ट्रेलियामा सम्पन्न ५६ विभिन्न मतसर्वेक्षण सबै गलत साबित भएका थिए । भारतमा पनि धेरै मानिसले सर्वेक्षकलाई सबै कुरा बताउँदैनन् ।...
-
२०७६ जेठ ५, आइतबार
त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते
झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी...
-
२०७६ जेठ ५, आइतबार
विप्लवका कार्यकर्ता पक्राउ
नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिलगढीमा आज पुर्याएको छ । पक्राउ परेका थापालाई सोधपुछ र बयानपछि आवश्यक...
-
२०७६ जेठ ५, आइतबार
सवारी दुर्घटना बढ्दो
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालकिा वडा नं ४ बुल्दीपुल नजकि गत फागुन १८ गते बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भयो । त्यसको तीन दनिपछ िव्यास नगरपालकिा वडा नं १२ घाँसीकुवामा सडकबाट जीप खस्दा दुईको मृत्यु हुनुका साथै ११ घाइते भए । फागुन २६ गते रसिङि गाउँपालकिा वडा नं ६ सार्कीचौतारास्थति भत्रिी कच्ची सडकखण्डमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु हुनाकासाथै सात घाइते भए । चैत...


