STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७६ बैशाख ५, बिहिबार

     मृतकको परिवारलाई बीमा रकम

    स्काभेटरले किचेर मृत्यु भएका जिल्लाको सिस्ने गाउँपालिका–७ सानचौरका चन्द्रबहादुर बुढाकी श्रीमती लिलाकुमारी बुढालाई बीमा रकम हस्तान्त्रण गरिएको छ । बुढालाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बीमाअन्तर्गतको रु पाँच लाख रकमको नेपाल बैंक लिमिटेडको चेक हस्तान्तरण गर्नुभएको हो ।  मृतकको परिवारलाई केही हदसम्म भए पनि राहत मिल्ने भन्दै जक्सन निर्माण सेवा एण्ड सप्लायर्स कम्पनीमार्फत् उक्त बीमा रकम...

  • २०७६ बैशाख ४, बुधबार

    हावाहुरी र चट्याङका कारण एकको मृत्यु

    गएराति रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुर जिल्लाको कटारी नगरपालिका–८ बबलामा एकजनाको मृत्यु भएको छ, भने विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको छ । रातको १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आएको भीषण हावाहुरी र चट्याङका कारण कटारी नगरपालिका–८ बबलमा ३५ वर्षीया कालीमाया आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । मगरको घरमा नै बसिरहेको अवस्थामा...

  • २०७६ बैशाख ४, बुधबार

    चिलीमा हवाई दुर्घटना, छ जना मारिए

    चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत छ जनाको मृत्यु भएको छ । चिली नागरिक उड्डयन प्राधिकरणले आइल्यान्डर बीएन–२बी–२७ सङ्केत रहेको उक्त बिमानमा अरु पनि यात्रु रहेको हुनसक्ने जनाएको छ । पुर्टोमोन्ट शहरका प्रमुख ह्यारी जुर्गेन्सेनले उक्त बिमान उड्नासाथ दुर्घटना भएको जानकारी दिनुभयो । बिमान दुर्घटना भएर एउटा घरमा खसेपछि...

  • २०७६ बैशाख ४, बुधबार

    वरिष्ठ पत्रकार श्रेष्ठको निधन 

    वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको उपचारका क्रममा आज ६० वर्षको उमेरमा निधन भएको छ । उहाँको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । श्रेष्ठको करीब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको वयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उहाँको स्वास्थ्य...

  • २०७६ बैशाख ४, बुधबार

    दुर्घटनामा महिलाको मृत्यु

    ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ । पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग१त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई उछिन्ने क्रममा अनियन्त्रित भएपछि दुर्घटना भएको बताइएको छ ।

  • २०७६ बैशाख ४, बुधबार

    बसबाट खसेर बालकको मृत्यु  

    सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । सिरहाबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख ५९६६ नंको यात्रुवाहक बसमा भण्टाबारीमा झर्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतक बालक सप्तरीको भारदहबाट पानी...

  • २०७६ बैशाख ४, बुधबार

    कारागार जलमग्न

    गएराति आएको हावाहुरीका साथै असिना पानीका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार जलमग्न बनेको छ । गएराति करीब डेढ घण्टासम्म चलेको हावाहुरी भीषण रुपमा परेको मुसलाधारे पानी र असिनाका कारण कारागार आज जलमग्न बनेको निमित्त जेलर प्रदीपकुमार साहले बताउनुभयो । करीब १६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा...

  • २०७६ बैशाख ३, मंगलबार

    रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते

    भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबर राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन् । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर...

  • २०७६ बैशाख ३, मंगलबार

    बस दुर्घटना एकको मृत्यु, १४ गम्भीर घाइते

    काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन...

  • २०७६ बैशाख ३, मंगलबार

    जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ

    पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।

  • २०७६ बैशाख ३, मंगलबार

    सामुदायिक वन डढेलोको उच्च जोखिममा

    झापाका सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षको पाँच महीनाको अवधिमा मात्र १० सामुदायिक वनमा आगलागी भएको छ । चालू आर्थिक वर्षको मङ्सिरदेखि चैत मसान्तसम्ममा १० सामुदायिक वनमा आगलागी हुँदा ५८।७५ हेक्टर वनक्षेत्र प्रभावित बनेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । आगलागीबाट प्रभावित...

  • २०७६ बैशाख ३, मंगलबार

    करेन्ट लागेर एकको मृत्यु

    भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर...

Pages