STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तामाङ पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ६, सोमबार

महानगरीय अपराध महाशाखाले अपराधमा संलग्न रहेको आरोपमा विष्णु तामाङ ‘काले’ लाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आज विहान टोखामा तामाङलाई पक्राउ गर्न जाँदा उल्टै प्रहरीलाई गोली हान्न खोजेपछि गोली हानेर पक्राउ गरेको हो । 
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले तामाङलाई पक्रन गएको टोलीलाई उत्टै पेस्तोल देखाएर गोली हान्न खोजेपछि महाशाखाको टोलीले गोली हानेर पक्राउ गरेको जानकारी दिनुभयो । “प्रहरीले आत्मारक्षाका लागि गोली चलाउँदा तामाङ घाइते भएका हुन्,”– उहाँले भन्नुभयो । 
दायाँ खुट्टामा गोली लागेर घाइते भएका तामाङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । सिन्धुपाल्चोक घर भएका तामाङले यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ६ वर्ष जेल सजाय भोगिसकेका थिए । 
Categorized in अपराध-दुर्घटना