STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७६ बैशाख ६, शुक्रबार

    सेनाद्वारा बम निष्क्रिय

    तनहुँको भिमाद नगरपालिका परिसरमा आज बिहान भेटिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ । अज्ञात समूहले कुकरमा प्लाष्टिक बेरेर राखेको बम खैरेनीटारबाट गएको नेपाली सेनाले निष्क्रिय गरेको हो । इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले सेनाको सहयोगमा बम निष्क्रिय गरिएको जानकारी दिनुभयो । रेग्मीका अनुसार बम राख्नेको पहिचान हुन सकेको छैन । नेत्रविक्रम चन्द समूहले आतङ्कि पार्न बम...

  • २०७६ बैशाख ६, शुक्रबार

    सुन धितो लिएर चर्को ब्याज असुल्ने पक्राउ

    गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लैजानुभयो ।  उहाँले वार्षिक १५ प्रतिशत ब्याज दिने शर्तमा ६० वर्षीय गुप्तासँग रु ४० हजार ऋण लैजानुभएको थियो । उहाँले यही वैशाख १ गते सावाँसहित तोकिएको सबै ब्याज पनि बुझाउनुभयो ।  सुन फिर्ता माग्दा गुप्ताले ‘१५ प्रतिशतले हुँदैन ४८ प्रतिशत ब्याज दिए मात्र म सुन दिन्छु...

  • २०७६ बैशाख ६, शुक्रबार

    दुर्घटनामा एकको मृत्यु

    धादिङबेसीबाट काठमाडौँतर्फ आउँदैै गरेको यात्रुबाहक बसले आज कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ ससाह चौतारामा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।   बा ४ ख ८६६७ न। को बसले नीलकण्ठ नगरपालिका–८ निवासी ५० वर्षीय ज्ञानबहादुर दाहालको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।              

  • २०७६ बैशाख ६, शुक्रबार

    पोल सार्न खोज्दा करेन्ट लागेर मृत्यु

    काठमाडौँ, तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युत्को पोल सार्ने क्रममा पोल ढलेर करेन्ट लाग्दा एकको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौँ बौद्ध बस्ने सर्लाहीका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा करेन्ट लागेर घाइते भएका अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको...

  • २०७६ बैशाख ६, शुक्रबार

    रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

    भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देऊपुर नपा–२ देउपुर घरभई हाल भक्तपुर व्यासी बस्ने २३...

  • २०७६ बैशाख ६, शुक्रबार

    बलात्कारको कसुरमा छ वर्ष सजाय

    बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई छ वर्ष कैद सजाय तोकेको हो । बुधबार भएको फैसलामा पीडित किशोरीलाई रु एक लाख क्षतिपूर्ति भराउन पनि आदेश दिइएको छ ।  कसुरदारले  तारकेश्वर नपा–८ काठमाडौँकी १४ वर्षीया  किशोरीलाई पीडक...

  • २०७६ बैशाख ६, शुक्रबार

    जङ्गली बँदेलको तस्करी

    जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार माडी क्षेत्रमा जङ्गली बँदेल समाएर अर्धचेत बनाई गाडीमा राखेर सौराहाका होटलमा पु¥याउने गरेको...

  • २०७६ बैशाख ५, बिहिबार

    छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते

    चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । भरतपुरमा बुधबार साँझ ७ बजे ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा४ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा४६प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका–५ बस्ने ३७ वर्षीय...

  • २०७६ बैशाख ५, बिहिबार

    शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

    बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो । उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताउनुभयो ।

  • २०७६ बैशाख ५, बिहिबार

    मेरुदण्ड भाँचिएर आठ वर्षदेखि ओछ्यानमै

    त्रिपुरासुन्दरी नगरपालिका–७ बस्ने ४९ वर्षीय हरिमान रोकाय जीवनमरण दोसाँधमा हुनुहुन्छ । उहाँ आठ वर्षदेखि ओछ्यानमै थला पर्नुभएको छ । शरीरलाई चलायमान राख्ने मेरुदण्ड ९ढाड०नै भाँचिएपछि उहाँ थला पर्नुभएको हो । विसं २०६८ वैशाख १ गते छतको छेउमा सुतिरहेको बेला त्यहाँबाट खसेर उहाँको मेरुदण्ड भाँचिएको थियो । स्थानीय अहेवले ७२ घण्टभित्रै उपचारका लागि जिल्ला बाहिरका ठूला अस्पतालमा लगिए उहाँको ज्यान बच्ने...

  • २०७६ बैशाख ५, बिहिबार

    उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञको भनाइ

    अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ । स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गर्नुभएका डा श्रीराम शर्माका अनुसार विसं २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनमा नेपालमा हरेक वर्ष चट्याङकै कारण ११० ले ज्यान गुमाउँदै आएका छन् । सावधानी...

  • २०७६ बैशाख ५, बिहिबार

    जीप दुर्घटनामा चालकको मृत्यु

    रम्भा गाउँपालिका–३ को ताहुँ देउरालीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गाउँपालिका–२ फोक्सिङकोट सुरुमडाँडा बस्ने ३० वर्षीय जिप चालक लालबहादुर सिंजालीको बुधबार साँझ उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते चालकका दाजु देवबहादुर सिंजालीको अहिले सोही मेडिकलमा उपचार भइरहेको छ । लु१ज...

Pages