STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७६ बैशाख १८, बुधबार

    माटोको ढिस्कोले पुरिएर मजदूरको मृत्यु

    आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदूर दिवस । देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि ¥यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा...

  • २०७६ बैशाख १८, बुधबार

    वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु

    चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु भएको थियो । घिमिरेका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र हात्तीको आक्रमणबाट छको मृत्यु भएको हो । तीमध्ये १०...

  • २०७६ बैशाख १८, बुधबार

    भरुवा बन्दुकसहित शव फेला

    शिवराज नगरपालिका–९ मा भरुवा बन्दुकसहित शव फेला परेको छ । सो वडाको शिवगढी नजिक बगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुक समेत रहेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक मधु सिंहले बताउनुभयो । स्थानीय सर्वसाधारणले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि शिवराज अस्पताल...

  • २०७६ बैशाख १८, बुधबार

    गाँजाखेती नष्ट

    जिल्लाको भूमे गाउँपालिका–४ काँडामा स्थानीयवासीले लगाएको गाँजा प्रहरी र प्रशासनको टोलीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएका प्रहरी टोलीले भूमे–१ स्थित काँडामा करीब दुई रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको हो । लागुऔषधका कारण जिल्लाका आपराधिक गतिविधि भइरहेको बेला उक्त स्थानमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक ओमप्रकाश...

  • २०७६ बैशाख १७, मंगलबार

    बलात्कारको आरोपमा पक्राउ

    चौध वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार किशोरीउपर आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरिएको हो ।   घरमा कोही नभएको मौका छोपी साहले घरमा प्रवेश गरी किशोरीलाई...

  • २०७६ बैशाख १७, मंगलबार

    गैँडाको आक्रमणबाट मृत्यु

    भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । महतोलाई गैँडाले सोमबार...

  • २०७६ बैशाख १७, मंगलबार

    लागुऔषधसहित दुई युवा पक्राउ

    प्रतिबन्धित लागुऔषधसहित आज बिहान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–१९ गाढास्थित आँपको बगैँचाबाट प्रतिबन्धित लागुऔषधसहित वडा नं ३ निवासी २६ वर्षीय श्रवणकुमार यादव र वडा नं ८ निवासी २९ वर्षीय अर्जुनकुमार महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैको साथबाट फेनारगन २०१ एम्पुल, डाइजेल्याप २३८ एम्बुल र नोर्फिन २२० एम्पुल बरामद गरिएको...

  • २०७६ बैशाख १७, मंगलबार

    कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ ।    ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यासको समेत...

  • २०७६ बैशाख १७, मंगलबार

    जिल्ला इञ्चार्जसहित १० पक्राउ

    नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक।,सचिव भरत थापा, महिला सङ्घ क्रान्तिकारीका...

  • २०७६ बैशाख १७, मंगलबार

    चार वर्षअघिको हत्या अनुसन्धान शुरु

    पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ । विसं २०७१  फागुन ७ गते  नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो ।  आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही  शङ्कास्पद व्यक्तिको नामसहित किटानी जाहेरी दिँदा  चासो नदिइएको आफन्तको आरोप छ । लामो समयसम्म छोराको हत्यारालाई पक्राउ नगरिएको भन्दै  पाण्डेकी आमाले न्यायका लागि मानवअधिकारवादी र पत्रकारलाई गुहार्दै...

  • २०७६ बैशाख १७, मंगलबार

    खैरो हेरोइनसहित पक्राउ

    नेपाल प्रहरीले नागढुङ्गाबाट खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागुऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई आज बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले सिटमुनी कालो झोलामा १३।८८ ग्राम खैरो हेरोइन लुकाएर...

  • २०७६ बैशाख १७, मंगलबार

     क्षयरोगबाट सात हजार मृत्यु

    नेपालमा क्षयरोगबाट वर्षेनी सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण वर्षेनी सो संख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिनुभयो । यसरी मृत्यु हुनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको र हालको तथ्याङ्क अनुसार ८० हजार क्षयरोगीले  उपचार गराइरहेका जानकारी दिँदै उहाँले यस्ता रोगीको सङ्ख्या...

Pages