STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ जेठ २७, सोमबार

    चितवनमा ९० किलो गाँजा बरामद

    चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो ।   विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा बरामद गरिएको  प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । गाँजा बोक्ने भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको निरीक्षक अचार्यले जानकारी...

  • २०७६ जेठ २७, सोमबार

    रङ्गशालाको बार भत्काउने मुख्य आरोपीसहित सबै छुटे

    पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो ।  प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, धु्रव चापागाईं, सुरेन्द्र विकेलाई आइतबार राति रिहा...

  • २०७६ जेठ २६, आइतबार

    हावाहुरीले विद्यालयको छाना उडायो, २ लाख ५० हजारको क्षति

    शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिनुभयो । टिनको छाना उडाउँदा भित्र रहेका २६ बोरा सिमेन्ट,...

  • २०७६ जेठ २६, आइतबार

    ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु, १४ घाइते

    बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ । उनको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो । गुलरिया–९ डिब्बा भन्ने गाउँमा भएको दुर्घटनामा १४ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनुभयो । घाइतेमध्ये गुलरिया–८ कै १५ वर्षीया नीलम...

  • २०७६ जेठ २६, आइतबार

    विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ

    कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता÷कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत...

  • २०७६ जेठ २६, आइतबार

    जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु,आठ बिमारी

    पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेका छन् । चितवनस्थित पुरानो मेडिकल कलेजमा...

  • २०७६ जेठ २६, आइतबार

    वन उपभोक्ता समूहका सम्पूर्ण काम रोक्न निर्देशन

    पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ ।   समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजुरीको आधारमा सुनवलस्थित मूलपानी सामुदायिक वन उपभोक्ता समूहलाई वन कार्यालयले अर्को आदेश नभएसम्मका लागि कुनै पनि काम कारवाही नगर्न...

  • २०७६ जेठ २६, आइतबार

    विद्युत्का संरचनामा रु ७५ लाखभन्दा बढीको क्षति

    हावाहुरीका कारण कञ्चनपुरमा रहेका विद्युत्का संरचनामा व्यापक क्षति पुगेको छ ।  हावाहुरीका कारण विद्युत्का संरचनामा रु ७५ लाखभन्दा बढी क्षति भएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ ।  हावाहुरीले विद्युत् प्रशारण लाइनका पोल ढालेको, टुटेको, तार चुडालेको र ट्रान्सफर्मर पोलसँगै खस्दा क्षति भएको केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले बताउनुभयो । उहाँका अनुसार हावाहुरीका कारण...

  • २०७६ जेठ २६, आइतबार

    बढ्दै दुर्घटना, पढ्दै चालक

    अघिल्लो हप्ता काठमाडौँको सुन्धारामा एउटा निजी कार र ट्याक्सी ठोक्कियो । क्षतिपूर्तिको विवाद महानगरीय ट्राफिक प्रहरी महाशाखासम्म आइपुग्यो । उक्त दुर्घटनामा परेको कारका चालकले मादक पदार्थ सेवन मापसे गरेका थिए । उनले दायाँ बायाँ नहेरी एकसुरमा हुइँक्याउँदा ट्याक्सी ठोक्किन आएको प्रहरीको विश्लेषण छ ।  दुर्घटनाको गुनासो सुन्ने शाखाका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले कार चालकको पहिलो गल्ती...

  • २०७६ जेठ २६, आइतबार

    बस र ट्याङ्कर जुध्दा १८ घाइते

    चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११।३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् । घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित...

  • २०७६ जेठ २५, शनिबार

    कर्णाली जलविद्युत् कम्पनीलाई लक्षित गरी बम विष्फोट

    माथिल्लो कर्णाली जलविद्युत् आयोजनास्थलमा जिएमआर कम्पनीको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विष्फोटन गराएको छ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ असाराघाटमा रहेको जिएमआर कम्पनीले सम्पर्क कार्यालय बनाएको स्थानीय दीपक बिसीको घरलाई लक्षित गरी आज बिहान प्रेसर कुकुर बम विष्फोट गराएको अछाम प्रहरीले जनाएको छ । बम विस्फोटबाट घरको पूर्वतिरको भित्ता चर्किएको छ भने टिनले बनेको शौचालय क्षतविक्षत पारी...

  • २०७६ जेठ २४, शुक्रबार

    सडक हिलाम्य हुँदा बिरामीलाई सास्ती

    जिल्ला सदरमुकाम मार्तडीको चक्रपथ समयमै नबन्दा जिल्ला अस्पताल जाने आउने बिरामीलाई समस्या हुने गरेको छ । बीच बजारमा निर्माणाधीन रहेको चक्रपथ समयमै निर्माण हुन नसक्दा समस्या भएको हो । वर्षात् शुरु भइसक्दा पनि ठेकेदारले काम नगरेको र सडकका खाल्डामा पानी जमेर हिलाम्मे भएका कारण बजारदेखि अस्पताल जाने आउने बिरामीलाई थप समस्या भएको छ । सदरमुकाम मार्तडीको बीच बजारमा रहेका तीन सडक अस्तव्यस्त अवस्थामा छन् ।...

Pages