STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७६ जेठ २, बिहिबार

    वनमा लागेको आगो अझै नियन्त्रणमा आएन

    जिल्लाका विभिन्न सामुदायिक तथा कबुलियती वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । करीब एक महीना पहिले यहाँका वनमा एकाएक आगलागी हुँदा यहाँका सयौँ हेक्टर वन सखाप भएको बताइएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा आगलागी हुँदा सामुदायिक तथा कबुलियती गरी करीब ७४५ हेक्टरभन्दा बढी वन सखाप भएको छ । डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले दिनुभएको जानकारीअनुसार यहाँका...

  • २०७६ जेठ २, बिहिबार

    बालिका बेपत्ता

    एक महीनादेखि बालिका बेपत्ता भएपछि परिवारले खोजी शुरु गरेको छ । यहाँस्थित देउमाई नगरपालिका–५ धुसेनीकी १५ वर्षीया बालिका सुजता फियाक गत वैशाख ६ गतेदेखि बेपत्ता भई फेला नपरेकीले परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको हो ।  उक्त दिन दिउँसो स्थानीय हाटबजार मङ्गलबारेमा साथीलाई भेट्न घरबाट हिँडेकी उनी नफर्केपछि दाजु ९काकाका छोरा० विक्रम फियाकले छरछिमेक तथा आफन्तमा गुहार्नाका साथै प्रहरीसँग समन्वय...

  • २०७६ जेठ २, बिहिबार

    गैर कानुनी काम गर्नेदेखि सावधान

    कसैले चलेको कम्पनीको नाम लिएर कुनै काम गरिदिन्छु भन्यो भने तपाईंमा तत्कालै विश्वास गर्ने बानी त छैन यदी यस्तो गर्नुभएको भए सावधान हुनुहोस् र कुनै कम्पनीको कर्मचारी बनेर सेवा उपलब्ध गराउँछु भन्ने मान्छे यकिन नगरी उसलाई काम नदिनुहोस् । त्यस्ता व्यक्ति सम्बन्धित कम्पनीको कर्मचारी हो या होइन पहिले प्रष्ट भएर मात्र काम लगाउनुहोस् । नत्र ठगिन सक्नुहुन्छ । यस्तै घटना हालै काठमाडौँमा भएको छ । इन्टरनेट...

  • २०७६ बैशाख ३०, सोमबार

    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।  गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । मोटरसाइकललाई कुनै ठूलो सवारी...

  • २०७६ बैशाख ३०, सोमबार

    एभिन्यूजको कार्यालय तोडफोड

    वीरगञ्जमा रहकोे एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ नेशनल टे«डिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ÷सात जनाको सङ्ख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् ।   मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । तोडफोड गर्नेमध्येका केही युवाको पहिचान भएको र उनीहरुको खोजी...

  • २०७६ बैशाख ३०, सोमबार

    असिना पानीसँगै परेको चट्याङले आठ घाइते

    हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् । घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी...

  • २०७६ बैशाख २९, आइतबार

    चट्याङमा मृत्यु

    नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ ।

  • २०७६ बैशाख २९, आइतबार

    चौध हजार ६६० लिटर घरेलु मदिरा नष्ट

    जिल्ला प्रहरी कार्यालयले सात महीनाको अवधिमा ठूलो परिणममा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि आजसम्म अबैधरूपमा बेच्न राखिएका १४ हजार ६६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको बताइएको छ ।कार्यालयले  अवैधरूपमा  मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उद्देश्यले चलाएको अभियानअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीको सक्रियातमा उक्त परिणामको मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी प्रमुख...

  • २०७६ बैशाख २७, शुक्रबार

    २७ रोपनी गाँजाखेती नष्ट

    जिल्ला प्रहरी कार्यालय बाजुराले ठूलो परिमाणमा गाँजाखेती नष्ट गरेको छ । प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटको निर्देशनमा वैशाख २० गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको २७ रोपनी गाँजाखेती नष्ट गरिएको हो ।   एक हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय मार्तडीबाट खटिएको टोलीले बडीमालिका नगरपालिका–१ पाटामा १४ रोपनी, प्रहरी चौकी डोगडीबाट खटिएको टोलीले खप्तड छेडेदह गाउँपालिका–४ डोगडीमा छ रोपनी, प्रहरी...

  • २०७६ बैशाख २७, शुक्रबार

    लागुऔषधसहित दुई युवक पक्राउ

    प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो ।   पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपाम ५३ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यस्तै अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरी टोलीले...

  • २०७६ बैशाख २७, शुक्रबार

    हिरासतभित्र युवक झुण्डिएपछि अवस्था तनावग्रस्त

    इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट ९कमिज० मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाइते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार...

  • २०७६ बैशाख २७, शुक्रबार

     होस्टेलबाट बालबालिकाको उद्धार

    काठमाडौँको गोल्फुटारस्थित न्यू कर्णाली होस्टेलबाट १९ बालबालिकाको उद्धार गरिएको छ । केन्द्रीय बाल कल्याण समिति, नेपाल प्रहरी महाराजगञ्ज र बालबालिका खोजतलास केन्द्रलगायतको संयुक्त पहलमा ती बालबालिकालाई उद्धार गरिएको हो ।   होस्टेल सञ्चालक जय विश्वकर्माले कालिकोट, हुम्ला, डोल्पा र बाँके जिल्लाबाट अभिभावकलाई विभिन्न प्रलोभनमा पारी बालबालिकालाई छात्रवृत्तिमा पढाउन तथा पालनपोषण गर्न भनी ल्याएर अलपत्र...

Pages