STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७६ बैशाख ३०, सोमबार

    एभिन्यूजको कार्यालय तोडफोड

    वीरगञ्जमा रहकोे एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ नेशनल टे«डिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ÷सात जनाको सङ्ख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् ।   मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । तोडफोड गर्नेमध्येका केही युवाको पहिचान भएको र उनीहरुको खोजी...

  • २०७६ बैशाख २९, आइतबार

    चट्याङमा मृत्यु

    नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ ।

  • २०७६ बैशाख २९, आइतबार

    चौध हजार ६६० लिटर घरेलु मदिरा नष्ट

    जिल्ला प्रहरी कार्यालयले सात महीनाको अवधिमा ठूलो परिणममा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि आजसम्म अबैधरूपमा बेच्न राखिएका १४ हजार ६६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको बताइएको छ ।कार्यालयले  अवैधरूपमा  मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उद्देश्यले चलाएको अभियानअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीको सक्रियातमा उक्त परिणामको मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी प्रमुख...

  • २०७६ बैशाख २७, शुक्रबार

    २७ रोपनी गाँजाखेती नष्ट

    जिल्ला प्रहरी कार्यालय बाजुराले ठूलो परिमाणमा गाँजाखेती नष्ट गरेको छ । प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटको निर्देशनमा वैशाख २० गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको २७ रोपनी गाँजाखेती नष्ट गरिएको हो ।   एक हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय मार्तडीबाट खटिएको टोलीले बडीमालिका नगरपालिका–१ पाटामा १४ रोपनी, प्रहरी चौकी डोगडीबाट खटिएको टोलीले खप्तड छेडेदह गाउँपालिका–४ डोगडीमा छ रोपनी, प्रहरी...

  • २०७६ बैशाख २७, शुक्रबार

    लागुऔषधसहित दुई युवक पक्राउ

    प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो ।   पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपाम ५३ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यस्तै अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरी टोलीले...

  • २०७६ बैशाख २७, शुक्रबार

     होस्टेलबाट बालबालिकाको उद्धार

    काठमाडौँको गोल्फुटारस्थित न्यू कर्णाली होस्टेलबाट १९ बालबालिकाको उद्धार गरिएको छ । केन्द्रीय बाल कल्याण समिति, नेपाल प्रहरी महाराजगञ्ज र बालबालिका खोजतलास केन्द्रलगायतको संयुक्त पहलमा ती बालबालिकालाई उद्धार गरिएको हो ।   होस्टेल सञ्चालक जय विश्वकर्माले कालिकोट, हुम्ला, डोल्पा र बाँके जिल्लाबाट अभिभावकलाई विभिन्न प्रलोभनमा पारी बालबालिकालाई छात्रवृत्तिमा पढाउन तथा पालनपोषण गर्न भनी ल्याएर अलपत्र...

  • २०७६ बैशाख २७, शुक्रबार

    आगो लगाएर शिशुको हत्या

    व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा खर मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनभयो । सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी  शीलालाई पक्राउ गरेको छ । ...

  • २०७६ बैशाख २७, शुक्रबार

    हिरासतभित्र युवक झुण्डिएपछि अवस्था तनावग्रस्त

    इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट ९कमिज० मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाइते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार...

  • २०७६ बैशाख २७, शुक्रबार

    स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मा¥यो । सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ ग¥यो । मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई समातेको थियो । पाठक पक्राउपछि अख्तियारले एक विज्ञप्ति...

  • २०७६ बैशाख २६, बिहिबार

    अभद्र व्यवहार गर्ने महिला पक्राउ

    बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो । वैशाख २४ गते करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई टपरीमा लुकाइछिपाइ ल्याएको दिसा मुखमा कोच्याएको सूचना प्रहरीमा प्राप्त भएपछि दङ्गालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

  • २०७६ बैशाख २६, बिहिबार

    मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

    रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ । बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो । पुरानागाउँको अङ्गेरीपानीबाट खुरबेँसी जाने क्रममा बा५१प ६३६५ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र बालकको उपचारका लागि ल्याउने क्रममा बाटोमै निधन भएको...

  • २०७६ बैशाख २६, बिहिबार

    मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

    रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो । घाइते भएकी तामाङको उपचारका क्रममा तामाकोशी सहकारी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले...

Pages