relans
ni new 83
nib 2082 5

अपराध-दुर्घटना

  • २०७६ आषाढ २, सोमबार

    बसबाट हामफाल्दा युवतीको मृत्यु, दुई मृत फेला

    चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको...

  • २०७६ आषाढ २, सोमबार

    विद्युत् चुहिएर पाँच पसलमा आगलागी

    टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १०।१५ बजे नियन्त्रणमा लिएको जानकारी दिनुभयो । “नेपाल...

  • २०७६ आषाढ २, सोमबार

    ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा गए राति ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रङ्गेली–डाइनिया सडकखण्डमा राति पौने १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ११७८ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को२त २३२० नंको ट्र्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका–४ अमरदह बस्ने ४५ वर्षीय दिलीपकुमार विकको...

  • २०७६ आषाढ २, सोमबार

    च्याउ खाएर बिरामी परेकाको स्वास्थ्योपचार सेवा सरकारले बेहोर्ने

    पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत  जेठ २४ गते  निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि घर फर्केका छन् ।   स्थानीयवासी ८० वर्षीय प्रेमसिं ठकुरी र  दानकुमारीसिं ठकुरीलाई उपचारपछि घर फिर्ता गराइएको सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिनुभयो ।  काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहृका...

  • २०७६ आषाढ १, आइतबार

    लागुऔषधसहित तीन पक्राउ

    प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका– ७ निवासी ३४ वर्षीय रबि भुजेललाई पक्राउ गरेको हो । भारतीय बजारतर्फबाट...

  • २०७६ आषाढ १, आइतबार

    ट्र्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु

    डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ । समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आलिताल गोदामबजारबाट कुर्जेनीगाउँ बालुवा लोड से२त २८५० नंको ट्र्याक्टर दुर्घटना हँुदा आलिताल गाउँपालिका–८ का पदम राना सामान्य घाइते छन् भने चालक धनजीत धामी फरार रहेको...

  • २०७६ आषाढ १, आइतबार

    भिरबाट लडेर किशोरीको मृत्यु

    शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्याय रहेकी छन् । गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको उनका दाजु दिल्ली पाध्यायले जानकारी दिनुभयो । उनी वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा...

  • २०७६ आषाढ १, आइतबार

    आगलागीबाट लाखौँको क्षति

    दाङको घोराही–१ चित्रटारीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गए राति १ बजेको समयमा वासुदेव घर्तीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जली नष्ट भएको र आगलागीबाट रु १४ लाख ४४ हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै दाङको बबई गाउँपालिका–३ हंसपुरस्थित सावित्रा नेपालीको फुसले छाएको गोठमा अचानक आगलागी हँुदा गोठ पूर्णरूपमा जली नष्ट भएको र उक्त गोठमा...

  • २०७६ आषाढ १, आइतबार

    स्काभेटरमा आगजनी

    सोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे भन्ने ठाउँमा अज्ञात समूहले  स्काभेटरमा आगजनी गरेको छ ।सोलु खोलामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रोपावर लिमिटेडले प्रयोग गरेको कोबेलको स्काभेटरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।  घटना गएरातिको भए पनि बिहान ७ बजे मात्र थाहा भएको थियो । घटना भएको १५ मिटर नजिक प्रेसरकुकर बम रहेकाले...

  • २०७६ आषाढ १, आइतबार

    नदीजन्य पदार्थ उत्खननमा रोक

    झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएकोे छ । नगरपालिकाले सूचना सार्वजनिक सूचना प्रकाशित गरेर असार १ गतेदखि भदौ ३० गतेसम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण रुपमा रोक लगाएको हो । यदि सो सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा रु १० हजारदेखि रु ३० हजारसम्म जरिवाना तथा जफत गरिएका सामग्रीसहित सवारी साधानसमेत नियन्त्रणमा लिइने नगरपालिकाले जनाएको छ ।...

  • २०७६ आषाढ १, आइतबार

    पाकेट मार्ने ८२ पक्राउ

    नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो ।  परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा चल्ने बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको पकेट तथा झोलामा...

  • २०७६ जेठ ३१, शुक्रबार

    ‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित तीन पक्राउ

    भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–७ स्थित ट्राफिकचोकस्थित चेकिङ प्वाइन्टमा छुटाइदिन्छु भन्दै बार्गेनिङ गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी...

Pages