STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नदीजन्य पदार्थ उत्खननमा रोक

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १, आइतबार

झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएकोे छ । नगरपालिकाले सूचना सार्वजनिक सूचना प्रकाशित गरेर असार १ गतेदखि भदौ ३० गतेसम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण रुपमा रोक लगाएको हो । यदि सो सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा रु १० हजारदेखि रु ३० हजारसम्म जरिवाना तथा जफत गरिएका सामग्रीसहित सवारी साधानसमेत नियन्त्रणमा लिइने नगरपालिकाले जनाएको छ । पहिलोपटक उत्खनन गरेको पाइएमा रु १० हजार, दोस्रापटक पाइएमा रु २० हजार र तेस्रोपटक पाइएमा रु ३० हजार जरिवाना गरिने नगरका प्रेस संयोजक सागर गौतमले बताउनुभयो । उहाँका अनुसार निषेधित गरिएको सो कार्य गरिरहेको सूचना उपलब्ध गराउने व्यक्ति वा सङ्घसंस्थालाई नगरपालिकाले उचित पुरस्कारको व्यवस्थासमेत गरिएको छ । यस नगरपालिका भित्र विरिङ, टाङटिङलगायतका नदी छन् ।
Categorized in अपराध-दुर्घटना