STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

यार्सागुम्बा सङ्कलकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो ।
डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक बस्नेत हिमालय मावि तल्लुमा कक्षा ९ मा पढ्दै थिए । योसंँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । 
Categorized in अपराध-दुर्घटना