STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हात्तीले घर र मन्दिर भत्काए 

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

महोत्तरी जिल्लको सुकुम्वासी बस्तीमा जङ्गली हात्तीको समूहले आधा दर्जन घर भत्काएका छन् । बर्दिबास नगरपालिका–८ स्थित सुकुम्वासी बस्तीमा जङ्गलबाट सात÷आठ वटाको सङ्ख्यामा आएको हात्तीले स्थानीयवासी विक्रम महतो, शान्ति महतो, भरत महतो, पदम भुजेल, सञ्जीव कापर र राधे विकको घर भत्काएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।
ती हात्तीहरुले सोही बस्तीमा रहेको शिव मन्दिरको पर्खालसमेत भत्काइदिएको प्रहरीले जनाएको छ । बस्तीमा अचानक जङ्गलबाट हात्ती आएर घरहरु भत्काउन थालेपछि सो बस्तीमा भागाभाग भएको छ भने स्थानीयवासी निकै भयभित भएका छन् । ती हात्तीहरुले कुनै मानवीय क्षति नपु¥याएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । 
Categorized in अपराध-दुर्घटना