STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बस र ट्याङ्कर जुध्दा १८ घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार

चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११।३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् । घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले दुबै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in अपराध-दुर्घटना