STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गैँडाको आक्रमणबाट मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार

भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । महतोलाई गैँडाले सोमबार राति ९ बजे आक्रमण गरेको थियो ।
Categorized in अपराध-दुर्घटना