STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लागुऔषधसहित दुई पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १९, बिहिबार

प्रहरीले लागुऔषधसहित दुईलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ३७ वर्षीय सञ्जय महर्जन र बिहार मुजफ्फरपुरको सदातपुर बस्ने २६ वर्षीय राजकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले रातोमाटोमा शङ्कास्पद रूपमा पार्किङ गरी राखेको बिआर २९७५६५ नंको भारतीय सुमोलाई जाँच गर्दा उक्त सुमोको पछाडिको नम्बरप्लेट राख्ने भागमा फल्स बटम बनाई लुकाइछिपाइ राखेकोे अवस्थामा चार पोकामा ३१ किलो लागुऔषध गाँजा फेला परेको थियो । सुमोमा रहेका भारतीय नागरिक राजकुमार यादवसहति गाँजा र सुमोलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयम मकवानपुरबाट खटिएको विशेष टोलीले हेटौँडा–१ स्थित सुमो काउन्टरमा शङ्कास्पद रूपमा हिँडिरहेको सञ्जय महर्जनलाई खानतलासी गर्दा लागुऔषध डाइजेपाम ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुल फेला परेको थियो । बरामद भएका लागुऔषधसहित उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना