STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लागुऔषधसहित दुई युवा पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार

प्रतिबन्धित लागुऔषधसहित आज बिहान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–१९ गाढास्थित आँपको बगैँचाबाट प्रतिबन्धित लागुऔषधसहित वडा नं ३ निवासी २६ वर्षीय श्रवणकुमार यादव र वडा नं ८ निवासी २९ वर्षीय अर्जुनकुमार महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैको साथबाट फेनारगन २०१ एम्पुल, डाइजेल्याप २३८ एम्बुल र नोर्फिन २२० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरलेले बताउनुभयो । भारतीय बजारबाट स ७ प ९३९१ नम्बरको मोटरसाइकलमा सवार दुवैलाई रोकेर जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार महतोले बोकेको ५ लिटरको ग्यालेनमा लागुऔषध फेला परेकाले दुवैलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना