STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७५ चैत्र १२, मंगलबार

    चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ घाइते

    चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा...

  • २०७५ चैत्र १२, मंगलबार

    बालिका एघार दिनदेखि बेपत्ता

    उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिनुभयो । साँझ...

  • २०७५ चैत्र १२, मंगलबार

    स्टकमा धर्ना बस्न खोज्ने पक्राउ

    पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समूहका प्रतिनिधिले भोक हडतालको ब्यानरसहित स्टकको प्रवेशद्वारमा धर्ना शुरु गर्न लाग्दा हटाउँदै राष्ट्रिय समाचार समिति ९रासस०को प्रवेशद्वार बाहिरबाट प्रहरीले करीब १० जनालाई नियन्त्रणमा लिएको हो ।...

  • २०७५ चैत्र १२, मंगलबार

    चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

    नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको । नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेको ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय...

  • २०७५ चैत्र १२, मंगलबार

    बलात्कार गरेको आरोपमा पक्राउ

    न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षिय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ । अभियुक्त तामाङले युवतीलाई आइतबार बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । आरोपितलाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी अदालतबाट थुनामा राख्ने म्याद...

  • २०७५ चैत्र ११, सोमबार

    आगलागीमा चार घर जलेर नष्ट

    सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक वटा घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट...

  • २०७५ चैत्र ११, सोमबार

    न्यायिक समितिमा मुद्दाको चाप

    बिहान १० देखि ११ बजेसम्म गाउँपालिकामा पुगिसक्दा त्यहाँ विभिन्न काम लिएर स्थानीयवासी पुगिसकेका हुन्छन् । अन्य कामका अलावा विभिन्न किसिमका विवाद र झगडाको बारेमा अहिले न्यायिक समितिले धमाधम काम अघि बढाएपछि गाउँपालिकामा भीड लाग्न थालेको हो । जिल्लाको तातोपानी गाउँपालिकामा दैनिकजसो विभिन्न प्रकारका मुद्दा लिएर आउने सेवाग्राही बढ्दो छन् । गाउँपालिकाका उपाध्यक्ष गङ्गादेवी उपाध्याय विभिन्न...

  • २०७५ चैत्र ११, सोमबार

    जलेर नाबालिकाको मृत्यु

    दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका–१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको जलेर मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक शाहले हिमालका अन्दाजी ४ वर्षीय छोरा अमितले उनकी बहिनी सङ्गीता सुतिरहेको कपडामा खेल्ने क्रममा आइतबार बेलुका ७।३० बजे सलाइ कोर्दा आगलागी भएको र जलेर...

  • २०७५ चैत्र ११, सोमबार

    दुर्घटनमा प्रहरी जवानको मृत्यु

    मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । कैलालीबाट दाङतर्फ जाँदै गरेको रा ३ प २५४६ नं को मोटरसाइकल आज बिहान पूर्व–पश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिकास्थित शम्शेरगञ्ज नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका...

  • २०७५ चैत्र १०, आइतबार

    सामुहिक बलात्कारमा संलग्न पक्राउ

    काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ कोदारीटोलकी एक किशोरीको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा अर्का एक युवा पक्राउ परेका छन् । पीडित परिवारको किटानी जोहरीका आधारमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ भीमटारका २२ वर्षीय सुनिल दनुवारलाई खोजतलासका क्रममा मण्डनदेउपुरबाट शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका...

  • २०७५ चैत्र १०, आइतबार

    कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण

    जिल्ला कारागार पर्वतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो । पर्वत जिल्ला कारागारमा रहेका ९७ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सजिला महर्जनले जानकारी दिनुभयो । कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीको एचआइभी परीक्षण गर्नुका साथै सबैको क्षयरोग र...

  • २०७५ चैत्र १०, आइतबार

    दुई किशोरीद्वारा आत्महत्या

    महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका छन् । साङ्ग्रिलाले आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा र कञ्चनले घरभन्दा २०० मिटर पर रहेको...

Pages