STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७५ फाल्गुण २४, शुक्रबार

    वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष गुरुङको घरमा शंकास्पद बस्तु विस्फोट

    बसुन्धारास्थिन वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहले आगजनी गरेको छ । आज साँझ भएको आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बमको जस्तो आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे पुष्टि नभएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो । घटनाको नेपाली सेनाको विज्ञटोलीले...

  • २०७५ फाल्गुण २३, बिहिबार

    निर्मला पन्त हत्याकाण्ड : एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर

    कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालतमा मुद्दा दायर भएको छ । निर्मला पन्तकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा बुधबार जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो । बर्खास्तीमा...

  • २०७५ फाल्गुण २३, बिहिबार

    काठमाडौंको मखनमा भीषण आगलागी

    काठमाडौं महानगरपालिका २४ वडा मखन टोल महादेव मन्दिरसंगै बिहिबार दिउँसो करिब १२ः३० बजे भीषण आगलागी भएको छ । अकस्मात् आगलागी भएको खबर पाउनासाथ बसन्तपुर जुद्धसडक अवस्थित चार वटा दमकल घटनास्थल पुगी आगो नियन्त्रण लिने काम भएको थियो । त्यस्तै, ललितपुर र भक्तपुरबाट पनि दमकल आएको वारुणयन्त्र शालाले जानकारी दिएको छ । आगलागी कसरी भयो र कस्को घरमा भएको भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

  • २०७५ फाल्गुण २३, बिहिबार

    स्काभेटरमा आगजनी

    त्रिवेणी गाउँपालिका रोल्पाको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गरिएको उक्त आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका २ जप्कामा रहेको उक्त स्काभेटरमा आगजनी भएको हो । स्काभेटर आगजनी भएसँगै गाउँपालिकाको करोडौँ मूल्य बराबरको भौतिक सामग्री क्षति हुन पुगेको छ । यसअघि गत बुधबार राति सोही गाउँपालिकाको सवारी साधनमा अज्ञात समूहले...

  • २०७५ फाल्गुण २३, बिहिबार

    चितुवाको आक्रमणबाट प्रहरी घाइते

    चितुवाको आक्रमणबाट कैलालीमा एक प्रहरी घाइते भएका छन् । आज बिहान कैलालीको टीकापुर–१ ब्लक नं ९ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजीक चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल घाइते हुनुभएको हो । घाइते जवानको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । घाइते धिताल खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धिताललाई चितुवाले घाँटीको अघि र पछि, हात र ढाडमा गरी चार ठाउँमा...

  • २०७५ फाल्गुण २३, बिहिबार

    मख्खनगल्लीको आगलागीमा एक घाइते

    काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ । मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । दिउँसो १२ः४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उहाँले जानकारी दिनुभयो । आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको...

  • २०७५ फाल्गुण २२, बुधबार

    छतबाट खसेर पुजारीको मृत्यु

    बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरसँगै रहेको गाउँपालिका कार्यालयको माथिल्लो तलामा पुजारी...

  • २०७५ फाल्गुण २२, बुधबार

    हतियारसहित चार पक्राउ

    पाँच थान हतियारसहित चार जना पक्राउमा परेका छन् । रुपा गाउँपालिका–७ तालबेशी र तिलखोरियाबाट ५५ वर्षीय नारायणबहादुर गुरुङ, ४८ वर्षीय दिलबहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगरलाई पाँच थान हतियारसहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । उनीहरुको साथबाट भरुवा बन्दुक तीन, बोर राइफल लेन्ससहित एक र बोर राइफल (सर्ट गन) एक गरी पाँच थान हतियार बरामद...

  • २०७५ फाल्गुण २१, मंगलबार

    आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते

    तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हँुदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिनुभयो । आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार...

  • २०७५ फाल्गुण २१, मंगलबार

    बाहिनी भगतपुर ब्यारेकभित्रै जवानद्वारा आत्महत्या

    कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताउनुभयो । “आत्महत्या गर्न प्रयोग गरिएको...

  • २०७५ फाल्गुण २०, सोमबार

    कौशल्टारमा भीषण आगलागी, रु छ करोडको क्षति

    मध्यपुरथिमि नगरपालिका  कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी...

  • २०७५ फाल्गुण २०, सोमबार

    एक सय २० महिला हिंसाका घटना

    महिला पुनःस्थापना केन्द्र (ओरेक)ले गत माघ महीनामा १२० महिलामाथि हिंसा भएको घटना सार्वजनिक गरेको छ । ओरेकको कार्यालयमा अभिलेखीकरण भएका र सञ्चारमाध्यममा प्रकाशित तथ्याङ्कका आधारमा सो विवरण सार्वजनिक गरेको हो । महिला हिंसाका घटनामध्ये ३५ शारीरिक हिंसा, २८ बलात्कार, १७ मानसिक हिंसा, ११ स्रोत सुविधाबाट वञ्चितीकरण, नौ हत्या, छ यौन दुव्र्यवहार, छ हत्या र बलात्कारको प्रयास तथा अन्य आठ विभिन्न हिंसा...

Pages