STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आगलागीबाट १५ लाख क्षति

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

झापाको झापा गाउँपालिका–४ का राजेश गणेशको किराना पसलमा बिहीबार राति आगलागी हुँदा करीब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । राति ११ः५० बजे गणेशको टिनको छानो भएको बाँस र काठले बनेको पसलमा अचानक आगलागी हुँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट पसलमा रहेको सम्पूर्ण किराना सामान, फर्निचरका सामान र नगद रु १० हजार जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना