STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सेनाद्वारा बम निष्क्रिय

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

तनहुँको भिमाद नगरपालिका परिसरमा आज बिहान भेटिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ । अज्ञात समूहले कुकरमा प्लाष्टिक बेरेर राखेको बम खैरेनीटारबाट गएको नेपाली सेनाले निष्क्रिय गरेको हो ।
इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले सेनाको सहयोगमा बम निष्क्रिय गरिएको जानकारी दिनुभयो । रेग्मीका अनुसार बम राख्नेको पहिचान हुन सकेको छैन । नेत्रविक्रम चन्द समूहले आतङ्कि पार्न बम राखेको अनुमान गरिएको छ । 
यसअघि बिहीबार पनि तनहुँका चार ठाउँमा शङ्कास्पद वस्तु फेला परेको थियो । ती सबै वस्तुलाई नेपाली सेनाको सहयोगमा निष्क्रिय गरिएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना