STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देऊपुर नपा–२ देउपुर घरभई हाल भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ, भनपा–६ इताछे बस्ने १८ वर्षीय मनीष कासुला, भनपा–२ इताछे बस्ने १८ वर्षीय रिमेश शाही घाइते भएका छन् । त्यस्तै रथबाट खसेर भक्तपुर नगरपालिका–५ चोछेका ३० वर्षीय पुण्यराम सितिखु घाइते भएका छन् । रथलाई सुकुलढोका पु¥याएपछि सामान्य ढुङ्गा हानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । उहाँले केही ढुङ्गा हानाहान, केही रथबाट खसेर र केही रथको डोरी तान्ने क्रममा घाइते भएको जानकारी दिनुभयो । हिजो साँझ ५ बजेबाट गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले रथ तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पु¥याएर एउटा घरमा रथ ठोक्किएपछि ढुङ्गा हानाहान भएको हो । स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तान्न शुरु भएको थियो । रथलाई टौमढी, गःहिटी हुँदै वंशगोपालसम्म पु¥याइएको थियो । बिहान ४ बजे वंशगोपाल मै रथलाई छाडेर रथबाट देवतालाई झिकेर भैरव मन्दिर लगिएपछि जात्रा सम्पन्न भएको थियो । रथ तान्ने क्रममा घाइते भएकाको भक्तपुर अस्पतालमा उपचार भएको प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना