STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हत्या आरोपमा लोग्नेसहित तीन पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १६, सोमबार

कपिलवस्तुको वाणगङ्गा नगरपालिका– ८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारुसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । प्रक्राउ परेका तीनजना उपर घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकमारी दिनुभयोे ।
Categorized in अपराध-दुर्घटना