STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मोटरसाइकल दुर्घटनामा मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा मङ्गलबार मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १२३६ नंको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को५प ५०३३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुर गाईघाट नगरपालिका–१३ पुरानो बजारका २० वर्षीय सङ्गम राई घाइते भएका थिए । गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते राईलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । ट्रक र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना