STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कारागार जलमग्न

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार

गएराति आएको हावाहुरीका साथै असिना पानीका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार जलमग्न बनेको छ । गएराति करीब डेढ घण्टासम्म चलेको हावाहुरी भीषण रुपमा परेको मुसलाधारे पानी र असिनाका कारण कारागार आज जलमग्न बनेको निमित्त जेलर प्रदीपकुमार साहले बताउनुभयो । करीब १६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार जलमग्न बन्ने गरेको निमित्त जेलर साहले बताउनुभयो । वर्षाको पानीले कारागारको बाहिर मूलद्वारभित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पनि पानी भरेको छ । त्यसैगरी कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानीभित्र प्रवेश गरेर पूरै कारागार अस्तव्यस्त भएको चौकीदार ९मूल कैदी० श्रीनारायण महतोले बताउनुभयो । चार सय ६३ जना कैदीबन्दी रहेको जलेश्वर कारागारमा वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, घुमफिर गर्नेलगायतका विभिन्न समस्या भएको चौकीदार महतोले बताउनुभयो । त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेकसमेत असिना पानीले प्रभावित बनेको जनाइएको छ । पटक÷पटक पानी परेको बेला बाहिरी शहरको पानी समेत नाला भएर कारागारमा प्रवेश गर्दा हुने गरेको समस्याबारे जलेश्वर नगरपालिकालाई पटक÷पटक लिखित पत्राचार गर्दा पनि कुनै सुनुवाइ नगरेकाले झन बढी समस्या हुने गरेको निमित्त जेलर साहले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना