STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कुखुरा फार्ममा आगलागी

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २८, बिहिबार

सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित पञ्चुकाली कुखुरा फार्ममा गए राति आगलगी हुँदा करीब रु सात लाख बराबरको क्षति भएको छ । राति करीब १० बजेतिर भएको आगलागीबाट फार्म तथा फार्ममा रहेका कुखुरा, चल्ला र अन्य सामान जलेर नष्ट भएको फार्मका सञ्चालक डेनोक मोक्तानले जानकारी दिनुभयो । आगलागी कसरी भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना