STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

को–पाइलट सन्तोषको  ‘सिर्जना र सम्झना’  सार्वजनिक 

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

हवाई दुर्घटनामा निधन हुनुभएका को पाइलट सन्तोष रानाले रचना गरेको गीतको एल्बम ‘सिर्जना र सम्झना’  सार्वजनिक गरिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णुप्रसाद पौडेलले बिहीबार उक्त गीतिएल्वम सार्वजनिक गर्दै रानाले आफ्नो जीवनको छोटो अवधिमा समाज र राष्ट्रलाई पु¥याएको योगदान भुल्न नसकिने बताउनुभयो ।
सन्तोषका बुवा तथा नेकपाका नेता दलबहादुर रानाले सानो छँदा नै छोराले लेखेका रचनालाई सङ्कलन गरेर गीति एल्बमका रुपमा सबैका हातमा पु¥याउन पाउँदा खुशी लागेको बताउनुभयो । उक्त एल्बममा सन्तोषले  ‘तिमी हाँसेको देख्दा’, ‘धिपधिप बत्तीसँगै’ र ‘तिम्रो उचाइ आकाश’ लगायत तीन गीत रचना गर्नुभएको छ । 
छ गीत रहेको उक्त एल्बमका अन्य तीन  गीतमा  भावेश भुमरीका रचना छन् । उक्त एल्बमका छ गीतमा  थुप्देन भुटिया, महेश सेवा,  स्वरुपराज आचार्य, कृष्णभक्त राई, कर्मग्याल्छेन बम्जन, बालिका प्रधान र निखिता थापाले स्वर दिनु भएको छ ।  एल्बममा रहेका तीन  गीतको भिडियो समेत बनाइएको छ । विसं २०७३ मा को–पाइलट सन्तोषको हवाई दुर्घटनामा निधन भएको हो । 
Categorized in अपराध-दुर्घटना