STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुन र लागुऔषधसहित दुई युवक पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट आज बिहान अवैधरुपमा रहेको सुन र लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ स्थित पिप्रा टोलबाट ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–२ निवासी २५ वर्षीय मोहमद अकरामुल राइनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ स६प ६८०१ नंको मोटरसाइकलमा आउँदै गर्दा जाँच गर्ने क्रममा अवैध सुनसहित राइनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । यसैगरी प्रहरीले लहान नगरपालिका–३ स्थित ठाडी चोकबाट लागुऔषधसहित उदयपुरको गढी गाउँपालिका–७ निवासी २६ वर्षीय भरत तामाङलाई पक्राउ गरेको छ । पक्राउ परेका तामाङको साथबाट लागुऔषध फेनारगन ५० एम्पुल, नुफिन ५२ एम्पुल, डाइजिल्याब ६० एम्पुल र नाइट्रोजन ७५ चक्की बरामद भएको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना