STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

 बालिका करणी गर्ने पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

बालिका करणी गरेको अभियोगमा कैलालीको भजनी नगरपालिका–८ का २५ वर्षीय भुखाली डगौरालाई प्रहरीले पक्राउ गरेको छ । 
ललाइफकाइ गरी सोही ठाउँकै लालबहादुर डगौराको घरको कोठामा राखेर बुधबार १३ वर्षीया  बालिकालार्ई करणी गरेको जाहेरी परेपछि  निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउभयो । 
यसैबीच नेत्रविक्रमचन्द ‘विप्लव’ समूहका कैलाली बर्दगोरिया गाउँपालिकाका नेता डम्बर बम र उदयराम थापालाई पक्राउ गरी उनीहरुमाथि मुद्दा चलाइएको छ । पक्राउ परेकाको साथबाट विभिन्न दस्तावेजसहित रु एक लाख ३५ हजार ९९० समेत बरामद गरिएको प्रहरीले आज जनाएको छ ।
Categorized in अपराध-दुर्घटना