STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सम्बन्धविच्छेदका घटना बढ्दै

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १९, मंगलबार

 नयाँ मुलुकी संहिता जारी भएसँगै कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ९१९ मुद्दा र चालू आवको आठ महीनामा दर्ता भएका गरी एक हजार ३२६ मुद्दा छिन्न बाँकी भएको अदालतका नायब सुब्बा हरि पन्थीले जानकारी दिनुभयो । 
चालु आवको आठ महीनामा जिल्ला अदालतमा एक हजार ३८२ मुद्दा दर्ता भएका उहाँले बताउनुभयो । अहिलेसम्म जिम्मेवारी सरेका र यो आवमा दर्ता भएका दुई हजार ३०१ मा ९७५ मुद्दाको मात्र छिनोफानो भएको छ । अदालतले यस वर्ष ९२० मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकामा अहिलेसम्म लक्ष्यको केही प्रतिशत बढी मुद्दा फछ्र्योट गरेको छ । 
दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी अंश विभाजन मुद्दा दर्ता भएका छन । यस्तै जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम बढी नै रहेका छन् ।  अदालतमा सम्बन्धविच्छेदका मुद्दा ८७८ छन । यी मुद्दामध्ये अहिलेसम्म ३३६ मुद्दाको फैसाला भएको छ भने ५७६ मुद्दा फैसालाको प्रक्रियामा छन् ।
यसैबीच यसै वर्षको भदौबाट मुलुकी देवानी संहिता कार्यान्वयनमा आएपछि पुरुषसमेत सम्बन्धविच्छेदका लागि अदालत धाउन थालेका छन् । गत भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिने पुरुषको सङ्ख्या बढिरहेको हो । अदालतमा यस वर्षको चालू आवको हालसम्म गरी १५ पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेका छन् । 
नयाँ संहिताअनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्धविच्छेदका मुद्दा ७८ रहेका छन् । पुरुषबाट १५ मुद्दा दर्ता भएका हुन् भने बाँकी महिलाबाट नै सम्बन्धविच्छेदका घटना दर्ता भएका हुन । तीमध्ये अहिलेसम्म ४२ मुद्दाको फैसाला भइसकेको छ ।  
पुरानो मुलकी ऐनलाई विस्थापित गर्दै आएको नयाँ कानूनले पुरुषलाई महिलासरह सम्बन्धविच्छेदको अधिकार दिएको नासु पन्थीले बताउनुभयो । भन्नुभयो, “संहिताले महिला र पुरुषलाई बराबरी अधिकार दिएपछि भने सम्बन्धविच्छेद गर्ने पुरुषका समेत निवेदन आइरहेका छन् । केही घटनामा ‘मेरो जीवन मेरो अधिकार’ भन्दै स्वतन्त्र भएर बाँच्न चाहने पुरुष तथा श्रीमान्ले खान लाउन नदिने, हेरचाह नगर्ने, पारिवारिक बहिष्कारका कारण महिलाले पनि सम्बन्धविच्छेद गर्ने गरेको उहाँको भनाइ थियो ।
Categorized in अपराध-दुर्घटना