STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्यकार गुभाजुको अन्त्येष्टि

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं भाषासेवी अष्टमुनि गुभाजुको आज काठमाडौँको टेकू दोभानमा अन्त्यष्टि गरिएको छ ।
मुटु तथा मिर्गौलामा समस्या देखिएपछि ललितपुरको महालक्ष्मी स्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा उहाँको सोमबार दिउँसो निधन भएको थियो ।
उहाँका एक श्रीमती र दुई छोरा छन् । नेपाल भाषा परिषद्का पूर्वसदस्यसचिव समेत रहनुभएका गुभाजुको नेपाल भाषासेवी, नेवाः अगुवा गुभाजुको ‘जातः’ ९जन्मकुण्डली० आशा सफू कुथिमा संरक्षण गरिने भएको छ । त्यसका लागि आशा सफू कुथिमा हस्तान्तरण गरियो ।
दिवङ्गत गुभाजुको अन्तिम संस्कार टेकु दोभानमा नेपाल भाषा क्षेत्रका थुपै्र व्यक्तित्वसहित विभिन्न सङ्घसंस्थाको सहभागिता थियो ।
बौद्धविद्वान राजेन्द्रमान बज्राचार्यका अनुसार गुभाजुका ‘व्यक्ति कृतिः पण्डित बद्रीरत्न’, ‘हारती माता’, ‘धकिँदुने धकिँपिने’ ९पर्दाभित्र पर्दा बाहिर० जस्ता दर्जनौँ पुस्तकसहित कथा, साहित्य, धार्मिक पुस्तक प्रकाशित छन् ।
बज्राचार्यले गुभाजुको निधनबाट नेपाल भाषा तथा साहित्य क्षेत्रमा ठूलो क्षति भएको बताउनुभयो ।
         
Categorized in अपराध-दुर्घटना