STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपहरणको आरोपमा चार जना पक्राउ 

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

महानगरीय प्रहरी वृत्त थिमिले अपहृत एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाडौँ महानगरपालिका–६ बौद्ध, चाबहिलका २९ वर्षीय रमेश लामा, कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठ र झापा बुधबारे–३ घर भई हाल कामपा–१५ डल्लु बस्ने ३३ वर्षीय विकास थापा रहेको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो । उनीहरुलाई चाँगुनारायण नगरपालिका–९ ताथली हलाल गाउँमा डेरा गरी बस्ने झापा दमक नगरपालिका–९ दुधेका २५ वर्षीय सन्तोष तुम्बापुलाई अपहरण गरेको आरोप लागेको छ । 
 
तुम्बापुलाई बा९च १८०१ नं को कारमा जबर्जस्ती राखेर लगिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका–९ ब्रह्मायणीबाट नियन्त्रणमा लिई तुम्बापुको उद्धार गरिएको शर्माले जानकारी दिनुभयो । अपहरणमा प्रयोग भएको गाडीसहित पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान थालिएको उहाँले बताउनुभयो । 
Categorized in अपराध-दुर्घटना