STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

थाङ्का कलाको हब’ बनाउन प्रतिष्ठानले थाल्यो अध्ययन

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ८, शुक्रबार

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले रामेछापको सुनापाती गाउँपालिलाई थाङ्का कलाको ‘हब’ बनाउन अध्ययन सुरु गरेको छ ।

 

Categorized in

पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु

Janjati Khabar | २०८० भाद्र ८, शुक्रबार

 

Categorized in

ललितपुरमा यल पञ्जरां (पञ्चदान) मनाइयो

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ८, शुक्रबार

काठमाडौं - पञ्चदान पर्व गुँला महिना अर्थात् श्रावण शुक्ल अष्टमीको दिन पाटनमा मनाइएको छ। पर्व 'यल' अर्थात् पाटनमा मनाइने पर्व भएकाले नै यो पर्वको नाम 'यल पञ्चदान' भएको हो।

यल पञ्चदान पर्वमा बौद्ध धर्मावलम्वीहरूले दिपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ। यही महिनामा गुँला पर्व पनि मनाउने गरिन्छ। 

आजको दिन पाटनमा मनाए बाहेक भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौंलगायत भक्तपुर, थिमी, बनेपा, पनौती, र कीर्तिपुर आदि ठाउँहरूमा यो पर्व मनाइन्छ। यस पर्वले बौद्ध दर्शनमा अत्यन्त पवित्र मानिएको दानको महत्त्व दर्शाएको सांस्कृतिक विद् बताउँछन्। 

सामान्य अर्थमा पञ्चदानको अर्थ पाँच वस्तुको दान हुने भए पनि त्यसो नभई नेपाल भाषामा पञ्जरा भनिने पञ्च दानको अर्थ 'पुण्य दान' हुने गर्छ। र, नेपाल भाषा अनुसार पञ्जराको अर्थ खीर हुने भएकाले आजको दिन नेवार समुदायले खीर पकाई बुद्धलाई चढाउने चलनसमेत रहेको छ।

बौद्ध मार्गी नेवार समुदायले आज आफ्नो रहेका विभिन्न विहार, बही, चोक सहित घरमा पनि दान शाला बनाउने र त्यहाँ बाट अन्न, फलफूल, गेडागुडी र दक्षिणा आदि दान दिने गर्छन्। दैनिक जीवनका लागि आवश्यक पर्ने चामलको दाना, धान, नुन, पैसा लगायत विभिन्न वस्तुहरू दान गरिन्छ।

बुद्ध धर्मका अनुयायी मध्ये बज्राचार्य, बुद्धाचार्य, शाक्य हरू अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी हुन्छन्।  किम्बदन्ती अनुसार नेपाल सम्वत ५१२ देखि मनाउन थालिएको पर्व हो 'पञ्चदान पर्व'। 

Categorized in

प्रधानमन्त्रीद्वारा भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको निरीक्षण

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ७, बिहिबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन् ।

बिहिबार दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात् देखिने बाहिरी र भित्री कक्षहरूको थ्रिडी एनिमेसनको अवलोकन पनि गरेका हुन् । उक्त अवसरमा उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद समेत दिएका थिए ।

Categorized in

डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला

Janjati Khabar | २०८० भाद्र ६, बुधबार

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ ।
डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।
यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ । समितिले भगवान् शिवको विशेष महिनाका रूपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी श्रावणी मेला सुरु गर्ने गरिनछ । आजकै दिन डोलेश्वरको विशेष पूजाअर्चना गरी मेलाको समापन गरिँदै आएको महासचिव बस्नेतले बताउनुभयो ।

Categorized in

कामपाले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ५, मंगलबार

काठमाडौं - काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलो पटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिए । उनले यो औषधि जैविक भएको र यो औषधिले लामखुट्टे तथा त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानि नगर्ने बताए । औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन, “यो औषधि जैविक हो, यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानि गर्दैन, यो विषादी होइन, औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ, यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ, यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ, यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ, औषधिले डेङ्गुसहित, फिलारिया, औलो ९मलेरिया०, चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।”

डेङ्ग रोगका बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट चौबिसै घण्टा सञ्चालन गरिएको तथा अस्पताल जानु परे १०२ नंमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको र स्वास्थ्य केन्द्रहरुमा डेङ्गु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको प्रमुख शाहले जानकारी गराएका छन ।

Categorized in

कल्चर एक्सप्लोर नेपालको ललितपुर शाखा उद्घाटनमा खुशी कार्कीलाई सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८० भाद्र ४, सोमबार

नेपालको कहिलेसम्म कै सर्वाधिक धनराशी एक करोड रुपिंया पुरस्कार रहेको मेरो डान्स युनिभर्स रियालिटि शो मा विजेता बन्न सफल खुशी कार्कीलाई कल्चर एक्सप्लोर नेपाल डान्स स्टुडियोको ललितपुर को उदघाटन समारोहमा बधाई ज्ञापन एवं सम्मान गरिएको छ । अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर प्रमूख अतिथी रहनु भएको   सो समारोहमा  मेरो डान्स युनिभर्स का पहिलो विजेता थाइलाएण्डकी खुशी कार्कीलाई प्रमूख अतिथी तुलाधर लगायत नेवाः चलचित्रकर्मि दिपक कपाली , डान्स स्टुडियो का विपिन राज जोशीले सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए । सो समारोहमा थाइ नेपाली संघका अध्यक्ष वासना राइ , पूर्व अध्यक्ष कुमार कार्की लगायत विशेष अतिथीका रुपमा रहेको सो समारोहमा उक्त डान्स स्टुडियो को प्रमूख अतिथी तुलाधर र विशेष अतिथी वासना राईले रिबन काटेर संयुक्त रुपमा उदघाटन गरेका थिए ।

सो समारोहमा थाइ नेपाली संघ समक्ष कल्चर एक्सप्लोर नेपाल डान्स स्टुडियोको तर्फबाट एउटा अनुरोध पत्र पनि प्रदान गरिएको थियो ।  सो अनुरोध पत्र दुबै देशका नेपालीहरु बीच सांस्कृतिक आदानप्रदानका विषयमा  केन्र्दित रहेको कुरा डान्स स्टुडियो का विपिन राज जोशीले बताए । 

त्यसैगरी मन्तव्य राख्ने क्रममा प्रमूख अतिथि तुलाधरले विभिन्न कारणले संसारका विभिन्न देशहरूमा पुगेका नेपालीहरु बीच एकापसमा सांस्कृतिक आदानप्रदान हुनु पर्ने कुरामा जोड दिएका थिए ।

सोमबार उदघाटन भएको सो डान्स स्टुडियो नेपालको कला र संस्कृतिलाई विश्वभर फैलाउने योजनामा रहेको कुरा सो स्टुडियो संग सम्बद्ध चलचित्रकर्मी दीपक कपालीले बताए ।

Categorized in

प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड

Janjati Khabar | २०८० भाद्र ४, सोमबार

काठमाडौँ, प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट पर्ने दुष्प्रभाव न्यूनीकरणका लागि त्यस्ता सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा प्लाष्टिजन्य फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले प्लाष्टिकजन्य सामग्रीको प्रयोग गर्ने बानी व्यवहारमा सुधार गर्नुपर्ने जोड दिनुभयो ।
उहाँहरुले प्लाष्टिकका सामग्रीको पुनः प्रयोग तथा पुनः प्रशोधनका लागि ‘प्लाष्टिक विनिमय बैंक’ सञ्चालन गर्नुपर्ने, प्लाष्टिकको कम प्रयोग गर्ने, पर्यटकीयस्थलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिइएको थियो । प्लाष्टिकबाट बनेका सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा स्थानीय तहमार्फत जनचेतना फैलाउनुपर्ने, सहरी क्षेत्रमा प्लाष्टिकका सामग्रीको विकल्पमा अन्य वस्तुको प्रयोग गर्नुपर्ने उहाँहरुको सुझाव थियो ।

समितिका सभापति प्रकाश पन्तले प्लाष्टिकबाट बनेका सामग्रीले मानव समुदाय तथा वातावरणमा पारेका प्रभाव न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रका सरोकारवालालाई नीतिको मस्यौदा तयार गरेर ल्याउन आग्रह गर्नुभयो ।
सोह्रौँ पञ्चवर्षीय योजनामा प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट सिर्जित दुष्प्रभाव र प्रयोगमा कमी ल्याउने नीति समेट्नुपर्नेमा जोड दिँदै उहाँले नीति तर्जुमाका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण मन्त्रालय र निजी क्षेत्रसँग छलफल गर्न सकिने बताउनुभयो ।
समिति सदस्य बिमला घिमिरेले स्थानीय तहलाई जिम्मेवार बनाएर प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो । प्लाष्टिकका सामग्रीको पुनः प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । अर्का सदस्य भुवनबहादुर सुनारले प्लाष्टिकजन्य सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा बेलैमा सोच्नुपर्ने बताउनुभयो । प्लाष्टिकको अन्दाधुन्ध प्रयोगबाट निम्तिएको दुष्प्रभाव न्यूनीकरण गनै सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
सदस्य कमला पन्थले प्लाष्टिकजन्य सामग्रीको प्रयोग अनिवार्य जस्तै भए पनि यसको प्रयोग घटाउने, पुनः प्रयोग र प्रशोधन गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा नेपालमा प्लाष्टिक व्यवस्थापनसम्बन्धी नीति विषयको प्रस्तुति गर्दै पूर्वसचिव डा विश्वनाथ ओलीले प्लाष्टिकको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने र प्रशोधनलाई बढवा दिँदै चक्रीय अर्थतन्त्र प्रवद्र्धन गर्ने नीति बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले प्लाष्टिकको प्रयोग घटाउने, पुनःप्रयोगलाई बढवा दिने, प्रशोधन गर्ने, प्लाष्टिकजन्य फोहरको सुरक्षित विसर्जन गर्ने, यसको प्रयोग र प्रभावसम्बन्धी जनचेतना, प्रचारप्रसार र क्षमता विकासका काम गर्नुपर्ने बताउनुभयो ।
नेपालमा सन् १९५० देखि प्लाष्टिकको प्रयोग बढ्दै गएको पाइन्छ । प्लाष्टिकको झोला मात्र नभइ इलेक्ट्रोनिक्स÷इलेक्ट्रिकल सामग्री, भाँडाकुँडा, बोतल, पाइप, ड्रम, खेलौना, फर्निचरलगायत क्षेत्रमा यसको व्यापक प्रयोग हुँदै आएको छ । पूर्वसचिव ओलीले सन् १९५० मा विश्वभर २० लाख टन प्लाष्टिक उत्पादन भएकामा सन् २०१८ सम्म ४१ करोड टन प्लाष्टिक उत्पादन भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।
मावन जीवनको अभिन्न अङ्ग बनिसकेको प्लाष्टिकको बजार सन् २०२१ मा छ सय खर्ब अमेरिकी डलर रहेको उहाँको भनाइ छ । नेपालमा प्रतिदिन करिब चार हजार नौ सय टन फोहर उत्पादन हुने गरेकामा प्लाष्टिकको हिस्सा १३ प्रतिशत रहेको छ । नेपालमा प्रतिवर्ष झण्डै एक लाख ६५ हजार टन प्लाष्टिकका सामग्री उत्पादन हुने गरेका छन् । बैठकमा सन् २०२१ मा नेपालमा करिब ६३ करोड अमेरिकी डलर बराबरको प्लाष्टिकजन्य वस्तुको आयात तथा ८६ लाख अमेरिकी डलर बराबरको निर्यात हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

Categorized in

काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने

Janjati Khabar | २०८० भाद्र ४, सोमबार

काठमाडौँ, काठमाडौँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ ।
सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको कामनपाले जनाएको छ ।
सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सम्बन्ध सेतु बनाउनु श्रम बैंकको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ ।     महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको छ ।
योजना सञ्चालनसँगै बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरको विश्वास छ । यसबाट श्रम संस्कृतिको विकास हुनाका साथै वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्धत गर्ने महानगरले जनाएको छ ।
महानगरपालिका क्षेत्रभरी चालु आवको लागि श्रम गर्न इच्छुक व्यक्तिहरुले तोकिएको फाराममा आवश्यक विवरण भरी आफू बसेको वडा कार्यालय वा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा आवेदन पेस गर्न कामपाले आग्रह गरेको छ ।
चालु आवमा पटके वा दैनिक ज्बयालादारीमा काममा लगाउँदा स्वीकृत दर रेटका आधारमा पारिश्रमिक पाउने महानगरले जनाएको छ । रोजगारीका क्रममा कामपावासीले विशेष प्राथमिकता पाउनेछन् । महानगरका लागि आवश्यक श्रमशक्ति दैनिक ज्यालादारी वा पटकेमा लिँदा यसै सूचीकरण बमोजिम मात्र लिइने महानगरपालिकाले जनाएको छ । – रासस


Categorized in

दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन सुरु

Janjati Khabar | २०८० भाद्र ४, सोमबार

काठमाडौँ, महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो ।

    महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गत साउन २६ गते सूचना जारी गरी जथाभावी रुपमा सञ्चालित काउन्टर हटाउने निर्णय गरिएको जनाउँदै दर्ता नभएका काउण्टर भदौ १ देखि हटाउन सुरु गरिएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कोटेश्वरमा ४१, गौशालामा २७, चावहिलमा २१ र गोँगबु क्षेत्रमा ११ काउण्टर हटाइएको छ ।

    कलङ्की र बल्खु क्षेत्रमा पनि दर्ता नभएका काउन्टर हटाउन सुरु गरिएको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । महानगर प्रहरीले चावहिलमा अनाधिकृत रुपमा निर्माण गरिएका १० काउण्टर डोजर लगाएर भत्काएको जनाएको छ ।

    उपत्यकाबाट बाहिर सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनका लागि तोकिएको मापदण्डअनुरुप व्यावसायिक ठेगानासहित सम्बन्धित वडा कार्यालयमा बुकिङ कार्यालय अनिवार्य दर्ता गर्न महानगरले सम्बद्ध सबैलाई आग्रह गरेको छ । टिकट बुकिङ कार्यालय सडक चोकको एक सय मिटर वरपर खोल्न नपाउने, बुकिङ कार्यालयअन्तर्गत मुख्य कार्यालय गोँगबुस्थित नयाँ बसपार्कभित्र अनिवार्यरुपमा हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगञ्ज र बाफलसम्म कुनै पनि कार्यालय खोल्न नपाउने महानगरपालिकाले जनाएको छ ।

    यस्तै, बुकिङ कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको बोर्ड राख्नुपर्ने, टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता पार्किङ, शौचालय, पानी, बत्ती बस्ने लगायत व्यवस्था हुनुपर्ने, कार्यालयका कोठा कम्तीमा १० देखि १५ फिटको हुनुपर्ने, कर्मचारीले पोसाक र परिचयपत्र अनिवार्यरुपमा लगाउनुपर्नेलगायत व्यवस्था गरेको छ ।

    यसअघि महानगरले काठमाडौंँभित्र जथाभावी रुपमा टिकट बुकिङ कार्यालय खोल्ने तथा सडकमा यात्रुलाई चढाउने सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार अहिले अधिकांश सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुँदै आएका छन् । रासस

Categorized in

Pages