STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १९, शुक्रबार

काठमाडौं - मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ ।

नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो ।

सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले बताए ।

उनका अनुसार वडा नं ३ को गट्ठाघरचोकदेखि वडा नं २ को सानोथिमि चोकसम्मको सडक अपाङ्गमैत्री भएको छ ।

थिमिस्थित मध्यपुर अस्पताल हुँदै सूर्यविनायक नगरपालिकाको गाम्चा जाने सडकको फुटपाथ निर्माणसँगै अपाङ्ग मैत्री बनाउने कार्य भइरहेको छ ।

यसैगरी छिट्टै अरनिको राजमार्गको चारदोबाटो चोकबाट बालकोट जाने सडकको हनुमन्ते पुलसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाइने र थिमि चारदोबाटोदेखि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल हुँदै सिद्धिकाली चोकसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाउने पहल भइरहेको प्रवक्ता आचार्यले जानकारी दिए ।

नगरपालिकाले सडकको मापदण्डअनुसार सिमाङ्कन गर्ने र सडक विभागले फुटपाथ निर्माण गरी सडकलाई अपाङ्गमैत्री बनाउने कार्य भइरहेको नगरप्रमुख श्रेष्ठले बताए ।

“हाललाई स्थायी संरचना नछुने अस्थायी संरचनालाई नछाड्ने नीतिअनुरुप सडकको मापदण्डबमोजिम सिमाङ्कन नगरपालिकाले गर्ने र ती सडकमा फुटपाथ निर्माण गरी पैदलयात्रीलाई मात्र होइन अपाङ्गता भएकालाई समेत आवतजावत गर्न सहज हुनेगरी सडक निर्माण भइरहेको छ”, उनले भने ।

सडकमा अपाङ्गमैत्री पैदलमार्ग निर्माणसँगै सडकको सौन्दर्यसमेत वृद्धि भएको स्थानीयवासीको भनाइ थियो । यसबाट दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको छ ।

सानोथिमिबाट गठ्ठाघरतर्फ आउँदै गरेकी रिता श्रेष्ठले पैदलमार्गको निर्माणले निर्धक्कसँग हिँड्न पाइएको बताइन् ।

“बालबालिकालाई विद्यालय पुर्याउन र विद्यालयबाट फर्किंदा सधैँ यही बाटोबाट पैदल हिँड्नुपर्छ । पैदलमार्ग नहुँदा सडकबाट हिँड्नु पर्दथ्यो।

Categorized in

काठमाडौँ–भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी

Janjati Khabar | २०८० श्रावण १७, बुधबार


अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच पिचमाथि गरिएको पिच गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो ।

    अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । उक्त सडकको थिमि चारदोबाटो–शङ्खधरचोक खण्ड, थिमि–कौशलटार खण्डलगायत अधिकांश स्थानमा खाल्डाखुल्डी पर्नुका साथै कालोपत्र उप्किएर दुर्घटनाको जोखिम बढेको छ ।

    काठमाडौँ–सूर्यविनायक, भक्तपुर–धुलिखेल–सिन्धुली–बर्दिवास खण्डअन्तर्गत कतिपय स्थानमा कालोपत्र उप्किएर खाल्डाखुल्डी भएको सडक सुधार आयोजनाका प्रमुख राजेन्द्रलाल दासले बताउनुभयो । जमिनमुनिको सतहबाट पानी आएकाले कालोपत्र भत्किएर खाल्डाखुल्डी पर्न थालेको भन्दै उहाँले यसको कारण पत्ता लगाउन सरोकारवाला निकायसँग समन्वय गरी समस्या पहिचानको प्रयास भइरहेको जानकारी दिनुभयो ।

    “जमिनमुनी सतहबाट पानी आएकाले कालोपत्र भत्किएर सडकमा खाल्डा पर्न थालेको देखिन्छ । यसको कारण पत्ता लगाउन सकेका छैनौँ । अन्य सरोकारवाला निकायका साथै नगरपालिकासँग समन्वय गरिरहेका छौँ”, दासले भन्नुभयो, “समस्याको पहिचान भएपछि स्थायी समाधान हुन्छ । अहिले विकल्पको रुपमा अस्थायी समाधान प्रयास गछौँ ।” ढल फुटेर पानी आएको हुनसक्ने भएकाले कारण पत्ता लागेपछि स्थायी समाधान गरिने बताउदै उहाँले अहिले पानीलाई अन्यत्र पठाएर खाल्डो पुर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

    मध्यपुर थिमि नगरपालिकाले अरनिको राजमार्गअन्तर्गत थिमि–चारदोबाटो–शङ्खधरचोक खण्डमा पर्ने राष्ट्रिय क्षयरोग केन्द्र अगाडिको सडक मर्मतको पहल थालेको छ । सडकमा भएका खाल्डाखुल्डीका कारण दुर्घटना बढेको जनगुनासो बढेपछि नगरपालिकाले सडक सुधार आयोजना र राष्ट्रिय क्षयरोग केन्द्रसँग समन्वय गरी समस्या समाधानको पहल गरिएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

    केन्द्र अगाडिको मुख्य सडकमा परेको खाल्डो पटक–पटक पुरेपनि खाल्डोपर्ने र पुनःभत्किने क्रम नरोकिएपछि मङ्गलबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले स्थलगत अनुगमन गर्नुभएको थियो । आयोजनाका प्रमुख, आयोजना एवं नगरपालिकाका प्राविधिक, केन्द्रका अधिकारीसहितको टोलीले अनुगमन गरेको बताउँदै उहाँले समस्या समाधानका लागि सडक किनारमा रहेको खानेपानीको पाइप चुहावटको जाँच गरिएको जानकारी दिनुभयो ।

    सडक पुनःनिर्माण आयोजनाको क्षेत्राधिकारभित्र पर्ने भए पनि खाल्डाखुल्डीले दुर्घटना बढेको जनगुनासो आएपछि समाधानका लागि नगरले अग्रसरता लिएको नगरप्रमुख श्रेष्ठको भनाइ थियो । रासस

Categorized in

काठमाडौंको इतुम्बहालमा ऐतिहासिक सम्पदा संग्रहालय

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण १३, शनिबार

काठमाडौंको इतुम्बहाललाई राजधानीका बौद्ध विहारहरुमध्येको सबैभन्दा ठुलो र पुरानो महाविहार मानिन्छ । प्राचीन इतिहास बोकेको इतुम्बाहाः आफैमा सिंगो सङग्रहालय हो ।  मूर्तअमूर्त सम्पदाले भरिपूर्ण भएको कारण इतुम्बहाः अर्थात् केशचन्द्र पारावत् महाविहार समृद्ध छ । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलापहरु नियमित रुपमा सञ्चालन हुने गर्दछ । 

 करीब दुई वर्षदेखिको अथक प्रयासपछि शनिवार यस इतुम्बाहाः म्युजियमको पूर्व मेयर विद्या सुन्दर शाक्यले उद्घाटन गर्नु भएको छ भने बागमति प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्य को विशेष उपस्थिति रहेको थियो ।

इतुम्बाहाः म्युजियम स्थापनाका लागि अमेरिकाको न्युयोर्कस्थित रुविन म्युजियम आर्टले यस श्री भाष्करदेव संंस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजसँग सहकार्य गरेको छ । यसैगरी, इतुम्बाहाः समाजले गरेको यस म्युजियमको परिकल्पना लुम्बिनी बौद्ध विश्वविद्यालयको म्युजिलियोजी एन्ड बुद्धिस्ट कलेक्सन प्रोग्रामसँग पनि सहकार्य गरेको हो ।

सन् १९९९ मा इतुम्बहाः को आगन घरबाट हराएको पुष्पमालाले सुुुसज्जित अप्सरा (विद्याधर) अमेरिका पुगेको थियो । सन् २००३ मा रुवेन म्युजियमको सङ्ग्रहमा विद्याधर पनि थपियो । सामाजिक सञ्जालमार्फत् सतर्क गराउने मञ्च लस्ट आर्ट्समार्फत् रुवेन म्युजियम यस प्राचीन महत्व बोकेको सामाग्री विद्याधरको इतिहासबारे अवगत भयो । त्यसपछि रुवेनले तुरुन्तै यसको सत्यतथ्य बुझ्न अनुसन्धान गर्यो र विद्याधरलाई उसको पुरानै स्थान इतुम्बहालमा फिर्ता गर्न न्युयोर्कमा रहेको नेपाली वाणिज्य दुतावाससँग सहकार्य गरी विद्याधरलाई नेपाल फर्कायो ।

रुविनले सामाजिक दायित्वअनुरुप इतुंबाहाः संरक्षण समाजसँग सिर्जनात्मक साझेदारी गरेको हो । यस म्युजिमको स्थापनामा लुम्बिनी बौद्ध विश्वविद्यालयका लेक्चरर स्वस्ति राजभण्डारी र उहाँका विद्यार्थीसम्मिलित टिमको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

इतुंबाहाः म्युजियममा अहिले तीन ग्यालरीमा एक सयभन्दा बढी ऐतिहासिक सामाग्री प्रदर्शनमा राखिएको छ । नष्ट हुने अवस्थामा भण्डारणमा रहेका यी पुरातात्विक महत्वको सामाग्री संग्रह गरी सकेसम्म पहिलेकै अवस्थमा ल्याएर संग्रहित गरी अभिलेखीकरण गरिएको छ । 

यसै क्रममा पाँच सयभन्दा बढी पुरातात्विक सामाग्री पहिचान भए पनि हाललाई करीब एक सय पुरातात्विक सामग्री मात्र प्रदर्शनमा राखेका छौँ । दशकौँदेखि भण्डारमा थुप्रिएका सामाग्रीलाई नष्ट हुनबाट जोगाउन र यस्ता सामाग्रीको पहिचान गरी आगामी पुस्तालाई पनि सम्पदा संरक्षण बारे जानकारी गराउने उद्देश्य यस सङ्ग्रहालयको रहेको छ । यसैगरी, इतुंबाहाः म्युजियमको एउटा सेक्सनले ‘मूर्त सम्पदाको संरक्षणमा सामुहिक जिम्मेवारीः हराएको र फिर्ता भएको सम्पदा’ को पनि जानकारी र जनचेतना गराउने प्रयास गरेको कुरा  श्री भाष्करदेव संंस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका  अध्यक्ष प्रज्ञारत्न शाक्यले बताए  ।

Categorized in

नगरवासीलाई कृषिमा आत्मनिर्भर बनाउन टिकाथलिमा भाजु तरकारी व फलफूल बजार

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण १२, शुक्रबार

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाका वडा ५  टिकाथलिको बुद्ध पार्टि पाएलेस जाने सुविधा सम्पन्न र व्यवस्थित रुपमा एउटा बृहत बजार खुलेको छ । नयाँ खुलेको उक्त भाजु तरकारी तथा फलफूल बजारको महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठबाट उदघाटन गरिएको छ । 

महालक्ष्मी नगरपालिका विशेषगरी  कृषि उब्जनिका लागि प्रसिद्ध ठाउँ हो भने  टिकाथलि त तरकारी खेतिका निमित्त उर्बर भुमि मानिने उदगार व्यक्त गर्दै मेयर श्रेष्ठले महालक्ष्मी नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन अाफ्नो तर्फबाट गहन रुपमा प्रयत्न भइरहेको बताए ।  प्रमूख अतिथी मेयर श्रेष्ठले आफ्नै  भुमिमा उत्पादित कृषिजन्य वस्तु आफ्नै भुमिमा बिक्रि गर्ने व्यवस्था स्वरुप महालक्ष्मी नगरपालिका वडा ५  टिकाथलिमा खुलेको भाजु तरकारी तथा फलफूल बजारले नगरको कृषि उद्यमलाई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे  ।

नयाँ खुलेको यो बजारका प्रमूख धन गोविन्द महर्जनको सभापतित्वमा संपन्न  उदघाटन समारोहमा महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनले नगरपालिकाले कृषि उद्यमलाई सहयोग गर्ने उद्देश्यले कृषकहरुलाई  अार्थिक अनुदान दिंदै आएको कुरा बताए  । कार्यक्रममा  उक्त बजारका सल्लाहकार दिपक के सि लगायत नगरपालिकाका दसवटै वडाका वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । उक्त बजार उदघाटन समारोहका संयाेजक सरस्वति महर्जनले आफ्नै भुमिमा यसरी व्यवस्थित र सुविधायुक्त तरकारी तथा फलफूल बजार खुलेकोले महालक्ष्मी नगरपालिकाका कृषि उद्यमीहरु लगायत  स्थानिय बासिन्दाहरु लाभान्वित हुने कुरामा अाफु विश्वस्त रहेको बताए ।

Categorized in

तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ११, बिहिबार

काठमाण्डौ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ ।

महानगरले तीर्न–बुझाउनपर्ने सम्पत्ति करबहाल कर÷व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने सूचनामा उल्लेख  छ ।

यसैगरी महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर सम्वत् २०८० पुस मसान्तभित्र चुक्ता गरेमा थप ३० प्रतिशत छुट सुविधा रहेको सूचनामार्फत जनाइएको छ ।

व्यावसायिकरुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने जनाइएको छ । ‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म निजले तीर्न बुझाउनुपर्ने व्यवसाय कर र दर्ता शुल्कको कर ९५ प्रतिशत छुटको व्यवस्था छ ।

चालु आर्थिक वर्ष २०८०८१ करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका रु पाँच लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाले २०८० पुस मसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा करको रकम २५ प्रतिशत छुट हुने जनाइएको छ तर यसमा काठमाडाँ महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई करमा ५० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ ।



Categorized in

टोखा नगरपालिकाले हटायाे मिचेर बनाइएका संरचना

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ११, बिहिबार

काठमाडौँ - टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो ।

नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए ।

“संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौँ”, नगरप्रमुख अधिकारीले भने । नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने उनको भनाइ छ ।

Categorized in

तथ्याङ्कमा काठमाडौँ जिल्लाः जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १०, बुधबार

 राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार सङ्घीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो ।

    देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसङ्ख्या पाँच हजार छ सय ५८ जना छ ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर एक सय ९८ जना छ । दश वर्षअघि अर्थात् २०६८ सालको जनगणनामा जनघनत्व प्रतिवर्ग किलोमिटर एक सय ८० जना थियो । अहिले तराई क्षेत्रमा प्रतिवर्ग किलोमिटर चार सय ६० र हिमाली क्षेत्रमा प्रतिवर्ग किलोमिटर ३४ जना जनघनत्व रहेको छ ।

    जिल्लागत रुपमा भने सबैभन्दा धेरै जनघनत्व काठमाडौँमा रहेको छ । काठमाडौँमा प्रतिवर्ग किलोमिटर पाँच हजार एक सय ६९ जना रहेका छन् । सबैभन्दा कम जनघनत्व मनाङमा छ । मनाङमा प्रतिवर्ग किलोमिटर तीन जना मात्रै जनघनत्व रहेको छ । काठमाडौँको जनसङ्ख्या हेर्दा १० लाख ३५ हजार सात सय २६ जना पुरुष र १० लाख पाँच हजार आठ सय ६१ जना महिला रहेका छन् ।

    काठमाडौँमा प्रतिघरधुरी औसत जनसङ्ख्या तीन दशमलव ७५ जना छ । यहाँको जनसङ्ख्यामा सबैभन्दा धेरै २० देखि २४ वर्ष उमेर समूहका व्यक्तिको सङ्ख्या दुई लाख २६ हजार छ सय ६० जना छ ।

    जुन काठमाडौँ जिल्लाको कुल जनसङ्ख्याको ११ दशमलव १० प्रतिशत बराबर हो । त्यस्तै, २५ वर्षदेखि २९ वर्ष उमेर समूहको जनसङ्ख्या दुई लाख १५ हजार एक सय २० जना छ । यो जिल्लामा ९० वर्ष माथिका नौ सय ८० जना हुनुहुन्छ । काठमाडौँ जिल्लामा मात्र पाँच लाख ४२ हजार आठ सय ९२ परिवार बसोबास गर्छन् । जसमध्ये तीन लाख ६२ हजार एक सय ४७ परिवारको मूली पुरुष र एक लाख ८२ हजार सात सय २० परिवारको घरमूली महिला रहेका छन् ।

    काठमाडौँमा कूल विवाहितको सङ्ख्या १७ लाख ८८ हजार ६२ जना छ । जसमध्ये विवाहित पुरुषको सङ्ख्या आठ लाख ९८ हजार तीन सय ५२ र विवाहित महिलाको सङ्ख्या आठ लाख ८९ हजार सात सय १० जना रहेको छ ।

यहाँ छयालीस हजार ९६ विधवा र नौ हजार सात सय ५५ विदुर रहेका छन् । एक हजार तीन सय ३८ जना पुरुष र दुई हजार आठ सय ४४ जना महिलाले पारपाचुके गरेर बसेको तथ्याङ्कमा उल्लेख छ ।

    यो जिल्लामा पाँच वर्षभन्दामाथि उमेरका ५२ हजार नौ सय ५२ जना पुरुष र एक लाख ४४ हजार तीन सय ९५ जना महिला गरी कुल एक लाख ९७ हजार तीन सय ४७ जनाले लेख्न र पढ्न सक्दैनन् । एक लाख ४९ हजार आठ सय ६ जना पुरुष र एक लाख ३४ हजार ५६ जना महिलाले प्राथमिक तहको मात्रै शिक्षा लिएका छन् ।
         
    खाना पकाउनका लागि काठमाडौँका १० हजार दुई सय ७५ परिवारले अहिले पनि दाउरा प्रयोग गर्ने गरेको देखिएको छ । त्यस्तै, पाँच लाख २६ हजार नौ सय ३१ परिवारले खाना पकाउने ग्यास, चार हजार छ सय ९४ परिवारले बिजुली, पाँच सय ६१ परिवारले बायो ग्यास, एक सय ५७ परिवारले मट्टितेल र दुई सय ७४ परिवारले अन्य स्रोत प्रयोग गर्छन् ।

    काठमाडौँका पाँच सय ७५ परिवारले शौचालय सुविधा पाउन सकेका छ्रैनन् भने एक हजार तीन सय पाँच परिवारले सार्वजनिक शौचालय प्रयोग गर्छन् । काठमाडौँ जिल्लामा १० वर्ष उमेर समूहभन्दा माथिका तीन लाख ४९ हजार दुई सय ७४ जना पुरुष र पाँच लाख तीन हजार दुई सय ८१ जना महिला गरी आठ लाख ५२ हजार पाँच सय ५५ जना कुनै पनि आर्थिक कार्यमा नजोडिएको राष्ट्रिय जनगणनाको तथ्याङ्कले उल्लेख गरेको छ ।

    पछिल्लो एक वर्षमा कुनैपनि आर्थिक आर्जनको क्रियाकलापमा नजोडिएका व्यक्तिमध्ये तीन लाख ७६ हजार नौ सय ५४ जना विद्यार्थी, एक लाख ९८ हजार छ सय ३० जना घरायसी काममा लागेका व्यक्ति, ६३ हजार एक सय तीन जना वृद्ध  तथा १६ हजार ११ जना शाररिक रुपमा अशक्त छन् । पाँच लाख १२ हजार चार सय २७ जना जागिरमा रहेको, ३२ हजार तीन सय ८८ जनाले अरुलाई जागिर दिइरहेको, दुई लाख ८२ हजार पाँच सय ५२ जनाले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको र एक लाख आठ हजार १३ जनाले पारिपारिव व्यवसायमा सघाइरहेको उल्लेख गरिएको छ ।
 
    अठार वर्षभन्दा मुनिका बालबालिकाको सङ्ख्या पाँच लाख आठ हजार तीन सय ९९ जना रहेकोमा आमाबुबा दुवै अविभावकसँग बस्नेको सङ्ख्या चार लाख दुई हजार एक सय ७४, आमासँग मात्रै बस्नेको सङ्ख्या ५५ हजार तीन सय ६९, बुबासँग मात्रै बस्नेको सङ्ख्या सात हजार दुई सय, बुबा र सौतेनी आमासँग बस्नेको सङ्ख्या आठ सय ७७, आमा र सौतेनी बुबासँग बस्नेको सङ्ख्या दुई सय २८, अन्य नातेदारसँग बस्नेको सङ्ख्या २८ हजार तीन सय ४३ र रोजगारदाताले पालनपोषण गरिरहेकाको सङ्ख्या नौ सय ७१ जना रहेको छ ।

    काठमाडौँमा दुई लाख ५८ हजार एक सय ३८ आवासीय प्रयोजनका, २४ हजार चार सय ७६ वटा व्यावसायिक तथा व्यापारिक प्रयोजनका, तीन हजार एक सय ७५ वटा सरकारी, तीन हजार एक सय २५ वटा शैक्षिक, ६ सय ६७ वटा स्वास्थ्य क्षेत्रका, तीन हजार आठ सय ९२ वटा उद्योग क्षेत्रका, छ सय ६४ वटा बैंक तथा वित्तीय क्षेत्रका, तीन हजार २४ वटा होटल तथा लज, चार हजार दुई सय ७६ वटा भण्डारण तथा गोदाम रहेका भवन रहेका छन् ।


Categorized in

साउनको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ८, सोमबार

सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।
भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् ।
सोमबारका अवसरमा आज पशुपतिनाथमा विशेष पूजा आराधनाका लागि १०१ भक्तजनले रसिद काटेको पनि उहाँले बताउनुभयो । यसैबीच साउने सोमबारका अवरमा आज बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले पूजा, आरधना एवं दर्शन गर्नुभएको कोषले जनाएको छ । यसैगरी पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले पनि पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुभएको छ ।
आजै प्रधानन्यायधीश हरिकृष्ण कार्कीले पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुहुने कार्यक्रम रहेको छ । बेलुकीको आरतीमा मुख्यसचिव डा वैकुण्ठ अर्याल सहभागी हुनुहुने कार्यक्रम रहेको पनि जनाइएको छ । पशुपतिनाथमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर अर्पण गर्ने बोलबम यात्रीको पनि आज भीड लागेको छ । बोलबम यात्री शुद्ध जल लिने आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए ।
 साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ । जसका कारण गत हप्ताअर्थात् साउन १ गते सोमबारभन्दा भक्तजनको सङ्ख्या केही घटेजस्तो देखिन्छ ।
पशुपति क्षेत्रमा समग्रमा दर्शनार्थीको सङ्ख्या नघट पनि सोमबारको व्रत बस्ने महिलाको सङ्ख्या भने कम देखिएको महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेका छन् । साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ । साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन् ।
प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।
 यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउनको सोमबारको व्रत गर्ने भक्तजनले पाँच वटै सोमबारको व्रत पूरा गरी उद्यापनका लागि अन्तिम सोमबार गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ ।


Categorized in

जथाभावी पोस्टर टाँसेपछि फिल्म ‘बगान’लाई महानगरको ५० हजार जरिवाना

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ७, आइतबार

काठमाडौं - काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिकाले नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनीले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

फिल्मको निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘दुष्य प्रदूषण र फोहोरमैला गरेको भन्दै जरिवाना तिराएका हौं, महानगरभित्र जथाभावी पोष्टर टाँस्न पाइँदैन,’ पाण्डेले भने ।

Categorized in

नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही

Janjati Khabar | २०८० श्रावण ७, आइतबार

गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार चार सय ९१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा अनियमित रूपमा नाप्ने÷तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।

 कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत् उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको  कार्यालय प्रमुख राकेशकुमार झाले जानकारी दिनुभयो ।

“अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,” उहाँले भन्नुभयो । कार्यालयले आव २०७९÷८० मा तीन हजार चार सय ४० व्यापारीलाई नापतौल तथा नाप्ने÷तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ ।

प्रमुख झाका अनुसार सीमित स्रोतसाधनका बीच पनि कार्यालयले नापतौलसम्बन्धी ७७ पटक एकल र ६३ पटक संयुक्त रुपमा बजार अनुगमन गरेको थियो । आव २०७९÷८० मा आठ हजार आठ सय ५८ व्यापारीले नापतौल तथा नाप्ने÷तौलने यन्त्र जाँच तथा नवीकरण गरेका छन् । सोही अवधिमा ६ हजार आठ सय ३७ ट्याक्सीको मिटर जाँच गरेको छ ।

कार्यालयले आव २०७८÷७९ मा अनियमित नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोग गरी ठगी गर्ने आठ हजार आठ सय ५१ व्यापारीलाई कारबाही गरेको थियो भने एक हजार पाँच सय नौ व्यापारीलाई नापतौल तथा नाप्ने÷तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरण गरेको थियो ।

आव २०७८÷७९ मा ६ हजार छ सय २६ ट्यक्सीको मिटर जाँच गरेको कार्यालयका सूचना अधिकारी नीराजन पुडासैनीले जानकारी दिनुभयो । कार्यालयले रु एक करोड ८५ लाख ५४ हजार राजस्व सङ्कलन गरेको थियो । जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौँ, उहाँले भन्नुभयो– “नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ ।”

कार्यालयले आव २०७९÷८० मा रु दुई करोड नौ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा  गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।

Categorized in

Pages