काठमाडौँ–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण हुँदै
Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ४, सोमबार
काठमाडौँ, वर्षदेखि आरम्भ भएको ‘काठमाडौँ–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण भदौ १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपालको यशस्वी प्रज्ञा–प्रतिष्ठान र भारतको कलिङ साहित्य महोत्सव ९केएलएफ०को संयुक्त आयोजनामा हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटान, बङ्गलादेश र श्रीलङ्कालगायत देशका साहित्यकार जमघट हुने जारी प्रेस विज्ञप्तिमा बताइएको छ ।
दक्षिण एशियाका कला, साहित्य, सङ्गीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा हुने सो महोत्सवमा विभिन्न देशका तीन सयभन्दा बढी लेखकको सहभागिता रहने जनाइएको छ ।
सो महोत्सव दक्षिण एशियाली क्षेत्रको सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको महोत्सव निर्देशक रञ्जना निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराबारे विश्लेषण गर्ने र विश्वकै सोचको केन्द्रका रूपमा नेपालको यात्रालाई प्रतिविम्बित गर्ने विषयवस्तु समेटेका छौँ ।”
आयोजकका अनुसार महोत्सवमा भारतबाट पद्मश्री हलधर नाग, पद्मश्री सुदर्शन पटनायक, पद्मश्री नीला माधव पाण्डा, पद्मश्री अरुणा मोहन्ती, पद्मश्री अरुणा मोहन्तीजस्ता साहित्यकार सहभागी हुने जनाइएको छ । अभिनेत्री मनिषा कोइराला, तथा लेखिका दिव्या दत्त, दीप्ति नवल, सुरक्षा पन्त, गौरी मल्ललगायत अभिनेत्रीहरू महोत्सवमा सहभागी हुनुहुनेछ ।
मत्स्यनारायणमा ८० हजारले गरे दर्शन
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ३२, बिहिबार
यसअघिका मलमास लागेको वर्षमा स्थानीयको सामान्य पूजापाठमा सीमित चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा यस वर्ष भक्तजनको घुइँचो लागेको छ । ऐतिहासिक यस मन्दिरमा पहिलो पटक पुरूषोत्तम महिना ९मलमास० सुरु भएयता गएरातिसम्म पनि दर्शनार्थीको घुइँचो मात्रै बढेन एक महिनाको यो अवधिमा विभिन्न जिल्लाबाट आएका करिब ८० हजार भक्तजनले दर्शन एवं पूजा अर्चना गरेका छन् ।
मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएदेखि नै ओझेलमा पर्दै आएको यस मन्दिरमा यस वर्षदेखि भक्तजनको नजर परेको एकमहिने पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गरे के नहुँदो रहेछ र रु, तीन सय वर्ष पुरानो यो मन्दिर ओझेलमा थियो, यहाँका मान्यगन्य, ज्येष्ठ नागरिकसँग सुझाव लियौँ, हामी युवा यहाँको प्रचारमा लाग्याँै, यो मन्दिरमा पहिलो पटक हरेक दिन दर्शनार्थीको घुइँचो देखेर हाम्रा अग्रजहरु पनि छक्क पर्नुभयो, यो मन्दिरको दीर्घकालीनरुपमा संरक्षण र विकासमा हामी लाग्नेछौँ ।”
स्थानीयस्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजनकीर्तनका टोली ल्याएको, नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिएको, यहाँ आउने दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरेको जनाउँदै उहाँले भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत विभिन्न ठाउँका दर्शनार्थीको मन्दिरमा भीड लागेको बताउनुभयो ।
मन्दिर संरक्षकसमेत रहनुभएका पुरीले भन्नुभयो, “यो तीन सय वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, सय वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”
ससाना तीन नदीको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामलेसमेत चिनिने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिसरमा मलमासमा यस वर्ष दर्शनार्थीको अधिक घुइँचो लागेको छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका विभिन्न रोग नाश हुने जनविश्वास रहँदै आएको छ ।
यस क्षेत्रमा प्राकृतिक सौन्दर्यता रहेको र यहाँ पार्क निर्माण गरेकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनुभयो । यस मन्दिरमा तीज र जनैपूर्णिमामा पनि मेला लाग्ने गरेको छ । बालाचर्तुदशीमा महाद्वीप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गरी सद्बिज छर्न पनि यहाँ घुइँचो लाग्ने गर्दछ ।
मन्दिरसम्म पुग्ने सडक कच्ची भएकाले यसलाई कालोपत्र गर्नसके उपत्यकाबाट नजिक पर्ने यस क्षेत्रमा पारिवारिकरुपमा घुम्न र रमाइलो गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या अझै बढ्ने भएकाले यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।
यसैगरी भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी ९ख्यो पुखु० मा पनि साउन २ गतेदेखि लागेको एकमहिने मत्स्यनारायण पुरुषोत्तम मलमास मेलामा स्थानीयले पूजा एवं दर्शन गरेका छन् । यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिएको थियो । यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेका छन् ।
बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा
Janjati Khabar | २०८० श्रावण ३१, बुधबार
मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् ।
आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो । बाढीले पोल र तारमा क्षति पुर्याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरी उपभोक्त सहकारीले गर्दै आएको छ ।
“अहिले विद्युत् पूर्ण रुपमा अवरुद्ध छ । सञ्चालनका लागि सहकारीले कामदार खटाएर मर्मतको काम गरिरहेको छ”, प्रजिअ केसीले भन्नुभयो, “उपभोक्त सहकारीलाई भोलीका दिनमा कुनै दुर्घटना नहुने गरी प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छौँ । उहाँहरुले अस्तीदेखि नै पोल र तार मर्मतको काम गरिरहनुभएको हो ।”
विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको धावा दोर्जे गुरुङले बताउनुभयो । “अहिले बाढीपीडित कोही आफन्तकोमा आश्रय लिएर त कोही सुरक्षित स्थानमा अस्थायी गाँठ बनाएर बसेका छन्”, उहाँले भन्नुभयो, “विद्युत् फोन सम्पर्क गर्न पनि समस्या भइरहेको छ ।”
काठमाडौंमा पानीपुरी र चटपटे बेच्न रोक लगाउने प्रस्ताव
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २९, सोमबार
काठमाडौं - काठमाडौंमा बर्खाका बेला पानीपुरी, चटपटेलगायत बिक्री गर्न रोक लगाउने प्रस्ताव भएको छ।
बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने प्रस्तावबारे छलफल भएको हो।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने गरेकोले हैजालगायत रोग छिट्टै सर्न सक्ने बताए।
उनले बर्खाका बेला यस्ता खानेकुरा बिक्रीमा रोक लगाउनु पर्ने हुन सक्ने बताएका छन्। ‘खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो। यसलाई तत्काल रोक लगाउनुपर्छ,’ उनले भने।
तरकारी र फलफूल सस्तोमा किनेर ल्याएर सडक किनारामा भाग लगाएर बेच्ने काम जनस्वास्थ्यका दृष्टिले जोखिमपूर्ण रहेको उनले बताए।
यसअघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड रहेको बताए।
यस्तै खुल्ला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन्।
बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन उनले निर्देशन दिएकी छन्।
Categorized inभक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २६, शुक्रबार
भक्तपुर, कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ ।
भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ । भ्रमणका लागि आएको विदेशी पर्यटकले भक्तपुर नगरपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकन गरेका हुन् ।
कोरोना महामारी पछि यस वर्ष भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । कोरोना महामारीका समयमा सामान्यरुपमा मात्र आउने पर्यटक यस वर्ष निकै बढेकाले अचेल भक्तपुर नगरमा दैनिक पर्यटकको चहलपहल बढ्दै गएको बताउनुभयो ।
उहाँका अनुसार यो एक वर्षमा भक्तपुर घुम्न आएको पर्यटकमध्ये ८६ हजार तीन सय ३४ जना दक्षिण एसियाली मुलुकका र ८१ हजार तीन सय १८ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र र चीनका पर्यटक रहेका छन् ।
यसै आर्थिक वर्षमा पर्यटन शुल्कबाट रु १८ करोड ४० लाखभन्दा बढी सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । जसमध्ये गैरसार्क राष्ट्रका पर्यटकबाट रु १४ करोड ३४ लाख र र सार्क राष्ट्र र चीनका पर्यटकबाट रु चार करोड छ लाख पर्यटन शुल्क सङ्कलन भएको छ ।
आव २०७८/७९ मा भने यहीँ ५३ हजार पाँच सय ६० जना पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । जसमध्ये गैरसार्क राष्ट्रका २२ हजार ८७ जना र सार्क राष्ट्र एवं चीनका ३१ हजार चार सय ७३ जना पर्यटकले भक्तपुर अवलोकन गरेका थिए ।
आव २०७८/२०७९ मा रु चार करोड ८९ लाख मात्रै पर्यटन शुल्क सङ्कलन भएको थियो । जसमा गैरसार्क पर्यटकबाट रु तीन करोड २७ लाख र सार्क राष्ट्र एवं चीनका पर्यटकबाट रु एक करोड ५७ लाख ३६ हजार पाँच सय मात्रै पर्यटन शुल्क सङ्कलन भएको थियो ।
आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा भक्तपुर नगरपालिका क्षेत्रका सम्पदा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा एक लाख १४ हजार ९२ जना वृद्धि भएको नगरप्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
भक्तपुर आगमनमा वृद्धि भएका पर्यटकको सङ्ख्यामध्ये गैरसार्कबाट ६४ हजार दुई सय ४७ जना र सार्क एवं चीनका ४९ हजार आठ सय ४५ जना पर्यटक रहेका छन् । त्यस्तै आव २०७८/७९ को तुलनामा यस आव २०७९/८० मा रु १३ करोड ३१ लाख ३६ हजार चार सयले पर्यटन शुल्कबाट वृद्धि भएको छ ।
भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आव २०७९/८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इग्ङ्ल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हल्याण्ड, हङ्गेरी, आइसल्याण्ड, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्यूजील्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिङ्गापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की र अन्य देशलगायतका पर्यटकले भक्तपुर भ्रमण गरेका छन् ।
भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलोब्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाति, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकसँग पर्यटन शुल्क सङ्कलन गर्दै आएको छ । नगरपालिकाका प्रहरी एवं कर्मचारीले शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकलाई तुरुन्तै नियन्त्रणमा लिइ शुल्क तिर्न लगाउने गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकसँग प्रतिपर्यटक नेरु एक हजार पाँच सयलाई वृद्धि गरी रु एक हजार आठ सय कायम गरी शुल्क सङ्कलन गर्दै आएको छ भने सार्क तथा चिनियाँ पर्यटकसँग रु पाँच सय शुल्क सङ्कलन गर्दै आएको छ । नगरपालिकाले सार्क तथा चिनियाँ पर्यटकलाई भने भक्तपुर भ्रमणमा छुटको व्यवस्था गर्दै कम शुल्कमा भक्तपुरको अवलोकन गर्न पाउने व्यवस्था गरेको छ ।
नगरप्रमुख प्रजापतिले पर्यटकबाट सङ्कलन हुने पर्यटन सेवा शुल्क नै नगरपालिकाको मुख्य आयस्रोत भएको बताउँदै भक्तपुर नगरपालिकाले पर्यटकबाट उठेको शुल्कबाट भक्तपुरको सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्ने कार्यमा खर्चिंदै आएको बताउनुभयो ।
नेपाल भ्रमणमा आएका पर्यटकलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्यस्थलका रुपमा विकास गर्न नगरपालिकाले पर्यटन प्रवर्द्धनमा विशेष जोड दिँदै आएको उहाँको भनाइ छ । भक्तपुर नगरक्षेत्रमा हाल दैनिक औसतमा चार सयदेखि पाँच सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् ।
भक्तपुर नगरपालिकाले पर्यटकलाई लक्षित गरी पर्यटक सूचना केन्द्र, पर्यटक बसपार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत छ वटा भाषामा नक्सासहितको ब्रोसर वितण, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिकरुपमा अशक्त पर्यटकको लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गरेको केन्द्रका कर्मचारी मुरज दिदियाले जानकारी दिनुभयो ।
हाल भक्तपुर नपाको पर्यटक सूचना तथा सेवा केन्द्रमा ३६ जना कर्मचारी कार्यरत रहेको र भक्तपुर नपाले स्थानीय पथप्रदर्शक परिचालन समिति बनाइ स्थानीय ‘टुरिष्ट गाइड’लाई आवश्यक तालिम दिइ व्यवस्थापन गर्दै आइरहेको छ ।
भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा पहिलो र दोस्रो कार्यकालमा गरी २०७२ सालपछि हालसम्म ३४ वटाभन्दा बढी सम्पदाको पुनःनिर्माण एवं जीर्णोद्धार कार्यसम्पन्न गरिसकेको छ भने दर्जनौँ सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार कार्य चालु रहेको नगरप्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
नगरपालिकाले समय समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालीन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकलाई तालिम तथा परिचालन गर्दै आएको छ । भक्तपुरको कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण गर्ने समूहलाई आर्थिक सहयोग र सांस्कृतिक गुरुको सम्मान कार्यक्रम आयोजना गर्दै आएको नपाले सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गर्ने तयारी गरेको छ ।
पर्यटन गतिविधि बढाउन सांस्कृतिक कार्यक्रमसहित योमरी प्रदर्शनी, प्रगतिशील भजन प्रतियोगिता, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगितालगायतका गतिविधिहरू गर्दै आएको छ ।
–––
–––
षडानन्द सीताराम गुठीको जग्गा खोजी गरिँदै
Janjati Khabar | २०८० श्रावण २३, मंगलबार
देशको पहिलो संस्कृत पाठशाला सञ्चालनका लागि स्थापना भएको ऐतिहासिक षडानन्द सीताराम गुठीको जग्गा खोजी थालिएको छ । भोजपुरको दिङ्लामा नेपालकै पहिलो पाठशाला सञ्चालनका लागि आबाल ब्रह्मचारी षडानन्द अधिकारीले विसं १९३२ मा स्थापना गरेको गुठीको जग्गा खोजी थालिएको हो ।
हालसम्म गुठीको नाममा करिब एक हजार दुई सय रोपनी जमिन रहेको भए पनि बाँकी जग्गा कहाँ–कहाँ छ भनेर खोजीकार्य भइरहेको षडानन्द सीताराम गुठीका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । हाल फेला परेको जग्गामध्ये करिब दुई सय २० रोपनी जग्गा भने बाँझो रहेको उहाँको भनाइ छ । गुठीको नाममा कुल एक हजार सात सयदेखि दुई हजार रोपनीसम्म जग्गा रहेको बुझिएको अध्यक्ष पौडेलको भनाइ छ । खोजी गर्ने क्रममा सङ्खुवासभा जिल्लाको मानेभञ्याङमा गुठीको नाममा रहेको नौ रोपनी जग्गा फेला परेको उहाँको भनाइ छ ।
“षडानन्द सीताराम गुठीका नाममा रहेको जग्गा विगतका वर्षबाट नै खोजी गरिरहेका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “महाराजले यहाँ पाठशाला सञ्चालन गर्न धेरै ठाउँमा गुठी स्थापना गरेको देखिन्छ । खोजी गर्ने क्रममा सङ्खुवासभामा पनि गुठीका नाममा रहेको जग्गा फेला परेको अवस्था छ । खोजी गर्ने कार्यलाई हामीले जारी राखेका छौँ ।”
तत्कालीन द्वन्द्वका समयमा यहाँको संरचनामा आगलागी गरिँदा कागजात जलेका कारण खोजीकार्यमा केही कठिनाइ देखिएको उहाँले बताउनुभयो । गुठीको स्वामित्वमा भोगचलन भएको जग्गा विसं २०३६ को नापीमा छुटेको पाइएको उहाँले बताउनुभयो । तत्कालीन समयमा गुठीको स्वामित्वमा रहेको कतिपय जमिन वन क्षेत्रमा परेको उहाँको भनाइ छ । गौचरन, गैरीचौरलगायत षडानन्दले गुठीको रूपमा राखेको बुझिए पनि ती क्षेत्रलाई वन क्षेत्रमा राखिएको पाइएको पौडेलले जानकारी दिनुभयो ।
आवश्यक प्रमाण जुटाएर नापीमा छुट भएका जग्गालाई गुठीको स्वामित्वमा ल्याउन पहल भइरहेको उहाँको भनाइ छ । “गुरुले स्थापना गरेका कतिपय जमिन वन क्षेत्रमा नापी भएको पनि देखिएको छ”, उहाँले भन्नुभयो, “कतिपय जमिन नापीमा छुटेको पाइएको छ । गुरुले राखेको जगेडा वनलाई त्यो समयमा धार्मिक वनमा राख्न छुटेको अवस्था पनि छ ।”
गुठीको नाममा रहेको तर अतिक्रममा परेको जमिनलाई व्यवस्थित गर्ने काम पनि भइरहेको उहाँको भनाइ छ । कात्तिके बजार र दिङ्ला बजारमा रहेको गुठीको जग्गालाई कानुनी दायरामा ल्याएर व्यवस्थित गर्दै संरक्षण गर्ने काम भइरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । “कतिपय ठाउँमा गुठीको जग्गामा मानव बस्ती रहेको छ”, उहाँले भन्नुभयो, “त्यस्तालाई व्यवस्थित गर्न लागिपरेका छौँ । बस्ती नहटाए पनि त्यहाँबाट गुठीलाई केही आम्दानी भित्र्याउने हाम्रो योजना छ ।”
गुठीको जमिनको खोजी तथा संरक्षण गर्दै यहाँ संस्कृत भाषाको पाठ्क्रम लागू गर्नका लागि राज्यसँग समितिले पहल गरिरहेको भए पनि त्यसको सुनुवाइ नभएको अध्यक्ष पौडेलले बताउनुभयो । गुरुकुलसहित यहाँका धेरै संरचना जीर्ण बनेपछि संरक्षण भइरहेको समितिले जनाएको छ । विस २०७२ को विनाशकारी भूकम्पले यहाँका धेरै संरचनामा क्षति पुर्याएको छ ।
यहाँ बालागुरु षडानन्दले नै साप्ताहिक हाट मेलाको सुरुआत गरेको जनाइएको छ । रामनवमीमा सतबिज मेला र चौमासा पुराण लाग्ने गरेको गुठीका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । त्यस्तै तीज, ठूलीएकादशीलगायतका अवसरमा भव्य मेला लाग्ने गरेको छ । यहाँ आएर दर्शन गरे सन्तान प्राप्ति हुने तथा बौद्धिक क्षमतामा वृद्धि हुने धार्मिक विश्वास रहेको छ ।
तत्कालीन समयमा देशको पश्चिम नेपालका गुल्मी, सल्यान, प्यूठानसम्म र छिमेकी मुलुक भारतको सिक्किम तथा आसाम र भुटानलगायतबाट गुरुकुल शिक्षा लिन विद्यार्थी आउने गरेका थिए । अहिले पनि दाङ, स्याङ्जा, काठमाडौँ, धरान, विराटनगरलगायत अधिकांश ठाउँबाट दर्शन गर्न मानिस आउने गरेको अध्यक्ष पौडेलको भनाइ छ । खेती भइरहेको गुठीको जग्गाबाट वार्षिक दुई सय मुरी हारहारीमा धान आउने गरेको पौडेलले जानकारी दिनुभयो ।
यहाँ रहेको पार्वती कुण्ड र हनुमान कुण्डको संरक्षण गरिएको छ । चार रोपनी क्षेत्रमा रहेको भित्री बगैँचाको पनि संरक्षण थालिएको छ । त्यहाँ कागती, सुन्तला लगाउने काम भइरहेको छ । त्यस्तै षडानन्दले नै स्थापना गरेको बाहिरी बगैँचाको पनि संरक्षण गर्ने तयारी रहेको गुठीको भनाइ छ । यहाँका बगँैचामा एक सय आठ प्रजातिका बोटविरुवा रहेको स्थानीयको भनाइ छ ।
यहाँका धार्मिक तथा ऐतिहासिक संरचनाको संरक्षण गर्दै विकासमा स्थानीय सरकारले भूमिका खेल्ने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । गुठीका नाममा रहेका सम्पूर्ण सम्पत्तिको खोजीका लागि नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने उहाँको भनाइ छ ।
“षडानन्द क्षेत्र देशको नै सम्पत्ति हो”, उहाँले भन्नुभयो, “यसको विकासमा नगरले आवश्यक भूमिका खेलिरहेको छ । ऐतिहासिक सम्पदाको संरक्षण गर्दै गुठीको नाममा रहेको जग्गा खोजीमा नगरले आवश्यक सहयोग गर्दै आएको छ । गुठीको विधानअनुसार काम अघि बढेको अवस्था छ ।”
यहाँका छात्राबाससहितको तीनवटा संरचनामध्ये दुई भत्किएका छन् भने एउटा जीर्ण अवस्थामा रहेको छ । जीर्ण बनेर भत्किएको एउटा भवन निर्माणका लागि केन्द्र सरकारसँग बजेट माग गरेको भए पनि बजेट नपरेको समितिले जनाएको छ ।
गुठी परिसरमा षडेश्वर राम–सीताको मन्दिर रहेको छ । रामचन्द्र नर्मदेश्वर, शिवालय र पशुपतिका चारवटा मन्दिर जीर्ण बन्दै गएका छन् । कैलाश डाँडामा रहेको बेद विद्याश्रम भवनको भने जीर्णद्धार भएको छ । अहिले २३ जना बटुकले ९शिक्षार्थी० विभिन्न कर्मकाण्ड सिक्दै आएका छन् । यहाँ भागवत पुराण, चण्डीपाठलगायतको सिकाइ हुने गरेको छ । त्यसको अलवा अतिरिक्त विषयका रूपमा अहिले पनि संस्कृतसमेत पठनपाठन हुने गरेको छ । रासस
–––
काठमाडौँमा भारी वर्षा नदी किनार आसपास सतर्कता अपनाउन अनुरोध
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २३, मंगलबार
सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९नेपाल नजिक० अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ । यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
यसैबीच काठमाडौँ उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार बिहान ६ः०० बजे काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो क्रममा रहको र सतर्कतामा पुगेकाले नदी तटीय क्षेत्रमा रहने र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । काठमाडौँमा आज बिहानैदेखि वर्षा जारी रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस र बागमती प्रदेशमा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा मधेस, बागमती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी पहिरो, भू–क्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपाउन महाशाखाले अनुरोध गरिएको छ ।
अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २३, मंगलबार
काठमाडाैँ - अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका बागमती तथा विष्णुमती नदी आसपासका क्षेत्र, टेकु, सानेपा, त्रिपुरेश्वर, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “भारी वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।”
यसैगरी भारी वर्षाका कारणसडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बाढीकै कारण काठमाडौँको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । अबिरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए ।
काठमाडौं उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षाका कारण नदीहरूको जल सतह बढिरहेको छ ।
भारी वर्षापछि विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जल सतह सतर्कता तहमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Categorized inबालकोटस्थित धर्मेश्वर मन्दिर
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २१, आइतबार
भक्तपुर, सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित धर्मेश्वर मन्दिरमा बिहान ८ बजे पहेंलो टिसर्ट लगाएका एकहुल मानिस प्रवेश गरे । मन्दिरमा पूजा एवं दर्शन गर्न आएका स्थानीय एकछिन त बोलबम आए कि भनेर नियाले । त्यसैबेला वडाध्यक्ष प्रदीप कार्कीले मन्दिरमा आउने सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना ९भट्टराई०, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारी लगायतलाई स्वागत गर्दै मन्दिरका बारेमा जानकारी दिन थाल्नुभयो ।
‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाले निर्माण गरेको शिव सर्किटको परिक्रमा गर्दै यसको प्रचारप्रसार गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाका प्रमुख थापाको नेतृत्वमा आयोजना गरेको शिव सर्किट ९परिपथ० परिक्रमा कार्यक्रममा यस नगरभित्रका १५ वटा शिवालयको एकैदिन परिक्रमा गरिएको हो ।
शिव सर्किट परिक्रमा कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख थापा, उपप्रमुख भट्टराई, वडा नं १ देखि १० सम्मका वडाध्यक्ष क्रमशः सानुकाजी कायस्थ, प्रदीप कार्की, दीपेन्द्र केसी, लछुराम न्यौपाने, राजकुमार जोशी, ईश्वर खड्का, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत, भगवान खत्री, शिवराम राउत, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, सूचना अधिकारी अनिरुद्र नेपाल, कार्यपालिकाका सदस्यहरु, कर्मचारीलगायत १०० भन्दा बढीको सहभागिता रहेको थियो । वडा नं १ देखि १० सम्मका ऐतिहासिक, पुरातात्विक महत्व बोकेको शिव मन्दिरको परिक्रमा गरी यहाँको महत्वकोबारेमा जानकारी प्रदान गरिएको थियो ।
नगर प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरलाई एउटै रुटबाट जोडेर सवारीसाधन र पैदल दुवै मार्गबाट भ्रमण एवं परिक्रमा गर्न सकिने गरी नगरपालिकाले निर्माण गरेको शिव सर्किटले धार्मिक पर्यटनको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धनमा टेवा पु¥याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र सूर्यविनायक नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको भौतिक तथा आर्थिक विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले शिव सर्किट निर्माण गरेका हौँ ।”
यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले एकैदिन यहाँका प्रसिद्ध १४ वटा शिवालय र प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरसम्म दर्शन एवं पूजा गर्न सकिने र यहाँको डाँडाकाडा नियाल्दै प्राकृतिक सौन्दर्यताको आनन्द लिन सकिनेछ । पर्यटक एवं दर्शनार्थीलाई सजिलैसँग शिव सर्किटअन्तर्गत रहेका यहाँका शिवालयको परिक्रमा गर्न सकिने गरी नगरपालिकाले यहाँका प्रत्येक ग्रामीण क्षेत्रका सडकलाई कालोपत्र गरी पक्की बनाइएको छ ।
अनन्तलिङ्ेश्वर नगरपालिका र सूर्यविनायक नगरपालिकालाई गाभेर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविसअन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १५ वटा शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्ने गरी नगरपालिकाले शिव सर्किट निर्माण गरेको नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना ९भट्टराई० ले जानकारी दिनुभयो ।
नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरहरुको विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, वडाध्यक्षहरु र सरोकारवालाहरुसँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल गरिएको थियो । मन्दिर आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने, एक मन्दिरबाट अर्को मन्दिरमा जान अभिप्रेरित गर्ने र आवश्यक समन्वय गर्ने निर्णय भएको थियो । नगरपालिकाको सूर्यविनायक नपा–२ बालकोट सुरु गरेर वडा नं १० चित्तपोलमा लगेर टुङ्गिने गरी यहाँका १५ वटा मन्दिर पुगिने शिव सर्किटको रुट निर्धारण गरिएको थियो ।
बालकोटको धर्मेश्वरबाट सुरु भई क्रमशः सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर र चरखण्डी, दधिकोटको अनन्तलिङ्गेश्वर, गुण्डुको मत्स्यश्वर, रामभक्तेश्वर, कटुञ्जेको सुवर्णेश्वर, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको डोलेश्वर, नंखेलको नन्दीकेश्वर, सिपाडोलको आशापुरी, चित्तपोलको कैलशानाथ, लटरम्बेश्वर र महाकालेश्वर मन्दिर जोडदै निर्माण गरिएको शिव सर्किटले पूर्णता पाएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।
सडक सञ्जाल जोडेर सवारी साधनबाटै सबै शिव मन्दिरमा पुग्न सकिने र पैदलयात्रीका लागि पदमार्गको समेत पहिचान गरि पदमार्गको निर्माण गरिएको छ । पदमार्गबाटै यात्रा गर्दा पनि एक दिनभरीमा यात्रा पूरा गर्न सकिन्छ । शिव सर्किट परिक्रमा गर्दै वडा नं ८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायकको डोलेश्वर महादेव, आशापुरी महादेव, कैलाशनाम महादेवमा बढी दर्शनार्थी आउने गरेपनि यहाँ आउने दर्शनार्थी एवं पर्यटकलाई एकै दिनमा यहाँका सबै शिव मन्दिरमा जान पे्ररित गरिने बताउनुभयो ।
डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना निकै बढेको, भारतबाट यहाँ आउने पर्यटक एवं दर्शनार्थीको सङ्ख्या बढ्दो छ । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटक एवं भक्तालुलाई सबै मन्दिरमा जान अभिप्रेरित गर्ने सबै मन्दिरमा नगरपालिकाले शिव सर्किटको रुटसहितको नक्सासमेत राखिएको छ । सूर्यविनायक नपाको वडा नं ९ र १० को सिमानामा रु एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरी हाल नगरपालिकाले सञ्चालनमा ल्याएको २४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोडेको छ । रासस
Categorized in
टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही
Janjati Khabar | २०८० श्रावण २१, आइतबार
टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ ९नियमन तथा नियन्त्रण गर्ने ऐन, २०६८ ९प्रथम संशोधन २०७६ सहित० मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिनुभयो ।
सो नगरपालिकाले गतहप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन् ।


