STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

उपत्यकामा थुप्रिएको फोहर जान थाल्यो बन्चरेडाँडा

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ६, शनिबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए ।

यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

केही दिन अघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि हिजोदेखि निर्वाधरुपमा फोहर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा फोहर पुर्‍याउन थालेको छ ।

शुक्रबारदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्डसाइट पुग्न थालेपछि काठमाडौँ उपत्यकाको सडकमा थुप्रिएका फोहर एक/दुईभित्रै उठाइसक्ने उनको भनाइ छ । फोहर बोकेका गाडीलाई ल्याण्डफिल साइटसम्म पुर्‍याउन प्रहरीले सहयोग गरिरहेकाले पनि व्यवस्थापनमा सहज भएको प्रमुख श्रेष्ठले बताए ।

Categorized in

तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न सडकमा क्यामेरा जडान

Janjati Khabar | २०८० श्रावण ५, शुक्रबार

उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’  एएनपिआर क्यामरा जडान गर्न थालेको छ ।  

    यसरी सडकमा जडान गरिएका क्यामरा ९उपकरण० ले तीव्र गतिमा गुडिरहेको गाडीको पहिचान गरी त्यसको अभिलेख ट्राफिक प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेका सर्भरमा पु¥याउने गरेको बताइएको छ । अहिले चक्रपथका तीन स्थानमा ‘एएनपिआर बेस्ड, राडार बेस्ड सिस्टम’ का क्यामरा जडान भएको उपत्यका काठमाडौँ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    जडान भएका क्यामेराको काम सडकमा भएको सवारी साधनको तीव्र गति तथा दुर्घटना नियन्त्रणका गतिविधिलाई चौबिसै घण्टा निगरानी गर्नु रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “तीव्र गति तथा दुर्घटना नियन्त्रणका लागि यो प्रणाली जडान गरिएको हो, यसले अब ट्राफिक प्रहरीलाई चौबिसै घण्टा सडकमा उभिनु पर्दैन, यसको सबै डाटा सर्भरमा रेकर्ड हुन्छ ।”

    अहिले चक्रपथको कोटेश्वर, थसिखेल र धोबीघाट नयाँबाटोमा यो प्रणाली जडान गरिएको तथा अन्य ठाउँमा पनि यो उपकरण जडान गर्ने तयारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीव्र गतिमा गाडी हुइँक्याएर दुर्घटना गरेर भाग्ने अर्थात् ‘हिट एन्ड रन’ का घटना धेरै भएका कारण त्यस्ता गाडी पहिचान गर्न सकियोस् भनेर यो प्रणाली जडान गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    सडक विभागले कोटेश्वरदेखि कलङ्की–चक्रपथ खण्ड तथा भक्तपुरको सडकमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा सवारी साधन चलाउन पाइने तथा भित्री सडकको गति भने ३० किलोमिटर प्रतिघण्टा तोकेको छ । अहिले चक्रपथका तीन ठाउँमा जडान भएको उक्त प्रणालीले ५० किलोमिटर तथा त्यसभन्दा मुनिको गतिलाई सामान्य मानेको छ । त्यसभन्दा माथिको गतिमा गाडी कुदाएमा त्यसलाई तीव्र गति मानिनेछ र त्यसै अनुसार ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ ।

    यतिमात्र नभई अहिले जडान भएको प्रणाली अर्थात् ‘एएनपिआर क्यामरा विथ स्पिड डिटेक्सन क्यामरा’ले तोकिएको भन्दा बढी गतिमा गुड्ने गाडीको फोटो खिचेर नियन्त्रण कक्षमा पठाउने तथा त्यसलाई हेरेर ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

Categorized in

एक सय ६७ वर्ष पुरानो शिलालेख भेटियो

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ५, शुक्रबार

 

Categorized in

काठमाडौंँ उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

Janjati Khabar | २०८० श्रावण ३, बुधबार

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको हो ।  

गाडी पूर्णरुपमा नरोकिँदै र बस बिसौनीमा नगइ जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएकाले सचेत गराउन उक्त कार्यक्रम सुरु गरिएको पोरखेलले बताउनुभयो ।

सुरक्षित सडक यात्राका लागि चालक र सहचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरिएको उहाँले बताउनुभयो । मादक तथा र लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको शङ्का लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुव्र्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा÷नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न प्रहरीले यात्रुलाई अनुरोध गरेको छ ।

सो क्रममा बस बिसौनीबाट मात्र गाडी चढौंँ, सवारी साधनमा हुने पकेटमारीबाट बचौंँ, सवारी साधनमा हुने दुव्र्यवहार र अन्य आपराधिक क्रियाकलापबाट बचौँं लगायत यात्रुले पैदल हिँड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारीसहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको थियो ।

ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानरसमेत प्रदर्शन गरिएको छ । यात्रुको आवतजावत बढी हुने स्थान काठमाडौँका न्यूरोड, शान्तिवाटिका, कालिमाटी, कलङ्की, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वर तथा भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिनेछ ।

Categorized in

स्थानीयको अवरोध कायमै, फोहर व्यवस्थापनमा समस्या

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ३, बुधबार

यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् ।
एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो । यो अवरोध माग पूरा नहँुदासम्म जारी रहने ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङ्ले जानकारी दिनुभयो ।
स्थानीयवासीको अवरोधकै कारण यसअघि पनि पटकपटक रोकिएको काठमाडौँ उपत्यकाको फोहरको अन्तिम व्यवस्थापन कार्य आर्थिक वर्ष सुरु भएसँगै पुनः रोकिएको छ ।   नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाइँले यसअघि कामपासँग भएको सहमति पूरा नभएसम्म यस स्थानमा फोहर व्यवस्थापन गर्न नदिने स्पष्ट पार्नुभयो । धुनीबेँसी नगरपालिका– १ का वडाध्यक्ष मानबहादुर तामाङ्का अनुसार सहमतिको एकवर्ष हुँदासम्म महानगरले स्थानीयवासीको माग पूरा गर्न चासो नदेखाएकाले सोमबारबाट फोहर व्यवस्थापनमा रोक लगाइएको बताउनुभयो ।   
यता कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले स्थानीयवासीले आसपासको तीन हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुप¥यो भन्ने रहेको र कामपा एक्लैले उक्त काम गर्न नसक्ने बताउनुहुन्छ ।
विगत १५ वर्ष सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकोको फोहर गत भदौ ७ देखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो । फोहर व्यवस्थापनमा रोक लगाएपछि फोहरमैला व्यवस्थापन सङ्घले अदालतमा रिट दर्ता गरेको थियो । उक्त रिटमा सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो ।
    अदालतको आदेशको पनि अवज्ञा गर्दै विगत तीन दिनदेखि स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरिरहेका छन् । हाल काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट दैनिक तीन सय गाडी फोहर उक्त स्थानमा लाने गरिएको छ । 

Categorized in

मलेसिया उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन

Janjati Khabar | २०८० श्रावण २, मंगलबार

मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ ।
नेपाल एयरलाइन्सको एनएकेडब्लू न्यारोवडी जहाज आज विहान उडान गर्नुअघि निरीक्षणका क्रममा क्रू अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले जानकारी दिएको छ । क्वालावम्पुरको स्थानीय समयअनुसार विहान ५ बजे भैरहवा उडानका लागि तय भएको विमानमा प्राविधिक त्रुटी देखिएपछि उडान डिले भएको थियो । प्राविधिक मर्मतपछि स्थानीय तहअनुसार दिउँसो ३ बजे उडान भइसकेको निगमले जानकारी दिएको छ ।
 जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो । के(कस्तो प्राविधिक कारणले यो समस्या आएको हो सोको पत्ता लागाउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन छानबिन समिति गठन गरिएको  निगमको भनाइ छ ।
निगमले उडान ढिलो भएकोमा आगामी दिनमा यस्तो हुन नदिने विश्वास दिलाउँदै यात्रुसँग माफी समेत मागेको छ । निगमले गत जेठ २९ गतेदेखि मलेसियाको क्वालालम्पुर(भैरहवा(काठमाडौँ रुटमा उडान सुरु गरेको हो ।

Categorized in

फेरि रोकियो उपत्यकाको फोहर व्यवस्थापन

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १, सोमबार

पटक–पटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ ।  अन्तिम फोहर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो ।  
    यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही  बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसकेको हो ।  धुनीबँेसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङ्का अनुसार सहमति भएको एकवर्ष वितिसक्दासम्म महानगरले स्थानीयवासीको मागप्रति व्यवास्ता गरेकाले आजदेखि  फोहर व्यवस्थापनमा रोक लगाइएको हो । 
    उहाँले भन्नुभयो, “फोहर र मानिससँगै बस्नै सक्दैन,  की फोहरलाई अन्यत्र व्यवस्थापनका लागि  प्रबन्ध गर्नुप¥यो की उक्त स्थानका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुप¥यो, अन्यथा फोहर व्यवस्थापनमा समस्या आइरहन्छन् ।” आज बिहान फोहर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडी स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको  पनि वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

    फोहर बोकेका करिब ५० वटा गाडी रोकिएका थिए । । स्थानीयवासीले सहमतिका नाममा आफूहरुलाई झुक््याइएको आरोप लगाएका छन् । कामपाले  यसअघि कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर कुहिने फोहर मात्र व्यवस्थापन गर्नेलगायत सहमति ल्याण्डफिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो ।
    यता कामपाको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले यसअघि स्थानीयवासीसँग भएको सम्झौताअनुसार नै काम भइरहेको भन्दै फोहर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताउनुभयो । 

    उहाँले भन्नुभयो,“स्थानीयवासीको मुख्य माग आसपासका तीन हजार रोपनी जग्गा अतिग्रहण गरिदिनुप¥यो भन्ने हो कामपाले मात्र गर्न सक्दैन त्यसका लागि केन्द्र सरकारसँग छलफल भइरहेको छ ।” विगतका वर्षमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहर महिनौँ सडकमै थुप्रने गरेको थियो ।   कामपाले यसवर्ष वर्ष फोहर व्यवस्थापनमा कुनै समस्या हुदैन भने पनि साउन महिना लागेसँगै फोहर रोकिन थालेको छ ।      यसअघि सिसडोलमा व्यवस्थापन हुदैँ आएको उपत्यकोको फोहर गत भदौ सातदेखि बञ्चरेडाँडामा व्यवस्थापन हुदैँ आएको छ । 

Categorized in

भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान

Janjati Khabar | २०८० आषाढ ३१, आइतबार

काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गर्नुभएको सो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।
 त्यस अवसरमा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गर्नुभयो । उहाँले ती परियोजनाले दुई देशबीचको जनताजनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताउनुभयो ।
राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुुल बस नेपालको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा गरिएको सहयोग हो भन्दै यो कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिनुभयो ।
यस कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न सङ्घसंस्थालाई नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको सो विज्ञप्तिमा उल्लेख छ ।

Categorized in

गठामुंगः पर्व मनाउँदै नेवार समुदाय

Janjati Khabar | २०८० आषाढ ३०, शनिबार

 

Categorized in

काठमाडौंको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ २९, शुक्रबार

काठमाडौं - काठमाडौं महानगरपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत पास भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नगर सभा वैठकमा निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम संशोधन सहित पास भएको हो ।

महानगरको १३ औं नगर सभाको पहिलो बैठक असार ६ गते बसेको थियो । १० असारको नगर सभा बैठकमा उपप्रमुख सुनिता डंगोलले, आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।

महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन भएको छ ।

२१ असारमा बजेट पास गर्न बोलाएको वैठकमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढंगले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो ।

२६ असारबाट सुरु भएको बजेट माथिको छलफल शुक्रबार सकाएर नगर सभाबाट बजेट पारित भएको हो । बजेटमा वडाध्यक्ष र नगर सभा सदस्यहरुले राखेका संशोधन सहित पारित भएको छ ।

Categorized in

Pages