STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

राष्ट्रपति पौडेलद्वारा मत्यसेन्द्रनाथको भोटो जात्रा अवलोकन

Janjati Khabar – Janjati Khabar | २०८० जेठ ११, बिहिबार

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्यसेन्द्रनाथकोभोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपरान्ह आयोजित भोटोजात्रामा सहभागी भइ भोटोजात्रा अवलोकन गरेका हुन् ।

मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले जीवित देवी कुमारीको दर्शन पनि गरे। गत वैशाख ११ गतेदेखि शुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रीहरु सहभागी थिए ।

मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो । मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराइएको किंवदन्ती छ ।

Categorized in

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०८० जेठ ११, बिहिबार

काठमाडौं - भोलि (बिहीबार) काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको छ ।

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Categorized in

क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा राजनीतिमा शुद्धिकरण आवश्यकतामा जोड

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ ३, बुधबार

नेवाः ग्वाहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले वैशाख ६ गतेदेखि आयोजना गरेको बीसदिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको समापन एक समारोहको आयोजना गरी सम्पन्न गरिएको छ । सो समारोहमा अग्रज नागरिक  डा. महेश मान श्रेष्ठले नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय चर्चामा रहेको भुटानी शरणार्थी प्रकरणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत गराएको समेत बताए ।

यसै क्रममा उनले बिबिसी, सीएनएन, अलजजिरा, फोक्स न्यूजहरुमा पछिल्लो समय नेपालमा व्याप्त रहेको भ्रष्टाचार सम्बन्धिको समाचार प्रशारण भइरहेकोले गर्दा नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा बिग्रेको छ भनि भने । 

नागरिक अगुवा श्रेष्ठले देशभित्रको बहुल पहिचालाई समेत स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष  नविन मानन्धरले पछिल्लो समय नगरभित्र रैथानेहरुको भाषा, संस्कृति, संस्कारमा विलचन आएकोप्रति चिन्ता व्यक्त गर्दै सबै तह र तप्का मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए । विशेषगरी नेवार समुदायले राजनीति र प्रशासनिक क्षेत्रमा चासो नदिएको भएर पछाडि परेको उहाँको भनाइ छ । त्यसैले लोकसेवा, नेपाली प्रशासन तथा राजनीति सम्बन्धिको आवश्यकता महसुस गराएर हाम्रा सन्ततीलाई विदेश जानबाट रोक्नुपर्ने मानन्धरले बताए ।

उक्त क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मी केके मानन्धरले सहजिकरण गरेका हुन् । समाजसेवी नमस्ते साय्मि, विभूति मानन्धर तथा उर्मिला मगियाले संयोजन गरेको कार्यक्रममा १५ जना प्रशिक्षार्थीहरुले सिलसिला मिलाएर बोल्ने, उद्घोषण, नेतृत्व विकास, संस्थागत संरचना तथा लक्ष्य निर्धारण सम्बन्धिको तालिम लिएका छन् ।

 ठमेलको जुद्धोदय उच्च माविको हलमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । ग्वहालि पुचःले यसअघि भक्तपुरको थिमि, कीर्तिपुर, टोखा, मनमैजु, काठमाडौंका विभिन्न टोलहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आदिवासी नेवाः राजनीतिक अभियान काठमाडौं महानगरका संयोजक बाबुराजा प्रजापति, नागरिक अगुवा, जनप्रतिनिधि, विद्यालय प्रशासनका अध्यक्ष, प्राचार्य, शिक्षक, पत्रकारहरुको सहभागिता थियो ।

Categorized in

याकःमिसा र बुंगद्यः प्रतिमूर्ति गुठी संस्थानलाई दिनु अनुचित : दैवज्ञ ज्योतिष कीर्तिमदन जोशी

Janjati Khabar – ललेन्द्र शाक्य | २०८० जेठ २, मंगलबार

३२ पानेजु संघमा राजनीतिक तुँवालो प्रवेशको आशंका, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन सूत्रधार भएको चर्चा

“सकेसम्म नबोलुँ भनेर बसेको, सकिन“ । नाला, च्वबाहाः, बुंगः र जनबहाः बाहेक अन्य थप मूर्तिहरु उपत्यकामा स्थापना गर्न नमिल्ने भन्ने आधार प्रमाणहरु के के हुन् ? सो पनि थाहा पाउन पाए हुन्थ्यो । अनि भक्तपुर र थिमिमा भएका मच्छिन्द्रनाथहरुलाई के गर्ने ? पहिले स्थापित ठाउँबाट हटाएर कीर्तिपुर नगरपालिकाको जिम्मा भइसकेपछि थप चर्चा गरी गुठी संस्थानलाई दिने भन्नु अनुचित । कारण धेरै छन् ।”

यो विचार हो, बुंगद्यः र याकःमिसा प्रतिमूर्ति विवादमा बुंगद्यः ज्योतिष परिवारका सदस्य तथा दैवज्ञ ज्योतिष कीर्तिमदन जोशीको ।

राष्ट्र र जनताकै सम्माननीय दैवज्ञ ज्योतिष, उहाँ मच्छिन्द्रनाथ बुंगद्यः ज्योतिष परिवारका सदस्य पनि हुनुहुन्छ  कीर्तिमदन जोशी । उहाँले आफ्नो फेसबुकमार्फत माथि उल्लेखित विचार पोख्नु भएको थियो । बुंगद्यः जात्रासंग सम्बन्धित विशिष्ट ज्योतिष सहमत हुनुहुन्छ भने पानेजुहरु किन असहमत ? पानेजुहरुले भन्नुभए बमोजिम नै प्यंगःथां बाट कीर्तिपुर नगरपालिकाको रोहबरमा र जनसहभातिमा याकःमिसा र बुंगद्यःको प्रतिमूर्ति हटाई नगरपालिका कार्यालयको कोठामा राखिसकेको अवस्था छ । जेष्ठ ५ गते पानेजुद्वारा कीर्तिपुरको प्यंगःथां सवारी भई याकःमिसालाई फूल प्रसाद चढाउन आउने दिन नजिकै आइसकेको छ, यो परिस्थितिको सँघारमा ३२ पानेजु संघले फेरि ती प्रतिमूर्ति कीर्तिपुर नगरपालिकाबाट गुठी संस्थानको बन्द कोठा नपु¥याएसम्म फूल प्रसाद चढाउन नआउने अलोक प्रिय निर्णय गरियो ।

यहाँ प्रश्न उठ्छ, करिब १७ सय वर्ष पुरानो ऐतिहासिक परम्परा कीर्तिपुरेले जोगाउने हो कि पानेजुहरुले ? पानेजुले भने जस्तै कीर्तिपुरेले प्यंगःथां बाट प्रतिमूर्ति हटाइयो, त्यो पनि परम्परा जोगाउनका लागि । अब पानेजुहरुले प्रतिमूर्ति गुठी संस्थानको बन्द कोठा नलगे सम्म फूल प्रसाद चढाउन आउँदिनौ भन्नुको तात्पर्य के रह्यो त ? परम्परा नष्ट गर्ने कार्य पानेजुहरुबाटै हुँदैछ भन्ने स्पष्ट धारणा यही हो, सबैले बुझ्नुपर्ने तथ्य यही हो । प्रति मूर्ति गुठी संस्थानलाई किन दिने ? चोरी भएको मूर्ति हो र ? कतै भेटिएको मूर्ति हो र ? गुथि संस्थानको बन्द कोठामा राख्न । यी मूर्ति त कीर्तिपुरेको सम्पत्तिसरह लिनु पर्दछ र मूर्ति कीर्तिपुरमैं रहन्छ  तर प्यंगःथांमा होइन, कीर्तिपुर नगरको म्युजियममा । बास्तवमा भन्नुपर्दा, ती मूर्तिहरु अहिलेसम्म देवी र देवताको रुपमा स्थापित भइसकेको छैन, किनकि ती प्रतिमूर्तिमा प्राण प्रतिष्ठा गरिएको छैन । त्यसैले ती प्रतिमूर्तिहरु भगवानको रुपमा हैन, केवल मूर्तिको रुपमा मात्र रहेको अवस्था छ । त्यसैले गुठी संस्थानको बन्द कोठामा किन राख्ने ती मूर्तिहरु ?

भन्नै पर्दा, पानेजुहरुले मात्र प्यंगःथांबाट बुंगद्यःको प्रतिमूर्ति हटाई कीर्तिपुरमैं अन्यत्र राखे पनि हुन्छ भनेका थिए, सम्माननीय पानेजुहरुको अनुरोधलाई नै शिरोपर गरी कीर्तिपुरेहरुले प्यंगःथांबाट ती प्रतिमूर्ति हटाइएकोे हो । पानेजुहरुले गुठी संस्थानको बन्द कोठामा राख्नु पर्छ भन्ने तर्क पहिले भनेका थिएनन्, मात्र प्यंगःथांबाट हटाउनु पर्छ भनेका थिए ।

अब आएर पानेजुहरुले मूर्ति गुठी संस्थानको बन्द कोठामा नराखेसम्म फूल प्रसाद चढाउन आउँदिनौं भन्ने कथन बास्तवमा भन्ने हो भने पानेजुहरुको आवाज हुँदै होइन, कसैको आवाज नक्कल गरिरहेका छन् पानेजुहरुले ।

भन्नैपर्दा, यो आवाज ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको हो । चैत्र १४ गते ललितपुर महानगरपालिकाको बैठकमा मेयर महर्जनले प्यंगःथांको मूर्ति हटाई गुठी संस्थानको बन्द कोठामा अभिलेखसहित राख्नुपर्छ भन्नु भएको थियो । ठ्याक्कै मेयर चिरिबाबु महर्जनको भनाई फोटोकपी मात्र हो हाल पानेजुहरुले बोलिरहनु भएको बोली ।

पानेजुहरुको यो बोलीबाट स्पष्ट हुन्छ कि ३२ पानेजु संघमा राजनीतिक तुँवालो प्रवेश भइसकेको अवस्था छ, उक्त राजनीतिक तुँवालोका सूत्र धार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन हुन् भन्ने संकेततिर । पानेजुहरुले मेयर महर्जनको बोलीको अनुशरण किन गरियो त भन्ने विषयको कारण सुखी गःछेँ समाजले ललितपुरमा मूर्ति लिनजाने समयमा चिरिबाबु महर्जनलाई सहभागी गराइएन, काठमाडौं महानगरका मेयर बालेन साहलाई सहभागी गराइयो । यो कार्यबाट आफ्नो अपमान भएको महसुस मेयर महर्जनले गरिरहनु भएको छ भन्ने कुरा कीर्तिपुरमा गाइँगुइँ सुनिन थालेको छ । यो सत्य नहुन पनि सक्छ ।। यसैको बदला हो यो पानेजुहरुको बोली, गुठी संस्थानको बन्द कोठामा ती मूर्ति नराखेसम्म  फूल प्रसाद चढाउन आउँदिनौ भन्ने पक्षको तात्पर्य । यदि साँच्चिकै बदला भावना हो भने त्यागौं । महामानव गौतम बुद्ध हृदयभित्र समाहित गरौं । कीर्तिपुर र ललितपुरको सदियौंदेखि रहदै आएको अगाढ सम्बन्धलाई सौहार्दरुपमा निरन्तरता दिऔं ।

त्यो बेला मूर्ति लिनआउने कीर्तिपुरेलाई मेयर चिरिबाबुकै कार्यालयबाट समेबजि खुवाउने विषयमा ललितपुरकै जनप्रतिनिधि नरसिंह महर्जनले एक अन्तर्वार्तामा भनेका छन् । 

मेयर महर्जनलाई थाहा थियो, तर चैत्र १४ को बैठकमा केही थाहा नभएको तर्क राख्नुभो । बालेनलाई आफ्नो शिष्य भने, शिष्यले जानकारी नगराएको भने । मात्र गःछेँ सुखी समाजप्रतिको बदला जस्तै देखियो मेयर महर्जनको, बुझौं सम्मानीय पानेजुहरु, दबाबमा नपरौं । जुन दबाबबाट १६७९ वर्ष पुरानो ऐतिहासिक जीवन्त परम्पराको अन्त्य नहोस् । यदि जुन परम्परा तुहियो भने यसको दोषको भागीदार गःछेँ सुखी समाज र पानेजुहरु हुनेमा दुईमत देखिन्नँ ।

Categorized in

काठमाडौं महानगरमा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत

Janjati Khabar – Janjati Khabar | २०८० जेठ १, सोमबार

 

काठमाडौं - काठमाडौँ महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ ।

यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो । नागरिकलाई सहज बनाउनकै लागि विगत गरिँदै आएको शैली बन्द गरी अनलाइन प्रणालीबाट उक्त सेवा आजदेखि सुरु गरिएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

उक्त कार्यका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) प्रणाली अद्यावधिक गरिएको छ । यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो । उक्त प्रणालीबाट नै नक्सा स्वीकृति हुने कामपाले जानकारी दिएको छ । नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाणपत्र लिँदा यसअघि अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानुपर्ने अवस्था रहेको थियो ।

विसं २०७० भदौ १६ गतेदेखि कामपाले कागज पनि हुनुपर्ने गरी अनलाइन प्रणाली सञ्चालन थालेको थियो । फाइलमा भएका कागज र प्रणाली भिडाएर प्रक्रिया अगाडि बढाइन्थ्यो । अनलाइन प्रणालीलाई विकास गर्दै विद्युतीय हस्ताक्षर, अनलाइन राजस्व दाखिला, गुनासो तथा मर्कासम्बन्धी उजुरीसहितको बनाएपछि काजगरहित सेवामा रूपान्तरण गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए। यो प्रणालीजस्तै सेवाग्राहीको हातहातमै सेवा दिने, जहाँबाट पनि सेवा लिन सकिने एकीकृत विद्युतीय सुशासन प्रणालीको व्यवस्था गरिएको कामपाको भनाइ छ ।

सहज, सरल र पहुँचयुक्त सेवाका लागि सेवा प्रवाहसँगै कर प्रणाली, आकस्मिक सेवा, विभिन्न प्रकारका सिफारिस लिनेजस्ता महत्त्वपूर्ण काम इन्टरनेट भएको मोबाइल र कम्प्युटरमा प्राप्त हुने बताइएको छ । भवनको नक्सा पास प्रक्रियालाई सरल, सहज र पारदर्शी बनाउन विद्युतीय भवन अनुमति प्रणाली ९इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम–इबिपिएस० लाई थप प्रभावकारी बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ । डिजिटल सिग्नेचरलाई आगामी वर्षदेखि कार्यान्वयनमा ल्याइने कामपाको भनाइ छ ।

कामपाको सेवालाई अटोमेसन (स्वचालित प्रणाली) मा आबद्ध गराउँदै लैजाने क्रममा यो एउटा महत्त्वपूर्ण कामको थालनी भएको आचार्यले बताए। यसअघि वैशाख १ गतेदेखि पाँच हजार वर्गफिटसम्म क्षेत्रफल भएको भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडालाई दिइसकिएको छ ।

Categorized in

क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा राजनीतिमा शुद्धिकरण आवश्यकतामा जोड

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ १, सोमबार

नेवाः ग्वाहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले वैशाख ६ गतेदेखि आयोजना गरेको बीसदिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको समापन एक समारोहको आयोजना गरी सम्पन्न गरिएको छ । सो समारोहमा अग्रज नागरिक  डा. महेश मान श्रेष्ठले नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय चर्चामा रहेको भुटानी शरणार्थी प्रकरणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत गराएको समेत बताए ।

यसै क्रममा उनले बिबिसी, सीएनएन, अलजजिरा, फोक्स न्यूजहरुमा पछिल्लो समय नेपालमा व्याप्त रहेको भ्रष्टाचार सम्बन्धिको समाचार प्रशारण भइरहेकोले गर्दा नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा बिग्रेको छ भनि भने । 

नागरिक अगुवा श्रेष्ठले देशभित्रको बहुल पहिचालाई समेत स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष  नविन मानन्धरले पछिल्लो समय नगरभित्र रैथानेहरुको भाषा, संस्कृति, संस्कारमा विलचन आएकोप्रति चिन्ता व्यक्त गर्दै सबै तह र तप्का मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए । विशेषगरी नेवार समुदायले राजनीति र प्रशासनिक क्षेत्रमा चासो नदिएको भएर पछाडि परेको उहाँको भनाइ छ । त्यसैले लोकसेवा, नेपाली प्रशासन तथा राजनीति सम्बन्धिको आवश्यकता महसुस गराएर हाम्रा सन्ततीलाई विदेश जानबाट रोक्नुपर्ने मानन्धरले बताए ।

उक्त क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मी केके मानन्धरले सहजिकरण गरेका हुन् । समाजसेवी नमस्ते साय्मि, विभूति मानन्धर तथा उर्मिला मगियाले संयोजन गरेको कार्यक्रममा १५ जना प्रशिक्षार्थीहरुले सिलसिला मिलाएर बोल्ने, उद्घोषण, नेतृत्व विकास, संस्थागत संरचना तथा लक्ष्य निर्धारण सम्बन्धिको तालिम लिएका छन् ।

ठमेलको जुद्धोदय उच्च माविको हलमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । ग्वहालि पुचःले यसअघि भक्तपुरको थिमि, कीर्तिपुर, टोखा, मनमैजु, काठमाडौंका विभिन्न टोलहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आदिवासी नेवाः राजनीतिक अभियान काठमाडौं महानगरका संयोजक बाबुराजा प्रजापति, नागरिक अगुवा, जनप्रतिनिधि, विद्यालय प्रशासनका अध्यक्ष, प्राचार्य, शिक्षक, पत्रकारहरुको सहभागिता थियो ।

Categorized in

बालेनले ल्याए काठमाडौं उपत्यकाभित्र नि:शुल्क एम्बुलेन्स सेवा

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ३०, शनिबार

 

काठमाडौं - काठमाडौं महानगरका प्रमुख बालेन शाहले काठमाडौं उपत्यकाका लागि निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जान निशुल्क एम्बुलेन्स सेवा संचालन आरम्भ भएको घोषणा गरेका हुन् ।

‘काठमाडौ भरी सेवा लिनका लागि २४ घन्टा नै १०२ मा कल गरेर निकुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन,’ उनले भनेका छन् ।

Categorized in

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २६, मंगलबार

काठमाडौं - रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको छ । महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थति टोलबाट जाउलाखेलसम्म तानेका थिए ।

कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीय सुखी गंछेँ मच्छिन्द्रनाथ र याक मिसा(कन्या कुमारी) को प्रतिमूर्ति हटाइएपछि विवाद समाधान भएको बताइएको छ । रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको उक्त स्थानमा गत मङ्सिरमा ती मूर्ति स्थापना गरिएको थियो ।

तन्त्र साधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीका रुपमा पुजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको गम्भीर उल्लङ्घन हुन जाने भन्दै सो कार्यलार्ई ललितपुरका मच्छिन्द्रनाथ सम्बद्ध ३२ पानेजु सङ्घलगायतका गुठीले विरोध गरेका थिए । ती मूर्ति नहटाएसम्म हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ कीर्तिपुरका महिलाले तानेर लैजाने चलनलाई यसपटक निरन्तरता नदिने अडान उनीहरुको थियो ।

यसैगरी रथ तान्नुभन्दा चार दिनअघि जल पानेजु (मच्छिन्द्रनाथका पुजारी) नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुरस्थित प्यांःगथाँ पुगी ‘याक मिसा’ (शक्ति स्वरुप मानिएकी कन्या) प्रसाद ग्रहण गराउने परम्परा पनि मूर्ति नहटाएसम्म निरन्तरता दिन नसकिनेसमेत सङ्घहरुको अडान थियो । सुखी गँछेले भने मूर्तिको सम्मानजनक स्थानान्तरण हुनुपर्ने जनाउँदै छलफलबाट समस्या समाधान गर्न माग गर्दै आएको थियो ।

विवादका कारण कीर्तिपुरको शक्तिपिठ मानिने प्यँगःथां र आसन्न रातो मच्छिन्द्रनाथको भोटे जात्राबीचको परम्परागत सम्बन्ध तोडिने अवस्थामा पुगेको थियो । रातो मच्छिन्द्रनाथ तन्त्र साधनाका देवता भएको र याक मिसा जीवित देवी भएकाले उनको प्रतिमूर्ति बनाएर स्थापना गर्न नहुने उनीहरुले जनाएका थिए ।

यसविपरीत कीर्तिपुरको सुखी गँछेले प्रतिमूर्ति स्थापना गरेपछि पानेजु सङ्घ, ललितपुर महानगरपालिका र पुरातत्व विभागले सो मूर्ति प्यंगः थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाइ उक्त मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि पनि विवाद उत्पन्न भइरहेपछि स्थानीयले मूर्र्तित हटाइ परम्परालाई निरन्तरता दिन माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए ।

रासस

Categorized in

काठमाडौँ महानगरद्वारा टुकुचा खोलामाथिका जग्गाको लगत कट्टा गर्न पत्राचार

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २६, मंगलबार

काठमाडौं - काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ ।

महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन् । पत्रमा भनिएको छ, “हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्तिविशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्तिविशेषको नाममा दर्ता रहेको जग्गा लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारबाहीका लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ ।”

मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला सोको क्षेत्राधिकारको जग्गालाई सरकारी÷सार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४ (२) ले सरकारी÷सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था छ ।

सरकार मन्त्रिपरिषद्को विसं २०६५ मङ्सिर १ गतेको निर्णयले कुनै खोला, खोल्छी र राजकुलो छोप्न बन्देज लगाएको छ । सो निर्णयले टुकुचा खोलाको बहाव क्षेत्र तथा सोको दायाँबायाँको चार–चार मिटरको जग्गामाथि कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापदण्ड तोकेको छ ।

मापदण्डविपरीत हात्तीसार क्षेत्रमा टुकुचा खोला पूर्णरूपमा छोपिएको अवस्था छ । टुकुचा खोला छोपिएको विषयमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९ माघ १८ गते आवश्यक दिशानिर्देशसहितको आदेश भएको छ । सो आदेशले टुकुचा खोलालाई खुला कायम गर्ने विकल्पका सम्बन्धमा ध्यानाकर्षण गरेको छ ।

पत्रमा भनिएको छ ,‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को ९७ (१) ले समेत आफ्नो क्षेत्रभित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक जग्गाको रेखदेख, मर्मतसम्भार तथा संरक्षणसम्बन्धी दायित्व यस कामपालाई तोकेको छ ।’

आधार, कारण र अदालतको आदेशलाई मध्यनजर गर्दा, टुकुचा खोला तथा सोको क्षेत्राधिकारभित्रको जग्गा व्यक्तिविशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिएको कामपाको भनाइ छ । उच्च अदालतको आदेशपछि टुकुचा पुनःस्थापनाका लागि महानगरले अगाडि बढाएको कुनै पनि प्रयास खेर नगएको प्रमुख साहको भनाइ छ ।

Categorized in

महानगरपालिका अव्यवस्थित तार आजदेखि हटाउँदै

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २५, सोमबार

काठमाडौं - काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा आजदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनी सहमत भएपछि तार हटाउन सुरु गरिएको हो ।

महानगर बलका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार आज बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ ।

महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यही वैशाख २७ गतेभित्र अव्यवस्थित तार हटाउन आग्रह गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौँ महानगरसहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो ।

त्यसलगत्तै महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो ।

वैशाख २७ गतेसम्म सरोकारवाला निकायले तार नहटाए महानगरपालिका आफैंले तार हटाउने तयारी गरिरहेको महानगर बलका प्रहरी उपरीक्षक लामिछानेले बताए ।

उनले भने, “हिजोको छलफलमा आजदेखी नै तार हटाउने विषयमा सहमति भएको छ, आजबाट नै तार हटाउने कार्यक्रम सुरु हुन्छ ।”

आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक सङ्घ (आइस्पान)ले जनाएको छ ।

सहमतिअनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइने भएको छ ।

Categorized in

Pages