STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

सम्पदास्थलहरु सरसफाईमा अग्रसर ताम्रकार समाज

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण १५, सोमबार

ललितपुरको ताम्रकार समाजको अग्रसरतामा महिनामा एकदिन उपत्यकाका विभिन्न सम्पदाहरु तथा धार्मिकस्थलहरुको सरसफाई कार्यक्रम सन्चालन भईरहेको छ । यस अन्तर्गत मंसिर महिनामा पाटनको मच्छिन्द«बहाल परिसर, पुष महिनामा मीननाथ बहाल परिसर, माघ महिनामा महालक्ष्मीस्थान परिसर तथा फागुन महिनामा लगनखेलस्थित बटुकभैरवनाथस्थल तथा अशोक स्तुपा परिशरको सरसफाई सम्पन्न गरीसकेका छन् । प्रत्येक पटकको सरसफाईमा समाजका ५० देखि ६० जवान सदस्यहरुको सहभागिता रहने गरेको छ । समाजको जिम्मेवारीको दायित्व बढाउनको लागि पनि विभिन्न सम्पदास्थलहरुमा गएर सरसफाई कार्य गर्न गइरहेको ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारले बताउनु भयो । ताम्रकार समाज आफ्नो समुदायमा मात्रै सिमित नरहेको तथा सदस्यहरुलाई पनि सम्पदास्थलहरुको महत्व एवं आवश्यकताको वोध गराउन समेत यो कार्यक्रम सफलहुनेमा उहाँले बिश्वास व्यक्त गर्नुभयो ।

समाजले नियमित रुपमा गर्दै आइरहेको कार्यभन्दा अलि भिन्न शैलीको कार्यक्रमको थालनी गरेको समाजका महासचिव दिपेश ताम्रकार बताउनु हुन्छ । उहाँले समाजले गरेको यस कार्यक्रममा सदस्यहरुको उत्साहप्रद सहभागीताले आफुहरु हौसिएको र कम्तीमा पनि एकबर्ष सम्म कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनु भयो । समाजको सो कार्यक्रममा सुरुदेखि नै नियमित रुपमा सहभागिता जनाउँदै आइरहनु भएका समाजका निवर्तमान अध्यक्ष रविन्द«राज ताम्रकारले समाजबाट कला, संस्कृति, सम्पदा, भाषाको संरक्षण सम्वद्र्धनमा विगत लामो समयदेखि कार्यगर्दै आइरहेको बताउनु भयो । उहाँले यस प्रकारको कार्यहरुलाई समाजका सदस्यहरु तथा गैरसदस्यहरुले समेत सकारात्मक रुपमा लिने बताउँदै समाजको छवि उच्च बनाउन यसले सहयोग पुग्नजाने उल्लेख गर्नुभयो । आगामी समयमा उपत्यकाका विभिन्न सम्पदाहरुमा समेत यो कार्यक्रम लिएर जाने समाजको योजना रहेको छ । जुन सम्पदास्थलको सरसफाई गर्ने हो त्यस स्थल वरपरका संघ संस्थाहरुलाई समेत यस कार्यमा संलग्न गर्दै आइरहेको छ ।

Categorized in

धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता विषयमा बृहत अन्तर्क्रिया सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण १४, आइतबार

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूको समन्वय तथा प्रेस काउन्सिल नेपालको आयोजनामा  ‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिलको हलमा शुक्रबार सम्पन्न कार्यक्रममा बोल्दै सहभागीहरुले मातृभाषा पत्रकारिता विकासका लागि प्रेस काउन्सिल, नेपाल आदिबासी पत्रकार महासंघ फोनिज का साथै मातृभाषी पत्रकारहरुको संघसंस्थाहरु एकजुट भइ अगाडि बढ्नु पर्ने बताए । 

सो कार्यक्रममा पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य र नेपाल पत्रकार महासंघया संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको तस्बिरमा मालार्पण गरि शुरु गरिएको थियो । 

कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले भाषा संरक्षणको लागि मातृभाषा पत्रकारिता र सञ्चार माध्यमको विशेष भूमिका रहने बताउँदै मातृभाषा पत्रकारिका विकासको लागि राज्यस्तरबाट सहयोग जुटाउन काउन्सिलले भूमिका खेल्नु पर्ने बताए । त्यस्तै उनले काउन्सिले मातृभाषी सञ्चार माध्यमलाई मात्र हेर्न अलग्गै विभाग खडा गरेर काम गर्नुपर्ने पनि सुझाए ।

उनले कुनै एउटा भाषा मर्नु भनेको त्यससँगै एउटा इतिहास, संस्कृति, परम्परा, सम्पदा पनि मर्ने बिचार राख्दै भने, ‘मान्छे मरे सबै छोडेर जान्छन्, तर एउटा भाषा मरे त्यसले छोडेर जाने होइन, धेरै कुरा लिएर जान्छ । एउटा भाषा नाश भयो भने त्यस्ले एउटा इतिहास, त्यस भाषाका भित्र रहेका संस्कृति, परम्परा, सम्पदा सबैलाई लिएर जान्छ । त्यसैले भाषालाई बचाइ राख्नु राज्यको नै कर्तव्य हो ।’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिता विकासका लागि सहजीकरण गर्न काउन्सिल तयार रहेको बताए । अन्तक्र्रियामा प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने, ‘कुनै एक भाषामा मात्र काम गरेर काउन्सिलको दायित्व पूरा हुँदैन, सबै भाषाभाषीको पत्रकारितालाई एउटै मालामा उनेर काउन्सिल अगाडि बढ्छ ।’ 

कार्यक्रममा बोल्दै उनले मातृभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाट नै मान्यता दिलाउन तथा सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापकका रुपमा मान्यता दिलाउन पनि प्रेस काउन्सिलले सहजीकरण गर्ने बताए । 

नेपाल आदिबासी जनजाति पत्रकार महासंघका  उपाध्यक्ष अमरध्वज लामाले मातृभाषालाई राष्ट्रियता, राष्ट्रिय गौरब, ब्यापार, स्वास्थ्यसँग जोड्दै संविधानबाट नै मातृभाषीको हक अधिकारबारे सम्बोधन गरेको हुँदा राज्यले संविधानमात्र कार्यान्वयन गरे पनि मातृभाषा विकासमा महत्वपूर्ण योगदान हुने बताए । 

त्यस्तै मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह मातृभाषाबाट पत्रकारिता गर्नु फलामको चिउरा चपाउनु सरह भएको भन्दैे यस क्षेत्रमा कार्यरत भाषाप्रेमीहरुको संकल्पले मात्रै अहिलेसम्म मातृभाषाको पत्रकारिता बाँचिरहेको बिचार राखे ।  उनले भने, ‘प्रेस काउन्सिल, सरोकारवाला संस्थाहरुको सहकार्य भएमा राज्यस्तरबाट आवश्यक सहयोग लिन सकिन्छ ।’

कार्यक्रममा सार्क पत्रकार समाजका अध्यक्ष राजु लामाले प्रेस काउन्सिल, नेपाल आदिवासी पत्रकार महासंघ र समाजको सहकार्यमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन गर्न प्रस्ताव राखेका थिए । 

कार्यक्रममा बोल्दै बिचार गोष्ठीका संयोजक तेजनारायण महर्जनले पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले मातृभाषाको पत्रकारिता सुरु गरेको सयवर्ष पुग्न लाग्दा पनि मातृभाषा पत्रकारिताको विकास हुन नसकेको बताउँदै यसको लागि सरोकारवाला संस्था, प्रेस काउन्सिलले खेल्न पर्ने भूमिका बारे छलफल गर्न कार्यक्रमको आयोजना गरेको बताए । 

काउन्सिलका सदस्य शरद अधिकारीले कार्यक्रममा स्वागत गर्दै विविध भाषाभाषीको पत्रकारिता विकासको लागि काउन्सिलले गर्दै आइरहेको कार्यबारे जानकारि गराएको थियो भने नेवाः पत्रकार राष्ट्रिय दबूया महासचिव केके मानन्धरले धर्मादित्य धर्माचार्यलाई पहिलो मातृभाषी पत्रकारको मान्यता दिलाउन र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा मान्यता दिलाउन दबूले गर्दै कार्य र मातृभाषी पत्रकार र पत्रकारिताको विकासका लागि गर्दै आइरहेको गतिविधी बारे जानकारी गराएका  थिए ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपन्द्रलाल श्रेष्ठले धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाट मान्यता दिलाउन हुलाक टिकट प्रकाशन गर्न, उनको शालिक राख्न, उनको नाममा मातृभाषी सञ्चार प्रतिष्ठान खोल्न काउन्सिलले पहल गरिदिन ध्यानकार्षण पत्र काउन्सिलका अध्यक्ष बस्नेतलाई हस्तान्तरण गरेका थिए ।  सो ध्यानाकर्षण पत्र दबूमा निवर्तमान अध्यक्ष सुरजबीर बज्राचार्य ले वाचन गरी सुनाएका थिए ।

दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम दबूका सहसचिव सुनिता महर्जनले संचालन गरेका थिए ।

Categorized in

भक्तपुरमा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १०, बुधबार

भक्तपुर । भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ ।

रातोपाटीस्थत तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार सो स्थानमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

फार्ममा पालिएका कुखुरा धमाधम मर्न थाले पछि कुखुरामा गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लु भेखिएको पशु विभागका चिकित्सक डा श्रीजा वाग्लेले जानकारी दिए। कुखुरामा बर्डफ्लु भेटिएपछि आज पशु चिकित्सक वाग्ले, पशु सेवा विभागका प्राविधिक आत्माराम शर्मा, चाँगुनारायण–८ का वडाध्यक्ष जनक खत्री, चाँगुनारायण नगरपालिका पशुपन्छी सेवा विकास शाखाका कर्मचारी र प्रहरीको टोली खटिएर फार्मका रहेका कुखुरा नष्ट गरिएको छ ।

तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० कुखुराका चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

Categorized in

भीमसेन मन्दिर पुनःनिर्माण समितिद्वारा पत्रकार महर्जन सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण १०, बुधबार

ललितपुर पाटन मंगलबजार स्थित भीमसेन मन्दिरको पुनःनिर्माण सम्पन्न भएको अवसरमा आयोजित एक समारोहमा पुनःनिर्माण सरोकार समितिले सो पवित्र कार्यमा सहयोग पुर्याउनु हुन् महानुभावहरुको योगदानको कदर गर्दै सम्मान गरिएको छ । सरोकार समितिको साधारण सभाको अवसर पारेर आयोजना गरिएको सो समारोहमा पत्रकार सुनील महर्जनलाई सम्मान गरिएको छ।

पाटन दरबार क्षेत्रमा अवस्थित सो मन्दिर उपभोक्ता मोडेलबाट पुनःनिर्माण गर्न विसं २०७२ सालको भूकम्पछिदेखि नै पत्रकारिता मार्फत महत्वपूर्ण योगदान पुर्याएको कार्य को कदर गर्दै महर्जनलाई सम्मान गरिएको हो।उहाँ नेपाल समाचारपत्रका सहायक सम्पादक  तथा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सो मन्दिर क्षतिग्रस्त भएको थियो । 

ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा गठित सो समितिले पाटन संग्रहालय परिसरमा मंगलबार आयोजना गरेको एक समारोहकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पत्रकार महर्जनलाई कदरपत्र प्रदान गर्नुभयो ।

समारोह समितिका अध्यक्ष कृष्णलाल महर्जनले सो मन्दिरको पुनःनिर्माण सम्पदा संरक्षणमा निजी क्षेत्र र स्थानीयको भूमिकाको ठोस उदाहरण रहेको बताउनुभयो। 

भीमसेन मन्दिर पुनःनिर्माणले सम्पदा संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण रहेको पुष्टि गरेको पनि अध्यक्ष महर्जनको भनाई रहेको छ।

मन्दिर पुनःनिर्माणको कूल लागत ४ करोड ९३ लाख रकममध्ये अधिकांश रकम जनस्तरको रहेको छ।सो अवसरमा मन्दिर पुनःनिर्माण गर्ने कालिगढहरुलाई पनि सम्मान गरिएको थियो । भीमसेन मन्दिर पुनर्निमाणमा सहयोग पुर्याउनु हुने  आर्थिक सहयोग पुर्याउनु हुने चन्दादाताहरू  तथा नेपाल सरकार पुरातत्व विभाग, ललितपुर महानगरपालिका, मंगल टोल सुधार संघ, विभिन्न संघ संस्था लगायत सम्पूर्ण सहयोगीहरू लाई धन्यवाद स्वरुप सम्मान गरिएको हो ।

Categorized in

आमा समुहको लागि क्षमता विकास तालिम कार्यक्रम

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण ३, बुधबार

ललितपुरको अग्निशालास्थित मां पुचःमा आबद्ध महिलाहरुलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिम सञ्चालन शुरु भएको छ । ललितपुर महानगरपालिका वडा नं. १९ को लागत साझेदारीमा बीस वर्षको विरासत भएको मां पुचःले एकहप्ते तालिम सञ्चालन गरेको हो । आमा समुहलाई स्थानिय भाषामा मां पुचः भनिन्छ ।

तालिम कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष राजेन्द्र महर्जनले स्थानिय महिला दिदीबहिनीहरुको लागि सीप, क्षमता र दक्षता अभिवृद्धि गराउने कार्यक्रम आवश्यक रहेको जनाए ।

 ‘लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास लिएको छु । उद्घोषण र सिलसिला मिलाएर बोल्ने शैली सिकेर महिलाहरुले पारिवारिक र सामाजिक नेतृत्व गर्ने क्षमतामा सुधार ल्याउनेछ ।’ महर्जनको भनाइ थियो ।

त्यस्तै, तालिम कार्यक्रमको लागि प्रशिक्षकको जिम्मेवारी पाएका सञ्चारकर्मी केके मानन्धरले अन्तर्निहीत क्षमताको विकासले व्यक्तिको वास्तविक पहिचान स्थापित गराउने बताए । ‘सिलसिला मिलाएर बोल्ने क्षमता सबैसँग हुन्छ, तर सही सदुपयोग नहुँदा मान्छेको व्यक्तित्वमा प्रभाव परिरहेको हुन्छ । तालिम कार्यक्रमबाट यही क्षमतालाई तिखार्ने मौका प्राप्त हुन्छ ।’ मानन्धरले बताए ।

कुमारीपाटीदेखि पाटनको पुरानो बस्ती प्रवेश गर्ने टोलमा अवस्थित वडा कार्यालयको सभाहलमा माघ २९ देखि सञ्चालन भइरहेको तालिम कार्यक्रम फागुन ६ गते शनिबार समापन हुँदैछ । 

क्षमता अभिवृद्धि तालिम कार्यक्रममा वडाध्यक्ष राजेन्द्र महर्जन, वडा सदस्यहरु निर्मला खड्गी र प्रविन श्रेष्ठ पर्यवेक्षकको रुपमा सहभागी छन् । कार्यक्रमलाई वडा सदस्य निर्मला खड्गीले समन्वय गरेकी छन् । रेणु महर्जन संयोजक र रेविका महर्जन अध्यक्ष रहेको मां पुचःमा छोरीहरुलाई समेटेर म्ह्याय् पुचः, किशोर किशोरीहरुलाई समेटेर मचा पुचः समेत बनाइएको छ । संस्थाले महिलाहरुको क्षमता तथा सीप विकास सम्बन्धिको तालिम दिने, उद्यमशीलता प्रवद्र्धनको लागि विभिन्न ठाउँमा अस्थायी पसल सञ्चालन गर्नेदेखि महिला तथा बालबालिकालाई हकअधिकार दिलाउने, सचेतनात्मक लगायतका कार्यक्रम गर्दै आएको छ । 

मां पुचःले सामाजिक उत्तरदायित्व अन्तर्गत विगत केहीदिन अघि महानगरपालिकाको १९ वडाले सञ्चालन गरेको ‘आफ्नो ठाउँ आफै सफा गरौं’ नारा दिइएको अभियानमा समेत सहकार्य गरेको थियो । चारदिने सरसफाइ अभियान अन्तर्गत ईखा, धौमाकु गल्ली, तिछुगल्ली ईकु बहाननिमा सफाइ गरेको थियो ।

Categorized in

भोलिदेखि उपत्यकामा सार्वजनिक यातायात नचल्ने

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १, सोमबार

ट्राफिक नियमको विरोध गर्दै यातायात मजदुर संगठनहरूले भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । तीनवटा मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।  

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका हुन् । उनीहरूले विभिन्न १० बुँदे माग राखेका छन् । 

उता बालाजु क्षेत्र र महाराजगञ्ज क्षेत्रमा अहिले यातायात मजदुरहरूले यातायात सेवा ठप्प पारेर आन्दोलन गरेका थिए । बालाजु क्षेत्रमा प्रहरीसँग आन्दोलनकारीको झडपसमेत भएको थियो ।

Categorized in

बालाजुमा यातायात मजदुर र प्रहरीबीच झडप, प्रहरीका गाडीमा आगजनी

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १, सोमबार

काठमाडौं - काठमाडौंको बालाजु क्षेत्रमा प्रहरी र यातायात मजदुरबीच झडप भएको छ । ट्राफिक नियमको विरोध गर्दै यातायात अवरुद्ध पारेर यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए । सो क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा आन्दोलनकारीले प्रहरीका गाडीमा आगजनी गरेका थिए । यसका साथै उनीहरूले त्यस क्षेत्रमा रहेकाे एउटा अस्थायी प्रहरी बिटमा समेत आगाे लगाएका थिए ।

प्रहरीका दुईवटा गाडीमा तोडफोड भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् । झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएको जनाइएको छ । प्रवक्ता रिजालले बालाजु क्षेत्रमा थप प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । 

उता महाराजगञ्जमा पनि यातायात मजदुरले सवारी साधन रोकेका थिए । उनीहरूले चक्काजाम गरेर आन्दोलन गरेका थिए ।

Categorized in

ललितपुरमा वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २९, आइतबार

ललितपुर महानगरपालिका वडा ८ भोलढोकाका महिलाहरुको समूह भोलगणेश महिला समूहले आयोजना गरेको १० दिने वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । विभिन्न उमेर समूहका ३० प्रशिक्षार्थीहरुको सहभागितामा सम्पन्न उक्त प्रशिक्षण ललितपुर महानगरपालिका वडा ८ को सहयोगमा भएको थियो ।

प्रशिक्षण कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि वडा ८ का अध्यक्ष बाबुरत्न महर्जनले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुहुँदै “१० दिन सिकेर धेरै अनुुभवीसरह मन्तब्य राख्नु तथा ब्यवस्थित कार्यक्रम संचालनको शैली तथा आत्मविश्वासले आफू प्रभावित भएको” बताउनुभयो । उहाँले वडामार्फत सीप विकासका लागि हुने प्रशिक्षणहरुको प्रभावकारिता बढाउन यस्तै अन्य कार्यक्रम आयोजनामा वडाको सदा साथ रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

भोलगणेश महिला समूहकी अध्यक्ष रमिला बज्राचार्यको सभापतित्वमा भएको समापन समारोहमा प्रशिक्षक सुरजबीर बज्राचार्यले “जीवनको प्रत्येक अवधि एवं चुनौतीले ज्ञान दिने उल्लेख गर्नुहुँदै जति चुनौती बढ्छ त्यति हामीमा भएको सीप परिपक्व हुन्छ” भन्नुुभयो । १० दिनको प्रशिक्षण अवधि मात्र आफ्नो जिम्मेवारी नभइ हरक्षण आवश्यकता पर्दा आफू प्रशिक्षकका रुपमा सदा साथ रहने भनाइ उहाँको थियो । 

कार्यक्रममा प्रशिक्षार्थीहरु इन्दुु तामाङ, रमिला महर्जन, सुरक्षा बज्राचार्य, सानुमैया महर्जन, विमला बज्राचार्य, लिजा महर्जनले आ–आफ्नो प्रशिक्षण लिँदाको अनुुभव मन्तब्य राख्नुभएको थियो । प्रशिक्षणका क्रममा भएको गरेको मेहेनतले सीप एवं शैलीमा आएको परिवर्तनले हौसला उहाँहरुको भनाइ थियो । 

कार्यक्रममा भोलगणेश महिला समूहकी उप–सचिव शर्मिला महर्जनले स्वागत मन्तब्य राख्नुभएको थियो भने धन्यवाद ज्ञापन समूहकी कोषाध्यक्ष रमा श्रेष्ठले गर्नुभएको हो । 

आयोजक समूहले सहयोगी ललितपुर महानगरपालिका वडा ८ लाई मायाको चिनो प्रदान गरेको थियो भने प्रशिक्षक सुरजबीर बज्राचार्यलाई मायाको चिनोका साथै सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो ।

अर्लि किड्स होममा आयोजना भएको समापन समारोहमा ८ वडाकी सदस्य विमला महर्जन, भोलढोका टोल विकास संस्थाका अध्यक्ष किरण श्रेष्ठ, समूहका सल्लाहकारहरु अमिता बज्राचार्य, शारदा चित्रकार अतिथिका रुपमा उपस्थित थिए ।

महिला समूहले विभिन्न कार्यक्रम आयोजना, संचालन, मन्तव्य राख्ने तथा कार्यक्रम व्यवस्थापन मा सहजताका लागि प्रशिक्षण आयोजना गरिएको समूहकी अध्यक्ष रमिला बज्राचार्यले बताउनुभयो ।

Categorized in

राष्ट्रपतिको सवारीले सर्वसाधारणलाई सास्ती, डाक्टरलाई समेत हिँड्न राेकेपछि मुर्दावादकाे नाराबाजी

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २७, शुक्रबार

काठमाडौं - ड्युटीमा हिँडेका ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद्‍मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा हिँडेका ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथ सिंहमाथि प्रहरीले कुटपिट गरेको हो ।

ड्युटीमा जानैपर्ने बाध्यता भएपछि प्रहरीलाई डा. सिंह आइडी कार्ड देखाउँदै अस्पताल जाँदै थिए । तर, राष्ट्रपतिको सवारी हुँदा नहिँड्नु भनेको होइन भन्द्यै प्रहरीले डा. सिंहमाथि लठ्ठी प्रहार गरे । परिचय पत्र देखाउँदा पनि प्रहरीले डाक्टरलाई कुटपिट गरेको थियो ।

डाक्टरमाथि प्रहरीले कुटपिट गरेपछि डाक्टर नर्स सडकमै विरोधमा उत्रिएका थिए । डाक्टर, नर्सको विरोधसँगै सहिदगेट सुन्धाराबाट रत्नपार्क– जमलसडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

चिकित्सकहरु ‘प्रहरी प्रशासन मुर्दावाद’ भन्दै नाराबाजीमा उत्रिएका थिए । विरोधका क्रममा केही स्वास्थ्यकर्मी घाइते पनि भएका छन्।

Categorized in

विद्यासुन्दरले दिए बालेनलाई धन्यवाद

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ माघ २७, शुक्रबार

काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यले आफू मेयर छँदा गरेको आधुनिक सडक बत्ती जडान गर्ने सहमतिलाई कार्यान्वयन गर्न लागिएकोमा मेयर बालेन्द्र शाहलाई आभार प्रकट गर्नुभएको छ ।

शाक्यले विहीबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै पूर्ववत सहमति अनुरुप महानगरपालिकाका मुख्य मुख्य क्षेत्रमा सडक बत्ती राख्ने कार्य शुरु गर्न लागिएकोमा आभार प्रकट गर्नुभएको हो ।

‘ काठमाडौंका सडकहरु झिलिमिलि बनाउने विषयमा तीन वर्ष अघि भएको सहमति कार्यान्वयन गर्न लागिएको थाहा पाउँदा खुशी लागेको छ । मेयर शाहलाई धन्यवाद ।’ शाक्यले भन्नुभयो ।

महानगरपालिकाका मुख्य मुख्य क्षेत्रहरुमा सडक बत्ती जडान गर्ने भनि महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच भएको २०७७ मंसिर २५ गते विहीबार सहमति भएको थियो । सहमति अनुरुप कार्य शुरु गर्न मंगलबार तीन वटै निकायबीच सम्झौता गरिएको महानगरपालिकाले जनाएको छ । सम्झौतामा बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९ सय २५ रुपैयाँ लागत अनुमान गरिएको छ ।

यस अघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ्ग र तत्कालीन मेयर शाक्यको उपस्थितिमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, तत्कालीन प्राधिकरणका का.मु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, तत्कालीन विभागका महानिर्देशक केशवकुमार शर्माबीच सो सहमति भएको थियो।

महानगरपालिकाले ६० प्रतिशत र प्रँधिकरणले ४० प्रतिशत लगानीमा सडक बत्ती जडान गर्ने सहमतिपत्रमा उल्लेख गरिएको थियो।प्राधिकरणले व्यर्होने ४० प्रतिशत रकम पनि शुरुमा महानगरपालिकाले राखिदिने र सो रकम आउने कार्यक्रममा प्रँधिकरणले गर्ने लगानीमा समायोजन गर्ने सहमति भएको थियो । 

सहमतिमा भनिएको छ ‘ सो कार्यको लागि लागत अनुमान तयार गर्ने,प्रविधिको छनौट गर्ने र निर्माण कार्यको सुपरीवेक्षण गर्ने लगायतको कार्य प्राधिकरणले गर्ने र आयोजनाको निर्माण कार्य पछि मर्मत गर्नुपर्ने सडक र फुटपाथ लगायतको कार्य विभाग गर्ने छ ।’

सडक बत्ती जडान, सञ्चालन विषयमा समन्वय,अनुगमन तथा रिपोटिंग गर्ने तीन वटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने,सोही संयन्त्रले सडक बत्तीको सम्भाव्य विस्तार स्थलहरुको पहिचान अध्ययन गरी ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने भनि सहमतिपत्र भनिएको थियो ।

यस अघि महानगरपालिकाको लागि आवश्यक दमकल खरिद गरिसकेपछि त्यसको तयारी अघि बढाएकोमा मेयर शाहलाई शाक्यलाई धन्यवाद दिनुभएको थियो ।

Categorized in

Pages