STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

लहना साप्ताहिकको १३औं वार्षिकोत्सवमा नीजि संचारमाध्यमकाे सुविधा कटौती गर्नु खेदजनक भन्ने आवाज उठ्यो

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख २७, आइतबार

नेपालभाषाको रंगीन साप्ताहिक ‘लहना वाःपौ’ को १३औं वार्षिकोत्सव कार्यक्रममा   प्रतिनिधि सभा सदस्य कुलभक्त शाक्यले सरकारी विज्ञापन नीजि संचार माध्यमलाई विज्ञापन नदिने सरकारको निर्णय विरुद्ध संसदमा आवाज उठाउने बताएका छन् । काठमाडौंमा आयोजित साे कार्यक्रममा बोल्दै संघीय सांसद शाक्यले वर्तमान समयमा संचारमाध्यमहरु त्यत्तिकै नै जटिल अवस्थाबाट गुज्रिरहेकोमा सरकारको पछिल्लो निर्णयले नीजि संचारमाध्यमलाई घाँटी निमोठ्ने जस्तो भएको विचार राखे ।   

'जनताको आवाज बोल्ने संचारमाध्यमलाई संरक्षण गर्नुपर्नेमा सरकारले झन उल्टो दिइएको सुविधा कटौती गर्नु खेदजनक छ । मैले यस सम्वन्धमा नीजि संचारमाध्यमसँगै मातृभाषी संचारमाध्यमको पक्षमा संसदमा आवाज उठाउनेछु’ शाक्यले भने । अर्को प्रसङ्गमा शाक्यले विना कुनै विकल्प, सुकुम्वासी बस्तीमा डोजर चलाउन नहुने धारणा राखे । 

सोही कार्यक्रममा बोल्दै नेवाः देय् दबूका अध्यक्ष रश्मिला प्रजापतिले हुकुमावासीको नाम दिएर सबैलाई एउटै नजरले हेरिन नहुने बताए । सडक विस्तार, खोला मापदण्ड, फास्ट ट्राएक लगायत विभिन्न मापदण्ड र सरकारी योजना, आयोजनाले रैथानेहरुलाई पनि सडकमा पु¥याई सुकुम्वासीको अवस्था बनाइदिएको अध्यक्ष प्रजापतिले बताए । नक्कली ‘सुकुम्वासीलाई हटाउनै पर्ने हो तर, वास्तविक सुकुम्वासीहरुलाई सरकारले व्यवस्थापन गर्नैपर्छ । विना विकल्प जबरजस्ती डोजर चलाएर सबैको उठीबास लगाइदिनु राज्यको बरबरता नै हो’ प्रजापतिको भनाई हो । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्य, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष लक्की चौधरी, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल लगायतले लहना साप्ताहिकलाई बधाई र शुभकामनासहित आफ्ना कुरा राखेका थिए । त्यस्तै सम्मानितबाट नेपाल समाचारपत्रका सहायक सम्पादक सुनिल   महर्जन र नगद पुरस्कारका दातातर्फ बाट जगतबीर सिंह कंसाकार र डा. विजय प्रकाश सैंजुले आआफ्ना विचार राखेका थिए ।

कार्यक्रममा २० हजार राशीसहितको लहना धर्ममोति पत्रकारिता पुरस्कार वर्ष ११४५ का लागि एपिवानकर्मी राजु नापितलाई र ११४६ का लागि खबरसेन्टर अनलाइनका उत्तमकुमार श्रेष्ठलाई प्रदान गरियो । यसैगरी १० हजार राशीसहितको लहना केशव कृष्णवदन मातृभाषा पत्रकारिता पुरस्कार ११४५ का लागि ईमेजकर्मी केके मानन्धरलाई र ११४६ काल लागि नेपाल टेलिभिजनकर्मी शकुन्तला महर्जनलाई प्रदान गरियो । 

लहना शर्मिष्ठा सुर सम्मान ११४५ बाट वरिष्ठ निर्देशक पवन जोशी र ११४६ का लागिं कलाकार आराध्यालक्ष्मी खड्गी सम्मानित भए । यस वर्षबाट लहनाले स्वर्गीय पत्रकारद्वय सुशील बीरसिं कंसाकार र सुरेशकिरण मानन्धरको नामबाट पनि पत्रकारिता पुरस्कारको सुरुवात गरेको छ । लहना सुशीलबीर सिंह पत्रकारिता पुरस्कार ११४६ नेपाल समाचारपत्रका सहायक सम्पादक सुनिल महर्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशी रु. २० हजार रहेको छ । त्यस्तै रु. २५ हजार राशीसहितको लहना सुरेशकिरण पत्रकारिता पुरस्कार ११४६ बाट वरिष्ठ कार्टुनिष्ट रविन साय्मि सम्मानित भए । 

सोही कार्यक्रममा रविन्द्रराज ताम्रकारबाट लिखित नेपालभाषाको पुस्तक संस्कृति, समाज व व्यवसाय’ को विमोचन पनि गरिएको थियो । साथै सोही कार्यक्रममा लहना मिडियाले नेपाः टिभिमा संचालन गर्न लागेको चार वटा कार्यक्रमको पनि घोषणा गरिएको थियो । लहना मिडिया र कन्फराक्टीभ मिडियाले संयुक्र रुपमा आयोजना गर्न लागेको लहनाएक्टीभ म्यूजिक भिडियो अवार्डको घोषणा पनि सोही कार्यक्रममा गरिएको थियो । 

लहना साप्ताहिकका प्रधान सम्पादक नृपेन्द्रलाल श्रेष्ठ र व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले विभिन्न बाधा अडचनलाई छिचोल्दै लहना अघि बढिरहेको र भविष्यमा पनि समयसापेक्ष सामग्रीहरुसहित निरन्तर अघि बढिरहने प्रतिवद्धता जनाए । कार्यक्रममा विभिन्न गायक, गायिका र कलाकारहरुबाट गीत प्रस्तुतिको साथमा नृत्य र वाद्यवादन प्रस्तुति पनि दिइएको थियो

Categorized in

अभिधम्म पिटकको सान्दर्भिकता

Janjati Khabar – Janjati Khabar | २०८३ बैशाख १८, शुक्रबार

Categorized in

अग्रज संस्कृतिविद् मल्ल के सुन्दर बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानकाे कुलपतिमा मनाेनयन

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख १७, बिहिबार

बुढानीलकण्ठ नगरपालिका, सांस्कृतिक प्रतिष्ठान ऐन, २०८० को दफा १२ को उपदफा (१) बमोजिम गठित समितिकाे  सिफारिस भए बमोजिम नेपालकाे सांस्कृतिक तथा साहित्यिक  क्षेत्र का अग्रज वरिष्ठ   संस्कृतिविद्   मल्ल के सुन्दरलाई  बुढानिलकण्ठ   नगरपालिका सांस्कृतिक प्रतिष्ठानको कुलपति/अध्यक्ष पदमा मनोनयन गरिएको खबर प्राप्त भएकाे छ ।   सााे लपल सोहीपदकाे पदावधि  ऐनको दफा ७ को उपदफा (२) बमोजिम यस नगरपालिकाको मिति २०८२/१२/२७ को ८३ औं नगर कार्यपालिका बैठककाे निर्णय अनुसार  ऐनको दफा ७ (४) बमोजिम मनोनयन भएको मितिले ४ (चार) वर्षको हुने गरी बुढानीलकण्ठ  नगरपालिका ले जनाएको छ ।

नगरपालिका ले नव नियुक्त मल्लबाट  प्रतिष्ठानको उद्देश्य अनुरूप प्रचलित ऐन, कानून तथा कार्यविधिको अधीनमा रही कला, संस्कृति तथा परम्पराको संरक्षण, प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएकाे कुुुुरा प्रमुख प्रशासकीय अधिकृत अजय बतौलाले  बताएको छ ।

Categorized in

शिक्षाविद् एवम् साहित्यकार लक्ष्मण राजवंशीको स्मृति दिवस

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख १४, सोमबार

शिक्षाविद् एवम् साहित्यकार सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक लक्ष्मण राजवंशीको पाँचौँ स्मृति दिवसकाे अवसरमा    इन्स्टिच्यूटले एक समारोहको आयोजना गरेको    छ  । सो अवसरमा वक्ताहरूले लक्ष्मण राजवंशीको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्नुभयो । सो अवसरमा इन्स्टिच्यूटमा ३० वर्षसम्म अध्यापन गर्नुभएकी पूर्व शिक्षिका शारदा मरहट्ठालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ र प्राचार्य रूपक राजवंशीले रु. २५, ०००/- (पच्चीस हजार रुपैयाँ) सहित सम्मानित गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इन्स्टिच्यूटका पूर्व विद्यार्थी डा. सर्वोत्तम श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा इन्स्टिच्यूटका कर्मचारी सन्तपाल डङ्गोलले राजवंशीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै इन्स्टिच्यूटलाई यो अवस्थासम्म ल्याउन उहाँले निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्नुभयो । संस्थाप्रति लक्ष्मण राजवंशीको समर्पण, श्रम र निष्ठाको मुक्त कण्ठले प्रशंसा गर्दै डङ्गोलले उहाँको साहित्यिक योगदानबारे चर्चा गर्नुभयो । उहाँकै परिश्रम र दूरदर्शिताका कारण इन्स्टिच्यूटले सक्षम जनशक्ति निर्माणमा सकारात्मक भूमिका खेल्न सकेको बताउनुभयो।

समारोहमा इन्स्टिच्यूटका प्राचार्य रूपक राजवंशीले संस्थापक प्राचार्य तथा आफ्ना पिताको सम्झना गर्दै उहाँको त्याग र समर्पणका कारण विद्यालयबाट दीक्षित विद्यार्थीहरू विश्वभरि फैलिएर रहेका छन्; विद्यालयको ख्याति विश्वव्यापी बनेको छ भन्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समारोहका सभापति डा. सर्वोत्तम श्रेष्ठले लक्ष्मण राजवंशीको योगदानको चर्चा गर्दै पुरस्कृत व्यक्तित्व शारदा मरहट्ठाका बारेमा चर्चा गर्नुभयो ।

छहत्तर वर्षीया सम्मानित व्यक्तित्व शारदा मरहट्ठाले आफू सम्मानित भएकामा खुसी व्यक्त गर्दै आवश्यक परे अझै पनि इन्स्टिच्यूटको विकासमा आफू समर्पित हुने बताउँदै इन्स्टिच्यूटमा आफूले बिताएको तीस वर्षको कार्यकालको सुखद स्मरण गर्दै संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको कुशल र सक्षम अभिभावकीय नेतृत्वको चर्चा गर्नुभयो ।

इन्स्टिच्यूटका पूर्व विद्यार्थी यादव भट्टराईले झण्डै तीन दर्जन कृतिका स्रष्टा लक्ष्मण राजवंशीको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्दै यस दिनले हामीलाई उहाँकै पदचिह्नमा हिँड्न प्रेरित गरेको बताउनुभयो । यसका साथै भट्टराईले गुरुआमा शारदा मरहट्ठाको व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँ स्पष्ट वक्ता र प्रेरक व्यक्तित्व भएको बताउनुभयो । 

समारोहमा भाइस प्रिन्सिपल सुनीता सिंह, सिद्धार्थ वनस्थली इन्स्टिच्यूट एलुम्नाइ एसोसिएसनका अध्यक्ष राजेश रौनियार, इस्टुका अध्यक्ष अर्जुन के. सी., शिक्षक ऋषिराम उपाध्यायलगायतले लक्ष्मण राजवंशीको योगदानको स्मरण गर्दै श्रद्धा व्यक्त गर्नुभयो ।

शिक्षा, साहित्य, समाजसेवा, प्रशासन एवं राजनीतिका क्षेत्रमा सुपरिचित सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशी नेपाली भाषा, नेपाल भाषा र अङ्ग्रेजी भाषामा कलम चलाउने स्रष्टाका रूपमा ख्यातिप्राप्त हुनुहुन्छ ।

लिच्छविकालीन बाघभैरव मन्दिरको सांस्कृतिक मार्गमा गम्भीर असर

Janjati Khabar – Janjati Khabar | २०८३ बैशाख ८, मंगलबार

कीर्तिपुर । कीर्तिपुर नगरपालिका १ वडा अवस्थित बाघभैरव मन्दिर (आःजु द्यः) जाने ऐतिहासिक–पुरातात्विक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण सिँढी बाटो (आःजु द्यःया तं) छेक्ने रोक्ने तथा लोप हुनेगरी उक्त ऐतिहासिक सम्पदालाई हानी नोक्सानी पुग्ने गरी कीर्तिपुर नगरपालिका १ वडाले ढुंगाको सिमेन्टेट पर्खाल् निर्माण गरेको सम्बन्धमा विरोध जनाउँदै नेवाः देय् दबू कीर्तिपुर नगर समिति, स्यस्यः समाज कीर्तिपुर नगर समिति, ज्यापु महागुथि कीर्तिपुर नगर समिति, बाघभैर मन्दिर गुथि व्यवस्थापन समिति, हलिं नेवाः गुथि किपू कचा, थांबहाः दाफा खलः, खलः गुथि, माँकाजु गुथिले संयुक्त रुपमा एक विज्ञप्ति सार्वजनिक गरेको छ ।

२०८३ बैशाख ६ गते सार्वजनिक गरेको उक्त विज्ञप्तिमा सयौं कीर्तिपुरबासीहरुले हस्ताक्षर गरेका थिए भने उक्त विषयमा छलफल गर्न बैशाख ५ गते निर्माण स्थलमा भेला भएर सरोकारवाला कीर्तिपुर बासीहरु छलफल गरिरहेको अवस्थामा निर्माण कार्यमा संलग्न केही अराजक तत्वहरुको अभद्र व्यवहारबाट सरोकारवालाहरुको शान्तिपूर्ण विरोध गर्ने भेला हुने आधारभूत लोकतान्त्रिक अधिकार वञ्चित भएको घटनाप्रति कीर्तिपुरस्थित विभिन्न संघसंस्थाको ध्यानाकर्षण भएको व्यहोरा सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ, ‘सर्वप्रथम वडा नं. १ ले गरेको उक्त ऐतिहासिक बाघभैरव मन्दिरको सिँढी बाटो निर्वाद प्रयोग गर्न रोक्ने छेक्ने तथा लोप गर्ने गरी निर्माण गरिएको सिमेन्टेट पर्खाल निर्माण कार्यको सम्बन्धमा कानून बमोजिम FPIC, EIA / CIA नगरेको तथा पुरातत्व विभाग, गुथि संस्थान एवं बाघभैरव मन्दिर गुथि व्यवस्थापन समितिसंग कुनै अनुमति नलिई गरेको कार्य प्रमथ दृष्टिमै गैरकानूनी तथा कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र ऐन २०७८ विपरित छ । उक्त वडाको गैरकानूनी निर्माण कार्यले लिच्छविकालीन बाघभैरव मन्दिरको सांस्कृतिक मार्ग अर्थात् सिँढी बाटोको ऐतिहासिकता, पुरातात्विकता र सांस्कृतिकतामा गम्भीर असर परेको छ’

सार्वजनिक भएको विज्ञप्तिमा गैर कानूनी पर्खाल निर्माण कार्य स्थगन गर्ने, भत्काउने, हटाउने कार्य गरी पुनः साविक सिँढी बाटो कायम गर्न कीर्तिपुर नगरपालिका १ वडाका वडाध्यक्ष, निर्माण समितिलाई विज्ञप्तिमार्फत् माग गरेको छ ।  

सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ, ‘उक्त दिन भएको अप्रिय घटनाप्रति घोर आपत्ति व्यक्त गर्दछ , अतः हाम्रो माग एवं भनाई अनुसार तत्काल कार्य नभए हामी सशक्त विरोध, कानूनी कारवाही तर्फ जान बाध्य हुने सरोकारवाला सबैको जानकारीको लागि प्रस्तुत विज्ञप्ति प्रकाशित गरिएको छ । साथै आइन्दा सम्पदा क्षेत्रमा कसैले जथाभावी जनभावना विपरीत कार्य नगर्न खबरदारी गर्न चाहन्छौं ।’

पुरातत्व विभागका अधिकृत राजेश परियार, गुथि संस्थान शाखा कार्यालय काठमाडौंका प्रतिनिधि हेमन्त शर्मा तथा सरोध अधिकारीको रोहवरमा उक्त निर्माण स्थलको अवलोकन पनि भइसकेको जानकारी दिँदै विज्ञप्ति प्रकाशित गर्ने विभिन्न संघसंस्थाले उक्त गैर कानूनी पर्खाल निर्माणमा सहभागी वडा नं. १ तथा वडाध्यक्ष एवं अन्य व्यक्तिहरु समेत पहिचान गरी कानून बमोजिम सजायँ तथा जरिवाना क्षतिपूर्ति भराउने सम्बन्धमा आवश्यक कानूनी कारवाहीका लागि कीर्तिपुर नगरपालिका, पुरातत्व विभाग र गुथि संस्थान त्रिपुरेश्वरलाई आह्वान पनि गरिएको छ ।

यस विषयमा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलले १० वडा र १ वडा जोड्ने यो क्षेत्रमा १० वडाबाटको बाटोको ३ फिट जति समथर गरेको खण्डमा मिल्न आउने र कहिँ कतै हानी नहुने विचार राख्नु हुन्छ । उहाँ नगर प्रमुख डंगोल भन्नु हुन्छ, ‘यदि त्यो बाटो समथर गर्ने हो भने कीर्तिपुर नगरपालिकाले बजेट हालिने जानकारी दिन्छौं । परिवर्तनशील समय सन्दर्भमा सडक बाटो चाहिन्छ, तर सडक बाटो निर्माणको क्रममा पुरातात्विक ऐतिहासिक सम्पदाको नाश नहोस् ।’

कीर्तिपुर नगरका सम्पदा अभियन्ताहरुले कीर्तिपुर विश्व सम्पदा सूचीका सूचीकृत भएका कारण समग्र कीर्तिपुर नगरभित्रका सम्पदाहरु कुरुप हुनेगरी संरचना परिवर्तन गर्न नहुने र जस्ताको तस्तै राख्नुपर्ने धारणा राखेका छन् । 

कोही कोहीले यसरी बाटो बनाएको खण्डमा बाघभैरव मन्दिर भूक्षयको जोखिममा पर्ने धारणा पनि राखेका छन् । 

हुनतः केही वर्ष मात्र अघि, बाघभैरव मन्दिरको छानासम्बन्धी, मौलिक छाना झिंगटीलाई बिस्थापित गरी पाताको छानो हालियो । विवाद, विरोध नभाको हैन, भएकै हो, तर पाताको छानो नै कायम भो । यस्तै, अब बाघभैरवको ऐतिहासिक सिँढीमा पनि यस्तै विवाद र विरोध भइरहेको छ । तर त्यो बाघभैरवको छानो जस्तै कायम भएर छोड्ने नै हो कि ?

सार्वजनिक स्थानमा कुनै कार्य गर्नका लागि उपभोक्ता समिति निर्माण गरी कार्य गर्नुपर्ने, सम्बन्धित स्थानका स्थानीय जनता, गुथि, संस्था इत्यादीसंगको सहमतिमा निर्माण कार्य गर्नुपर्ने हो । तर बाघभैरव मन्दिरको उक्त सिँढीमा मोटर बाटो बनाउन थालिएको निर्माण कार्यको लागि कुनै उपभोक्ता समिति नबनाएको स्थानीयहरु भन्छन् । 

समग्रमा भन्नु पर्दा, बदलिँदो परिवेशमा सडक बाटो चाहिन्छ नै, तर सम्पदा, उक्त क्षेत्रको ऐतिहासिकता, परम्परागत संस्कारको पनि ख्याल राख्नुपर्ने हुन्छ र ती अमूल्य सम्पदाको सर्वनाश गरी सडक बाटो निर्माण गर्नु दण्डनीय कार्य हो भनी संस्कृतिविद् एवं कानूनविदहरुको तर्क रहेको छ ।

Categorized in

असनमा प्रत्येक हप्ता सांस्कृतिक उत्सव हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २६, बिहिबार

काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वि सं २०८३ वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने उद्देश्यले उत्सव गर्ने  निर्णय भएको छ । यस अघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी   गरेकाे थियो ।

यसै क्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वडा नं २७ का   वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकारवाला कार्यालयका अधिकारी, स्थानीय संघसंस्था तथा क्लव र समुदायका प्रतिनिधिसहितको बैठकले तयारीमा कमजोरी हुन नदिन कार्यक्रमलाई एक हप्ता पछाडि सारेर बैशाख ५ गतेबाट कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने सरसामान पाइने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्व जोगाउनु हाम्रो दायित्व हो ।’ वैठकमा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरुको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ । थालिएको कामलाई दिगो बनाऔँ ।’ आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो ।

‘स्थानीय, संघसंस्था, क्लव तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो ।’ वडाध्यक्ष योगेशकुमार खड्गी भन्छन्   , ‘कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदुषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ ।’

छलफलमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित के. सी., उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकेन्द्र सिंह गुरुङ, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात आवागमन र पैदल मार्ग व्यवस्थापन तथा सुरक्षा प्रबन्धलाई मजवुत बनाइने बताए ।

वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिवार सवारी साधन प्रवेशमा रोक लगाइनेछ । यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ ।

यस क्षेत्रलाई सम्पदा मार्गका रुपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिनेछ । मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिनेछ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।

Categorized in

चलचित्र बिकास बाेर्डले पेजथ्री अवार्डलाई सघाउने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २२, आइतबार

चलचित्र विकास बाेर्डले बाेर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र समितिले कुनै पनि भाषाका चलचित्र का लागि प्रदान गरिने आर्थिक सहयोगकाे उच्चतम रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । शनिबार सिटीसेन्टरकाे फुड काेर्टमा आयाेजना गरिएको पाँचौ  पेजथ्री पिपुल्स च्वइस अवाञ्छित ११४५ घाेषणा कार्यक्रममा बाेल्नु हुँदैन बिकास बाेर्डका दिनेश राज दाहालले आफ्नो मन्तव्य राख्ने क्रममा उहाँले यसरी प्रतिबद्धता पाेख्नु भएको हाे । 

पुरस्कार भनेको कुनै पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भने चलचित्र क्षेत्रमा झन यसको महत्त्व बढीको छ भभन्ने उहाँको ठहर्‍याएका छ । अवार्ड कार्यक्रमका निर्देशक दर्शनबीर शाक्यले अवार्ड का उपादेयता बारे प्रकाश पारेको साे कार्यक्रममा अग्रज सिने पत्रकार विजयरत्न असंबरेले नेपालभाषा लगायतको आदिवासी मातृभाषाका चलचित्र लाई बिकास बाेर्डले विधागत रुपमा अवार्ड दिने नगरेको गुनासो पाेख्नु भयो ।

ईलाेहँ का प्रबन्ध निर्देशक नरेशवीर शाक्यको सभापतित्वमा भएको साे कार्यक्रममा जानकारी गराईए अनुसार साे अवार्ड मा भाग लिन यही २०८३ बैशाख ५ गतेसम्म आवेदन दिइसक्नु पर्ने बताइएको छ । 

Categorized in

शाक्यहरुकाे एकता दर्शाउन भाेजकाे आयाेजना

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २१, शनिबार

काठमाण्डौंका शाक्यहरु मात्र सम्मिलित हुने १० वटा बहालहरुलाई समेटेर स्थापना गरिएको शाक्य महाविहार संघको आयोजनामा यस वर्ष दोस्रो पटक शाक्य संघदान (संघभोज) शाक्य भोज विहीबार ल्हुति पुन्हिकाे दिन सम्पन्न   भएको छ ।

विभिन्न बहाः बहीका शाक्यहरुकाे उपस्थितिमा आयोजना गरिने यस शाक्य संघ भोजमा श्री दीपंकर तथागत समक्ष पूजा गरी उपस्थित हुनुभएका महानुभावहरुलाई संघदान पनि गरिएको छ । संघका महासचिव संघरत्न शाक्यले बताउनु भए अनुसार यस वर्ष भोजमा पुरुषलाई मात्र नभई महिलाहरुलाई पनि समावेश गरिएका छन् भने दान प्रदान भने पुरुषहरुलाई मात्र गरिएका छन् ।

संघका अध्यक्ष शुभकाजी शाक्यले गत वर्ष पहिलो पल्ट आयोजना गर्दा पुरुषहरुलाई मात्र समावेश गरिएकोमा यस वर्ष महिलाहरुलाई समेत समावेश गरिएको र त्यसले गर्दा सहभागीहरु उत्साहजनक रुपले वृद्धि भएको कुरा बताउनु हुँदै यस क्रमलाई अझै बिस्तारित  गर्दै लैजाने लक्ष्य रहेको कुराको जानकारी दिनुभयो ।

त्यसै गरी, उहाँले ले नेवारहरु संगठित हुनु पर्ने र आफ्ना संस्कृति परम्परालाई जीवन्त राखु पर्ने कुरामा जोड दिनुहुँदै शाक्यहरु बीचको यस भोजलाई यहीँ प्रयास स्वरुप  निरन्तर रुपमा अगाडि बढाउने प्रयास गरिएको हो भनी भन्नुभयो ।

शाक्य कुलको परम्परा अनुसार परापूर्व कालदेखि हुँदै आएको यस प्रकारको शाक्य भोज धेरै वर्षदेखि बन्द भएकाे थियाे । शाक्य सर्वसंघ भोजलाई निरन्तरता दिन शाक्य महाविहार संघले सांस्कृतिक पर्वका रुपमा शाक्य सर्वसंघ भोज आयोजना गरिएको

भनी संघका उपाध्यक्ष अमीरमान शाक्यले बताउनु भयो । शाक्य महाविहार संघमा काठमाडौ भित्र का श्रीघः बहाः, नघः बहाः नघः, तःधं बहाः, वटु, महाबुद्ध बहाः महाबौद्ध, स्वःबहाः, यंगाः, असंबहाः, असंगल्लि, बिकमाः बहाः ओम बहाः, यता बहाः ग्वःफः लगं, क्वहिति बहाः क्वहिति र क्वंसाः बहाः ह्यूमतकाे सहभागिता रहेको थियोे  ।

Categorized in

Pages