कीर्तिपुरमा शनिबार “सशक्तिकरणका लागि सामाजिक सञ्जाल” विचार प्रस्तुतिकरण हुने
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ श्रावण ३०, शुक्रबार
सशक्तिकरणका लागि सामाजिक सञ्जाल कीर्तिपुरको आयोजनामा श्रावण ३१ गते शनिबार कीर्तिपुरमा बृहत्त विचार प्रस्तुतिकरण कार्यक्रम हुने भएको छ ।
कीर्तिपुर नगरमा समाज परिवर्तन तथा दक्ष नेतृत्व विकास गर्ने परिकल्पनासहित गठन हुन गइरहेको “सशक्तिकरणका लागि सामाजिक सञ्जाल” को आवश्यकता र औचित्यता विषयमा विचार प्रस्तुतिकरण कार्यक्रम हुन लागेको जानकारी आयोजक सशक्तिकरणका लागि सामाजिक सञ्जाल कीर्तिपुरले दिएको छ ।
श्रावण ३१ गते शनिबार विहान ७ः३० बजे कीर्तिपुर १० वडा बर्खाहितिस्थित केएनएस किचेन ब्यांक्वेटमा हुने उक्त “सशक्तिकरणका लागि सामाजिक सञ्जाल” विचार प्रस्तुतिकरण कार्यक्रममा उपस्थितिको लागि आयोजक सशक्तिकरणका लागि सामाजिक सञ्जाल कीर्तिपुरले आह्वान गरेको छ ।
Categorized inभाद्र १ गते सुनाकोठी भिमसेन जात्रा
Janjati Khabar – Janjati Khabar | २०८२ श्रावण २४, शनिबार
ललितपुर : विश्वकै सबैभन्दा अग्लो आराध्यदेव भीमसेनको मूर्तिको आठौं स्थापना दिवस तथा ‘भिं द्यो पूजा’ यही भदौ १ गते आइतबार भव्य रूपमा मनाइने भएको छ । सुनाकोठी क्षेत्रमा निर्मित यो भिमसेन को मुर्ति अहिले सम्म उपलब्ध जानकारी सम्भवतः यो नै पहिलो हो भन्ने देखिन्छ ।
कार्यक्रमका आयोजक सुनाकोठी समाजका अध्यक्ष विनोद डङ्गोलका अनुसार, “भीमसेन जात्रालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।” उनका अनुसार मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको करिब ६० टन तौल भएको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि यो मूर्ति निर्माण गरिएको हो।
स्थापना दिवसको अवसरमा भव्य तामझामका साथ विविध धार्मिक र सांस्कृतिक कार्यक्रमको आयोजना गरिने तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका सदस्य रुपेश डङ्गोलले जानकारी दिए। गायकसमेत रहेका डङ्गोलले थुप्रै गीत–संगीतमा आवाज दिइसकेका छन्।
स्थानीयबासी, भक्तजन र पर्यटकहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको यो कार्यक्रममार्फत सुनाकोठीलाई सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको आयोजकहरूले बताएका छन्।
Categorized inपांगामा सापारु रुट : परम्परादेखि चल्दै आइरहेको पुरानो रुट कायम हुने भो
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ श्रावण २३, शुक्रबार
कीर्तिपुर/देशमा परापूर्वकालदेखि नेवाः समुदायमा संगठित हुने निकाय “गुथि” विकास हुँदै हालसम्म पनि कायम रहेको अवस्था छ । यही गुथिकै नक्कल हालका विभिन्न संघसंस्था, समूह एवं पार्टी संरचना हुन् भने पनि फरक नपर्ला । यही गुथिको विकासक्रमलाई नियाल्ने हो भने परापूर्वकालदेखि नेवाः समुदाय संगठित हुँदै आइरहेको चेतनशील एवं विकासशील समुदाय नेवाः समुदाय हो भन्ने प्रमाणसहित समाजमा उभिएको छ । यही कारण पनि गुथि नेवाः समुदायको विशाल शक्ति हो भने पनि फरक नपर्ला । गुथिको विरुद्ध कदम चाल्ने हिम्मत कसैले पनि चाल्नै सक्दैन । नेवाः समुदायको गुथि आन्दोलनले नेपाल सरकारलाई परास्त गर्न सक्छ भन्ने प्रमाण उक्त गुथि आन्दोलनले देखाइसकेको छ ।
यही क्रममा यस वर्षको सापारु पर्वलाई भव्य सभ्य गरी मनाउने क्रममा कीर्तिपुरको ऐतिहासिक बस्ती पांगामा संयुक्त गुथि समितिबाट परम्परागत परम्परालाई यथावत राख्ने गरी पांगामा हुने सापारु जात्राको रुट निर्धारण गरेको छ ।
संयुक्त गुथि समिति कीर्तिपुर नगरपालिका पांगाले सायाः ग्वाहालि पुचः पांगाका संयोजकलाई सम्बोधन गर्दै एक विज्ञप्ति सार्वजनिक गरेको छ । उक्त विज्ञप्ति संयुक्त गुथि समितिका सचिव हिराबहादुर महर्जनले हस्ताक्षर गरी सार्वजनिक गरिएको हो ।
सापारु रुट सम्बन्धमा सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ, “देशमा विस्तार हुँदै आइरहेको नयाँ बस्ती निर्माणले गर्दा पहिलेको तुलनामा हाल गाउँ क्षेत्र विकसित हुँदै एक अर्को गाउँसम्म मिसिसकेको अवस्थामा परम्परादेखि चल्दै आइरहेको जात्रा पर्वको रुट परिवर्तन गर्दा पछि विकराल समस्या लगायत आफ्नोपन समेत गुम्न जानसक्सने भएकोले पांगामा परम्परादेखि चल्दै आइरहेको सापारुको रुट विस्तार नगरी परम्परादेखि चल्दै आइरहेको पुरानो रुटलाई नै मान्यता दिनु मनासिब देखिएकोले अब उप्रान्त तपसिल बमोजिमको परम्परागत रुटमा मात्र जात्रा संचालन गर्ने निर्णय भएको व्यहोरा अनुरोध गर्दछौं ।”
संयुक्त गुथि समितिले सापारुको रुट सम्बन्धमा तपसिलमा जात्रा हुने टोलहरु उल्लेख गरिएको छ । सार्वजनिक गरिएको विज्ञप्तिमा जात्रा हुने रुट यसरी उल्लेख गरिएको छ –
धुसी टोलबाट शुरु गरी लाछी, माहाबो, लखु, ध्वाखाफः, खाचो, दथल, बाकुननी खिपाकु, पिनेकेब, लायब, दीख्यः, ध्वाखाफः, लाछी, दुनिख्यः, भुजिन्द, तुचाख्यः, कलगाः, ध्वाखासी, पासिमादोपा, बसुन्धरा, सालिक, याकःछेँ, पाहु, हेखाली, लाछी हुँदै अन्तिम दथलबाट (थाचिनां छ्वःगु छेँ) सापारु शुरु गरेको घरसम्म उल्लेख गरिएको छ ।
धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी
Janjati Khabar | २०८२ श्रावण २२, बिहिबार
भादगाउँ, भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि ९स्वाःस्वाः० अजिमालाई जल चढाइ पूजा चढाए दम रोग निको हुने धार्मिक विश्वास रहेको छ । अहिले पनि स्थानीयहरु स्वाःस्वाः आउँदा औषधिले काम नगरेपछि स्वकी अजिमा पूजा गर्ने परम्परा कायमै छ । तर स्वकी अजिमा हिटी पूरै झारपातले पुरिएको अवस्थामा छ ।
भक्तपुर नगरपालिका–१ कै वासिकचा हिटी धार्मिक रूपले पवित्र मानिन्छ । यो हिटीमा स्नान गरी जल ग्रहण गर्नाले टाउको दुखाइ रोग निवारण हुनुका साथै जिउ भारी भई थकान मुक्त हुने स्थानीय ८५ वर्षीय लतङ्काजी खत्रीले बताउनुभयो । उहाँ अहिले पनि टाउको दुःखेको बेलामा उक्त हिटीमा स्नान गरी गणेश, नारायण र महादेवलाई जल चढाइ दर्शन गर्ने गरेको बताउनुभयो । स्थानीय बस्ती विस्तारसँगै हिटीलाई व्यवस्थित अवस्थामा छ ।
भक्तपुर नगरपालिका–५ तुलाछेस्थित त्रिपुरा राजदरवारभित्र रहेको त्रिपुरासुन्दरी विद्या पीठको हिटी पनि धार्मिक तथा सांस्कृतिक रूपले अत्यन्त पवित्र मानिन्थ्यो । हिटीसँगै संरक्षणको पर्खाइमा रहेका महादेवलगायत विभिन्न देवीदेवताको मूर्ति रहेको छ । साथै, हिटी परिसर सूर्यविनायक गणेश मन्दिर र कर्माचार्यको आँगद्यो रहेको छ । गणेश र आँगद्योलाई स्नान गराउने यो हिटीको पानी जर्मन परियोजना लागू भएपछि मुहान सुकेर बन्द भएको स्थानीय बताउँछन् ।
त्यसैगरी त्रिपुरा राजदरबारभित्रै अर्को धार्मिक हिटी रहेको छ । तर यो हिटीलाई निजीकरण गरी हाल भुइसाहुको घरको भूइँतल्लामा राखिएको छ । हिटी परिसर पूरै रत्न भवनको नाममा व्यापारिक क्षेत्रमा परिणत भइसकेको छ भने हिटीमा आउने पानीको स्रोत बन्द छ ।
भक्तपुर नगरपालिका–५ सुकुलढोकाको बुलुबुलु हिटीलाई पनि सांस्कृतिक तथा धार्मिक रूपले अत्यन्त महत्वपूर्ण मानिन्छ । यो हिटीको पानी स्थानीय महादेव, नारायण देवलाई चढाउँछन् । नगरको मुख्य सडक छेउमा रहेको यो हिटीले बटुवाहरुले प्यास मेटाउने कार्य समेत गर्दै आइरहेको स्थानीय सत्य श्रेष्ठले बताउनुभयो । हिटी अहिले संरक्षणको पर्खाइमा छ ।
धार्मिक र सांस्कृतिक महत्वसँग जोडिएका भक्तपुरका नौ हिटीमध्ये भक्तपुर नगरपालिका–३ नासमना दबु हिटी अर्को पवित्र हिटीका रूपमा लिइन्छ । यो हिटीको पानीले स्थानीय अर्धनारेश्वर र उमामहेश्वरलाई स्नान गराउने परम्परा रहेको स्थानीय ७१ वर्षीया नाराकाजी सिल्पकारले बताउनुभयो । उहाँका अनुसार नजिकै मङ्गलकुण्ड रहे पनि यो हिटीकै पानीले स्नान गराउने परम्परा थियो । यो हिटीको परम्परागत मुहान बन्द भएपछि अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको पानी जडान गरी सञ्चालन गरिरहेको छ ।
सूर्यविनायक गणेश मन्दिर छेउको इनारे हिटी पनि नौ हिटीसँग जोडिएको हिटी हो । यो हिटीको पानीले सूर्यविनायक गणेश मन्दिरलगायत परिसरमा रहेका सबै देवीदेवतालाई स्नान गराइन्छ । दर्शन पूजनका लागि आएका भक्तजन इनारे हिटीमा हातखुट्टा धाएर चोखो गरी गणेशलाई सोही हिटीको जल चढाइ दर्शन गर्ने परम्परा अहिले पनि जीवितै छ ।
त्यसैगरी मन्दिर नजिकै तल ओरालोमा रहेको इनारे लुखाहिटी पनि सांस्कृतिक रूपले अत्यन्त पवित्र मान्निछ । यो हिटीको पानीले स्थानीय विभिन्न देवीदेवतालाई स्नान गराइन्छ । हाल यो हिटीमा वर्षाको समयमा पानी आउने अरु बेला सुख्खा छ । यो हिटीमा स्थानीयले प्रयोग गर्न मिल्ने गरी धारा जडान गरिएको छ ।
संस्कृतिसँग जोडिएका हिटीमध्ये अर्को महत्वपूर्ण हिटी हो भक्तपुर नगरपालिका–९ तचपालको भिसिंद्यो हिटी । नौ हिटीमध्ये सबैभन्दा बढी क्षेत्रफल ओगटेको यो हिटी परिसरमा बालबालिकामा रुन्चे लाग्दा मुख धुवाउने पवित्र कुण्ड, नारायण, धार्मिक समन्वय र सदभावको अनुपम उदाहरणस्वरूप शिवलिङ्ग र चैत्यलगायतका विभिन्न देवीदेवताका मूर्ति छन् । हिटीमा नियमित पानी आइरहेको छ । हिटीको पानीले नियमित भिसिंद्यो र गुरु दत्तात्रयलाई स्नान गराउने परम्परा छ । स्थानीय दैनिकी बिहान नृत्य स्नान गरी हिटीको पानी स्थानीय देवीदेवतालाई चढाउने गर्दछ ।
सूर्यविनायक गणेश मन्दिरको इनारे हिटीदेखि सुरु भई क्रमशः इनारे लुखा हिटी, स्वकी अजिमा हिटी, वासिकचा हिटी, नासमना हिटी, त्रिपुरासुन्दरी विद्यापीठ हिटी, भूइसाहुको घरको हिटी, बुलुबुलु हिटी र भिसिंद्यो हिटी गरी नौ हिटीमा स्नान गरी दर्शन पूजन गरी पूर्णता पाउने धार्मिक मान्यता छ ।
उल्लेखित भक्तपुरका हिटी धार्मिक, सांस्कृतिक एवम् विभिन्न रोग निदानसँग सम्बन्धित रहेको छ । भक्तपुरमा धार्मिक तथा सांस्कृतिक आस्था रहेका, इतिहास बोकेका, रोग निवारणका लागि बनाएका, शहरको शोभा, सुन्दरता बढाउन विभिन्न कालखण्डमा निर्मित लौकिक वास्तुकलाको अनुपम उदाहरणका रूपमा सुन्दर मनोमोहक हिटीहरु छन् । भक्तपुरका हिटीमा लिच्छवीकालदेखि मल्लकालसम्मका शैव शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति रहेका छन् ।
विशेषगरी गुन्हुपुन्हि अर्थात जनै पूर्णिमामा नौ हिटीमा स्नान गर्नाले पुण्य प्राप्तिका साथै विभिन्न रोगहरुको प्रकोपबाट जोगाउने धार्मिक विश्वास रहेको छ । यस दिन हिटी माथि अवस्थित उत्तरापन्थका देवीदेवताको दर्शन गर्नाले दिवङ्गत भएका परिवारका सदस्य सापारु ९गाईजात्रा०को दिन ईश्वरीय धाममा प्रवेश पाउने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन् ।
नगरमा १७ पूर्वाभिमुख, २९ पश्चिमाभिमुख, दुई उत्तराभिमुख र २२ दक्षिणभिमुख हिटी छन् । तीमध्ये पूर्वाभिमुखका नौ हिटीलाई अत्यन्त धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिएको छ । नौ हिटी लिच्छवीकालीन समयमा बनाएको तलेजु तथा त्रिपुरासुन्दरी विद्यापीठको आगंद्योको मुख्य पूजारी सिद्धीवीर कर्माचार्यले बताउनुभयो ।
नेवार समुदायमा गुन्हुपुन्हीको दिन गुपुहिटी सिकवानेगु ९नौ वटा हिटी चिन्न जाने० परम्परा रहेका छ । यसैले भक्तपुरमा रहेको १७ मध्ये स्थानीय जनजीवनसँग जोडिएको पूर्वाभिमुख नौ हिटीमा तीर्थ स्नान गर्न जाने चलन छ ।
हिटीमध्ये धर्म संस्कृतिसँग जोडिएको नौ हिटीको विषेश महत्व रहेको पुरातत्वविद्, इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । वास्तुतन्त्र विधि अनुरूप निर्माण गरिएका भक्तपुरको नौ हिटीलाई नवदुर्गा र नवग्रहको आशिर्वादका रूपमा लिन सकिने उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार नौ हिटीमा तीर्थस्नान गर्नाले सुख, शान्ति, समृद्धि प्राप्त गर्नुका साथै स्वस्थ हुने जनविश्वास रहेको छ ।
गुन्हुपुन्हीमा नौ जोर लुगा लगाएर, नौ थरिको गेडागुडीको क्वाँटी खाएर, पूर्वतिर फर्केको नौ वटा हिटीमा तीर्थ स्नान गर्न गयो भने सुख, शान्ति, समृद्धि भई मृत्युपश्चात् पितृ भएर बाँच्न पाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । तर आधुनिकतासँगै नौ हिटीमा स्नान गर्न जाने परम्परा लोप हुँदै गएको छ ।
नगर स्थापना गर्ने लिच्छवी राजा आनन्ददेवले वास्तुमय बनाउने क्रममा विभिन्न हिटी निर्माण गरेको इतिहासमा उल्लेख छ । लिच्छवी राजा मानदेव प्रथमको नातिले हिटी बनाएको इतिहासमा उल्लेख छ । भक्तपुरमा लिच्छिवी र मल्लकालीन हिटी छन् । तीमध्ये मल्लकालीन ८० वटा र बाँकी लिच्छवीकालीन हिटी भएको इतिहासमा छ ।
भक्तपुरमा १०३ वटा हिटीमा अहिले करिब ७० वटा बाँकी छ । अधिकांश हिटी पुरिएको, घाँसेमैदानले छोपिएको देखिन्छ । कतिपय हिटीले भक्तपुर नगरपालिकाको सहयोग र स्थानीयको श्रमदानमा पुनर्जीवन पाएको छ । भक्तपुरको तलेजुभित्रको हिटी, तमारीको सुनधारा हिटीमा पानी आउन बन्द भएको छ । कतिपय हिटी वर्षामा पोखरीमा परिणत हुन्छ । इन्द्रायणी, महाकाली, पीठको हिटी, बजिगाँचा हिटीको निकास बन्द हुँदा वर्षैभरि पानीले भरिएको हुन्छ भने गोमारीको पञ्चतीर्थको हिटी, भिसिङ्द्यो हिटी वर्षामा पोखरी बन्छ । नौ हिटीमा तीनवटा हिटीमा मात्र पानी आउँछ । अरु सबै पुनःजीवनको पर्खाइमा बसेका छन् ।
हिटी चारपाटे लाम्चो अकारको हुन्छ । ठाउँअनुसार फरक देखिने हिटी हेर्दा अधिकांश मकर९गोही०को मुखबाट पानी बगिरहेको देखिन्छ । गोही गङ्गा महारानीको वाहन भएकाले धेरैजसो हिटीमा मकर राखिएको स्थानीय बताउँछन् ।
त्यसैगरी गोमुखी, अजामुखी९बाख्राको मुखी०, ब्याघमुखी९बाघको मुख०, र गजामुखी९हातीको मुख० भएका हिटी पनि छन् । लिच्छवीकालीन हिटीको मुनी यक्ष हुन्छ भने मल्लकालीन हिटी मुनी शङ्ख बजाउँदै गरेको भगीरथ राखिएको हुन्छ । हिटी परिसरमा नारायण, महादेव, शैवलगायतका विभिन्न देवीदेवताको मूर्तिहरु राखिएको हुन्छ भने कुनै हिटी परिसरमा कुण्ड निर्माण गरिएको पाइन्छ ।
हिटीमा विभिन्न देवीदेवता राख्नु भनेको हिटीको पानीमा दैवी शक्तिका कारण रोगलाई निको पार्ने औषधियुक्त गुण हुने स्थानीय हीरालाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पूर्वमा फर्केका हिटीले विभिन्न रोगको निवारण गर्ने, पश्चिममा फर्केका हिटीले नगरबासीको हितको लागि, उत्तरमा फर्केको हिटीले महादेवलाई जल चढाएको र दक्षिणमा फर्केको हिटीले मृतकलाई तर्पण दिएको सङ्केत जनाउँछ ।
धार्मिक र सांस्कृतिक आस्थासँगै नगरको शोभा बढाउन र दैनिक जीवनमा पानीको आवश्यकता पूर्ति गर्न निर्माण गरिएका वास्तुकलामा अनुपम नमूनायुक्त हिटी संरक्षणको अभावले कुरूप बन्नुका साथै लोप हुने अवस्थामा पुगेका छन् । कतिपय लोप भइसकेका छन् । यस्ता सम्पदाको संरक्षण गरी वैकल्पिक स्रोतको परिचालन गरी निरन्तर पानी आउन बनाउन सके यसले नगरको सौन्दर्यकरणसमेतमा टेवा पुग्ने देखिन्छ । रासस
मातृभाषाको संरक्षण, प्रवद्र्धन र विकासको लागि सचेतना जगाउन प्लेकार्ड प्रदर्शन
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण १९, सोमबार
नेवाः ग्वाहालि पुचः र नेवाः मिसा ग्वाहालि पुचःले गुंला पर्वको बखत स्वयम्भू महाचैत्य दर्शन गर्नआउने स्थानीयबासीको सन्दर्भ मिलाएर भगवानपाउ क्षेत्रमा मातृभाषाको संरक्षण, प्रवद्र्धन र विकासको लागि सचेतना जगाउन प्लेकार्ड प्रदर्शनी गरेका छन् ।
प्लेकार्डमा “हाम्रा बालबालिकालाई नेपालभाषा सिकाऔं, नेवार भएकोमा गर्व गरौं’, मातृभाषाको संरक्षणले सहअस्तित्व कायम गर्दछ जस्ता नारा लेखिएका थिए । प्लेकार्ड प्रदर्शनीमा भाषासेवी विष्णु चित्रकार, विद्यादेवी चित्रकार, श्रीकृष्ण मानन्धर, रवीन्द्र श्रेष्ठ, गायिका रोजी श्रेष्ठ डंगोल लगायतले भाग लिएका थिए । नेवाः ग्वहालि पुचः, आदिवासी नेवाः आदिवासी राजनीतिक अभियान, नेवाः मिसा ग्वहालि पुचःले वर्षेनी यस्ता कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि महानगरका विभिन्न वडाका नेवाः मिसा ग्वहालि पुचःले प्लेकार्डसहित प्रदर्शनीमा भाग लिएका थिए । मातृभाषा जोगाउन सकियो भने मात्र सामुदायिक अस्तित्व जोगाउन सकिने प्रदर्शनीमा सहभागीहरूले बताए ।
Categorized inमहानगरको कार्यपालिका बैठक शुक्रबार २ बजे बस्ने
Janjati Khabar – Janjati Khabar | २०८२ आषाढ २७, शुक्रबार
काठमाडौं । प्रत्येक महिना हुँदै आएको काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक लामो समयपछि शुक्रबार २ बजे बस्ने भएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)को सचिवालय निमित्त प्रमुख शान्ता पहाडी हस्ताक्षरित पत्रमा कार्यपालिका सदस्यहरूलाई सम्बोधन गर्दै काठमाडौं प्लाजास्थित कार्यपालिका हलमा उपस्थित हुन भनिएको छ ।
उनको पत्र बिहीबार साँझ मात्रै वडाध्यक्षहरूलाई पुगेको छ । पत्र अगाडि नै नगर प्रहरीले वडाध्यक्षहरूलाई कार्यपालिकामा उपस्थित हुन मौखिक जानकारी गराएका थिए ।
महानगरको कार्यपालिका बैठक बस्न लामो छलफल भएको थियो । आन्तरिक कलह टुंगो नलाग्ने भएपछि बालेनले बाध्य भएर शुक्रबार २ बजे बस्ने निश्चित गरेका थिए । योसँगै सात महिना बढी नभएको कार्यपालिका भोलि हुनेछ ।
महानगरको कार्यपालिका बैठक १९४ दिनपछि हुन लागेको हो । पछिल्लो पटक पुस १४ गते महानगरको १६ औँ नगर सभा बसकेको थियो । त्यसअगाडि नै कार्यपालिका बैठक बसेको थियो । लामो समय बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले बालेनलाई पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।
पछि फेरि जेठ १४ गते १५० भन्दा बढी नगरसभा सदस्यले अनौपचारिक रूपमा बैठक बसी कार्यपालिका बैठक राख्न मेयर शाहलाई दबाब दिएका थिए । उक्त बैठकमा रास्वपाबाट निर्वाचित वडा नम्बर १६ नम्बर वडाध्यक्ष रोजिना श्रेष्ठबाहेक अन्य अधिकांश जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
महानगरका मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगै कार्यपालिका र नगर सभामा बस्न नसक्ने भन्दै हठ गरिरहेका थिए । त्यही कारण असार १० मा आउनुपर्ने बजेट रोकिएको थियो ।
'भ्रष्टाचारको आशंका लागेको कर्मचारीसँग कसरी बसेर काम गर्ने’ भन्दै उनी एकोहोरो अडानमा थिए । तर असार मसान्तसम्म बजेट पास गर्न नसके कानुनी रूपमा महानगर बजेटशून्य (बजेट होलिडे) हुने भएकोले उनले कार्यपालिका बोलाएका हुन् । ‘अहिलेलाई कार्यपालिका कल भएको छ । मुख्य कुरा त्यही हो तर प्रमुख प्रशासकीय अधिकृतको विषयमा के हुन्छ भोलि मात्रै थाहा हुन्छ,’ २२ नम्बरका वडाध्यक्ष चिनीकाजी महर्जनले बताए ।
जो भए पनि बैठक बोलाउने र जे हुन्छ कार्यपालिकामै हुन्छ भन्ने भएर बैठक बोलाउन लागिएको बालेन स्रोत बताउँछ । ‘नगर सभा र कार्यपालिकाको बैठक व्यवस्थापनका लागि उपप्रमुखसहित टोलीले जिम्मा लिने मेयरले भनेका छन् । यो बस्छ, बस्दैन भन्ने हामीले होइन । तर प्रमुख प्रशासकीय अधिकृत सँगै रहने कुरामा बालेनको अझै पनि विमति देखियो,’ बालेननिकट एक कर्मचारी भन्छन् ।
बालेनको सचिवालयले भने बैठक कल गरिसकेकाले भोलि (शुक्रबार) नै थाहा हुने बताउँदै आएको छ । ‘भोलि बैठकमै थाहा हुन्छ, मुख्य कुरा बजेट हो । बजेटका लागि कार्यपालिका बस्न लागेको हो । बाँकी कुरा बैठकबाटै थाहा हुन्छ,’ बालेनका सचिवालय सदस्य एक भन्छन् ।
वडाध्यक्षहरूलाई भने कार्यपालिकामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बस्छन् कि बस्दैनन् भन्ने छ ।
‘नेपाली कांग्रेसबाट चुनाव जितेका वडाध्यक्षहरू प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेर भए पनि बजेट ल्याउने पक्षमा हुनुहुन्छ भने उपप्रमुखसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरू प्रमुख प्रशासकीय अधिकृतले नै बैठक चलाउने अडानमा अझै छन् । भोलि नै थाहा होला ? ’ महानगरका एक वडाध्यक्षले बताए ।
उनका अनुसार बालेनले प्रमुख प्रशासकीय अधिकृत अस्वीकार गर्ने हुँदा कार्यपालिकाको सदस्य सचिव को हुन्छ भन्ने टुंगो छैन । ‘त्यही प्रमुख प्रशासकीय अधिकृत हुने भए त यत्रो समय किन अल्झाउनु । फेरि प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्ने भए, पहिले किन नमानेको त भन्ने दुवै प्रश्न छ । यसको जवाफ भोलिको बैठकमा आउँछ,’ महानगरका एक वडाध्यक्षnलदे बताए ।
यसैबिच कार्यपालिकाबारे वडाध्यक्षहरूले जिज्ञासा राख्दा उपप्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नै बैठक चलाउने बिफ्रिङ गरेकी छिन् । ‘उहाँले बैठक चल्छ, प्रमुख प्रशासकीय अधिकृतको विषयमा केही कुरा भएको छैन भन्नुभएको छ,’ ती वडाध्यक्षले रातोपाटीसँग भने ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले भने भोलि आफ्नो बिदा नरहेको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘म बिदा बस्ने कुरा मलाई थाहा छैन, कार्यपालिकाबारे मैले पनि सुनेको हो । मलाई आधिकारिक जानकारी छैन,’ उनले भने ।
महानगरका एक उच्च तहका कर्मचारीका अनुसार गुरागाईं बिदामा बसे निमित्तको जिम्मेवारी कृषि तथा पशुपन्छी विभाग प्रमुख रहेका नुरनिधि न्यौपानेको हुन्छ । स्रोतका अनुसार न्यौपानेलाई अहिलेसम्म भोलिको कार्यपालिका बैठकमा सदस्य सचिवको भूमिका निर्वाह गर्नु कुनै खबर भएको छैन ।
‘कानुनी रूपमा गुरागाईं सर नै प्रमुख प्रशासकीय अधिकृत हुन् । नियमले उहाँलाई नै कार्यपालिका चलाउन भन्छ । त्यहीअनुसार कर्मचारीहरूले तयारी गरिरहेका छन्,’ ती कर्मचारीले भने ।
कर्मचारीहरूले भने बजेटको तयारी गरिसकेका छन् । ‘विषयगत समितिबाट मस्यौदा तयारी भइसकेको छ । बजेटको सिलिङलगायत औपचारिकताका लागि कुरेको हो । कर्मचारीहरूले नयाँ कार्यक्रम, क्रमागत योजना, महानगर गौरवको योजना, स्वर्णिम योजनामा काम गरिसकेका छन्,’ मस्यौदामा सहभागी एक कर्मचारी भन्छन् । उनले जनप्रतिनिधिहरूले औपचारिकता पूरा गर्न कानुनी आवश्यकताको कारण बाँकी भएको भन्दै कार्यपालिका चल्नेबित्तिकै लगालग काम सकिने बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके ‘बजेट होलिडे’ हुनेछ । कानुनी बाध्यताले गाजेपछि मेयर बालेन बाध्य भएर कार्यपालिका बैठक बोलाउन लागेको महानगरका एक जनप्रतिनिधि बताउँछन् ।
महानगर स्रोत अनुसार भोली ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने छ । त्यसपछि उपप्रमुख नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।
कानुनी औपचारिकता पूरा गरे दुई बजेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ । सोही कार्यपालिकाले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतले जनाएको छ ।
Categorized inह्युमपाइप राखेर अवरुद्ध नाला–भक्तपुर सडकखण्ड खुलाइयो
Janjati Khabar – Janjati Khabar | २०८२ आषाढ २२, आइतबार
काभ्रेपलाञ्चोक,अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो । भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन भएका हुन् । गए राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बनेपा नगरपालिका कार्यालय तथा सडक विभागको समन्वयमा रातभरमा अस्थायी रूपमा पुल सञ्चालनमा ल्याइएको हो । यहाँको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ । स्थानीयका अनुसार शनिबार राति मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो । पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो । हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका हुन् ।
Categorized in
आषाढ शुक्ल एकादशीः घरका मठमा तुलसी रोपियो
Janjati Khabar | २०८२ आषाढ २२, आइतबार
Categorized in
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु
Janjati Khabar | २०८२ आषाढ २२, आइतबार
कीर्तिपुर, कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् । प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।
Categorized in
बालुवा, ढुंगा झिक्न वा बहाब क्षेत्र सफा गर्न कीर्तिपुर र ललितपुर सक्षम छ : नेकपा माओवादी केन्द्र कीर्तिपुर
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ आषाढ ११, बुधबार
कीर्तिपुर/ललितपुर महानगरपालिका १८ वडा र कीर्तिपुर नगरपालिका ६ वडाबीच सीमानाको रुपमा रहेको ऐतिहासिक चोभार गल्छी न्हसिकापको दायाँबायाँका चट्टान ढुंगाहरु काटेर विष्फोट गराएर बागमती खोला फराकिलो गर्ने निर्णय नेपाल सरकार गृहमन्त्रालय एवं शहरी विकास मन्त्रालयले गरेको समाचार बाहिरिएको छ ।
सरकारको यो निर्णयलाई विरोध गर्दै नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर समितिले एक प्रेस विज्ञप्ति सार्वजनिक गरी चोभार गल्छी न्हसिकापको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
असार ९ गते सोमबार नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर समितिका अध्यक्ष बैकुण्ठ महर्जन तथा इञ्चार्ज हिराबहादुर महर्जन हस्ताक्षरित उक्त सार्वजनिक भएको प्रेस विज्ञप्तिमा कीर्तिपुर नगरपालिका वडा नम्बर ६ मा रहेको चोभार गल्छी न्हसिकाप कीर्तिपुर नगरपालिकाको मात्र नभई नेपालकै एक जीवन्त प्राकृतिक, धार्मिक, पौराणिक तथा सांस्कृतिक सम्पदा भएको ठहर गरिएको छ ।
बाढी एवं डुबानको नाममा बागमती खोलालाई फराकिलो गर्ने नेपाल सरकारले निर्णय गरेको र त्यस्को जिम्मेबारी नेपाली सेनालाई दिइएको भन्ने विभिन्न संचारमाध्यमहरुमार्फत् आएको समाचारबाट नगरबासीहरुमा ब्यापक त्रास मिश्रित आक्रोश छाएको परिस्थितिमा नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर समितिको गम्भीर ध्यानाकर्षित भएको सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।
माओवादी केन्द्र कीर्तिपुर नगर समितिद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “कुनै अध्ययन तथा सरोकारवालाहरुको सहभागिता विना ललितपुर महानगरपालिका तथा कीर्तिपुर नगरपालिकाको सीमानाका रुपमा समेत रहेको गल्छी काटेर भत्काएर चौडा पार्ने कार्य कुनै पनि हालतमा जायज तथा आवश्यक नरहेको तथ्य विभिन्न बुँदाका आधारमा स्पष्ट पार्ना चाहन्छौं । जहाँसम्म बागमतीको बहाव क्षेत्रमा जम्मा भएको ढुंगा, बालुवा, माटो हटाउने वा सफा गर्ने विषय छ, त्यसका लागि नगरपालिका तथा महानगरपालिका नै सक्षम रहेको र यसको क्षेत्राधिकार समेत स्थानीय सरकार मातहत नै रहेको तथ्य समेत स्मरण गराउन चाहन्छौं । अतः उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक धरोहरका रुपमा रहेको चोभार गल्छीको संरक्षण तथा प्रवद्र्धनका लागि नगर पार्टी समिति सदैव प्रतिबद्ध रहेको ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।”
नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर समितिले सार्वजनिक गरेको विज्ञप्तिमा बिभिन्न बुँदाहरु उल्लेख गरी ध्यानाकर्षण गरिएको छ –
१. हजारौंवर्ष अगाडिदेखि बाढी र डुबानका लागि गल्छी बाधक नबनेको, अहिले पनि बनेको छैन ।
२. बागमती सहित सबै नदी तथा खोला किनारमा कोरिडोर निर्माण गरेको, खोलालाई तोकिएको मापदण्ड भित्र सीमित गरेको कारण बाढी र डुबान भएको हैन र रु
३. प्राकृतिक तथा सांस्कृतिक सम्पदा गल्छी एवं एसियाको दोस्रो लामो गुफा, मञ्जुश्री गल्छीको अस्तित्व हराउने गरी गल्छी चौडा पार्ने काम गर्न मिल्दैन र हुँदैन ।
४. गल्छी चौडा बनाउँदा उपत्यका भित्र चार गणेशमध्ये जेठो जलविनायक मन्दिर समेत पुरै संकटमा पर्दछ, अतः गल्छी फराकिलो पार्ने काम हुनै सक्दैन । गर्न मिल्ने हैन ।
५. विगत ४० वर्षभित्र मात्र पनि गल्छीमा बागमती १५ फिटभन्दा बढी गहिरिएको छ, त्यसकारण पनि चोभार गल्छी हाल हल्ला गरिए जस्तो बागमतीको बाढी र डुबानको कारण हैन, हुन सक्दैन ।
६. प्रकोप पूर्व तयारीका लागि बागमतीको बालुवा, ढुंगा झिक्न वा बहाब क्षेत्र सफा गर्न कीर्तिपुर नगरपालिका र ललितपुर उपमहानगरपालिका सक्षम छ, सिंहदरबारको सरकार आवश्यक नपर्ला कि रु
७. साँच्चिकै बागमतीको बहाब क्षेत्र फराकिलो बनाउने हो भने बागमतीको मुहान बागद्वारदेखि र विष्णुमती, नखु, मनोहरा, हनुमन्ते, मूलखुसि वा बल्खु खोला, कर्मनाशा लगायतका खोलाका मुहानदेखि चौडा चोभार गल्छीसम्म चौडा पार्न आवश्यक पर्ला कि रु
८. गल्छीको पूर्वतिर पुरानो बस्ती तथा मन्दिरहरु रहेको हुँदा गल्छी फराकिलो बनाउँदा धरापमा पर्नेछ ।
९. गल्छी फराकिलो बनाउने विषय प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको पनि प्रतिकुल छ ।
स्मरणीय रहोस, चोभारको गल्छी न्हसिकापको इतिहास एवं ऐतिहासिकतालाई नियाल्ने हो भने उपत्यका पहिले एक विहाल दहको रुपमा रहेको समय मञ्जुश्रीबाट आफ्नो खड्ग प्रहार गरी उक्त दहको पानी बाहिर पठाएको इतिहास रहेको छ । मञ्जुश्रीबाट खड्ग प्रहार गरेको स्थान नै चोभार गल्छी अर्थात् न्हसिकाप हो ।
यस्तै, काठमाडौं उपत्यकाको दहभित्र बासुकी नागराज विराजमान भएको र मञ्जुश्रीले न्हसिकाप चोभार गल्छी काटेर पानी बाहिर पठाएको समय बासुकी नागराजको सुरक्षाका लागि तौदह अर्थात् तःदहमा बासुकी नागराजलाई विराजमान गराइएको इतिहास पनि रहेको छ ।
मञ्जुश्रीले यसरी आफ्नो खड्गबाट चोभार गल्छी न्हसिकापबाट पानी बाहिर पठाई सकेपछि उपत्यकाभित्र बस्ती बसाल्न सफल भएको एवं उपत्यकाको उत्पत्ति भएको हो भन्ने इतिहास पनि छ ।
यसरी काठमाडौं उपत्यका उत्पत्तिका साथै मञ्जुश्री, बासुकी नागराजको समेत सम्बन्ध रहेको चोभार गल्छी न्हसिकापको ढुंगा काटी बागमती खोला चौडा फराकिलो गर्नु भनेको उपत्यकाको इतिहासलाई नष्ट गर्नु हो भन्ने तर्क सरोकारवालाहरुले राखेका छन् ।
Categorized in

