प्रेम र यौनको प्रतीक भक्तपुरको होली
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १, शुक्रबार
‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोपोन्मुख छन्।
भिमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भिमसेन गुठीका गायजुले यस्ता गीत गाएर होलीको आगमनसँगै विदाइ गर्ने प्रचलन थियो। तर अहिले कतिपय स्थानीयलाई फागुसँग सम्बन्धित दाफा भजन छ भन्ने हेक्का नै छैन।
फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रम्हायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा घुमाउने प्रचलन छ। यसरी घुमाउँदा भक्तजनले स्पर्र्शगरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन हराउँदै गएको छ।
नेवार परम्पराअनुसार यसलाई चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा छ। ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वको रूपमा यो पर्वलाई लिने गरिन्छ।
यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ अर्थात अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्शाएको पाइन्छ। होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने प्रचलन लोप भइसकेको छ।
भिमसेन गुठीले परम्परादेखि होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउदै आएको छ। गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पूर्णिमासम्म भिमसेन मन्दिरमा भिमसेनको लिङ्ग र द्रौपदीको योनिको प्रतीकलाई झूण्ड्याएर यौन समागमको प्रतिबिम्ब चित्रण गरेको छ। सातदिनसम्म लिङ्ग र योनिको पूजा एवं दर्शन स्थानीयले गर्ने गरेका छन्।
भिमसेन र द्रौपदीको यौन सम्बन्धका प्रतिकलाई यहाँका बासिन्दाले विकृतिको रूपमा नभई साँस्कृतिक महत्वको रूपमा संरक्षण गर्दै आएका छन्।
यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने गर्छन्। एक सातासम्म स्थानीय बासिन्दा द्रौपदीको योनिमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन्। काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ। यहाँ दर्शन गर्न आउनेले लिङ्ग र योनिको समागम गराउँदा कपासलाई वीर्यको प्रतिको रूपमा लिन्छन्। यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायू मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास छ।
यसलाई हेर्दा अश्लिलता प्रर्दशन गरे जस्तो देखिएपनि भक्तपुरका बासिन्दाले धार्मिक मान्यताका रूपमा लिँदै आएका छन्। आज बिहानै भिमसेन र काठको लिङ्ग दर्शन गर्दै स्थानीय ६९ वर्षका विष्णुभक्त श्रेष्ठले भिमसेनको लिङ्ग दर्शन गरेमा व्यापार बढ्ने विश्वास रहेको बताउनुभयो। यो लिङ्गको दर्शन गर्न महिला पुरुष पूर्णिमाको दिनसम्म हरेक दिन बिहान आउने गर्दछन्। लिङ्गको दर्शन गरेर भेटी चढाउने गरेका छन्।
भक्तपुरका इतिहास एवं संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ यो पर्वलाई धार्मिक, साँस्कृतिक र सामाजिक पर्वको रूपमा परापूर्वकालदेखि मनाइँदै आएको बताउँछन्। 'यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ', उनले भने, 'वर्षौदेखि यहाँ प्रेम र यौनको प्रतिकका रूपमा होली पर्व मनाउँदै आइएको छ।'
मन्दिरमा झुड्याइएको काठको लिङ्ग भिमसेनको प्रतिकको रूपमा रहेको बताउँदै उनले यसलाई प्रेम र यौनसँग जोडेर हेर्नुपर्ने बताए। यो पुरुष शक्तिको प्रतिकको रूपमा रहेको भन्दै उनले तान्त्रिक विधिअनुसार वर्षौँदेखि चल्दै आएको परम्परालाई अहिले भ्रम फैलाएर गलत अर्थ लगाउँदै इतिहास, धर्म र संस्कृति मास्न खोजिएको उनले बताए।
चिर स्वायगू अथार्त लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन्। यसलाई भिमसेनको प्रतीक मानिएकाले व्यापारीले यसको दर्शन गर्ने परम्परा रहँदै आएको छ। व्यापारीले भिमसेनको पुजा गर्ने स्मरण गराउँदै उनले काठको लिङ्गलाई भिमसेनकै रूपमा दर्शन गर्ने र यसो गर्दा व्यापार बढ्ने पुरानो मान्यता रहेको उनको भनाइ छ।
फागुपूर्णिमाका दिन साँझ दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा छ। त्यसपछि होली समाप्त हुने गर्दछ।
Categorized inराप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौँ महानगरको निर्णय
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण २६, सोमबार
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीका क्रममा फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गराएको हो ।
काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते त्यहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङ्गमा भौतिक क्षति र जथाभाबी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’
पोखराबाट आइतबार अपराह्न त्रिभुवन विमानस्थल आइपुगेका शाहको राप्रपासहितले स्वागत गरेका थिए ।

बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइयो
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण २५, आइतबार
भक्तपुर - भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको छ ।
तान्त्रिक विधिअनुरूप भक्तपुरमा नौ दिन आठ रातसम्म सञ्चालन हुन्छ । चैत अन्तिम दिन ५५ हात लामो योसिंद्योअर्थात् लिङ्गो उठाएर नयाँवर्ष वैशाख १ गते दिनभरि जात्रा गरिन्छ । सोही दिन साँझ उक्त लिङ्गो ढालेर भव्यरूपमा जात्रा मनाउने चलन छ ।
जात्रामा एउटा लिङ्गो उठाइने भए पनि भाचिने सम्भावना रहेकाले जगेडा लिङ्गो पनि ल्याउने प्रचलन छ । यस वर्ष लिङ्गो भाचिएन भने जगेडा रहेको लिङ्गो आगामी वर्ष प्रयोगमा ल्याउने गरिन्छ । जात्रामा काशी भैरवनाथको प्रतीक मानिने योसिंद्यो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले तानेर उभ्याइने गरिन्छ ।
पुरानो वर्षको बिदाइ र नयाँ वर्ष आगमनको पूर्वसन्ध्यामा उठाउने उक्त लिङ्गोको टुप्पोमा नाग र नागिनीको चिह्न मानिने ‘हलिङ्पत’रहेको हुन्छ भने लिङ्गो उभ्याउने क्रममा भैरवनाथ र भद्रकाली रथलाई अगाडि ल्याउने गरिन्छ ।
चित्तपोलको सल्लाघारीमा तान्त्रिक विधिअनुसार पूजाअर्चना गरी बोका र हाँस बलि दिएर सल्लाघारी वनको करिब ५५ हात लामो लिङ्गो मानिसले हातले तानेर ल्याउने मल्लकालीन परम्परा रहे पनि विगत केही वर्षयता गुठी कार्यालय भक्तपुरले लगाउने ठेक्काअनुसार डोजरले तानेर ल्याउन थालिएको हो ।
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकका प्रमुख खिमा वलीले लिङ्गो ल्याउन बोलपत्र आह्वान भइ बिस्केट जात्रा सहयोग समितिले ठक्का पारेर दुईवटा लिङ्गो ल्याएको बताए । उनले भने, ‘बिस्केट जात्राको तयारी सुरू गरिसकेका छौँ । लिङ्गो ल्याउन तीन लाख ४८ हजारको ठेक्का लगाएर हिजो मात्र ल्याइपु¥याएको छ आज हामी त्यसको अनुगमन गर्दैछौँ । रथ निर्माण कार्य सुरू भएको छ । यस वर्ष भैरव र भद्रकालीको रथको सबै पाङ्ग्रा नयाँ बनाउने काम सुरू भएको छ ।’
जङ्गलमा रूख छनोट गरी काट्नु अगाडि गुठी संस्थानबाट पूजाका लागि दुई वटा बोका, एउटा हाँस र पूजाका भेटी खर्च उपलब्ध गराएको थियो ।
Categorized in'पाइप फुट्नुमा विद्युत प्राधिकरण दोषी'
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण २१, बुधबार
काठमाडौं - मेलम्ची खानेपानी आयोजना निर्देशनालयले थापाथलीमा पाइप फुट्नुमा विद्युत प्राधिकरण दोषी रहेको जनाएको छ ।
प्राधिकरणले विद्युतको तार अन्डरग्राउन्ड गर्नेबेला मेलम्चीको खानेपानीको पाइपमा क्षति पुग्न गई अहिले पाइपको क्षति पुगेको भाग फुटेको जनाएको हो ।
आयोजनाका प्रवक्ता चन्द्रकुमार श्रेष्ठका अनुसार बिहान ५ः २० मा पाइप फुट्दा करिब ४ लाख लिटर पानी खेर गएको थियो । आसपासमा पसलमा पानी पसेको थियो ।
गत माघ ३० गते बुधबार बबरमहलमा पनि विद्युत् प्राधिकरणले खानेपानीको पाइप फुटाउँदा सडक, आसपासका सरकारी कार्यालय र निजी घर डुबानमा परेका थिए ।
त्यतिबेला केयूकेएलले विद्युत प्राधिकरणलाई दोषी देखाउँदै आफैँ मर्मत सम्भार गरेको थियो ।
आयोजना निर्देशनालयले आफूहरूसँग प्राधिकरणले समन्वय नगरेको र मनोमानी तरिकाले विद्युत्का तार बिच्छ्याउने गरेको आरोप लगाएको छ ।
हाल ब्लास्ट भएको पाइप मर्मत सम्भारको काम भइरहेको छ ।
Categorized inमेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण २०, मंगलबार
फागुनः काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ ।थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ ।” थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ । यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए । पाइप के कारणले फुटेको हो छानबिन गर्छौँ : कार्यकारी अधिकृत पौडेल काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेका विषयमा छानबिन गरिने भएको छ । थापाथलीमा के कारणले आज पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाउन छानबिन गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाउन छानबिन गर्छौँ, छानबिनपश्चात पाइप मर्मत गरी पानी वितरण गरिने छ ।” बिहानै पाइप फुट्दा उक्त क्षेत्रमा बाढी आएर जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो ।
Categorized in
भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले स्तरोन्नति गर्ने
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १७, शनिबार
भक्तपुर - भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायण नगरपालिका आफैँले स्तरोन्नति गर्ने भएको छ । आउँदो वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष, २०८२ लाई लक्षित गर्दै नगरपालिकाले भक्तपुर–नगरकोट सडक आफैले स्तरोन्नति गर्ने गरी बोलपत्र आह्वान गरेको छ ।
एक्जिम बैंक इण्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण सम्झौता भएको थियो । रु २७ करोडमा ठेक्का सम्झौता गरी ११ वर्षमा १०आँै पटक म्याद थप गरेर लागत बढाउँदै ३१ करोड पुग्दा पनि सडक निर्माण हुन सकेको थिएन । काम नभएपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
भ्रमण वर्ष अगाडि सडकको काम नहुने अवस्था आएपछि नगरपालिकाकै आन्तरिक स्रोतबाट स्तरोन्नति गर्नेगरी बोलपत्र आह्वान गरेको हो । नगरप्रमुख खत्रीले भने, “चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्रै नभई सिङ्गो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउन दिनुहुँदैन । मैले जनतासँग प्रतिबद्धता गरेको छु, त्यो प्रतिबद्धता पूरा गर्दै भ्रमण वर्ष सफल पार्न नगरपालिकाले नै सडक स्तरोन्नति गर्न ठेक्का आह्वान गरेको हो ।”
केन्द्रीय सरकारको यो सडक पुनः स्तरोन्नति गर्न यसवर्ष बजेट नभएको र प्रक्रियामा जाँदा प्रक्रिया पूरा गर्ने लामो समय लाग्ने भएपछि नगरपालिका आफैँ सक्रिय भएको उनले बताए ।
नगरप्रमुख खत्रीले भने, “सम्बन्धित मन्त्रालयसँग र सडक विभागसँग हाम्रो कुरा भएको छ । नगरकोट आउने पर्यटकलाई सहज हुने गरी खाल्डो पुर्ने र सडकको स्तरोन्नति गरेर कालोपत्र गर्छौँ । सडकको पेटी बनाउने, ड्रेन बनाउने र बाँकी अरु काम केन्द्रीय सरकारले गर्नेगरी छलफल भएको छ । त्यसैले कालोपत्रका लागि ठेक्का आह्वान गरेका हो ।”
भक्तपुर नगरकोट सडकका नगरपालिकातर्फका सवइञ्जिनयर सनिश वनमालाले ठेक्का सम्झौता गरी वैशाखदेखि सडकका स्तरोन्नति सुरु हुने बताए । भत्केकोपाटीदेखि नगरकोटसम्म १५ किलोमिटर लामो सडक कालोपत्रको काम सम्झौता लगत्तै तीव्र गतिमा अघि बढाइने उनले बताए ।
Categorized inकाठमाडौंमा तत्काल कार्यकारी अधिकृत पठाउन बालेनको सुझाव
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १७, शनिबार
काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले विशेष व्यवस्था गरेर भए पनि काठमाडौं महानगरपालिकामा अविलम्ब कार्यकारी अधिकृत पठाउनुपर्ने बताएका छन् ।
कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने भन्दै महासचिव पोखरेलले विशेष व्यवस्था गरेर भए पनि कार्यकारी अधिकृत पठाउन सरकारलाई सुझाव दिएका हुन् ।
काठमाडौं महानगरका मेयर बालेनले सामाजिक सञ्जालमा बारम्बार प्रधानमन्त्रीमाथि आक्रोश व्यक्त गर्दै आएका छन् । शुक्रबार पनि उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै ‘मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनुहोला’ भनेर तिखो आक्रोश पोखेका थिए ।
एक साताअघि पनि बालेनले ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्’ भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
बालेनको लगातारको आक्रोश र असन्तुष्टियुक्त स्टाटस आउन थालेपछि एमाले महासचिव पोखरेलले विशेष व्यवस्था गरेर भए पनि काठमाडौं महानगरमा अविलम्ब कार्यकारी अधिकृत पठाउन सरकारलाई सुझाब दिएका हुन् ।
शुक्रबार बालेनको स्टाटस आएलगत्तै महासचिव पोखरेलले पनि फेसबुक स्टाटसमार्फत नै सरकारलाई यस्तो सुझाब दिएका हुन् ।
उनले लेखेका छन्, ‘‘काठमाडौं महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन ।’’
‘कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्ब कार्यकारी अधिकृत पठाउनुपर्दछ,’’ पोखरेलले थपेका छन्, ‘‘कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ ।’’
Categorized inसार्वजनिक स्थानमा फोहोर फाल्नेप्रति कठोर बन्दै कामपा
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १७, शनिबार
काठमाडौं - काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ ।
कामपा वातावरण विभागका अनुसार, कामपा क्षेत्रका घर कम्पाउन्ड एवं परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अरू सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म कारबाही गरिनेछ ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार, जथाभावी फोहोर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रूपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।
सार्वजनिक स्थानमा फोहोर फालेको महानगरको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही गरिनेछ ।
यसैबीच, कामपाले फोहोर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन ३२ वटै वडामा ६ क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ । फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको विभागको भनाइ छ ।
Categorized inकाठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला’ गर्दै
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १५, बिहिबार
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभागृहमा ‘काठमाडौँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ ।
महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो ।
आज यहाँ आयोजित पत्रकार सम्मलेनमा कामपाका प्रवक्ता नविन मानन्धरले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । विद्यालय शिक्षालाई वैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचिका साथै अभिभावकको चाहनाअनुरुप सञ्चालन गर्न सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको उहाँले बताउनुभयो ।
मेलामा महानगरभित्र सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको क्षमता विकासलगायत कार्यक्रम समावेश गरिने छ । साथै मेलामा महानगरको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्नुहुने छ ।
विभिन्न ३५ वटा शैक्षिक उपसमूहका स्टल रहने मेलामा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्ने जनाइएको छ । नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायनलगायत प्रस्तुति समावेश गरिनेछ ।
विद्यार्थी नमूना संसद् अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, ‘बुक फ्री फ्राइडे’को बाबा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी ‘स्केचिङ’को नमूना प्रदर्शनी, नतिजा सुधारका असल अभ्यासको आदानप्रदान तथा महानगरका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्रको व्यवस्था गरिने प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेलामा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच छलफल गरिनेछ । महानगरभित्र ८७ सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ विद्यार्थी र पाँच सय २४ संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ विद्यार्थी अध्ययनरत छन् ।
महानगरका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको बताउनुभयो । उहाँका अनुसार यसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे ९एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सीप०, टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रम सञ्चालन भइरहेका छन् ।
विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएका छन् ।
यसरी सञ्चालन गरिएका कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य छ । महानगरपालिकाले सञ्चालन गरेका यी कार्यक्रमलाई लक्षित समुदाय, वर्ग र व्यक्तिसम्म पुर्याउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
लगनखेलको न्हु पोखरी जोगाउन ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १३, मंगलबार
काठमाडौं - ललितपुर महानगरपालिकाले लगनखेल स्थित ५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहराहरु भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु गरेको छ । महानगरपालिकाले सोमबार घर-टहरा भत्काउने काम सुरु गरेको हो ।
लगनखेलमा अवस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घर टहराहरु भत्काइएको महानगरपालिकाले जनाएको छ ।
Categorized in

