STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल

Janjati Khabar – Janjati Khabar | २०८२ बैशाख २६, शुक्रबार

काठमाडौँ - रातो मच्छिन्द्रनाथको जात्राअनुसार शुक्रबार रथको टुप्पोबाट धार्मिक परम्पराअनुसार नरिवल खसालिएको छ । 

खसेको नरिवल जसले समात्छ, उसले छोरा प्राप्त गर्छ भन्ने मान्यता छ।

यही अवसरमा ललितपुर महानगरपालिकाले आज आफ्ना कार्यालयमा सार्वजनिक बिदा पनि दिएको थियो ।

Categorized in

कमजोर नगर प्रमुख : कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्र बेवारिस

Janjati Khabar – Janjati Khabar | २०८२ बैशाख ५, शुक्रबार

घर–गृहस्थीमा, परिवारको प्रमुख व्यक्ति कमजोर भएको अवस्थामा आफ्ना सम्पूर्ण परिवार नै विच्चलीमा पर्ने तथ्य त सबैले जानेको र बुभेको नै विषय हो । यस्तै अवस्था कीर्तिपुर नगरपालिकामा भइरहेको अवस्था छ ।

कीर्तिपुर नगरपालिकाले नयाँबजार १० वडास्थित खेलमैदानमा कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्र निर्माण कार्य सम्पन्न गरिसकेको छ । तर उक्त कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्र नगरपालिकाले संचालनमा ल्याउन सकेका छैनन् । कीर्तिपुर गाईड एशोसिएसन नामक नीजि संस्थाले हाल पर्यटन सूचना केन्द्र संचालन गरिरहेको छ, कीर्तिपुर १० वडा चिथुटोलमा एक कोठा बहालमा लिई । उक्त कीर्तिपुर गाईड एशोसिएसनले कीर्तिपुर प्रवेश गर्ने विदेशी पर्यटकहरुबाट प्रति पर्यटक रु. दुईसयका दरले प्रवेश शुल्क लिइरहेका छन् ।

नगरपालिकाले गर्न नसकेको कार्य नीजि संस्था कीर्तिपुर गाईड एशोसिएसनले त गरिरहेका छन्, गाईड एशोसिएसनप्रति गर्व र गौरव गर्नुपर्छ कीर्तिपुरका जनताहरुले । यो भनेको कीर्तिपुर नगरपालिका पर्यटन क्षेत्रमा कमजोर अवस्थामा तैरिरहेको आभाष हुन आउँछ ।

पर्यटन सूचना केन्द्र त कीर्तिपुर नगरपालिकाले संचालन गर्नुपर्ने हो । किन नीजि संस्थालाई सुम्पिरहेको छ त नगरपालिकाले ? नगरपालिका मातहत आफ्नै नीजि भवन निर्माण सम्पन्न भइसकेता पनि उक्त भवनमा पर्यटन सूचना केन्द्रको कार्यालय किन स्थापित गर्न सकेनन् त नगरपालिकाले ?

हाल कीर्तिपुर गाईड एशोसिएसनले संचालन गरिरहेको उक्त पर्यटन सूचना केन्द्र आफ्नै भवनमा कार्यालय संचालनमा ल्याई गाईड एशोसिएसनकै कर्मचारीहरुलाई कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्रको कर्मचारीको रुपमा कार्यरत गराई नगरपालिकाले पर्यटन सूचना केन्द्र कार्यालय संचालनमा ल्याए पनि बेश हुने थियो । पर्यटन सूचना केन्द्र नीजि संस्थालाई सुम्पनु भनेको कीर्तिपुर नगरपालिका पर्यटन क्षेत्रसंग टाढिएको जस्तो भएन र ? कीर्तिपुर नगरका जननिर्वाचित नगर प्रमुखले यो विषयमा ध्यानै नदिएको हो कि ? कि नगरपालिकालाई पर्यटन क्षेत्रसंग बालै मतलब नभएको हो ?

यहाँँ कीर्तिपुर नगरका नगर प्रमुख कमजोर भएको देखियो भने पर्यटन सूचना केन्द्र बेवारिस अवस्थामा छट्पटाई रहेको जस्तो देखियो । यो विषयमा कीर्तिपुर नगरपालिकाको विशेष ध्यान जानु आजको आवश्यकता हो ।

यस्तै, हाल कीर्तिपुर गाईड एशोसिएसनले प्रत्येक शनिबार  दिउँसो ३ बजेदेखि बेलुकी ७ बजेसम्म सवारीसाधन बन्द गरी सम्पदा मार्ग १० र १ वडामा नेवाः उत्सव आयोजना गर्दै आइरहेका छन्, उक्त उत्सवमा पनि नगरपालिकाको केही भूमिका देखिएन, किन ? गाडी पार्किङको सवालमा उक्त उत्सवका दिन कहिँ कतै झगडा पनि भएको छ भने नगरपालिकाले सवारी साधन पार्किङ व्यवस्थित गर्न न त नगर प्रहरी परिचालन गरेको छ न त कुनै वास्ता नै गरेको छ । यो जनआवाजको रुपमा तरंगित भइरहेको छ ।

Categorized in

बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २९, शुक्रबार

भक्तपुर - आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा अन्तर्गत भैरवको रथ वंशगोपाल पुर्‍याइएको छ । 

बिहीबार अपराह्न करिब ४ः०० बजे तौमढीमा विधिवत सबै पूजा गरेर तान्न सुरू भएको भैरवको रथलाई तलतर्फ गहिटी, नासमना, वंशगोपाललगायत क्षेत्रमा पुर्‍याएर अड्किएपछि पुनः स्थानीयले रथलाई तानेर राति ११ः०० बजे फर्काएर वंशगोपल ल्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । 

बिहीबार दिउँसो १ः०० बजेसम्म गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेर त्यसपछि अन्य समुदायको पूजा सकेर भैरवको रथ तान्न सुरू गरिएको थियो । तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरूप ल्याइएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरू भएको थियो । 

रथलाई गए राति ११ बजेसम्म तल्लो र माथिल्लो क्षेत्रका सरोकारवाला निकायले तानिरहेको थिए । जात्रा शान्तिपूर्ण रूपमा चलेको प्रहरी परिसर प्रमुख बुढाथोकीले जानकारी दिए । जात्रा चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ः०० बजे लिङ्गो उठाउने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५ः०० बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ः०० बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्नेगरी तयारी गरिएको उनले बताए । 

उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली आवश्यकताअनुसार खटिने गरी सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेको बताए । जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हुलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनले बताए ।

Categorized in

जेपि स्कूलका संस्थापक हेडमास्टरको शालिक अनावरण

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र २७, बुधबार

जेपी हाईस्कूलको नामबाट प्रख्यात जुद्धोदय माध्यमिक विद्यालयको ८६ औं स्थापना दिवसका अवसरमा मंगलवार विद्यालयका संस्थापक हेडमास्टर खर्दार तीर्थराज सिं सुवालको शालिक अनावरण गरिएको छ । 

विद्यालयको पूर्व जेष्ठ विद्यार्थी (२००१ समूह) एवम् पूर्वअर्थसचिव गोरक्षबहादुर न्हुछेँ प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सालिक अनावरण कार्यक्रममा उहाँले संस्थापक हेडमास्टरको शालिक अनावरण गर्नुभएको थियो । 

जहानियाँ राणाशासनको समयमा पनि सर्वसाधारण जनताका छोराछोरीलाई पढाउनका लागि वि.सं. १९९५ मा जुद्धोदय मा.वि.को स्थापना गरिएको थियो । तत्कालीन समयमा श्री ३ जुद्ध शम्शेरको स्वीकृति लिएर सो विद्यालय स्थापना गराउन सुवालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले कलकत्ताबाट म्याट्रिक पास गर्नुभएको थियो । उहाँले जनताबाट चन्दा संकलन गरेर विद्यालयको स्थापना गर्नुभएको थियो । 

यसैक्रममा अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुभएका काठमाडौं मनपाका प्रवक्ता एवम् १७ वडाका अध्यक्ष नविन मानन्धरले छत्रपाटी निःशुल्क चिकित्सालयमा जेपी स्कूलका शिक्षक शिक्षिकाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जानकारी दिनुभएको थियो । सोही अवसरमा वि.सं. २०१० सालमा बोर्ड फस्ट हुनुभएका पदमलाल श्रेष्ठ र वि.सं. २०११ मा बोर्ड सेकेण्ड हुनुभएका भुवनेस कुमार प्रधानलाई पनि सम्मान गरिएको थियो । 

जुद्धोदय मा.वि.को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् शालिक निर्माण समितिका संयोजक पुष्पमान मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा विविध सांस्कृतिक तथा खेलकूदका कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । जेपी स्कूलले वि.सं. २००७ देखि वि.सं. २०२१ सम्ममा ८ जना बोर्डफस्ट हुन सफल भएका थिए । अहिले पनि विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक तथा विद्यालय व्यवस्थापन समिति अहोरात्र खटिरहेको सभापति मानन्धरले बताउनुभयो । 

कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थीहरुका साथै नेपाल सरकारको पूर्वसचिव, न्यायाधीसहरु, नेपाल आर्मीका उपरथी, नेपाल प्रहरीका एआईजी, डाक्टर, इञ्जिनियर, प्राध्यापकहरुको समेत उपस्थिति रहेको थियो ।

Categorized in

हल्चोक आकाश भैरबको बाह्र वर्षे जात्रा बैशाखमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र २७, बुधबार

विश्वसम्पदामा सूचिकृत सम्पदाहरु मध्ये एक महत्वपूर्ण सम्पदा स्वयम्भूबाट पश्चिमपट्टि रहेको इचंगु (हाल नागार्जुन नगरपालिकाको ३ नं. वडा) स्थित हल्चोक स्थित भैरव श्री हल्चोक आकाश भैरवको बाह्र वर्षे जात्रा यही २०८२ साल बैशाखमा मनाइने भएकोमा छ । यो आकाश भैरवको हरेक वर्ष इन्द्रजात्राका अवसरमा जात्रा तथा नृत्य प्रदर्शन हुने परम्परा रही आएको छ भने वर्षेनी तीन देवताले मात्र शहर परिक्रमा गर्ने चलन छ । यसैगरी प्रत्येक १२ वर्षमा एकपटक श्री हल्चोक आकाश भैरवको १० देवदेवीहरुसहितको हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा संचालन गरिने गरेको छ।

हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा वैशाख महिनाभरि संचालन गरिने भएको छ । सो जात्राबारे जानकारी गराउन बुधबार एक पत्रकार सम्मेलन गरिएको छ । पत्रकार सम्मेलनमा प्रचार प्रसार संयोजक नृपेन्द्रलाल श्रेष्ठ र गुथि नाइके सुरज पुतवारले बताए ।  पत्रकार सम्मेलनमा अाकाश भैरव समाजका सचिव सुरेन्द्र भक्त श्रेष्ठ ले सन्चालन गरेको सो सम्मेलन मा जानकारी गराइए अनुसार वि.सं. २०८२ बैशाख १ गते हल्चोकमा पञ्चबली पूजा गरी सुरुवात गरिने भएको छ । बैशाख २ गते हल्चोकबाट देवीदेवताहरुलाई ताम्सिपाखामा ल्याई ताम्सिपाखाबाट जात्रा संचालन गरिनेछ । यसक्रममा हालसम्ममा ३ गते केलटोलमा मछिन्द्र क्लब, प्रदीप्त पुस्तकालय र केलटोल श्री नाट्येश्वर डबली व्यवस्थापन समितिको संयुक्त आयोजनामा, ६ गते मरु दबलिमा मरुत्वाः पुचःको आयोजनामा ११ गते असन डबलीमा असन सेवा समितिको आयोजनामा, १२ गते दमाई टोलमा यें मनपा १९ वडाको आयोजनामा, १३ गते वतु, चिकंअतमा राजु डंगोलको संयोजकत्वमा, १८ गते न्यतपाःच्वमा यँ मनपा १८ वडाको आयोजनामा, १९ गते पहिको त्वाः, खुसिबुँमा पहिको युवा क्लबको आयोजनमा २० गते ब्रम्हटोलमा, २१ गते खुसिबुँमा २५ गते बहति (सोहखुट्टे) मा कुमारी क्लबको आयोजनामा, २७, न्योखामा रबि कृष्ण श्रेष्ठको संयोजनमा र ३१ ताम्सिपाखा, डल्लु चोक र डल्लु चौतारामा नाच प्रदर्शन गरिने भएको छ । 

एक दिनमा एक ठाउँमा मात्र नाच प्रदर्शन तथा पूजा ग्रहण गर्ने श्री हल्चोक आकाश भैरव आफ्‌नो टोल-छिमेकमा आमन्त्रण गर्न चाहनेले निम्तो दिन सक्ने कुरा पत्रकार सम्मेलन मा जानकारी गराइएको छ । आमन्त्रण गर्न चाहनेले पुजाको सामग्रीहरुका साथमा चढाउन चाहने सामग्रीहरु देवगण र बाजागाजा सहितका लागि २५ भाग सामग्री तयार गर्नुपर्दछ । पञ्चबली पुजा आयोजकको स्वेच्छामा भर पर्दछ ।

बाह वर्षे जात्राको क्रममा श्री हल्चोक आकाश भैरवको देवगणका रुपमा १० जना देवदेवीहरुको नाच प्रदर्शन गरिन्छ। जसमा श्री चण्डी, श्री कुमारी, श्री हल्चोक आकाश भैरव, श्री गंगा, श्री महादेव, श्री पार्वती, श्री आकाशदेवी, श्री बाराही, श्री महाकाली र श्री दक्षिणकाली देवी रहेका छन् ।

यस नाच प्रदर्शन अगाडि पुतुवार समुदायका गुथियारहरु बैशाख १ गते नागार्जुनको छहारे र आकाशदेवी स्थानमा गई पुजा गर्दछन् । त्यसबेला देवशक्ति हावाको माध्यमबाट भ्याली, बाजा र चिराख मध्ये एउटामा प्रवेश गर्दछ भनी ती सामग्रीहरुमा विशेष ध्यान दिई बसेको हुन्छ । तीमध्ये कुनै एकमा शक्ति प्रवेश भएको आभास भएपछि त्यसलाई कपडाले छोपछाप पारी देवघरमा लगिन्छ । यसपछि देवघरमा विशेष पूजा गरी सकेपछि सोही दिन बसा लायेगु (देवताहरुलाई भुइँमा टेकाउन नहुने भएकोले सेतो कपडा बिछ्याउने कार्य) गरेर १० देवदेवीलाई हल्चोक परिक्रमा गराउने प्रचलन रहेको छ। यस वर्ष सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल १ गते हल्चोकमा सवारी हुने कार्यक्रम रहेको छ ।

यसै गरी बैशाख २ गतेका दिन बिहान सबेरै हल्चोकबाट श्री आकाशभैरव गणलाई काठमाडौंको ताम्सीपाखामा विराजमान गराइन्छ । यसैदिन ताम्सिपाखाबाट हनुमानढोकास्थित कालभैरव मन्दिर अगाडि इन्द्रजात्रामा यःसिं उठाउने स्थानमा गुठीबाट नै पञ्चबलीसहितको पुजाआजा गरिन्छ । यसपछि १ महिनासम्म जात्रा सञ्चालन गरीसकेपछि हल्चोकमा गई बिसर्जन गरी अन्त्यमा पञ्चबली पूजा गरी जात्रा समापन गर्ने भएको छ ।

Categorized in

जनबहाःद्यःको रथ हनुमानढोकामा

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २४, आइतबार

काठमाडौँ - वर्षा र सहकालका देवता जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ)को रथ हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अघि पुर्याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ ।

असनबाट आज रथ तानी मच्छिन्द्रबहाल इन्द्रचोक हुँदै वसन्तपुर दरबार क्षेत्रको कालभैरव अघि पुर्‍याइएको हो । हनुमानढोका दरबार क्षेत्रको कालभैरवअघि रथ पुगेसँगै पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको छ ।

रथयात्राको तेस्रो दिन सोमबार हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिने सेतो मच्छिन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका–२५ का पूर्ववडाध्यक्षसमेत रहेका नीलकाजी शाक्यले जानकारी दिए । तेस्रो दिन चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने मार्ग तय गरिएको छ ।

रथयात्राका लागि शनिबार दिउँसो ४ः ०० बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । अष्टमीका दिन शनिबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको  थियो ।  

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहालमा ल्याएर रथयात्रा अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्थापन गुठी संस्थानले गर्ने परम्परा छ  ।

Categorized in

सेतो मच्छिन्द्रनाथको जात्रा चैत २३ देखि

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २१, बिहिबार

काठमाडौँ - सेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गतेदेखि सुरु हुँदैछ । स्थानीय भाषामा जनबहाः द्यः पनि भनिने यस देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रुपमा पुज्छन् । 

हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिले गरिरहेको छ । समितिले पछिल्लो १३ वर्षदेखि रथजात्राको व्यवस्थापन गरिरहेको छ । समितिका अनुसार यस वर्ष जात्रा व्यवस्थापनका लागि विभिन्न २० वटा उपसमितिहरु गठन गरिएका छन् ।

जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिका सचिव सुजिव बज्राचार्यले यस वर्ष रथजात्राको पहिलो दिन चैत २३ गते तीनधारा पाठशाला जमलबाट रथ तानेर असन पुर्याइने बताए । साथै चैत २४ गते रथलाई असनबाट हनुमानढोका पुर्याइनेछ भने चैत २५ गते हनुमानढोकाबाट लगनटोल पुर्याइनेछ ।

चैत २६ गते रथलाई तानेर आर्यावलोकितेश्वर (करुणामय) को आमा भनिने लगन टोलको डबलीको बीचमा रहेको रूखलाई तीनचोटि परिक्रमा गराइन्छ । चैत २७ गते लगन टोलबाट बेलुकीपख खटमा राखी आर्यावलोकितेश्वरलाई पुनः जनबहाःस्थित आफ्नै मन्दिरमा फर्काउने कार्यक्रम रहेको उनले बताए ।  

उनका अनुसार यस वर्ष असन पुर्याउने काम ‘याः न्याःयेकेगु’ सम्पन्न भएपछि बेलुकी दर्शनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आउने तालिका छ । यस वर्ष पर्यटन बोर्डको संयोजनमा पहिलो दिन जमलमा विदेशी पर्यटकहरुलाई रथजात्रा अवलोकन गराउने कार्यक्रम राखिएको छ । 

यस जात्रालाई काठमाडौँको सबैभन्दा ठूलो रथ जात्राका रूपमा लिइन्छ । यो जात्राको समाप्तिसँगै देशका अरू भागहरुमा अन्य रथजात्राहरु सुरु हुने भएकाले यस जात्राको विशेष महत्व छ । 

Categorized in

मेयर बालेनले तालाबन्दी गरेपछि ढोका फोडेरै गुरागाईं मनपा पसे, मेयरलाई अगाडि आउन उपमेयर डंगोलको चुनौती

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २१, बिहिबार

काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा उपस्थित हुने थाहा पाएपछि मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा नगरप्रहरीले उनको कार्यकक्षमा ताला लगाइदियो । 

उनी चढ्ने गाडीमा ह्विललक लगाएर गुरागाईंलाई कार्यालय छिर्न नदिन मुख्य गेटमै नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोली तैनाथ भयो । तीन महिनादेखि तलब नपाएको भन्दै महानगरकै कर्मचारीहरू आन्दोलनमा उत्रिए । कार्यपालिका सदस्य र कर्मचारीहरू गुरागाईंको स्वागतमा बसे । 

करिब साढे ११ बजेतिर गुरागाईं महानगर परिसर पुगे । त्यसपछि वडाध्यक्ष, नगरकार्यपालिका सदस्य र कर्मचारीले नगरप्रहरीको घेरा तोडेर गुरागाईंलाई कार्यकक्षसम्म पुर्‍याए । ताला लगाइएको कार्यकक्ष परिसरमै पनि नगरप्रहरी र कर्मचारीबीच घम्साघम्सी हुँदा प्रमुख प्रशासकीय अधिकृतको सचिवालयको भित्ता कुच्चिएको छ । 

त्यसपछि महानगरको बोर्ड बैठक हलमा उपमेयर सुनिता डंगोल, कार्यपालिका सदसस्यसहितको अनौपचारिक बैठक बस्यो । त्यसपछि उनीहरूले ढोका फोडेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराए ।  

बैठकमा बोल्दै डंगोलले हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएको बताइन् । “क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नुहुँदैन । यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,” डंगोलले भनिन् । 

पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै गुरागाईंलाई बालेनले अघोषित निलम्बनमा राखेका थिए । बालेनले कार्यालय प्रवेशमै रोक लगाएपछि गुरागाईं गत पुस ८ गतेदेखि हाजिर हुन पाएका थिएनन् । 

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेलाई आर्थिक अधिकार नहुँदा तीन महिनादेखि कुचीकारदेखि, उपमेयर सुनिता डंगोल, मेयर बालेन्द्र शाह (बालेन)सम्मका तीन हजार ६०० जना प्रतिनिधि र कर्मचारीले तलब पाएका छैनन् । 

Categorized in

ललितपुरमा दौडाइयो एक्लो घोडा

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १७, आइतबार

काठमाडौं - ललितपुरमा पनि शनिबार (चैत १६) घोडेजात्रा पर्व मनाइएको छ । पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइएको हो । काठमाडौंमा भने धेरै घोडा दौडाएर पर्व मनाइन्छ ।

ललितपुरमा घोडेजात्राको यो परम्परा ३५० वर्षभन्दा पुरानो रहेको अनुमान छ । घोडेजात्राका दिन यहाँ हरेक वर्ष एकल घोडा दौडाइन्छ ।

पाटनको मूलचोकबाट एकल घोडा दौडाउन सुरु गरिन्छ । र, नगर परिक्रममा गरिन्छ ।

Categorized in

शनिबार बिहान ७ बजेसम्म लम्बियो कर्फ्यु

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १५, शुक्रबार

काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश लम्ब्याएको छ । प्रशासनको पछिल्लो सूचनाअनुसार कर्फ्यु शनिबार बिहान ७ बजेसम्म लागू गरिएको हो । 

यसअघि प्रशासनले आज राति १० बजेसम्म कर्फ्यु  लागू गरेकोमा स्थिति सहज भइनसकेकाले आदेश लम्ब्याइएको बताइएको छ । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा भनिएको छ, ‘अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यू आदेशको निरन्तरता स्वरुप मिति २०८१।१२।१५ गते रातीको १० बजेदेखि मिति २०८१।१२।१६ गते विहान ७ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।’

शुक्रबार व्यवस्था विरोधी शक्ति राजावादीको प्रदर्शन उग्र बनेसँगै प्रशासनले अपराह्न ४ः२५देखि कर्फ्यु आदेश जारी गरेको हो । 

कर्फ्यु लाग्ने स्थान

बानेश्वर तिनकुने क्षेत्र

गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुदै कोटेश्वर,

कोटेश्वरदेखी जडिबुटी पुल,

कोटेश्वरबाट बालकुमारी पुलसम्म,

बानेश्वर चोकदेखि शंखमुल पुलसम्म,

गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म ।

485442202_437921736045031_6860626768643674101_n

 

Categorized in

Pages