काठमाडौंको भीमसेनस्थानमा आगलागी
Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन १४, मंगलबार
काठमाडौँ - काठमाडौंको भीमसेनस्थानमा सोमबार बिहान आगलागी भएको छ । बिहान ३ बजेदेखि घरमा आगलागी सुरु भएको हो ।
दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले आगो निभाइरहेका छन् । आगलागीको कारण खुलिसकेको छैन ।
Categorized inपाटनमा दुर्लभ महान् कथिन चीवरदान उत्सव हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आश्विन १४, मंगलबार
बुद्ध जयन्ती हिरक समारोह मुल समिति-२५७० को तत्वावधानमा ललितपुर जिल्लाको पाटन नागबहालमा दुर्लभ महान् कथिन चीवरदान उत्सव हुने भएको छ । यस्तो खालको दुर्लभ महान् कथिन चीवरदान नेपाल मै दोश्रो पटक हुन लागेको हो ।
यो उत्सवमा एकै दिन कपास काट्ने देखि लिएर कपडा बुनेर चीवर तयार गरी अष्ट परिकारकासाथ भिक्षुगनलाई दान प्रदान गरिने जानकारी आइतबार पत्रकार सम्मेलनमा दिएको छ ।
त्रिपिटक विशारद श्रद्धेय भिक्षु पञासार महास्थविर श्री अष्ट सद्धर्मायतन विहारमा तीन महिना विनयपूर्वक वर्षावास पुरा गर्नुभएको अवसरमा श्री अष्ट सद्दर्मायतन विहार बुद्ध जयन्ती हिरक समारोह समिति २५७०,हिरण्यवर्ण महाविहार तारेमाम संघको संयुक्त आयोजनामा अति पूजनीय भिक्षु महासंघमा कथिन चीवर दान दिइने यो उत्सव २०८२ असोज २१ गते मंगलवार अपरान्ह २:०० बजे श्री अष्ट सद्धमांयतन बिहार, प्रयागपोखरीबाट आरम्भ हुनेछ ।
उत्सवको तालिका अनुसार अघिल्लो राती १२:०० बजे कपास काट्ने कार्य शुरु हुनेछ भने विहान तीन बजे कपडा बुन्ने काम शुरु हुनेछ । त्यसपछि विहान ११बजे कपडामा रंग लाउने काम हुनेछ ।
यसै क्रममा दिउँसो १२ बजेदेखि इलय् चीवर सिलाई हुनेछ भने १ बजे नागबहालमा भेला भइ कथिन चीवर पदयात्रा शुभारम्भ गरिने छ ।
कार्यक्रम अनुसार अपरान्ह २ :३० बजे - शील प्रार्थना र बुद्धपूजा पछि धर्म देशना अनि ३:३० बजे- कथिन दान दाता र मूल आयोजक समितिको तर्फबाट मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ । त्यस पश्चात कथिन चीवर र अष्ट परिष्कार दान गरिनेछ भने धन्यवाद ज्ञापन र पुण्यानुमोदन गरी दुर्लभ कठिन चीवर दान उत्सव सम्पन्न गरिने कुराको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । पत्रकार सम्मेलनमा श्रद्धेय भिक्षु पञासार महास्थविरका साथै दुर्लभ महान् कथिन चीवरदान उत्सव आयोजनाका प्रेस संयोजक दिपकरत्न शाक्य , बुद्ध जयन्ती हिरक समारोह समितिका महासचिव विकास रत्न धाख्वाः, बोधि रत्न शाक्य लगायतले उत्सवको विविध पक्षमाथि प्रकाश पार्नु भएको थियो ।
Categorized inजेन–जीद्वारा ध्वस्त कीर्तिपुर नगरपालिका संचालन हुने, लुटपाटका सामाग्री फिर्ता गर्न आह्वान
Janjati Khabar – – ललेन्द्र शाक्य – | २०८२ भाद्र २९, आइतबार
जेन–जी युवा पुस्ताको आन्दोलनका क्रममा भाद्र २४ गते मंगलवार तोडफोड एवं आगलागीका कारण ध्वस्त भएको कीर्तिपुर नगरपालिका पुनः संचालन गरी विभिन्न सेवाहरु प्रदान गर्ने जानकारी कीर्तिपुर नगरपालिकाले दिएको छ ।
कीर्तिपुर नगरपालिकाले आकस्मिक सेवा संचालन सम्बन्धमा शीर्षक राखी भाद्र २९ गते आइतबार एक पत्र सार्वजनिक गरी उक्त जानकारी दिएको हो ।
सार्वजनिक भएको पत्रमा भनिएको छ, “मिति २०८२ भाद्र २३ र २४ गतेका दिन जेन–जी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका कारण कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको प्रशासनिक भवन पूर्ण रुपमा क्षतिग्रस्त हुन गएकोले अर्को व्यवस्था नभएसम्मका लागि नगरपालिकाबाट प्रदान गरिने तपसिल बमोजिमका आकस्मिक सेवाहरु कीर्तिपुर पर्यटक सूचना केन्द्रबाट प्रदान गरिने ब्यहोरा सम्बन्धित सबै सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”
सार्वजनिक भएको कीर्तिपुर नगरपालिकाको आकस्मिक सेवा संचालन सम्बन्धको पत्रमा स्वास्थ्य सेवा, एम्बुलेन्स तथा शव बाहन सेवा, स्वास्थ्य उपचारको लागि विपन्न नागरिक उपचार सिफारिस र कन्सुलर प्रमाणीकरण सेवा प्रदान गरिने जानकारी दिइएको छ ।
यस्तै, कीर्तिपुर नगरपालिकाले भाद्र २९ गते आइतबारकै मितिमा कीर्तिपुर नगरपालिकाको हार्दिक अपील शीर्षकको एक जानकारी पत्र पनि सार्वजनिक गरिएको छ ।
उक्त जानकारी पत्रमा मिति २०८२ भाद्र २३ र २४ गतेका दिन जेन–जीद्वारा भएको आन्दोलनका क्रममा कीर्तिपुर नगरपालिकाको कार्यालयको प्रशासनिक भवन तथा केही वडा कार्यालयहरुको संरचना तथा सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट जस्ता अपराधिक गतिविधिहरु भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ भनी उल्लेख गरिएको छ ।
उक्त जानकारी पत्रमा भनिएको छ, “उक्त घटनाको क्रममा लुटपाट गरी लिएका सामाग्रीहरु यथाशीघ्र सम्बन्धित व्यक्तिहरुले नगर कार्यपालिकाको कार्यालयमा फिर्ता गर्न हार्दिक अनुरोध गरिन्छ । यसका साथै उक्त सामाग्रीहरु फिर्ता गर्ने सम्बन्धमा घरधनी, छरछिमेक, समुदाय र नगरवासीहरुमा सहयोग गरिदिन समेत हार्दिक अपील गरिन्छ ।”
साथै यस प्रकारका कार्यहरु नगरको शान्तिर सुव्यवस्था र सार्वजनिक सम्पत्तिको सुरक्षा तथा सार्वजनिक सेवामाथि गम्भीर असर पु¥याउने खालका छन् भन्दै पत्रमा भनिएको छ, “नगरबासीका साझा सम्पत्तिको सुरक्षा सबैको सामुहिक जिम्मेवारी हो भन्ने कुरामा हामी स्मरण गराउँछौं ।”
पत्रमा सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ । सम्पर्कका लागि राजकपुर श्रेष्ठ (९८४१३७३९४६) र राजकुमार महर्जन (९८४१३४८०१९) उल्लेख गरिएको छ ।
Categorized inसिंहदरबार पूर्णरूपमा जेनजीको कब्जामा
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २४, मंगलबार
काठमाडौं- देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी युवाहरूले कब्जा गरेका छन् । आक्रोशित युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेका थिए ।
अहिले सिंहदबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीष नेताविरुद्ध नारावाजी गर्दै आक्रोश पोखिरहेका छन् ।
स्थिति अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारमा पछि हटेको छ ।
सिंहदरबारको माथिको आकाशमा आगो मुस्लो उडिरहेको देखिन्छ । सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय तथा विभागहरूमा आगजनी गरेका छन् ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूमाथि सोमबार प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो ।
सोमबार प्रहरीको गोली लागेर १९ जनाको युवाको मृत्यु भएको थियो भने मंगलबार कालिमाटीमा थप दुई जनाको ज्यान गएको छ ।
Categorized inच्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २४, मंगलबार
काठमाडौँ - प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।
Categorized inकाठमाडौं र ललितपुर क्षेत्रभित्र कर्फ्यु
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २४, मंगलबार
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ ।
आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो ।
प्रजिअ रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो ।
कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।
ललितपुरमा बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यू आदेश जारी
यसैगरी। ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिइएको छ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मंगलबार बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन्।
कर्फ्यू आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।
कर्फ्यू आदेश जारी भएका क्षेत्र
भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५) पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म।
सानेपा क्षेत्र (वडा नं २०) पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म।
च्यासल क्षेत्र (वडा नं ९) पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म।
प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको जनाएका छन्।
Categorized inजलजगे नाग साधना पूजा : कीर्तिपुर देवढोकास्थित लक्ष्मी कुवामा
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ भाद्र १७, मंगलबार
कीर्तिपुर नगरपालिका २ वडा देवढोकास्थित न्याम्हासिमा परिसरमा रहेको मल्लकालीन प्राचीन लक्ष्मी बुंगाः अर्थात् लक्ष्मी कुवाःमा पानी सुकेको कारण जलजगे नाग साधना पूजा गरिएको छ ।
आज भाद्र १७ गते मंगलबारको दिन कीर्तिपुर २ वडा देवढोका न्याम्हासिमा परिसरमा रहेको लक्ष्मी कुवाःमा पानी जम्मा होस् भन्ने कामनाका साथ जलजगे नाग साधना पूजाका निम्ति देवढोकाका स्थानीय नाती महर्जन एवं त्यहाँका अग्रज ज्येष्ठ नागरिकहरुको प्रयासमा उक्त जलजगे नाग साधना पूजा सम्पन्न भएको हो ।
लक्ष्मी कुवामा जलजगे नाग साधना पूजा स्थानीय चिलंच्व महाविहारका पद्म बज्राचार्य गुरुजुले गर्नुभएको हो । न्यामासिमा परिसरमा रहेको लक्ष्मी कुवा २०७२ साल बैशाख महिनाको भूकम्पका कारण जीर्ण भएको जानकारी दिदैं स्थानीयहरुले त्यो बेलादेखि लक्ष्मी कुवाःमा पानी सुक्दै गएको जानकारी दिएको छ ।
२०७२ सालको भूकम्पभन्दा अगाडि उक्त लक्ष्मी कुवामा येथेष्ट मात्रामा पानी भएको र धेरैजसो मानिसहरुले उक्त कुवाको पानी पिउनको लागि प्रयोग गरिने, नुहाउन एवं अन्य प्रयोजनका लागि प्रयोग गर्दै आइरहेको जानकारी पनि स्थानीयले दिएको छ ।
कीर्तिपुर सहर स्थापनाका साथ प्राकृतिक पानीको स्रोतको रुपमा पोखरी, इनार, कुवा अर्थात् बुंगाः एवं ढुंगेधाराहरुको पनि स्थापना गरिएको छ ।
कीर्तिपुर डाँडोका चारैतिर पोखरी, कुवा एवं ढुंगेधाराहरु स्थापना गरिएको छ । केही केही पोखरीहरु हराइसकेको र ती पोखरीहरुमा कीर्तिपुर नगरपालिका, सहीद स्मारक कलेज, विष्णुदेवी अस्पताल लगायत अन्य निजी सम्पत्तिका रुपमा घरहरु तथा अन्य संरचना निर्माण भइसकेकोहालको अवस्थामा ढुंगेधारा एवं कुवाहरु भने अहिलेसम्म पनि रहँदै आएको छ ।
कीर्तिपुर नगरको धार्मिक, सांस्कृतिक परम्परा एवं इतिहाससंग प्रत्यक्ष रुपमा जोडिदै आइरहेको लक्ष्मी कुवा बुंगाः हाल पानी सुक्दै गएको कारण कीर्तिपुरबासीले दुःखदायी गुनासो पोख्दै आइरहेका छन् ।
लक्ष्मी बुंगाः अर्थात् लक्ष्मी कुवामा कीर्तिपुरका वीरंगना कीर्तिलक्ष्मीले मुख धुने कुवाः एवं नारीहरुको बच्चा जन्माउने बेला भए पनि जन्माउन नसकिरहेको अवस्थामा उक्त लक्ष्मी कुवामा पानी लिन पठाउने प्रचलन रहेको पनि त्यहाँका स्थानीयहरुले बताएका छन् ।
कीर्तिपुरको उक्त लक्ष्मी बुंगा अर्थात् लक्ष्मी कुवामा गएको ५२ वर्ष अगाडि पनि पानी सुकेको कारण यसरी नै जलगजे नाग साधना पूजा गरिएको गुरुजु पद्म बज्राचार्यले स्मरण गराउनु भयो ।
Categorized inशनिबार मच्छेगाउँमा लाखे नाच महोत्सव, भक्तपुरको नागचा नृत्य पनि प्रदर्शन हुने
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ भाद्र १३, शुक्रबार

राष्ट्रिय लाखे नाच प्रदर्शन साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ भोलि शनिबार भाद्र १४ गते हुने भएको छ ।
नेपाल सांस्कृतिक कला मन्दिरको आयोजनामा हुने उक्त कार्यक्रम चन्द्रागिरी नगरपालिका ९ वडा मच्छेगाउँ भलिबल ग्राउण्डमा हुने जानकारी आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरले दिएको छ ।
आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरका अनुसार उक्त राष्ट्रिय लाखे नाच प्रदर्शनीमा हालसम्म २५ वटा लाखे समूह दर्ता भएता पनि कार्यक्रमका दि भाद्र १४ गते भोलि शनिबार ४० वटा लाखे सहभागी हुनेछ ।
“आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौ” भन्ने मूल नाराका साथ हुन लागेको उक्त राष्ट्रिय लाखे नाच प्रदर्शनी, सांस्कृतिक तथा सम्मान कार्यक्रम–२०८२ का लागि दर्ता भएका लाखे खलः समूहहरु यस प्रकारका छन्–
१. जि. नेवा यूवा खल –ईटहरी
२ झीगु नेवाः पुच – त्रियुगा नपा–११ गाईघाट, उदयपुर
३ झिगु नेवाः पुच–उप–शाखा त्रियुगा न.पा–०३ मोतिगड, उदयपुर
४.नेवार संघ, कटारी ५ भोर्ले –उदयपुर
५. जाकिडोल लाखे नाच –पनौति न.पा ९
६. ईटे लाखे नाच –धुलिखेल न.पा–१२
७. नेवा देय ः दबू –बाह्रविसे
८.बाह्रविसे सांकृतिक समाज – बाहविसे
९.सुनाकोठी सिकमी घाँ वाजा खल – सुनाकोठी–ललितपुर
१०. नेवा देयः दबू –धरान
११. नेवा देयः दबू बिराटनगर महसमिति – मोरङ
१२. पनौती लाखे नाच –पनौती
१३. इन्द्रपुर नेवा पुचः विराटचोक,सुन्दरहरैचा ९
१४. बटार लाखे पुच –बटार
१५ झिगु नेवा पुच समाज – धादिङ
१६ पासा पुच –धरान
१५. भस्मासुर नाच (नागचा नृत्य) –भक्तपुर
१६. पाऊँ लाखे पाँगा–किर्तिपुर
१७. भोजपुरको लाखे काठमाडौं तथा कला संस्कृति उत्थान –भोजपुर
१८. चरिकोट लाखे (लालीगुरांस क्लव)– चरिकोट
१३. चेकपोष्ट लाखे समुह – चन्द्रागिरी
२० गोपाली एकता समाज –पालुङ
२१. ओखलढुंगा लाखे पुच –ओखलढुंगा
२२ जाखा धिमे खल– जाखा कीर्तिपुर
२३. विद्यापति दाफा खल –बज्रबाराही
२४. धापासी ग्याँचुली वासुरी खला– टोखा न.पा
२५. देवढोका लाख पुच – कीर्तिपुर
Categorized inकीर्तिपुरे नगर प्रमुख डंगोलको गल्ती : उप–प्रमुख शाक्य मात्र कठपुतली !!!
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र १२, बिहिबार
कीर्तिपुर/हाल कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल जापान भ्रमणमा हुनुहुन्छ । नगर प्रमुख डंगोल भाद्र ७ गते भ्रमण टोलीका साथ जापान प्रस्थान गरेका हुन् भने उक्त भ्रमण भाद्र १७ गतेसम्म हुनेछ ।
तर, नगर प्रमुख डंगोलले कानून अनुसार कार्यबाहकको जिम्मेवारी उप–प्रमुखलाई दिएर जानुपर्ने प्रावधान रहेता पनि कार्यबाहकको जिम्मेवारी नदिईकन खुरुक्क जापान प्रस्थान गर्नुभयो । नगर प्रमुख डंगोलको यस कार्यबाट सेवाग्राही सर्वसाधारण समस्यामा परेका छन् । नगर प्रमुख कृष्णमान डंगोलको यस ब्यवहारबाट उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता रुष्ट भएकी छिन् ।
यसभन्दा अघि पनि कीर्तिपुर नगरपालिकाका दिवंगत नगर प्रमुख राजकुमार नकर्मी उपचारको क्रममा भारत प्रस्थान गर्नुभएको बेला उप–प्रमुख शुभलक्ष्मी शाक्य सुनितालाई कार्यबाहकको जिम्मेवारी नसुम्पी भारत प्रस्थान गरेका थिए ।
भ्रमणमा या कामको सिलसिलामा यदि नगर प्रमुख देश बाहिर जानुपर्ने अवस्थामा उप–प्रमुखलाई कार्यबाहकको जिम्मेवारी सुम्पेर जानुपर्ने नियम कानून हुँदाहुँदै पनि ती नियम कानूनको बेवास्ता गरी सेवाग्राही जनतालाई किन दुःख दिन चाहन्छन् त नगर प्रमुख रु आखिर कीर्तिपुर नगरपालिकामा मात्र यस्तो व्यवहार किन रु यो जनगुनासाका आवाज हुन् ।
यस विषयमा कीर्तिपुर नगरपालिकाकी उप–प्रमुख शुभलक्ष्मी शाक्य सुनिताले कीर्तिपुर नगरबासीमा अनुरोध गर्दै सामाजिक संजालमा आफ्नो विचार लेख्नु हुन्छ –
“आदरणीय कीर्तिपुर नगरवासीमा अनुरोध !!!
विपन्न नागरिक औषधि उपचार कार्यक्रम लगायतका सिफारिसहरुका लागि नगरपालिका प्रमुखबाट निर्णय लगायतका सिफारिसमा हस्ताक्षर गर्नु पर्ने व्यवस्था रहेकोमा निजको अनुपस्थितिमा उपप्रमुखबाट हस्ताक्षर गराउनको लागि दैनिक सेवाग्राहीहरुको माग भएको सन्दर्भमा मिति २०८२–०४–२७ मा भएको नगर कार्यपालिका बैठकबाट पारित गरि कीर्तिपुर नगरपालिकाका प्रमुखज्यू २०८२–०५–०७ देखि १७ गतेसम्म मित्र राष्ट्र जापानको भ्रमणमा जानु भएको तर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा १६ को उपदफा ४ को खण्ड क १२ को व्यवस्था अनुसार कार्यबाहकको जिम्मेवारी नतोकिकन विदेश भ्रमणमा जानु भएको हुँदा प्रमुखको पदीय हैसियतबाट हुने कार्य सम्पादन उपप्रमुखबाट नहुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।”
कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलको यो व्यवहारबाट सेवाग्राही जनसमुदायमात्र नभई समस्त नगरबासी नै स्तब्ध भएका छन् ।
नगर प्रमुख कृष्णमान डंगोलको यो व्यवहारलाई नगरबासीले ठूलो गल्तीको रुपमा लिएका छन् भने उप–प्रमुख शुभलक्ष्मी शाक्य सुनितालाई पटक पटक नगर प्रमुखले कठपुतलीको रुपमा मात्र हेरिएको ठोकुवा गरेका छन् ।
Categorized inनेपालभाषा एकेडेमीले पुरानै परम्पराको दबु प्याखं मन्चन गर्ने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ भाद्र २, सोमबार
नेपालभाषाको वाङ्गमय क्षेत्रमा कृयाशिल प्राज्ञिक संस्था नेपालभाषा एकेडेमी र ललितुर महानगरपालिकाको सहकार्यमा एतिहांसिक परम्परागत शैलीमै नेपालभाषा दबु प्याखं (नेपालभाषा डबली नाटक) निर्माण गर्ने भएको छ ।
लोपहुन लागेको डबली नाटक (सामाजीक घटनाक्रमको यथार्थ चित्रण सहितको सन्देश मुलक नाटक) पुर्ण उत्थान गर्दै, नयां पिंढिलाई नेवाः भाषा कला संस्कृती र संस्कार बारे पहिचान प्रस्तुत गर्न नेवाः दबु प्याखं प्रदर्शन गर्न लागेको जानकारी आयोजक समितीले आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको थियो ।
ईन्द्रजात्रा को अवसरमा यसरी दबु प्याखं अर्थात डबूली नाटक परापुर्वकाल देखिनै जनताहरुलाई सचेत गराउन सत्कर्म र अनित्यकर्म गर्दा कस्तो सम्मान र दन्डको परिणाम प्रवाह हुने सन्देश र शिक्षा प्रदान गर्ने लक्ष प्राप्तीको निम्ती जन समुदाय बीच खुल्ला ठाउंमा सर्वसाधारण जनता माझ प्रदर्शन गरिन्छ ।
नेपालभाषा एकेडेमि र ललितपुर महानगरपालिकाको प्रयास मा यसरी च्वंगु दबु प्याखंलाई पनर्जीवन प्रदान गरीन लागेको कुरा सो प्रेस भेटघाटमा बताइएको छ ।
दबु प्याखं निर्माण र प्रदर्शन का लागि नेपालभाषा एकेडेमीको तर्फबाट दबु प्याखं समिति गठन गरिएको छ । उक्त समितिका संयोजक विजयरत्न असंबरेले सन्चालन गरेको पत्रकार सम्मेलनमा समितिका सदस्य प्राज्ञ राजित बहादुर श्रेष्ठले प्रेस वक्तव्य वाचन गरेर सुनाएका थिए ।
एकेडेमीका चान्सलर मल्ल के सुन्दरले दबु प्याखं प्रदर्शन बारे प्रकाश पारेको सो कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रवक्ता वडा नं ९ का वडाध्यक्ष राजु महर्जन र एकेडेमीका सदस्य सचिव महेन्द्र गोपाल कर्माचार्यले पनि मन्तव्य राखे ।
आइतबार सम्पन्न पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार दबु प्याखं मा यसपालि ललितपुर का कलाकार र प्याखं समुह मात्र सम्मिलित गराउने तयारी भइरहेको जानकारी एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले बताए । प्याखंका उपयुक्त प्रस्ताव आह्वान गरिएको छ भने प्राप्त प्रस्ताव मूल्यांकन गर्ने अधिकार आयोजकमा रहनेछ ।
दबु प्याखं शुरुमा ललितपुर का तीन वटा सांस्कृतिक दबुहरुमा मन्चन गरिनेछ भने त्यसपछि लोकप्रियता को अाधारमा अन्य स्थानमा पनि मन्चन गर्न सकिने छ ।
उपयुक्त स्कृप्टका रिर्हसल आयोजक ले रिहर्सल खर्च उपलब्ध गराउने छ भने त्यसपछि मन्चन गरे बापट प्रति मन्चन को हिसाबले उचित रकम उपलब्ध गराउने कुरा बताइएको छ ।
Categorized in

