संस्कृति तथा सम्पदा संरक्षण अभियानमा पत्रकार
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र १९, बिहिबार
नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौं महानगरपालिकासंग सहकार्य गरी हनुमानढोका दरबार क्षेत्र अन्तर्गत बिहीबार राजधानीमा आयोजना गरेको सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका विषय विचार गोष्ठीका सहभागीहरुले संस्कृति तथा सम्पदा संरक्षण गर्न पत्रकारहरुले तथ्यमा आधारित रिपोर्टिङ गरी सचेतना फैलाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
उनीहरुले ले सम्पदामा भइरहेको अतिक्रमण, ढिलासुस्ती तथा लापरवाही माथि निगरानी राख्दै सम्बन्धित निकायलाई जिम्मेवार बनाउन ‘वाचडग’ भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा पनि बताए।
सो अवसरमा काठमाडौँ महानगरपालिका प्रवक्ता एवं १७ का वडा अध्यक्ष नवीन मानन्धरले सम्पदा संरक्षण गर्न स्थानीय तह, सञ्चारमाध्यम र समुदायबीच सहकार्य आवश्यकता रहेको बताए।काठमाडौँ उपत्यकाको मौलिक पहिचान जोगाउन सञ्चार क्षेत्रले अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने प्रवक्ता मानन्धरको भनाई थियो।
गुठी संस्थानका पूर्व प्रशासक किरण शाक्यले गुठी प्रणाली सम्पदा संरक्षणको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरुले यससँग सम्बन्धित विभिन्न विषयमा गहिराईमा पसेर तथ्यमा आधारित सामग्री पस्किनुपर्ने बताए ।
संस्कृतिकर्मी जितेन्द्रविलास बज्राचार्यले संस्कृति, सम्पदा जोगाउन मातृभाषा भाषा मार्फत पत्रकारिता र डिजिटल माध्यमको प्रयोग महत्वपूर्ण रहेको बताए।सांस्कृतिक सम्पदाको मौलिकता जोगाउन सञ्चारमाध्यमले सही व्याख्या र सन्दर्भ सहित सामग्री प्रकाशन गर्नुपर्नेमा उनको भनाई रहेको छ ।
सो कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले नीतिगत सुधारका लागि बहस सिर्जना गर्ने, विज्ञ तथा सरोकारवालाको आवाज नीति निर्मातासम्म पुर्याउने र लोपोन्मुख संस्कृति जोगाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गरे।
कार्यक्रममा प्रस्तुत विचारहरूमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेवाः पत्रकारहरूको भूमिका केवल समाचार सम्प्रेषणमा सीमित नभई स्थानीय पहिचान, भाषा र मौलिक ज्ञानको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको बताए। नेपालभाषाको लहना साप्ताहिकका प्रकाशक समेत रहेका अध्यक्ष श्रेष्ठले नेपाल भाषामार्फत लोपोन्मुख परम्परा, कथा, गुठी प्रणाली र संस्कारहरूको दस्तावेजीकरणका लागि मातृभाषाको पत्रकारिताको विशेष योगदान रहेको बताए।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकारहरूले सम्पदा, भाषा र संस्कृतिसँग सम्बन्धित मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउँदै आएको चर्चा गरे।संस्कृति क्षेत्रमा लामो समयदेखि रिपोर्टिङ गर्दै आएका वरिष्ठ पत्रकार विराजकाजी राजोपाध्यायले संस्कृति सम्पदाका विषयहरु रिपोटिङ गर्न त्यस सम्बन्धी अध्ययन, सन्तुलित प्रस्तुतिको विषयमा आफ्नो भनाई केन्द्रीत गरे।
त्यसैगरी, दबूका उपाध्यक्ष सुनील महर्जन, महासचिव के.के मानन्धर र सचिव राजु नापितले पत्रकारिताको प्रवर्धन, नागरिक पत्रकारिता, तालिम, स्रोत साधनको उपलब्धता र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने जोड दिए।
Categorized inकाठमाडौँकी कार्यवाहक मेयर डंगोलद्वारा प्रधानमन्त्री शाहलाई बधाई
Janjati Khabar – Janjati Khabar | २०८२ चैत्र १३, शुक्रबार
काठमाडौँ - काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट देशको प्रधानमन्त्री पदमा नियुक्त भएका शाहलाई डंगोलले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी हुन्।
प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै कार्यवाहक मेयर डंगोलले करीब साढे तीन वर्ष काठमाडौँ महानगरको मेयर र उपमेयरको रूपमा सँगै काम गरेको स्मरण गरेकी छिन्। महानगरमा सँगै काम गर्दाका अनुभव, चुनौती र यात्रा जीवनभर अविस्मरणीय रहने बताउँदै उनले शाहको नयाँ जिम्मेवारीले आम जनतामा जागेको आशा र भरोसालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेकी छिन्।
साथै, उनले प्रधानमन्त्रीको नेतृत्वमा बन्ने नयाँ सरकार सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र देशको विकास तथा समृद्धिमा एकताबद्ध भएर लाग्ने विश्वास लिएको बताएकी छिन्। आगामी दिनमा काठमाडौँ महानगरपालिकाले संघीय सरकारसँग सहकार्य गर्दै जनताको सपना पूरा गर्न तयार रहेको समेत उनले उल्लेख गरेकी छिन्।
Categorized inसेतो मच्छिन्द्रनाथ) को रथको रेखाचित्र अभिलेखीकरण सम्पन्न : ऐतिहासिक योगदान
Janjati Khabar – Janjati Khabar | २०८२ चैत्र ११, बुधबार
काठमाडौं । काठमाडौंको ऐतिहासिक एवं सांस्कृतिक धरोहर जनबहाः द्यः (सेतो मच्छिन्द्रनाथ) को रथ निर्माण प्रक्रिया र त्यसको प्राविधिक पक्षलाई समेटेर तयार पारिएको 'Drawing Documentation of Jana Bahah Dyah Chariot' (जनबहाः द्यः रथ रेखाचित्र अभिलेखीकरण) कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।
'Architecture of Jatras, Nepal' को अगुवाइमा भएको यस महत्वपूर्ण कार्यका लागि दुई वर्षको अथक प्रयास र मेहनत लागेको थियो । पूर्ण रूपमा स्वयंसेवी भावनाले अभिप्रेरित यस अभियानलाई आर्किटेक्ट र इन्जिनियरहरूको एक समर्पित टोलीले मूर्त रूप दिएको हो ।
अभिलेख हस्तान्तरण र सहकार्य –
तयार पारिएको विस्तृत रेखाचित्रको प्रतिलिपिहरू हालै काठमाडौं महानगरपालिका, जनबहाः द्यः जात्रा व्यवस्थापन समिति र गुठी संस्थानलाई हस्तान्तरण गरिएको छ । यस कार्यमा स्थानीय विज्ञहरू श्री नीलकाजी शाक्य, श्री सुजिब बज्राचार्य, श्री प्रदीप मानन्धर र श्री पूर्णमान महर्जनले स्रोत व्यक्तिका (Resource Persons) रूपमा महत्वपूर्ण प्राविधिक परामर्श प्रदान गर्नुभएको थियो ।
योगदान पु¥याउने प्राविधिक टोली –
यस वृहत् अभिलेखीकरण कार्यमा आर्किटेक्ट र इन्जिनियरहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यमा संलग्न मुख्य टोली यस प्रकार छ –
स्वयंसेवक टोलीः आर्किटेक्टहरू आरजु माली, ग्रीष्मा मल्ल, कविता घिमिरे, मानसी श्रेष्ठ, निहारिका सिंह, पालिस्था शाक्य, रोजलिन तण्डुकार, सिजन शाक्य, सोना बादे, सुरज लामा, स्वीकृति मानन्धर र इन्जिनियर रोहित कृष्ण मानन्धर ।
इलस्ट्रेसन (Illustrations) : आर्किटेक्टहरू आनन्द मानन्धर, सिजन शाक्य र सोना बादे ।
अभिलेख नेतृत्व तथा संकलन (Documentation Lead & Compilation) : आर्किटेक्ट आनन्द मानन्धर ।
सल्लाहकार तथा समन्वय (Advisory & Coordination) : आर्किटेक्ट अमित बज्राचार्य (वज्र अमित) ।
सांस्कृतिक र प्राविधिक महत्व –
नेपालको परम्परागत जात्रा र रथ निर्माण शैलीमा लुकेको गणितीय शुद्धता र वास्तुकलालाई आधुनिक प्रविधिमार्फत दस्तावेज गर्नु यस परियोजनाको मुख्य लक्ष्य थियो । दुई वर्षको कडा परिश्रमपछि तयार भएको यो रेखाचित्रले अब भविष्यमा रथ निर्माण वा मर्मत सम्भार गर्नुपर्दा एक भरपर्दो प्राविधिक आधार प्रदान गर्नेछ ।
निःस्वार्थ भावनाले आफ्नो सीपलाई संस्कृति संरक्षणमा लगाएका यी युवा इन्जिनियर र आर्किटेक्टहरूको यस कार्यले पूर्ख्यौली इन्जिनियरिङ कौशललाई जीवन्त राख्न ठूलो मद्दत पु¥याउने विश्वास लिइएको छ ।
Categorized inकेन्द्रीय मानन्धर संघकाे समुदाय जोड्ने परम्परागत अभियान सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण २४, आइतबार
देशभरीका मानन्धर समुदायको छाता संगठन केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको धरानदेखि पश्चिमको नेपालगन्जसम्म सघन बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर कार्यक्रम गर्दैै आएको छ । याे वर्ष संघ स्थापना भएकाे ७३ वर्ष पुरा भएकाे अवसरमा हजारौंको संख्यामा सहभागीता सहित मानन्धरहरुलाई भोज खुवाउने जिम्मेवारी यो वर्ष काठमाडौंस्थित तँलाछि टोलले लिएको हो । आगामी वर्षको लागि चस्वांद्वँ मानन्धर सनाःगु खलःलाई भ्वय् कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
‘स्वयम्भू भ्वय् कार्यक्रम आयोजना गर्नु सजिलो छैन । हामीले भुइख्यःमा भोज व्यवस्थापनको लागि मात्र थुप्रै स्वयंसेवीहरु परिचालन गरेका छौं ।’
हुनपनि एकदिने भ्वय् कार्यक्रममा रक्तदान, बैंक तथा वित्तीय संस्थाहरुको प्रदर्शनी स्थल, महिला समूहले उत्पादन गरेका हस्तकला सामग्री देख्न सकिन्थ्यो । ‘हामीले नेपाल रेडक्रस सोसाइटी गणबहाल उपशाखासँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गयौं । जम्मा ३० जनाले आकस्मिक रक्तदान गर्नुभयो । ती मध्ये बनेपाका बाजा गुरु विश्वराम मानन्धरले ११ औं पटक रक्तदान गर्नुभएको थियो ।’ रक्तदान कार्यक्रमका संयोजक तथा संघका सहायक सचिव कृष्ण बहादुर मानन्धरले बताउनुभयो ।
सुरुको समयमा दैसाः टोलले स्वयम्भू भ्वय् कार्यक्रमलाई व्यवस्थापन गर्दै आएको भएपनि चालिसको दसकदेखि अरु टोलले पनि सहकार्य गरेको छ । परम्परागत महत्त्वको स्वयम्भू भ्वय् कार्यक्रमको लागि विभिन्न टोलले आआफ्नै जिम्मेवारी बहन गरेको हुन्छ । भोजको लागि आवश्यक हुने चिउरा, दहि, छ्याङ तथा अन्य नेवार परिकार खुवाउने जिम्मेवारी फरक फरक टोलले लिएको हुन्छ । स्वयम्भू परिसरमा चैत्य स्थापना गरेको खुसीयालीमा मनाइँदै आएको परम्परागत भ्वय् कार्यक्रमलाई पछिल्लो समय समयानुकूल परिवर्तन गरी औपचारिक, सांस्कृतिक र आर्थिक क्षेत्र प्रवद्र्धनसँग जोडिएको छ ।
कार्यक्रममा संघको ७३ औं स्थापना दिवसको सन्दर्भमा विभिन्न विधामा पुरस्कार तथा सम्मान दिइएको थियो । सोही क्रममा नेपाल आँखा अस्पताललाई यो वर्ष नगद ५० हजार सहित पुरस्कृत गरिएको थियो । . डा. जगदीश मानन्धर दाता रहेको सो प्रतिष्ठानले यसअघि डा. महावीर पुन र क्षेत्रपाटी अस्पताललाई पनि पुरस्कृत गरेको थियो ।
प्रतिष्ठानले मन्जुश्री संगीत महाविद्यालयको लागि पनि पुरस्कारको कोष बनाएको छ । विक्रम संवत् २०२६ मा स्थापित बेखा नारायण देव कुमारी प्रतिष्ठानले थुप्रै सामाजिक क्षेत्रमा काम गरेको छ । काठमाडौंको भिमसेन टोलस्थित देय् भ्वय् छेँसँगै धर्मशाला निर्माण, स्वयम्भूस्थित महामन्जुश्री पार्क निर्माण, विपन्न समुदायको लागि सहज मृत्यु संस्कार सम्पन्न गर्नको लागि गुठी संस्थानसँगको समन्वयमा मृत्यु संस्कार कोष स्थापनादेखि थुप्रै संघसंस्थासँग समन्वय गरेर आर्थिक र स्वास्थ्य सहयोग उपलब्ध गराएको छ ।
त्यस्तै, चस्वांद्वँ टोलका त्रिरत्न मानन्धरलाई नगद ५० हजार सहित मोहनलाल खिं मानन्धर पुरस्कार दिइएको थियो । सोही विधातर्फ मोहनलाल खिं मानन्धर युवा पुरस्कार भक्तपुर साःक्वालान टोलका विष्णु बहादुर मानन्धरलाई प्रदान गरिएको थियो ।
काभ्रेस्थित काठमाडौं विश्वविद्यालय (केयू) मा बाजा सम्बन्धिका प्राध्यापक समेत रहनुभएका मानन्धरले मौलिक बाजा संरक्षण, प्रवद्र्धन तथा सन्ततीमा पुस्तान्तरण गरेको योगदानलाई मूल्यांकन गरी नगद २५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । त्यस्तै, समुदायभित्र विभिन्न विधामा पुस्तक प्रकाशन गर्नेहरुबाट छनोट गरिने आख्यानकार मथुरा सायमि पुरस्कार यो वर्ष कामना मानन्धरलाई दिइएको थियो । चिकित्सा क्षेत्रमा एमडी उत्तीर्ण गरेर विभिन्न अस्पतालमा सेवा दिइरहनुभएका शंखरापुर नगरपालिकास्थित सक्व मानन्धर गुठीका डा. सनिश मानन्धरलाई श्याम लक्ष्मी पुरस्कार दिइएको थियो ।
स्नातकोत्तर तह नेपालभाषा विधामा उत्कृष्ट हुनुभएकी सकुन्तला महर्जनलाई सत्यतारा सम्मान दिइएको थियो । नेपालभाषा केन्द्रीय विभागले सिफारिस गरे बमोजिम महर्जनलाई मायाको चिनोसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
नेपालभाषा विषय लिएर विद्यालय तहमा उत्कृष्ट हुने बालक अजः मानन्धरलाई नगद १० हजार सहित सलिंचा मचा नेवाः पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै, संघको ७३ औं स्थापना दिवसको सन्दर्भमा सम्पन्न भएको फुटसल प्रतियोगितामा पहिलो हुने मध्यपुर थिमिस्थित सिवा सायमि खलः तथा दोस्रो हुने थँहिति मानन्धर गुठीलाई नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । फुटसलमा बेष्ट किपर हुन सफल हुनुभएका लक्ष्मण मानन्धर र हाई स्कोरर गरेका रितिक मानन्धर तथा बेष्ट प्लेयरको उपाधि जित्नुभएका बनेपाको जापाली गुठीका अजित मानन्धरलाई विशेष सम्मान दिइएको थियो ।
ओलम्पियन बैकुण्ठ मानन्धरसँग सहकार्य गरेर सम्पन्न गरेको ५ किलोमिटर खुला दौड प्रतियोगिमा पहिलो, दोस्रो तथा तेस्रो हुने क्रमशः गणेश सिंह राउत, रुपेश कार्की तथा नागेश्वर सेरलाई नगद सहित पुरस्कृत गरिएको थियो । सोही विधामा समुदायतर्फ उत्कृष्ट भएका धनु मानन्धर, दिकेश तथा प्रनिल मानन्धरलाई नगद सहित पुरस्कृत गरिएको थियो । टेबुल टेनिस तर्फ मारिया, नसला, करूणा, उज्ज्वल, नरेन्द्र, सुनिल तथा बुद्धिचाल तर्फ मनिष, रोहन तथा निरन्जन मानन्धरलाई पनि पुरस्कृत गरिएको थियो । बालबालिकाबीचको दौड प्रतियोगिता तर्फ निभाः, सान्भी तथा सम्बृद्ध मानन्धरलाई पुरस्कृत गरिएको थियो । समुदायभित्र विवाह गरेका नवदम्पती र भिमरथारोहन गरेका जेष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यबाहक नगर प्रमुख सुनीता डंगोल, समाजसेवी, शिक्षासेवी, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता थियो । २०१० माघ १० गते गठन भएको देशभरकै मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले समुदायको आर्थिक उत्थान, खेलकुद, स्वास्थ्य, सांस्कृतिक विकास, शैक्षिक उत्प्रेरणाको क्षेत्रमा काम गर्दै आएको छ ।
समाचार स्रोत - के के मानन्धर
Categorized inकाठमाडौं विश्वकै प्रदूषित शहरको स्थानमा, घरबाहिर ननिस्कन आग्रह
Janjati Khabar – Janjati Khabar | २०८२ फाल्गुण २४, आइतबार
काठमाडौं - काठमाडौं उपत्यकाको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको छ। पछिल्ला केही दिनदेखि घाम राम्रोसँग नलाग्नु र वायुमण्डलमा रहेका फोहोरका कणहरू सतहमा झर्ने क्रम बढेसँगै वायु प्रदूषण बढेको हो।
वायु गुणस्तर मापन गर्ने संस्था आइक्यु एयरका अनुसार हाल काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये तेस्रो स्थानमा परेको छ। वायुमण्डलमा धुलो, धुँवा तथा अन्य प्रदूषक कणहरूको मात्रा बढ्दै जाँदा वायुको गुणस्तर खस्किएको जनाइएको छ।
प्रदूषण बढेसँगै उपत्यकाको आकाश धुम्म देखिन थालेको छ भने टाढाका डाँडाकाँडा प्रष्ट देखिन छाडेका छन्। वायु प्रदूषण बढ्दा श्वासप्रश्वास सम्बन्धी समस्या हुने जोखिम पनि बढ्ने भएकाले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।
विशेषज्ञका अनुसार वर्षा नहुनु, सवारीसाधनको धुँवा, निर्माण कार्यबाट उड्ने धुलो तथा डढेलोका कारण पनि उपत्यकामा वायु प्रदूषण बढ्ने गरेको छ। अहिलेको अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर कम निस्किन र मास्क प्रयोग गर्न पनि सुझाव दिइएको छ।
Categorized inरञ्जु दर्शनाको जीत सुनिश्चित
Janjati Khabar – Janjati Khabar | २०८२ फाल्गुण २२, शुक्रबार
काठमाडौँ । काठमाडौँको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु रञ्जुको जीत सुनिश्चित भएको छ ।
२३ हजार २२७ मत गणना हुँदा दर्शनाले १२ हजार ७८ मत ल्याएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रबल थापाले ५ हजार २१६ मत ल्याएका छन् । करिब २९ हजार मत खसेको यो क्षेत्रमा मत गन्न अब करिब ५ हजार मात्रै बाँकी रहेको छ ।
गन्न बाँकी रहेको मत रन्जुको अग्रता भन्दा कम रहेकोले उनको जीत सुनिश्चित गरेकी हुन् । अन्य प्रतिस्पर्धीहरू काठमाडौँ १ मा राप्रपाका रवीन्द्र मिश्र ३ हजार १८५ मत ल्याएका छन् । नेकपा एमालेका मोहनराज रेग्मीले ९८४ मत ल्याएका छन् ।
Categorized inकाठमाडौँमा ६०-६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
Janjati Khabar – Janjati Khabar | २०८२ फाल्गुण २१, बिहिबार
काठमाडौँ - प्रतिनिधिसभाको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए ।
खसेको मतको यकीन हुन केही समय लाग्ने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए ।
Categorized inलोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव
Janjati Khabar – Janjati Khabar | २०८२ माघ २७, मंगलबार
भोजपुर, जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत ९रैथाने० ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ । गाउँघरमा रहेका मौलिक ज्ञान र परम्परालाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यसहित पाँच दिनसम्म महोत्सव सञ्चालन गरिएको हो ।
सरोकारवालाहरूको सहकार्यमा आयोजना गरिएको महोत्सवमा रैथाने ज्ञान, संस्कृति, शिक्षा, पर्यटन र सामाजिक चेतनासँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिएका छन् । महोत्सवमार्फत स्थानीय पहिचानलाई बलियो बनाउने र समुदायभित्र रहेको ज्ञानलाई साझा गर्ने प्रयास गरिएको आयोजकहरूको भनाइ छ ।
रैथाने ज्ञान महोत्सवका अवसरमा किरात संस्कृतिसँग जोडिएको साकेला शिलीसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । प्रशिक्षणमा स्थानीय युवा तथा सहभागीहरूले परम्परागत नृत्य, गीत र संस्कृतिको अभ्यास गरेका छन् । यसले युवा पुस्तामा आफ्नो मौलिक संस्कृतिप्रति चासो र गर्वको भावना विकास गर्न सहयोग पुगेको बताइएको छ ।
त्यसैगरी, ‘पर्यटनमा रैथाने स्वाद र स्वामित्व’ विषयमा पर्यटन क्षेत्रमा आबद्ध सचिन डाँगी, दिलकुमार राई र पावीहाङ राईबीच समूहगत बहस कार्यक्रम गरिएको छ । छलफलमा वक्ताहरूले रैथाने खानपान, स्थानीय उत्पादन र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै रोजगारी र आर्थिक अवसर सृजना गर्न सकिने धारणा व्यक्त गर्नुभयो । स्थानीय समुदायको स्वामित्व र सहभागिताबिना पर्यटन दिगो नहुनेमा उहाँहरूले जोड दिनुभयो ।
महोत्सवअन्तर्गत ‘शिक्षामा स्वदेशी सपना’ विषयमा गाउँपालिका अध्यक्ष थामबहादुर राई, सूर्य राई र रजत राईले समूहगत बहस गर्नुभएको छ । बहसमा स्थानीय आवश्यकताअनुसारको शिक्षा प्रणाली विकास, सीपमूलक शिक्षा र स्वदेशमै सम्भावना सृजना गर्ने विषयमा गहन विचारविमर्श गरिएको छ ।
त्यसैगरी, ‘लोक रिझाइको राजनीति’ विषयमा रिझन रानामगर, यजस्वी राई र प्रकाश राईबीच समूहगत बहस गरिएको छ । रैथाने मूल्य, मान्यता र संस्कृतिलाई नीति निर्माण तथा राजनीतिक अभ्याससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा केन्द्रित छलफल गरिएको कार्यक्रम संयोजक तायाजोङ मिडिया एन्ड प्रोडक्सन प्रालिका प्रमुख राजन राईले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न क्षेत्रका विज्ञ, संस्कृतिकर्मी र स्थानीय अगुवाहरूलाई एउटै थलोमा भेला गरी रैथाने ज्ञानका विषयमा गहन छलफल गरिएको हो ।
गाउँपालिका अध्यक्ष थामबहादुर राईले रैथाने ज्ञान, सीप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले विगत तीन वर्षदेखि गाउँपालिकाले निरन्तर रूपमा रैथाने ज्ञान महोत्सव आयोजना गर्दै आएको बताउनुभयो । विशेषगरी गाउँघरमा रहेका मौलिक संस्कृति, परम्परा र सीपलाई जगेर्ना गर्दै तिनलाई दिगो बनाउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।
रैथाने ज्ञानको संरक्षण गरेर संस्कृति तथा परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले हामीले निरन्तर कार्यक्रम गर्दै आएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “विभिन्न विषयका विज्ञलाई भेला गरी उहाँहरूको धारणालाई सार्वजनिक गर्दै ज्ञान हस्तान्तरणको माध्यममा जोड्ने प्रयास गरेका छौँ ।”
उहाँका अनुसार रैथाने ज्ञान महोत्सवले स्थानीय पहिचानको संरक्षणमात्र नभई सामाजिक एकता, सामुदायिक सहभागिता र स्थानीय विकासमा पनि सकारात्मक योगदान पुर्याएको छ । आगामी दिनमा महोत्सवलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा
Janjati Khabar – Janjati Khabar | २०८२ माघ २७, मंगलबार
बागमती, २७ माघ स् खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा ती व्यवसायीविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।
कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्ममा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको छ । “कैफियतका आधारमा सरकारी वकिल कार्यालयहरूसँग समन्वय गरी मुद्दाको अनुसन्धान गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “जेनजी आन्दोलनका कारण अदालतमा मुद्दा दर्ता हुनसकेको छैन, अब केही दिनभित्रै हामी मुद्दा दायर गर्छौँ ।” उक्त कार्यालयले अघिल्लो आव २०८१÷८२ मा ४४ जना व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो ।
अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाका जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख पोखरेलले जानकारी दिनुभयो । आव २०८२÷८३ को हालसम्म सो कार्यालयले २४५ नमूना विश्लेषण गर्दा २०० खानयोग्य र पाँचवटा होल्डमा राखिएको प्रमुख पोखरेलले बताउनुभयो ।
सो अवधिमा ३६५ नमूना परीक्षण गर्दा १६ नमूना प्रतिकूल देखिएकाले नियमानुसार कानुनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख पोखरेलको भनाइ छ ।
सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेकालगायत अखाद्य भएका रु एक लाख दुई हजार २६५ मूल्यबराबरको ३११ किलो वस्तुहरू जफत गरी नष्ट गरिएको प्रमुख पोखरेलको भनाइ छ ।
हालसम्म १२१ खाद्यान्न बजार, १०० खाद्य तथा दाना उद्योग र ५६ वटा होटल तथा रेष्टुराँको निरीक्षण अनुगमन गरिएको जनाएको छ । सो कार्यालयले चालु आव २०८२÷८३ को हालसम्म विभिन्न शीर्षकमा रु १० लाख चार हजार ३७० राजस्व सङ्कलन गरेको छ ।
काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने
Janjati Khabar | २०८२ माघ २७, मंगलबार
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ ।
कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न कामपाको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइं र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता भएको हो । उक्त सम्झौतामा कामपाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका तर्फबाट अध्यक्ष डा भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
कामपाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत मेडिकल उपकरण खरिद अनुदानका लागि सम्झौता गरेको हो । यसका लागि रु एक करोड विनियोजन गरिएको छ । सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट अस्पतालले स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको एक थान जेनेरेटर र ५०० एम।ए।को एक थान डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ ।
काठमाडाँ महानगरवासी तथा कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय सहज र सरल उपचार सेवा प्रदान गर्न कामपाले सहयोग गरेको हो । कार्यवाहक प्रमुख डङ्गोलले, जलनसहितको उपचार प्रदान गरिने अस्पतालको सेवालाई गुणस्तरीय र सहज बनाउने उद्देश्यले अनुदान उपलब्ध गराएको बताउनुभयो ।
अस्पताल नाफा कमाएर बाँड्ने नभई सेवा भावबाट सञ्चालन भएको उल्लेख अस्पतालका अध्यक्ष श्रेष्ठले भन्नुभयो, “जलनका बिरामीको उपचार कठिन हुन्छ । यसलाई सहज बनाउने कामपाबाट निरन्तर रुपमा हामीले सहयोगको अपेक्षा गरेका छौँ ।”


