STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

हायु जातिमा विवाह गर्ने जोडी नपाउँदा समस्या

Janjati Khabar – जनजाति खबर | २०७५ माघ २९, मंगलबार

–हरिकुमार राई नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ । कटारी नगरपालिका–१० सिरवानीमा बसोबास गर्ने पाँचघर हायु र त्रियुगा नगरपालिका–१६ सुकौरामा बसोबास गर्ने दुई घरमात्र हायु रहेको उदयपुरमा अहिले हुर्केका छोरा तथा छोरीमा परम्परागत जातीय विवाह गर्न समस्या आउन थालेको स्वयं हायुका बूढापाका बताउँछन् । कटारी सिरवानीका ७० वर्षीय पञ्चमान हायुले भन्नुभयो, “आफूहरूको पुख्र्यौली थलो रामेछाप हुँदै पुर्खा उदयपुर आइपुगे, पहिला–पहिला त दुईथरीका हायु भएको कारण विवाह चलाइयो, अब भने एकअर्कामा मामा, भान्जाभान्जी पर्न थालेपछि युवायुवतीको विवाहमा समस्या आउन थाल्यो ।” सिरवानीकै अर्का तेजबहादुर हायुका अनुसार उदयपुरमा अहिले दुईथरीका बालुङ्लोचा र कमालोचा जातिका हायु बसोबास गर्दै आएका छन् । जम्मा सातघर हायु परिवार रहेकोमा पहिला–पहिला यी दुई हायुबीच विवाहवारी चले पनि अहिले भने दुवैको छोराछोरी नाता क्ुटुम्बको कारण भन्जाभान्जी, मावली दाजुभाइ, दिदीबहिनी प्रत्यक्ष साइनो परेका कारण विवाह नचल्ने भएपछि जिल्लाभित्र विवाह गर्न समस्या हुन थालेको कटारी सिरवानीका तेजबहादुर बताउनुहुन्छ । सुकौराका बद्री हायुका अनुसार आफूहरू पहिला मकवानपुरदेखि उदयपुर आए पनि उदयपुरको बालुङलोचा हायुसँग ससुराली सम्बन्ध भएपछि छोराछोरीको मावली परेका कारण उनीहरूको छोराछोरीसँग आफूहरूको छोराछोरीको विवाह नचल्ने बताउनुहुन्छ । अल्पसङ्ख्यकरूपमा बसोबास गर्दै आएका उदयपुरका केही हायुका छोराछोरीले अहिले जिल्लाभित्र आफ्नो जातिसँग विवाह गर्न नभएपछि अन्तरजातीय विवाह गर्न थालेकाले जिल्लाबाट नै भविष्यमा आफूहरूको जातिको अस्तित्व नै हराउने त हैन भन्ने चिन्ताले सताएको बद्री हायु बताउनुहुन्छ । छोराछोरीको विवाहको विषयमा सुकौराका ६० वर्षीया कमला हायु भन्नुहुन्छ, “छोरीले अन्तरजातीय केटासँग विवाह गरिन्, छोराले पनि यसै गर्छ भनेर भर्खरै टाढा सिन्धुलीसम्म पुगेर बल्ल एउटा आफ्नै जातको बुहारी भित्र्याउन सफल भएका छौँ ।” अब जिल्लाभित्र केटाकेटीमा विवाह नभएपछि छोराछोरीको अस्तित्व जोगाउन पनि अहिले बुहारी तथा ज्वाईं खोज्न टाढाको बाहिर जिल्ला जान बाध्य हुन परेको सुकौराकै अर्का शङ्कर हायु बताउनुहुन्छ । नेपाल आदिवासी तथा जनजाति महासङ्घ उदयपुरका अध्यक्ष केशव मगरका अनुसार उदयपुरमा अहिले सात घर हायु रहेको र उनीहरूको सङ्ख्या झण्डै ५५ जना रहेको छ । हाल वर्तमान अवस्थामा हायुको मुख्य थलो रामेछाप, मकवानपुर, सिन्धुली, काभ्रे, ओखलढुङ्गा, भोजपुरलगायतका जिल्लामा मात्र रहेको उदयपुरका हायु परिवार बताउँछन् । अहिले उदयपुरका हायुमा आफ्नो जातिको अस्तित्व सङ्कटमा परेकाले अस्तित्व बचाउने नै पहिलो सङ्कट रहेको हायु बताउने गर्दछन् । हुर्केका छोराछोरीले जिल्लाभित्र विवाह गर्ने जोडीसमेत पाउन छाडेपछि छोराछोरीको विवाह गर्न जोडी खोज्न ओखलढुङ्गा, सिन्धुली, काभ्रे वा मकवानपुरसम्म पुग्नुपर्ने बाध्यता रहेकोसमेत हायु बताउँछन् । परम्परागत खेतीपाती गरेर जीवन गुजारा गर्दै आएका उदयपुरका अल्पसङ्ख्यक हायुमा अहिले छोराछोरी हुर्केपछि जोडी खोजेर विवाह गरिदिने र आफ्ना जातीय अस्तित्व बचाउने समस्या र चिन्ताले नै बढी सताएको हायु अगुवा शङ्कर हायु बताउनुहुन्छ । सूचनाको हकसम्बन्धी प्रशिक्षण कार्यक्रम सदरमुकाम गाईघाट, बोक्सेको जिल्ला समन्वय समितिको हलमा जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई सूचनाको हकसम्बन्धी एकदिने प्रशिक्षण तथा अन्तरक्रिया सञ्चालन भएको छ । राष्ट्रिय सूचना आयोगको आयोजनामा सोमबार सञ्चालन गरिएको उक्त प्रशिक्षण तथा अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगका आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदा तिमल्सिनाले जिल्लाका झण्डै तीन दर्जन कार्यालयका प्रमुखलाई सूचनाको हकसम्बन्धी प्रशिक्षण दिनुभयो । आयुक्त पोखरेलले सूचनाले कार्यालयको कामलाई अझ बढी पारदर्शी बनाउने हुनाले सूचनाको हकप्रति कर्मचारी बढी जिम्मेवार हुनपर्ने कुरा बताउनुभयो । सरकारी कार्यालयनै बढी सूचना र सूचनाको हकसम्बन्धी जिम्मेवार हुनसके नागरिकमा पनि यसको सकारात्मक प्रभाव पर्ने धारणा आयुक्त पोखरेलले राख्नुभएको नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्काले बताउनुभयो । यस्तै अर्का आयुक्त यशोदा तिमल्सिनाले कार्यक्रममा सहभागीलाई सूचनाको हकको महत्व र यसले जनता र सरकारको काममा पार्ने सकारात्मक प्रभावको बारेमा आफ्ना धारणा सूचनाको हकबारे स्पष्ट पार्नुभएको थियो । कार्यक्रमममा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले समेत सूचनाको हकको औचित्यबारे आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका कर्मचारी र पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । सरकारी कार्यालयको कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी बहस र अन्तक्र्रिया गराएर सूचनाको हकलाई प्रभावकारी बनाउँदै सरकारी कामकाज र सेवा पारदर्शी बनाउन कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय सूचना आयोगका आयुक्त पोखरेलले बताउनुभयो । – रासस
Categorized in

पश्चिमी पहाडी क्षेत्रको बालन नाच लोप हुँदै

Janjati Khabar – जनजाति खबर | २०७५ माघ २५, शुक्रबार

उदयपुर जिल्लाको मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्दै आएका ब्राह्मण तथा क्षेत्रीले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, ब्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन नाच हिजोआज बिस्तारै लोप हुँदै जान थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरुको बालन नाच लोप हुन थालेकामा जिल्लाका पहाडी क्षेत्रका बूढापाका भने निकै चिन्तित बन्न थालेका छन् । उदयपुरगढी गाउँपालिका–५ नेपालटारका ८० वर्षीय शेषराज खतिवडा भन्नुहुन्छ, “हिजो बाजेपुर्खाले परम्परागतरुपमा प्रस्तुत गर्दै आएका बालन नाचलाई निरन्तर दिएर बचाउँदै आयौँ तर अहिलेका पुस्ताले बालन नाच चटक्कै भुले, संस्कृति लोप हुने खतरा बढ्यो ।” बालान नृत्य दिनानु दिन लोप हुन थालेको विषयमा रौतामाई गाउँपालिका– २ भुटारका ७५ वर्षीय होमप्रसाद दाहालको समेत निकै दुखेसो बढेको छ । दाहाल भन्नुहुन्छ, “आफूहरुको पालामा गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा होस्, या विवाह, पास्नी, व्रतबन्ध, मङ्सिरे पूर्णिमा, ठूली एकादशी, रामनवमीजस्ता पर्वमा रात्रिको समयमा रातभरि बालन नृत्य गर्ने गरेका थियौँ, यस्तो कार्यले बाजे पुर्खाको पालादेखि निरन्तर चल्दै आएको यो संस्कृति हामीले पनि बचाउँदै आएका थियौँ ।” अहिले यस्ता पर्वमा डिस्को नृत्य हुन्छ, हिन्दी अङ्ग्रेजी गीत गुन्जन्छन्, अहिलेका पुस्ता यसैमा रमाउँदा परम्परागत बालान नाच लोप हुँदै गएको दाहाल बताउनुहुन्छ । रौतामाई–२ भुटार नौलेका ७२ वर्षीय दानबहादुुर राउतका अनुसार उदयपुरको रुपाटार, भुटार, हर्देनी, बाहुनीटार, पञ्चावती, सिरिसे, मयङ्खु, बराह, ठानागाउँ, रुपाटार क्षेत्रको बाक्लो क्षेत्री ब्राह्मण बसोबास गर्दै आएका क्षेत्रमा केही वर्षअघिसम्म पनि वर्षको कुनै न कुनै समयका विभिन्न तिथि पर्वमा बालान नाच आयोजना हुने गरेको राउत बताउनुहुन्छ । हिजोआज यो नाच जिल्लाको पहाडी क्षेत्रको कुनै पनि गाउँघरमा विभिन्न चाडपर्व तिथिमितिमा देख्न र सुन्न पनि पाउन छाडिएको राउत बताउनुहुन्छ । विगतमा बालन नृत्य गर्दा धार्मिक ग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुष संयुक्तरुपमा दोहोरो गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको र बालन नृत्यको रौनक नै अर्कै हुने कुरा उदयपुर ठानागाउँका कृष्णप्रसाद बराल बताउनुहुन्छ । हिजोआज हिन्दी तथा पाश्चात्य संस्कृतिको प्रभावका कारण आफूहरुको खाट्टि परम्परामा आधारित बालान नृत्यको प्रचलन नै हराउँदै गएपछि अब यो लोप हुने अवस्थामा पुगेको धारणा बरालको रहेको छ । बालन नृत्य लोप हुँदै जानुमा अहिलेका युवा पिढीनै दोषी रहेको त्रियुगा जनता बहुमुखी क्याम्पस उदयपुरका सहप्रध्यापक टीकाप्रसाद पौडेलको भनाइ छ । पौडेल भन्नुहुन्छ, “हामीले बाजेपुर्खाले सिर्जना गरेको संस्कृति बालन नृत्य भुल्दै गयौँ, अन्य संस्कृतिको प्रभावमा प¥यौँ ।” अबका युवालाई बालन नृत्यसम्बन्धी प्रशिक्षण दिनुपर्ने र प्रत्येक चाडपर्वमा बालन नृत्य अनिवार्यरुपमा प्रदर्शन गर्ने हो भने यो संस्कार र संस्कृतिको संरक्षण हुने सहप्राध्यापक पौडेलको धारणा छ । जिल्लाको पहाडी क्षेत्रको क्षेत्री, ब्राह्मण समाजको लोकप्रिय संस्कृति बालन नाच दिनानुदिन लोप हुँदै जान थालेपछि अब यसको संरक्षण अनिवार्यरुपमा गर्नुपर्ने अवस्था आएको विज्ञ तथा बुढापाका बताउँछन् । –रासस
Categorized in

दान्यहिरा पुरस्कार हस्तान्तरण, यज्ञरत्न धाख्वाःको पुस्तक विमोचन

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १६, शुक्रबार

नेपालभाषा एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वाले आफ्नो पिता दान्यरत्न धाख्वाः र आफ्नी स्वर्गीय धर्मपत्नी हिरा धाख्वाःको नाममा स्थापना गर्नु भएको नेपालभाषा क्षेत्रको प्रतिष्ठित पुरस्कार दान्यहिरा पुरस्कार हिजो एक समारोह बीच हस्तान्तरण गरेको छ । ललितपुरको अशोक पार्टी पालेसमा सञ्चालित पुरस्कार वितरण कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपाली सभापति बन्नु भएको थियो भने एकेडेमीका संरक्षक सत्यमोहन जोशीले प्रमुख अतिथिको आसनबाट पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दरले स्वागत गर्नु भएको थियो भने सिरपा छनौट समितिक सदस्य तथा एकेडेमीका कोषाध्यक्ष डा. पुष्पराज राजकर्णिकारले पुरस्कृत व्यक्तिहरुको परिचय दिनु भएको थियो । दुई वर्षको एक चोटी संगीत क्षेत्र र एक पल्ट भाषा साहित्य क्षेत्रलाई दिँदै आएको सो पुरस्कार यो वर्ष भने विज्ञान प्रविधिको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई पनि प्रदान गरेको थियो । समालोचनाको क्षेत्रमा जीवनभर योगदान गरेबापत समालोचक प्रा. माणिकलाल श्रेष्ठलाई पचार हजार नगद सहित सो पुरस्कार प्रदान गरेको थियो भने २५ हजार नगद सहितको दान्यहिरा सान्वना पुरस्कार पत्रकार नजरराम महर्जनलाई प्रदान गरेको थियो । त्यसैगरी विज्ञान प्रविधिको क्षेत्रमा योगदान पु¥याएबापत एक जनालाई र युवा गायक सुरजवीर बज्राचार्यलाई दश हजार नगद सहित सम्मान गरेको थियो । कार्यक्रममा यज्ञरत्न धाख्वाःको कथा संग्रह ‘इस्ताबुलया सतकबञ्जा’ पनि विमोचन गरेको थियो । सो पुस्तकबारे एकेडेमीका सदस्य प्रा. प्रेमशान्ति तुलाधरले समीक्षा गर्नु भएको थियो । कार्यक्रममा संघीय समाजवादी फोरमका सह अध्यक्ष सांसद राजेन्द्र श्रेष्ठ सहभागी थियो ।
Categorized in

कीर्तिपुरमा ऐतिहासिक स्थाननाम संरक्षण तथा सचेतना अभियान

Janjati Khabar – जनजाति खबर | २०७४ चैत्र ६, मंगलबार

कीर्तिपुरमा युवाहरुको एक समुहले “ऐतिहासिक स्थाननाम संरक्षण तथा सचेतना अभियान”को उद्घोष गरेका छन् ।

कीर्तिपुर गोपालवंशकाल देखि मानव वस्तीको अस्तित्व भएको ऐतिहासिक थलो भएको भन्दै र यस क्षेत्रमा इतिहासको विभिन्न कालखण्डमा अस्तित्वमा आई हालसम्म प्रचलित ऐतिहासिक स्थाननामहरु भएको भन्दै यस्ता नामहरुको संरक्षण हेतु यो अभियान थालिएको जानकारी अभियानका संयोजक भरत महर्जनले अनलाइन न्यूजलाई गराए । महर्जनले थप्दै भने कुनैपनि स्थाननाम अर्थहीन हुँदैन । कुनै न कुनै अर्थ बोकेका ऐतिहासिक स्थाननामबाट कीर्तिपुर क्षेत्रको प्राचीन मानवीय गतिविधि, सभ्यताको क्रमिक विकासक्रम, भाषिक विकास, धर्मिक–सांस्कृति इतिहास आदि जान्न, बुझ्न र केलाउन सकिने कुरा प्रष्ट्याउदै यस्ता नामहरु कीर्तिपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पत्ति रहेको कुरा बताए ।

हाल कीर्तिपुरमा नयाँ बन्दै गरेका वस्ती, आवास क्षेत्र, प्लटिंग, हाउजिंग आदिमा आफुखुसि नाम कल्पेर साइनबोर्ड टाँगिहाल्ने प्रवृति ह्वात्तै बढेको छ । शदिऔं देखि प्रचलित स्थाननामलाई पन्छाई व्यक्ति विशेषको काल्पनिक शब्द स्थापित गर्न खोज्नु इतिहास मास्नु हो भन्दै यस्तो प्रवृति नियन्त्रण गरी स्थानीय र जिम्मेवार निकायमा सचेतना जगाई नाम संरक्षेण हेतु यो अभियान थालिएको अभियन्ताको भनाई छ ।

गत मंगलवार (चेत्र ६ गते) कीर्तिपुरको फय्खा भनिने स्थानमा ‘फय्खानगर’ लेखिएको द्वार प्रतिस्थापन गर्दै अभियानको औपचारिक थलानि गरिएको हो । अभियानको कार्यसमितिमा संयोजक भरत महर्जन र सचिव सरीता महर्जन चयन भए भने सदस्यहरु हिराकाजि महर्जन, किरण महर्जन, प्रविण शाक्य, राजेश महर्जन, सुवर्ण महर्जन, कविन महर्जन आदि रहेका छन् । त्यसैगरी सल्लाहकारमा लक्ष्मीकुमार महर्जन, केश रत्न बज्राचार्य, राजेश महर्जन (फय्खा) रहेका छन् ।

Categorized in

बाटैमा हरायो चार शिवालय पुनःनिर्माणको ‘ड्रइङ डिजाइन’

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण २४, बिहिबार

काठमाडौँ, २३ फागुन (रासस) ः बाग्मती नदीको तीरमा चार शिवालय लहरै उभिएका छन् । एउटा शिवालय ढल्किएर लड्न लागेको छ । अर्को मन्दिर चिरा चिरा परेको छ । मन्दिरको ढोकामाथिबाट पातीको बोट उम्रिएको छ ।

यो विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित गौरीघाटको चार शिवालयको अवस्था हो । भूकम्प अघि नै जीर्ण भएर पुनःनिर्माण कुरिरहेको चार शिवालय अझै यस्तो दुरवस्थाबाट मुक्त हुन सकेको छैन । चार शिवालयसँगै जोडिएको सत्तलको अवस्था पनि उस्तै जीर्ण छ ।

जीर्ण सत्तलमा प्रहरी बिट राखिएको छ । पवित्र पशुपति क्षेत्रको बाग्मती किनारमा रहेको चार शिवालय र सत्तल परिसरको खाली ठाउँमा फोहरको डंगुर छ । सँगैको श्वेत सत्तल परिसरको अवस्था पनि यो भन्दा भिन्न छैन । मन्दिर परिसरमुनिको बाग्मतीमा चार दिनदेखि मरेको गाईको बाच्छाको बस्न नसकिने गरी दुर्गन्ध फैलिएको छ ।

विश्वका हिन्दूको आस्था र अन्य धर्मावलम्बीको आकर्षणको केन्द्र पशुपति क्षेत्रका सम्पदाको यस्तो अवस्थामा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । मन्दिर जीर्ण र परिसर प्रदूषणले भरिएपछि गौरीनगर सुधार समितिले चार वर्ष अघि नै पशुपति क्षेत्र विकास कोषसँग पुनःनिर्माण एवम् सरसफाइको माग गरेको थियो ।

समितिको मागलाई कोषले बेवास्ता गरेको अध्यक्ष मोतीलाल उदासले बताउनुभयो । “समितिको मागपछि कोषले बजेट छुट्याएको थियो, काम भएन, छुट्याइएको बजेट कहाँ गयो, थाहा छैन” – उहाँले भन्नुभयो ।

चार शिवालय सत्तलको पनि जस्ता झरेको छ । ठाउँ ठाउँमा भत्किएर उदाङ्गो बनेको छ । टुँडाल झरेका छन् । यस्तो भवनमा यो क्षेत्रको सुरक्षामा खटिएका छ जना प्रहरी प्रहरी सहायक निरीक्षक सोमबहादुर सिजालीको नेतृत्वमा आफैँ भने असुरक्षाको सामना गर्दै बसेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी उपरीक्षक अनुप श्रेष्ठ भवन जीर्ण भएपछि सत्तलमा भान्सामात्र सञ्चालन गरेको बताउनुहुन्छ । खाना खाने बेलामा भने प्रहरीले नै असुरक्षाको अनुभव गर्नुपरेको छ । ब्यारेक र कार्यालय अर्को भवनमा सारिएको उहाँले सुनाउनुभयो ।

सत्तलमा समितिका सफाइ कर्मचारी प्रदीप थापा र एक सन्त पनि जीर्ण भवनलाई चुनौती दिँदै बसेका छन् । विसं २०७२ वैशाख १२ को भूकम्पले जीर्ण भवनमा थप क्षति पुग्यो । पुनःनिर्माणका लागि कोषले दातालाई अनुरोध ग¥यो । रबिन्द्र पुरीले चार शिवालय र सँगैको सत्तल पुनःनिर्माण गर्ने जिम्मेवारी लिनुभयो । तर, काम भने अझै शुरु हुन सकेको छैन ।

दाता पुरी कोषले तयार पारेको चार शिवालय र सत्तल पुनःनिर्माणको ‘ड्रइङ डिजाइन’ पुरातत्व विभागले स्वीकृत नगरेका कारण काम गर्न नसकिएको बताउनुहुन्छ । विभागका अधिकृत देवेन्द्र भट्टराई भने चार शिवालय र सत्तलको ‘ड्रइङ डिजाइन’ स्वीकृतिका लागि अहिलेसम्म नआएको दावी गर्नुहुन्छ ।

स्थानीयवासी सीता थापा धेरै वर्षदेखि जीर्ण बनेको चार शिवालय बनाउने भनेको पाँच वर्ष नाघे पनि बन्न नसकेको सुनाउनुहुन्छ । पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो । पन्ध्र सम्पदा पूर्ण रुपमा क्षति भएका थिए ।

पूर्ण क्षति भएका सम्पदामध्ये हालसम्म एक र आंशिक क्षति भएकामध्ये चार सम्पदा बनाइएको कोषका निर्देशक भरत मरासिनीले बताउनुभयो । हाल १५ सम्पदाको पुनःनिर्माण भइरहेको छ । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका ७५ सम्पदा अझै अलपत्र छन् ।

भूकम्पले देशभर ७५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म ८० वटाको मात्र पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

गौरीको प्रस्तर मूर्ति रहेको गौरीघाटमा माघ महिनाभर मेला लाग्छ । बाग्मती सफा हुञ्जेल पशुपति दर्शन गर्न आउने भक्तजन यहाँ स्नान गर्न आउँथे । बाग्मती प्रदूषित बनेपछि यो तीर्थ छायामा प¥यो ।

यो स्थानमा आउने भक्तजनका लागि जंगबहादुरका भाइ कृष्णबहादुर कुँवरले विसं १९२० मा चार शिवालय र सत्तल निर्माण गरे । बुद्धि भक्तेश्वर, देव भक्तेश्वर, राम भक्तेश्वर र पद्म भक्तेश्वर नामका चार शिवालय सञ्चालनका लागि निजीस्तरबाट गुठी जग्गाको पनि व्यवस्था गरिएको थियो । पहिले निजी गुठीका रुपमा रहेको चार शिवालय जग्गा मासिएपछि कोषले हेर्न थालेको पूर्व सदस्य सचिव डा गोविन्द टण्डन बताउनुहुन्छ ।

“मेरो कार्यकालमा सम्पदा संरक्षणविद् पुरीसँग तीन वर्षमा पुनःनिर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो, पुनःनिर्माणपछि १२ वर्षसम्म उहाँले चार शिवालयमा संगीत केन्द्र चलाउनुहुनेछ, १२ वर्षपछि कोषलाई हस्तान्तरण हुनेछ”–उहाँले भन्नुभयो ।

सम्झौतामा ‘ड्रइङ डिजाइन’ दोस्रो पक्ष अर्थात् दाताले नै गर्ने उल्लेख गरिएको पूर्व सदस्य सचिव डा टण्डनले बताउनुभयो । ( तस्वीर उपलब्ध छ)

Categorized in

भक्तपुरमा फागुको बेग्लै चलन

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण १२, शनिबार

रमेश गिरी भक्तपुर, “भीमसेन देया लज खङ्गलो वानला ल्याँसे, बिस्युवाने म्वायक सो झायला” ( भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि) दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा आज बिहान यो गीत गुञ्जिरहँदा भीमसेनको लिङ्ग दर्शन गर्न आउनेको उत्तिकै भीड लागेको थियो । फागु पूर्णिमासम्म हरेक दिन बिहान यसैगरी यो नेवारी भाकाको गीत गुञ्जिने गर्छ ।

फागुपूर्णिमाका अवसरमा तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा बसेर भीमसेन गुठीका गायजुहरुले यही गीत गाएर फागुपूर्णेको स्वागत र बिदाइ गर्छन् । पूर्णिमासम्म चल्ने फागु पर्व हेर्न र संगीतमा रमाउन स्थानीयवासीले सधैँ जम्मा भएर यसरी नै परम्परालाई धान्दै आएका छन् ।

फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो र ३० इञ्च मोटो काठबाट बनेको लिङ्गलाई दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा घुमाउने परम्परा छ । टोलटोलमा ल्याइएपछि भीमसेनको लिङ्गको दर्शन गर्ने परम्परा छ । घर र पसलमा घुमाइएको लिङ्गलाई भक्तजनले स्पर्र्शगरी ढोग्ने र दान दक्षिणा दिने गर्छन् । यस वर्ष भने लिङ्गलाई काँधमा नबोकी सवारी साधनमा राखेर घुमाइएको छ । यसरी घुमाउँदा वर्षौंदेखिको परम्परा लोप हुने र संस्कृतिमा विकृति पस्ने भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।

यहाँको भीमसेन गुठीले परम्परादेखि नै फागुपूर्णेलाई यौनपर्वका रुपमा लिँदै आएका छन् । गुठीले हरेक वर्षझैँ यस वर्ष पनि फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमको प्रतीक चित्रण गर्छ । यसलाई पूजा एवं दर्शन गर्न स्थानीय बासिन्दा सधैँ बिहान आउने गर्छन् ।

धौभडेल भन्नुहुन्छ, “फागुनशुक्ल अष्टमीका दिन बिहान काठको लिङ्गलाई भक्तपुरको टोल छिमेक, घर, पसलैपिच्छे घुमाएर पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याइन्छ । चिर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि यहाँ फागु शुरु हुने परम्परा छ ।” काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको प्वाललाई द्रौपदीको योनीका रुपमा लिने गरिएको छ । यी प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रुपमा नभई सांस्कृतिक महत्वका रुपमा संरक्षण गर्दै आएको उहाँ बताउनुहुन्छ ।

बजार घुमाइएपछि भीमसेन मन्दिरमा ल्याइएको लिङ्ग र योनीका प्रतीक भीमसेन पाटीमा झुण्ड्याउने परम्परा छ । दक्षिण एशियामा फागुपर्व कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धिते भए पनि विशेषतः भक्तपुरमा भीमसेनसँग सम्बन्धित छ । लिङ्ग झुन्ड्याइएपछि यहाँको नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्छ । पर्वभरि शनिबार र मंगलबार भीमसेन मन्दिरमा मेला लाग्छ ।

“जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन भगवान्को पालामा पनि थियो र मान्छेको पालामा पनि छ । यौनको आवश्यकता कीराफट्यांग्रादेखि पशुपक्षीमा समेत छ । यौनविनाको जीवन अधूरो हुन्छ । भीमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छ”, स्थानीयवासी ७१ वर्षीय मोहन प्रजापति बताउनुहुन्छ । मन्दिरमा झुण्ड्याएर राखिएको लिङ्ग र योनीको अवलोकन गर्न काठमाडौँ उपत्यकाकै व्यापारी र धार्मिक विश्वास राख्ने व्यक्ति आउने भीमसेन गुठीयार बताउँछन् ।

फागुपूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राख्ने परम्परा छ । यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म रहेकाले लिङ्ग बोक्न छोरा नहुनेहरुबीच प्रतिष्पर्धा चल्छ । लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याइएपछि यस वर्षको फागुपर्व समाप्त हुन्छ । भीमसेन मन्दिरको स्थापना १७औँ शताब्दीमा राजा जगत्प्रकाश मल्लले गरेको इतिहासमा उल्लेख छ । ती राजाको समय नेसं ७८१ र ७९२ मा लेखिएका फागुसम्बन्धी गीत पाइएका कारणले यसको थप पुष्टि हुने धौभडेल बताउनुहुन्छ । रासस

Categorized in

त्रिशूली बचाउन आग्रह

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ११, शुक्रबार

मलेखु,  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई त्रिशूली बचाऊ अभियानले नदी र पर्यावरण जोगाउन तथा फियान नेपालले भूमि, वन, जीविकोपार्जन, आवास तथा पुनःनिर्माण विषयमा नागरिकले भोगिरहेका समस्या समाधान गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आज उहाँ र स्थानीय मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेल र भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई स्वागत गर्दै सुशासन र विकास दिन आग्रह गर्नुभयो ।

Categorized in

नेपाल मण्डल पर्यटन महोत्सव हुने

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ११, शुक्रबार

काठमाडाँ,  नेपाल मण्डल पर्यटन नगरी, विश्व साइकल यात्री प्रतिष्ठान तथा राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा यही फागुन १८ देखि नेपाल मण्डल पर्यटन महोत्सव हुने भएको छ ।

जामाचो सञ्चार उत्सव तथा नेपाल मण्डल पर्वतमाला साइकल उत्सव नाराका साथ आयोजना हुने सो महोत्सव नेपाल पर्यटन बोर्डमा शुरु हुनेछ ।

समृद्ध इतिहास बोकेको नेपाल मण्डलको परम्परा तथा संस्कृतिको रक्षा तथा प्रवद्र्धन गर्न उक्त महोत्सव गर्न लागिएको मण्डलका सचिव पद्म श्रेष्ठले जानकारी दिनुभयो ।

यसअन्तर्गत उपत्यकाको उत्तर पश्चिमी क्षेत्र नागार्जुनको जामाचोमा यही फागुन १८ गते संचारकर्मीको सहभागितामा सञ्चार उत्सव हुनेछ ।

त्यस्तै सात दिवसीय नेपाल मण्डल साइकल ¥याली महोत्सव जामाचोदेखि शुरु भई बालाजुको चित्लांगमा पुगी समापन हुनेछ । यो कार्यक्रम फागुनको मसान्तभित्र सम्पन्न हुनेछ ।

यस कार्यक्रमका लागि ३६ सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गर्ने जानकारी उहाँले दिनुभयो ।

Categorized in

Pages