STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

घरमै पानी आएपछि स्थानीयवासी हर्षित

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २६, आइतबार

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन् । खानेपानी अभावमा घण्टाँै हिँडेर खानेपानी जोहो गर्नुपर्ने यस ठाउँका बासिन्दा घरमै पानी आएपछि हर्षित भएका हुन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको सहकार्यमा ढोरफिर्दी खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै खानेपानीको जोहोमा घण्टाँै खर्चिनुपर्ने बाध्यता हटेको स्थानीय तुलमाया लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको धारा घरघरमै भएको हुनाले घरको काम पनि बेलामै गर्न पाइएको छ, अहिले त दैनिकी नै फेरिएको छ ।” आयोजना निर्माण हुनुअगाडि खानेपानीको जोहो गर्ने पीरले सताइरहने उहाँले बताउनुभयो । उहाँका अनुसार एक गाग्री पानी भर्न घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो । बिहान–बेलुकाको समय पानीको आशमा लाइन बसेरै बित्थ्यो । उहाँले भन्नुभयो, “दिउँसो २ बजे पानी लिन गइयो भने फर्कँदा साँझ पथ्र्यो ।” उहाँका अनुसार पानीको अभावमा जमीन पनि बाँझै भएपछि तरकारीको लागि बजारमा भर पर्नुपर्ने अवस्था रहेको थियो । अब भने उक्त समस्या हटेको उहाँले जानकारी दिनुभयो । घरघरमै पानीको धारा जडान भएपछि यहाँका स्थानीयवासीले तरकारी खेतीसमेत शुरु गरेका छन् । “सबैले आफूलाई पुग्ने तरकारी आफँै खेती गर्न शुरु गरेका छन्”, उहाँले भन्नुभयो । स्थानीय सरस्वती रेग्मीले घरमै खानेपानी आएपछि सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी खोज्न गाउँका कुवा, धारा धाउँदैमा दिन बित्थ्यो । अहिले घरमै पानी आएपछि खुशी लागेको छ ।” रु दुई करोड तीन लाख २५ हजार ८९९ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको लालिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी आयोजनाका लागि नेपाल सरकारबाट रु एक करोड ४२ लाख ७६ हजार ९३० सहयोग भएको छ भने स्थानीयवासीले रु ६० लाख ४८ हजार ९९६ बराबरको जनश्रमदान गरेका छन् । विसं २०६८ बाट निर्माण शुरु भएको खानेपानी आयोजना सात वर्षको प्रयासपछि सम्पन्न भएको हो । आयोजनाबाट यस ठाउँका ५०९ घरधुरीका चार हजार ३०४ लाभान्वित भएका छन् । पाँच सय ९ घरधुरीमा नै धारा जडान गरिएको छ । गरजुरे लम्धी खोला कालमुढाको दोभानको मुहानबाट ल्याइएको पानी ५०÷५० हजार लिटरका दुई ट्याङ्कीमा सङ्कलन गरेर वितरण गरिएको छ । मुहान र ट्याङ्कीको दूरी १३ किमी छ । एउटै कोठामा तीन कक्षा तनहुँको घिरिङ गाउँपालिका–४ साभुङस्थित राजपुर प्राथमिक विद्यालयमा एउटै कोठामा तीन कक्षा सञ्चालन गरिएको छ । विसं २०७२ को भूकम्पले विद्यालय भवन क्षतिग्रस्त बनाएपछि भवन अभावमा एउटै कोठामा तीन कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको हो । विद्यालयका प्रधानाध्यापक डम्बरसिं थापाले कोठा अभावमा कक्षा १, २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपरेको बताउनुभयो । उहाँका अनुसार कक्षा ४ र ५ का विद्यार्थीलाई समेत अर्को एउटा कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो, “भूकम्पले भवन क्षतिग्रस्त बनायो, नयाँ भवन बनिरहेको छ । भवन सम्पन्न नभएसम्म वैकल्पिक व्यवस्थाको रूपमा एउटै कोठामा राखेर कक्षा सञ्चालन गरिरहेका छौँ ।” चार मात्र कोठा रहेको उक्त विद्यालयको भवनको एउटा कोठामा कार्यालय सञ्चालन गरिएको छ भने अर्को कोठामा बालविकास केन्द्र सञ्चालन भइरहेको छ । बाँकी दुई कोठामा बहुकक्षा शिक्षण पद्धतिको प्रयोग गर्दै तीन वटासम्म कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षिका सावित्री विकले जानकारी दिनुभयो । एउटै कोठामा धेरै कक्षाको विद्यार्थी राखेर पढाउनुपर्दा विद्यार्थीमा शिक्षण सिकाइ उपलब्धि नहुने हो कि भन्ने चिन्ता लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा कक्षालाई पढाइरहँदा अर्को कक्षाको विद्यार्थीले सोध्छन्, अनि अर्को कक्षाकाले जवाफ दिन्छन् । हामीलाई पनि पढाउन समस्या भइरहेको छ ।” उहाँका अनुसार यस्तो अवस्थामा पाठ्यपुस्तकभन्दा पनि विषय मिल्ने पा्ययक्रमलाई जोड दिएर पढाउने गरिएको छ । तीन शिक्षक रहेका उक्त विद्यालयमा कक्षा ४ र ५ को लागि एकै शिक्षकले पढाउँछन् भने कक्षा १, २ र ३ को लागि भने दुई शिक्षक÷शिक्षिका नै जानुपर्ने बाध्यता रहेको शिक्षिका मनकुमारी श्रेष्ठले बताउनुभयो । कक्षा १ र ३ को पा्ययक्रममा केही भिन्नता भएका कारण दुई शिक्षिका नै चाहिने उहाँले बताउनुभयो । कक्षा ५ मा अध्ययनरत छात्रा मनिषा थापाले एउटै कोठामा फरक–फरक कक्षाका विद्यार्थी बसेर अध्ययन गर्दा अध्ययन प्रभावकारी नभएको बताए । एकै जना शिक्षकले दुई कक्षाका विद्यार्थीलाई एकैचोटी पढाउँदा पढाएको बुझ्नसमेत समस्या भएको उनले बताए । भूकम्पले विद्यालय भवन क्षति भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० को सहयोगमा विद्यालय भवन पुनःनिर्माण भइरहेको एकाइ प्रमुख सूर्य क्षेत्रीले जानकारी दिनुभयो । दुईकोठे निर्माणाधीन भवनको काम आगामी शैक्षिकसत्रको शुरुआतसम्म सकिने क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माण भएपछि एउटै कोठामा धेरै कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने समस्या केही भए पनि हल हुन्छ ।”
Categorized in

रोल्पाको जनजीवन त्रासमा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २४, शुक्रबार

उमा केसी बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो । बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबाट शुरु भएको घटनाले बिहीबार रातिसम्म निरन्तरता पायो । तोडफोडबाट गाउँपालिकाका अध्यक्ष वलीले प्रयोग गर्दै आएका बा२झ ३६५२ नं जिपको सिसा फुटेको छ । बुधबार राति गङ्गादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले प्रयोग गर्दै आएको भाडाको जिपमासमेत अज्ञात समूहले आगजनी ग¥यो । आगजनीबाट उहाँले प्रयोग गर्दै आएका भे१च २७८५ नंको बोलेरो जिप पूर्णरुपमा क्षतिग्रस्त भयो । बिहीबार राति अज्ञात समूहले गराएको आगजनीबाट त्रिवेणी गाउँपालिकाको स्काभेटर क्षतिग्रस्त भएको थियो । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ नुवागाउँमा पार्किङ गरी राखेको अवस्थामा उक्त स्काभेटरमा अज्ञात समूहले आगजनी ग¥यो । बिहीबार दिउँसो रोकीराखेको अवस्थामा माडी गाउँपालिका–२ घर्तीगाउँको मोटरसाइकलमा समेत आगजनी भयो । वडाध्यक्ष सुदीप घर्तीले प्रयोग गर्ने उक्त मोटरसाइकल पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ । बिहीबार दिउँसो नै रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय नजिकै वेवारिसे बम फेला प¥यो । जुगारस्थित गाउँपालिका कार्यालयदेखि ५० मिटर दूरीमा दुई बम फेला परेको थियो । रातो झोलाभित्र पोलिथिन व्यागमा राखेको अवस्थामा उक्त बम फेलापरेकोे थियो । विद्यार्थीले खेल्ने क्रममा उक्त शङकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी समयमै घटनास्थल पुगेका कारण उक्त बमबाट मानवीय तथा भौतिक क्षति हुन पाएन । बेवारिसे अवस्थामा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए । रोल्पा सदरमुकाम लिवाङसिथत नेपाली काङ्ग्रेस पार्टी कार्यालय नजिक दुई बम रहेको हल्ला फैलियो । प्रहरीले सर्च गर्दा सो ठाउँमा दुई ग्रिनेट बम फेला पा¥यो । नेपाली सेनाले बमलाई निष्क्रिय बनाएपछि सर्वसाधारणमा देखिएको त्रास कम भयो । रोल्पा नगरपालिका नजिकै रहेको नेपाली काङ्ग्रेसको जिल्ला पार्टी कार्यालयमा उक्त बम राखिए पनि सो बम नगरपालिकालाई लक्षित गरी राखिएको आशङ्का गरिएको छ । जिल्लामा पछिल्लोपटक घटेका सबै घटना स्थानीय सरकारप्रति लक्षित देखिन्छन् । बम कसले कुन उद्देश्य राखेको भन्ने खुल्न सकेको छैन । सबै घटनाका दोषीको पहिचान गरी कानूनी दायरामा ल्याउने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई अदालतमा मुद्दा दायर गरेकै दिन उक्त घटना घट्नुले उक्त यसमा सोही पार्टीले गराएको हुन सक्ने आशङ्का गरिए पनि आधिकारिक पुष्टी भने हुनसकेको छैन । माओवादी सशस्त्र युद्धमा सबैभन्दा बढी पीडा भोगेको रोल्पामा फेरि युद्धको झल्को दिने गरी भएका गतिविधिले सर्वसाधारण चिन्तित देखिन थालेका छन् । वार्ता छलफल र सहमतिका आधारमा यस्ता गतिविधिलाई समयमै रोक्नुपर्ने प्रतिनिधिसभाका पूर्वसांसद लेखनाथ आचार्यको तर्क छ । सशस्त्र गतिविधिलाई नजरअन्दाज गर्नु हँुदैन विगतबाट पाठ सिक्दै समस्याको समाधानतर्फ लाग्नुपर्छ आचार्यले भन्नुभयो । रासस
Categorized in

पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतनामा जोड

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २४, शुक्रबार

ग्रामीण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सरको बढेको भन्दै स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन् । उनीहरुले विभिन्न कार्यक्रममार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउन थालेका हुन् । जिल्लाको तातोपानी गाउँपालिकाले महिलाको पाठेघर खस्ने र पाठेघरको मुखमा क्याम्पस हुने रोगले ग्रामीण क्षेत्रमा महिला प्रताडित हुने गरेको भन्दै जनतासँग गाउँपालिका अध्यक्ष कार्यक्रममार्फत उपचार र सचेतना अभिवृद्धि कार्यक्रम अघि सारेको छ । सन्ध्या फाउण्डेशनसँगको साझेदारीमा क्यान्सर रोग विशेषज्ञ गाउँपालिकामै ल्याएर महिलाको पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरिएको छ । गाउँपालिका अध्यक्ष नवराज न्यौपानले दुर्गम क्षेत्रमा महिलाले बढी काम गर्नुपर्ने र प्रभावकारी सेवा नपाउँदा रोग पालेर बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै पाठेघरको निःशुल्क उपचारका लागि कार्यक्रम अघि सारेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि यहाँका महिलाको कार्यबोझ घटेको छैन, व्यवस्था परिवर्तन भए पनि ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन, जनतासँग अध्यक्ष कार्यक्रममार्फत यहाँको स्वास्थ्य अवस्था सुधार गर्न चाहन्छौँ । यो कार्यक्रमबाट बुढाबूढी, बालबालिका, युवायुवती सबै लक्षित कार्यक्रम गर्ने तयारी थालिसकेका छौँ ।” गाउँमै पहिलोपटक महिलाको पाठेघरको मुखको क्यान्सर उपचार गराउन पाउँदा स्थानीय दङ्ग थिए । सदरमुकामसम्म पुग्ने खर्चको जोहो गर्न नसक्दा रोग पाल्नुको विकल्प नभएको अनुभव सुनाउँदै उनीहरुले स्थानीय सरकारले गाउँमै उपचार गराउने वातावरण बनाउँदा राहत महशुस गरको बताए । ग्रामीण भेगका महिलामा घरायसी कामको चाप, अधिकांश समय उकालो–ओराले गर्नुपर्ने भएका कारण पाठेघरमा फोहर जम्मा हुने भएकाले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुने गर्छ । जुम्लाको गुठिचौर गाउँपालिकामा एक दिन र तातोपानी गाउँपालिकामा दुई दिन क्यान्सरको उपचार गरिएको थियो । सन्ध्या फाउण्डेशनका अध्यक्ष अङ्गदबहादुर देवकोटाका अनुसार तातोपानी गाउँपालिकामा ३०० र गुठीचौर गाउँपालिकामा १०० जना महिलाले पाठेघरको मुखको क्यान्सरको उपचार गराएका छन् । पाठेघरको मुखको क्यान्सरको उपचारका लागि काठमाडौँदेखि नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक डा सरिता घिमिरेसहितको सात जनाको टोली जुम्ला पुगेको थियो । उपचार गरेकामध्ये झण्डै २५ जनामा पाठेघरको मुखको क्यान्सरको सम्भावना देखिएको देवकोटाले जानकारी दिनुभयो । जुम्लाका महिला प्रायः बालविवाह गर्ने, कम उमेरमै गर्भवती हुने, कार्यबोझका कारण खानपान र सरसफाइको अवस्थामा ध्यान नदिने जस्ता कारणले महिलाको पाठेघरमा समस्या आउने गरेको चिकित्सक बताउनुहुन्छ । रासस
Categorized in

बजेट अभावमा जनता आवास कार्यक्रम प्रभावित

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २३, बिहिबार

–काशीराम शर्मा

  चैत वैशाखको गर्मीसँगै वर्षात्को समय नजिकिँदै जाँदा बाँके जानकी गाउँपालिका–३ इन्द्रपुरका फुला कुचवधियाको सुरक्षित घरमा बस्न पाउने रहर हराउँदै जान थालेको छ । वर्षौंदेखि हुरीबतास र वर्षात्जस्ता समस्या झेल्दै आएका लोपोन्मुख कुचवधिया समुदायमा यो साल पनि उसैगरी बित्ने हो कि भन्ने चिन्ता थपिएको छ । बाँकेको इन्द्रपुरमा रहेको कुचवधिया समुदायलाई जनता आवास कार्यक्रममार्फत सुरक्षित बसोवासका लागि निर्माणाधीन आवास बजेट अभावमा लथालिङ्ग भएका हुन् । सरकारले दिने अनुदान रकम नपाउँदा धेरै परिवारले घर निर्माण गर्न सकेका छैनन् । अनुदान नपाएका परिवारलाई पनि घर बनाउने रकम दिनुपर्ने इन्द्रपुरकी सिवर्ती कुचवधिया बताउनुहुन्छ । इन्द्रपुरका ३० घरपरिवार कुचवधिया अहिले जनता आवास कार्यक्रमअन्तर्गत अनुदान पाउनबाट वञ्चित छन् । इन्द्रपुर गाउँमा बस्दै आएका ४६ घरपरिवार कुचवधियामध्ये अहिलेसम्म १६ घरपरिवारले मात्रै सरकारी राहत अनुदान पाएका छन् । सरकारले दिएको आवास बजेट अभावका कारण समयमै सम्पन्न नहुँदा यस पटकको वर्षा पनि सङ्घर्षमै बिताउनु पर्ने उनीहरुलाई पिरलो छ । अनुदान पाएका परिवारले बनाएका जनता आवास कार्यक्रमअन्तर्गतका घर पनि रकम अभावले अधुरा छन् । कार्यक्रमले दिएको रकम अपुग भएपछि अधिकांश घर पूरै निर्माण हुन सकेका छैनन् । उनीहरू अपूर्ण घरमा जोखिम मोलेर बस्दै आएका छन् । सरकारले दिएको रकमले पर्खाल ठडिए पनि छानो हाल्ने जस्तापातालाई नपुगेको उनीहरू बताउँछन् । सरकारले गरीब जनतालाई सुरक्षित बसोवासका लागि निर्माण गर्ने लक्ष्य लिएको जनता आवास कार्यक्रमअन्तर्गत निर्माण हुने घर आर्थिक अभावका कारण अधुरै रहेको फुला कुचवधियाले बताउनुभयो । घर बने पनि झ्याल, ढोकालगायत छानो छाउनसमेत रकम अभाव भएपछि चिन्ता थपिएको छ । उहाँले भन्नुभयो, “वर्षा आउन थालिसक्यो छानो लाउने पैसा छैन ।” सरकारले बाँकी रकम चाँडै उपलब्ध गरिदिए छानो समयमै हाल्ने उहाँको धोको छ । घर ठडिए पनि प्लाष्टरलगायत छाना छाउन नसक्दा समस्या भएको शान्ति कुचवधियाको भनाइ छ । उहाँले भन्नुभयो, “भवन निर्माणका लागि सरकारले कति रकम दियो भन्नेसमेत हामीलाई थाहा छैन ।” कतिपय नागरिकले घर बनाए पनि आर्थिक अभावकै कारण झ्याल, ढोका लगाउन सकेका छैनन् । कतिपयको घरमा जमीन फर्स र पर्खाल प्लाष्टर गर्न बाँकी छ । कतिपयले घर बनाउन झण्डै ५० हजार व्यक्तिगत रुपैयाँ पनि खर्च गरिसकेका छन् । वर्षात्को समय नजिकिँदै गर्दा पनि आवश्यक बजेट उपलब्ध नहुँदा निर्माणाधीन भवन अलपत्र परेका हुन् । प्रति घर निर्माणका लागि रु दुई लाख १५ हजार बराबरको निर्माण सामग्री यो समुदायलाई उपलब्ध गराएको बताउँदै शहरी विकास डिभिजन कार्यालय बाँकेका इञ्जिनीयर हुमनाथ भुसालले भन्नुभयो, “चालू आर्थिक वर्षको सबै रकम खर्च भएपछि सरकारले जनता आवास कार्यक्रमलाई दिएको रकम अपुग भएको छ ।” सरकारले विपन्न तथा सीमान्तकृत जाति तथा समुदायलाई सुरक्षित बसोवासअन्तर्गत निर्माणको प्रक्रियामा रहेका आवास समयमै बजेट उपलब्ध गराउन नसक्दा लथालिङ्ग र अलपत्र अवस्थामा छन् । घर बनाउने रकम अपुग भएपछि यहाँका नागरिक शौचालय निर्माणको पहुँचमा पुग्न सकेका छैनन् । कार्यक्रममा आवास भवनसँगै शौचालय अनिवार्य भए पनि रकम अभावले बनाउन नसकेको कुचवधिया बताउँछन् । विपन्न, गरीब, अल्पसङ्ख्यक र दलित समुदायको घर निर्माणका लागि अनुदान दिँदै आएको छ । उक्त रकमले सम्बन्धित परिवारले दुई कोठा, एक भान्सा र बरण्डा भएको आवास भवन र शौचालय अनिवार्यरुपमा बनाउनुपर्ने व्यवस्था छ । तत्कालीन सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रहने या नरहने अन्यौलताका कारण पनि केही ढिलाइ भएको शहरी विकास डिभिजन कार्यालयले जनाएको छ ।

Categorized in

ललितपुरमा मनाइयो अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २३, बिहिबार

ललितपुरका कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकाले आ–आफ्नो गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस, २०१९ मनाएका छन् । हरेक वर्ष मार्च २ लाई अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवसका रूपमा मनाउने गरिन्छ ।

कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले पालिकास्तरीय सूचना केन्द्रको उद्घाटन गर्नुभएको थियो भने डाटापोर्टलमा भएका पाँच औजार र सूचना केन्द्र औपचारिकरूपमा सुशासन परियोजनाको तर्फबाट पालिकालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहभागीहरूलाई डाटापोर्टलमा समावेश भएको औजार प्रयोग गर्ने तरिका सिकाइएको थियो भने यसका फाइदा र महत्वका बारेमा अभिमुखीकरण प्रदान गरिएको थियो । लिभरपुल इन्टरनेशनल कलेज, काठमाडौँका विद्यार्थीको तर्फबाट स्थानीय सरकारले अभ्यासमा ल्याएका खुला तथ्याङ्क प्रयोग तथा प्रभावकारी सूचना तथा सेवा प्रवद्र्धनसम्बन्धी जागरण नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा अध्यक्ष सिंतानले गाउँपालिकाका नागरिकले पाउनुपर्ने सबै सूचना खुला गरिएको र सबै सूचना र सेवा खुला गर्नु धेरै महत्वपूर्ण भएको बताउनुभएको थियो । यसैगरी वागमती गाउँपालिकामा भएको कार्यक्रममा सूचना केन्द्रको उद्घाटन र डाटापोर्टलका औजार र सूचना केन्द्रको हस्तान्तरण, डाटापोर्टल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । गाउँपालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाले नागरिकलाई सुसूचित गर्ने कार्यमा पालिका सदैव तत्पर रहने धारणा राख्दै महिला तथा सिमान्तकृत समुदायमा सूचनाको पहुँच विस्तारका लागि तथ्याङ्क पोर्टल र सूचना प्रविधि केन्द्र फलदायी हुने बताउनभयो ।  (रासस)

Categorized in

मिथिलाञ्चलमा मिथिला परिक्रमा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २२, बुधबार

–अजयकुमार साह

  मिथिला परिक्रमा आजदेखि विधिवत रुपमा शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको उक्त परिक्रमा १५ दिनसम्म चल्नेछ । एक सय ३३ किलोमिटर लामो सो पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहनेछ । प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा शुरु भएको हो । फागुन कृष्णपक्षको औसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा शुरु भएको हो । आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालु बिहीबार बिहान पुजापाठ गरी भारतको विहार राज्यको कल्याणेश्वरका लागि प्रस्थान गर्छन् । धार्मिक झाँकी तथा भजन किर्तनसहित परिक्रमाको डोला आज सिमावर्ती भारतीय गाउँ कलानेश्वर महादेव पुग्नेछ । परिक्रमामा सहभागि क्रमशः फुलहरको गीर्जास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर मडै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर तथा फागुन पुर्णिमामा जनकपुर फर्कने छ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको सो परिक्रमामा हजारौँ भक्तजनको सहभागिता रहने यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जग्गनाथ दास वैष्णवले बताउनुभयो । परिक्रमामा सहभागीका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायत व्यवस्था मिलाएको छ । परिक्रमा गर्नेहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीयवासीले सहभागीका लागि अन्न, दाउरा तथा गोरुका लागि पराल उपलब्ध गराउँछन् । सहभागी दिनभर यात्रा गर्छन् र भजनकिर्तन तथा सत्संग गरेर रात बिताउँछन् । नेपाल–भारतको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको सो परिक्रमा यात्राको नेपालतर्फ धनुषा र महोत्तरीको १३ तथा भारतको दुई ठाउँमा विश्रामस्थल छ । मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनको अटुट आस्था रहेको पाइन्छ । मिथिला महात्म्य अनुसार १८आँै शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आइएको छ । यात्राका सहयात्रीले नेपालतर्फ १०७ तथा भारततर्फ २६ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, बैजनाथधामका साधुको सहभागिता रहन्छ । परिक्रमामा सहभागी हुँदा मनोकामना पुरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको पण्डित लालबाबु झा बताउनुहुन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ । मिथिला महात्म्यमा माध्यमिकी परिक्रमा गर्न नसक्नेले छोटो दूरीको अन्तःगृह परिक्रमा गर्नुपर्ने उल्लेख छ । अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिका भित्र पर्छ । मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुँदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा छ भारतको पटनास्थित गङ्गा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ । वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमहंसको उल्लेखनीय योगदान रहेको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जग्गनाथ दास वैष्णवले बताउनुभयो । माध्यमिकी परिक्रमामा करीब साठी वर्षदेखि मिथिला महात्म्यको कथा वाचन गर्नुभएका मुख्य पण्डित रामदुलारी शरणजी महाराजले सत्तरी वर्षसम्म उक्त भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनपछि मिथिला महात्म्यको कथा वाचन उहाँका शिष्य सियाराघव शरणले गर्दै आउनुभएको छ । मिथिलाञ्चलको सांस्कृतिक धरोहरको रुपमा रहेको सो परिक्रमा यात्रीले प्रयोग गर्ने सडकमार्गको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् जनकपुर तथा सडक डिभिजन कार्यालय मुजेलियाले परिक्रमा सडक भनेर निर्माण थालेका छन् । पहिलो चरणमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पकडियादेखि महोत्तरीको हरिहरपुर हरिणमरीसम्म कालोपत्र गरिँदैछ । रासस
Categorized in

गायत्री महायज्ञ सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २२, बुधबार

वीरगञ्जस्थित आर्दशनगर रङ्गशालामा सञ्चालित ‘अश्वमेध गायत्री महायज्ञ’ आज विधिवत्रुपमा सम्पन्न भयो । चार दिने सो महायज्ञमा ६० हजार श्रद्धालु भक्तजनले हवन गरेका थिए । महायज्ञमा २५१ यज्ञशाला निर्माण गरी भव्यरुपमा गायत्री पूजा गरेका थिए । अखिल विश्व गायत्री परिवारको तत्वाधानमा शुरु भएको सो महायज्ञमा भारतको शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकले वैदिक मन्त्रका साथ हबन यज्ञादी गरेका थिए । महायज्ञमा दैनिकरुपमा हवनयज्ञ, गोष्ठी, रथपरिक्रमा, दीपयज्ञ लगायतका धार्मिक अनुष्ठान भएको थियो । अश्वमेध गायत्री महायज्ञले मधेशी पहाडी दलित गैरदलित महिला पुरुषबीचमा विभेद्लाई अन्त्य गरेपछि सो महायज्ञमा पूजाअर्चना गर्न दलित समुदायका मानिसको उल्लेखनीय सहभागिता थियो । नेपाललगायत भारतका विहार, उत्तरप्रदेश, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हरियाणा, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, गुजरातलगायत विदेश गरी ४० मुलुकका करीब तीन लाख श्रद्धालु आएको आयोजक समितिको जिकिर छ । महायज्ञ समापन अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्व भौतिकवादमा डुबेको बेला आध्यात्मिक ज्ञान प्राप्त हुने यो ठूलो महायज्ञले विश्वमा अमनचयन र शान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आजको विश्वमा एक देशले अर्को देशलाई, एक सम्प्रदायले अर्को सम्प्रदायलाई समाप्त पारी आफ्नो वर्चश्व कायम गर्न खोजेको यो परिवेशमा धर्म र संस्कृतिको माध्यमबाट अपनत्व खोज्नु उत्तम उपाय भएको बताउनुभयो । महायज्ञ मूल समारोह समितिका संयोजक डा उपेन्द्र महतोले सुख, शान्ति र समृद्धिका लागि महायज्ञ सफल भएको बताउनुभयो । महायज्ञ आयोजक समितिका संयोजक तथा वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
Categorized in

राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण वैशाखदेखि शुरु हुने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २२, बुधबार

पुल्चोकस्थित राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण आगामी वैशाखदेखि शुरु हुने भएको छ । अहिले ठेक्का सम्झौताको प्रक्रिया भइरहेकाले दुई महीनाभित्र निर्माण कार्य शुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । स्थानीय पूर्वाधार विभाग (पहिले विभागलाई स्थानीय पूर्वाधार विकास र कृषि सडक विभाग, डोलिडार भनिन्थ्यो) रहेको सो भवन विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको थियो । भवन जीर्ण भएपछि यहाँ रहेको विभागलाई यहीँ अर्काे भवनमा सारिएको छ । भवनको पुनःनिर्माण सोही विभागअन्तर्गतकै परियोजनाले ठेक्का सम्झौतामार्फत गर्न लागेको परियोजना प्रमुख गणेशराज वस्तीेले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि अघिल्लो महीना ठेक्का आह्वान भएकामा अहिले आवेदन दिएका कम्पनीको प्राविधिक क्षमता र आर्थिक क्षमता हेर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “मूल्याङ्कन सकिएपछि आगामी महीना ठेकेदार कम्पनी सार्वजनिक हुनेछ ।” गत वर्ष एकाइले भवनमा कतिसम्म क्षति पुगेको छ भन्ने अध्ययन गरेर प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनमा भवन नभत्काई प्रबलीकरण गरेर मात्रै नहुने भन्दै पूरै भत्काएर नयाँ निर्माण गर्नुपर्ने उल्लेख छ । त्यसैका आधारमा पुनःनिर्माण गर्न लागिएको परियोजना प्रमुख वस्तीले बताउनुभयो । भूकम्प गएको लामो समयसम्म पनि यो भवन पूरै भत्काएर नयाँ बनाउने कि क्षति पुगेका भागमा मात्रै काम गर्ने भन्ने विषयमा छलफल भइरहेको थियो । उहाँले भन्नुभयो, “पुनःनिर्माण नै गर्ने भन्ने निर्णय भए पनि भवनको डिजाइन गर्न लामो समय लाग्यो ।” काठमाडौँ उपत्यकामा रहेका अरु ऐतिहासिक भवनजस्तै उक्त भवनमा पुनःनिर्माण गर्दा पूरै भत्काएर पुनःनिर्माण गर्ने कि क्षति पुगेका भागमा मात्रै प्रबलीकरण गर्ने भन्नेमा गत वर्षसम्म एकमत नभएको वस्तीले बताउनुभयो । राणाकालीन यो संरचना निर्माण भएको ९९ वर्ष पुगेको छ । प्राचीन स्मारक संरक्षण ऐनले १०० वर्ष पुरानो भवनलाई मात्रै समेट्ने हुँदा भत्काएर नै पुनःनिर्माण गर्न सकिने प्रमुख वस्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “पूरै भत्काएर पहिलेको स्वरूपमा परिवर्तन नआउने गरी पुनःनिर्माण गर्ने निष्कर्षपछि नै ठेक्का प्रक्रिया शुरु भएको थियो ।” चार तले उक्त भवन बेलायती शैलीको रहेको छ । भवन निर्माणको लागत नेपाल सरकारको हुनेछ । प्राधिकरणको म्याद दुई वर्ष भएकाले त्यही अवधिमा काम सम्पन्न गर्ने योजना रहेको वस्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “अवरोध नआएमा तोकिएको अवधिमा काम सकिनेछ ।” श्रीमहल अर्थात् श्रीदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेरले निर्माण गर्न लगाएको पाइन्छ । उहाँले त्यतिबेला दुईमुखे भवन बनाउन लगाउनुभएको थियो । आफ्नी कान्छी महारानी बालकुमारीदेवी र महारानीका जेठा छोरा विष्णु शम्शेरका लागि भनेर यो भवन निर्माण भएको थियो । भवन एकै पटक विसं १९७६ वैशाखमा बन्न शुरु भएको थियो र दुई वर्षमा यसको निर्माण सम्पन्न भएको तथ्याङ्क छ । त्यो दुईमुखे भवन पछि छुट्याइएको पाइन्छ । चन्द्रशम्शेरका नाति अर्थात् विष्णु शम्शेरका छोरा पीताम्बर शम्शेरले तत्कालीन श्री ५ को सरकारलाई सो भवन दिनुभएको पाइन्छ । पीताम्बर शम्शेरले सरकारलाई दिएको सो भवनमा पहिले कृषि क्याम्पस सञ्चालन हुने भनिएको थियो तर पछि कृषि विभागको कार्यालय बस्यो । त्यसपछि भवनमा स्थानीय विकास मन्त्रालय र पछि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको कार्यालय बसेको थियो । डोलिडार नै पछि स्थानीय पूर्वाधार विभाग बन्यो । भूकम्प अघिसम्म त्यही भवनमा रहेको विभाग भूकम्पले भवन जीर्ण भएपछि परिसरमा नै बनेको नयाँ भवनमा सरेको छ ।

Categorized in

काँकडभिट्टामा लोक चित्रकलातिर तानिए कला उत्सवका दर्शक

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २०, सोमबार

लोक चित्रकलामा सामाजिक जनजीवन, परम्परागत संस्कृति र मौलिक पहिचान झल्किने हुँदा यसको लोकप्रियता बढ्दो छ । झापाको काँकडभिट्टामा शनिबारदेखि जारी तीन दिवसीय ‘कला साहित्य उत्सव’मा प्रदर्शनीमा राखिएका लोक चित्रकलाले दर्शकको माया मात्र पाएका छैनन्, कलाकारको प्रतिभालाई समेत चिनाउन मद्दत पु¥याएको छ । प्रदर्शनीमा राखेको एउटा लोकचित्रको मूल्य रु दुई हजार निर्धारण गरिएको थियो तर प्रदर्शनीमा अवलोकन गर्न आएका एक व्यक्तिले सो चित्रलाई रु पाँच हजार तिरेर खरीद गरेको झापाका उदीयमान चित्रकार विनोद राजवंशीले बताउनुभयो । “यति राम्रो चित्रको रु दुई हजार दाम अलि कम भयो जस्तो लाग्छ, कतिसम्म दाम राख्न सकिन्थ्यो भनेर उहाँले मलाई सोध्नु भयो”, देही आर्टमा आबद्ध कलाकार राजवंशीले चित्र बिक्री प्रसङ्गबारे भन्नुभयो, “मैले रु पाँच हजार त परिहाल्छ नि सर मात्र के भनेको थिएँ, उहाँले खुरुक्क पाँच हजार दिएर चित्र किन्नुभयो ।” रिडर्स झापाले हरेक दुई वर्षमा काँकडभिट्टामा कला साहित्य उत्सवको आयोजना गर्दैै आएको छ । उत्सवमा काँकडभिट्टाकै देही आर्टले कला क्षेत्रको संयोजनकारी भूमिका निर्वाह गरेको छ । यसपटक उत्सवमा ‘पूर्वी नेपालको सुन्दरता’ शीर्षकमा लोक चित्रकलाको प्रदर्शनी र प्रतियोगिता गरिएको छ । सांस्कृतिक विविधता भएको पूर्वी नेपालको विभिन्न जाति र समुदायको संस्कृति र परम्परालाई चित्रकलामा समेटिएको हुँदा प्रदर्शनीले दर्शक तानेको देही आर्टका संस्थापक छितेन शेर्पा बताउनुहुन्छ । कोठाको चेपारामा बसेर कुची खेलाउने कलाकारलाई यो उत्सवले मुलुकभरिका प्रवुद्ध साहित्यकार तथा पत्रकारको दृष्टिमा अगाडि ल्याइदिन सघाउ पु¥याएको उहाँ बताउनुहुन्छ । प्रतियोगितात्मक कला प्रदर्शनीमा पोखरा, काठमाडौँ, धरान, धनकुटा, विराटनगर र झापाका कलाकारको २५ वटा लोकचित्र राखिएको छ । दर्शकले ती चित्रमा मत दिनका लागि मतपेटिका समेत प्रदर्शनीस्थलमा राखिएको छ । बढी मत प्राप्त गर्ने चित्रलाई उत्सवको आज हुने समापनमा पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ । अमादब्लम हिमाल, कन्याम, पाथीभरा माता, किराती युवती, परम्परागत भाडावर्तन, चण्डी नाच, राजवंशी जातिले प्रयोग गर्ने मखुण्डो आदिका चित्र प्रतियोगितामा सामेल छन् । उत्सवमा आइतबार ‘लोक चित्रकला’ विषयमा प्रख्यात कलाकर्मीबीच बहससमेत गराइएको छ । बहसमा सहभागी वक्ताले लोककला कुनै जाति र समुदायको मात्र नभएर राष्ट्रकै सम्पत्ति भएको धारणा राख्नुभएको छ । विराटनगरका मिथिला लोक चित्रकार एससी सुमनले विश्वभर मिथिला लोक चित्रकलाले नेपाललाई चिनाएको बताउनुभयो । लोक चित्रकलालाई हजुरआमा पुस्ताले जोगाएर राखेको र हाल त्यसलाई क्यान्भासमा उतारेर नयाँ पुस्ताले संसारभर चिनाएको उहाँको भनाइ थियो । थारू लोक चित्रकलामा अभिरुचि राख्नु हुने सरोजा खड्गीले नेपाली परम्परा र संस्कृतिमा आधारित चित्रकलामा नेपाल धनी भएको उल्लेख गर्दै थारूहरुको ‘खड्की अचहरा’ विश्वमै दुर्लभ वेषभूषा भएको बताउनुभयो । मोफसलमा बसेर दुई दशकदेखि निरन्तर कलाकर्ममा लागि रहनुभएको ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य पवन राजवंशीले चित्र किनिदिने बानी नभएसम्म लोक चित्रकला फष्टाउन नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले परम्परा र संस्कृति लोप हुँदै जाँदा लोककलासमेत हराउँदै गएको बताउनुभयो ।
Categorized in

बज्राचार्र्य मूल चक्रेश्वराभिषेक

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १९, आइतबार

मैत्रीपुर महाविहारका चक्रेश्वर धूपरत्न बज्राचार्यले आजदेखि बज्रयान बौद्धधर्मको सर्वोच्च पद मूल चक्रेश्वराभिषक हुनुभएको छ । काठमाडौँका विभिन्न १८ वटा बज्रयान बौद्धधर्मसँग सम्बन्धित महाविहार तथा १६ वटा बहीका ज्येष्ठ चक्रेश्वरलाई यो पद दिइने परम्परा रहेको छ । नेपाल परम्परागत बौद्धधर्म सङ्घ, मैत्रीपुर महाविहार, फ्रेण्डस् अफ शान्तिपुरको संयुक्त तत्वाबधानमा आज भएको यो मूल चक्रेश्वराभिषेकको परम्परा लिच्छ्वीकालदेखि शुरु भएको जनविश्वास छ । काठमाडौँको थँहितीस्थित मैत्रीपुर महाविहारमा आज भएको विशेष कार्यक्रममा राजगुरुजु मञ्जुश्रीरत्न बज्राचार्यले भगवान बुद्धको मुकुट पहिराई दिई धूपरत्न बज्राचार्यलाई मूल चक्रेश्वराभिषेक गर्नुभएको थियो । समारोहमा बौद्धविद्वान नरेशमान बज्राचार्यले बज्रयान बौद्धधर्मको अभिषेक गाथा वाचन गर्नुभएको थियो । उहाँले विशेष मन्त्रोच्चारणका साथ कलषाभिषेक, मुखुताभिषेक, चक्राभिषेक, छत्राभिषेक वाचन गर्नुभएको थियो । राजगुरुजु मञ्जुश्रीरत्न बज्राचार्यले भगवान बुद्धको मुकुट पहिराएर बज्र, गँ तथा छत्र हस्तान्तरण गर्नुभयो । प्राध्यापन पेशामा रहनु भएका धूपरत्न बज्राचार्य सन् १९६० तिरका विद्वान हुनुहुन्छ । कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुरका चक्रेश्वरको पनि उपस्थिति थियो । त्यस अवसरमा बौद्ध विद्वान एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति नरेशमान बज्राचार्यले विश्वभर छरिएर रहेको बताउँदै बुद्धधर्ममा बुद्ध, धर्म तथा सङ्घको विशेष महत्व रहेको बताउनुभयो ।
Categorized in

Pages