महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ६, सोमबार
असन, कोथुननी संरक्षणको निम्ति कानूनी सघर्ष थाल्ने
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ५, आइतबार
बैठकमा गुथि संस्थानले काठमाडौंको असनको सम्पदा क्षेत्रमा रहेको कोथुननी बिजनेस कम्प्लेक्स निर्माणको निम्ति व्यापारीहरुसंग करार गरी सम्पदा विरोधी पाईला चालेको भन्दै कोथुननीमा सदिंयौंदेखि बस्दै आइरहेका स्थानीयबासीहरुलाई नै कोथुननी निर्माण गर्ने जिम्मा दिनुपर्ने माग पनि अभियानले गरेको छ ।
Categorized in
बादी समुदायको जीवन कष्टकर
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ५, आइतबार
‘गोलढुङ्गामा रङ्गशाला निर्माणका लागि महायज्ञ
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ४, शनिबार
प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ राख्न माग
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार
बास छ, लालपुर्जा छैन !
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार
– हिक्मत बहादुर नेपाली
सदरमुकाम दैलेख बजारदेखि ६ किलोमिटरको दूरीमा रहेको पञ्चकोशी तीर्थस्थलमध्येको प्रशिद्ध धार्मिक स्थल हो श्रीस्थान । दैलेख बजार श्रीस्थान सडक खण्डको पुछारको छेउमै रहेको कुईकानाको रातामाटे दलित बस्ती । यही सडकखण्ड भएर दिनहुँ जसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । सडकको छेउमै रहेको लालपुर्जाविहीन सुकुम्बासी दलित वस्तीमा दिनहुँ जसो ओहोरदोहोर गर्ने गरे पनि उनीहरुको ध्यान भने पुग्न सकेको छैन । नारायण नपा–१ कुईकानास्थित रातामाटेमा बसोबास गर्दैआएका दलित वस्तीसँग लालपुर्जा भने छैन । लालपुर्जा नहुँदा यो वस्तीमा न खानेपानी छ, न बिजुली बत्ती । यो बस्तीका नागरिकहरुको दैनिकी रात अन्धकारमा दिन अरुको मजदुरीमा बित्ने गरेको छ ।
विसं २०२८ सालमा दैलेखको साविक कुसापानी गाउँ विकास समिति (हाल भैरवी गाउँपालिका) को डाडासरुबाट तीन घरपरिवार त्यहाँ आइबसेका थिए । तत्कालीन सरस्वती गाउँ पञ्चायतका प्रधानपञ्च नरबहादुर केसीले त्यहाँबाट तीन घर दलितलाई रातामाटेमा ल्याई बसालेका थिए । सरुबाट आएका रविलाल दमाई, अमृत दमाई र हरिलाल दमाई ऐलानी जग्गामा घर बनाएर बसे । उनले ती दलितलाई त्यहाँ ल्याएर राखे तर, उनीहरुको नाममा कुनै जमीनको कुनै कागज बनाई दिएनन् । तत्कालीन प्रधानपञ्चले उनीहरुको नाममा जग्गाको कागज नबनाई दिएकाले अहिले ती दलितका नातिहरुले दुःख भोगिरहेका छन् । श्रीस्थान वन उपभोक्ता समितिको क्षेत्राधिकारभित्र रहेको वस्तीमा अहिले स्थायी लालपुर्जा नपाएका ३२ घर दलित परिवार बस्दैआएका छन् । उनीहरु त्यहाँ आइबसेको ४७ वर्ष पुग्यो । तीन घरबाट फैलिएर ३२ परिवार भएको यो वस्ती करीब आधा शताब्दीदेखि भू–स्वामित्वविहीन छ । उनीहरुको न राम्रो बस्ने बास छ, न मिठो खाने गाँस नै छ । पुर्खाको पालादेखि यो प्रक्रिया निरन्तर चलिरहेको छ । वस्तीमा बसोबास गर्दै आउनुभएका एक हुन् लाल बहादुर नेपाली । उहाँ ४५ वर्षको हुनुभयो । “लालपुर्जा पाउने आशमा यहाँका जमिन्दारको हलो जोत्यौं, भारी बोक्यौं, लालपुर्जा पाउनु त कहाँ हो कहाँ, उल्टो यही समाजको थिचोमिचो सहेर बसेका छौं,” लाल बहादुरले भन्नुभयो । स्थानीय सन्तु नेपालीले वर्षात्को समयमा घरभित्रै पानी पस्ने र हिउँदमा बालबच्चा कठ्याङ्ग्रिएर हैरान हुने गरेको बताउनुभयो । “आफ्नो नाममा जग्गा भएको भए खेती किसानी गरेर दैनिकी गुजार्न सकिन्थ्यो,” सन्तुले भन्नुभयो । वनभित्र रहेको जग्गामा बस्दै आएका उक्त दलित वस्तीका पुरुषहरु सदरमुकाम पुगेर ज्याला र मजदूरी गर्छन् । महिलाहरु घरधन्दामा व्यस्त रहन्छन् । पचासको दशकमा भएको नापीमा ती दलितले जग्गा नाप्ने प्रयास गरे पनि विवादका कारण उनीहरुले जग्गाको लालपुर्जा पाउन सकेनन् । नापी हुँदा कुईकानावासीले वनको जग्गा नाप्न नपाइने बताएपछि ती दलितको लालपूर्जा बन्न नसकेको हो । “नापी हुँदा ठूलाबडाले आफूहरुको जग्गा नापी गराए, हाम्रो जग्गाको कसैले वास्ता नै गरेनन्, गएको पुसमा त वन कार्यालयले आएर घर नै भत्काइदियो,” स्थानीय लक्ष्मी नेपालीले भन्नुभयो । जग्गा आफ्नो नहुँदा वनबाट दाउरा घाँससमेत ल्याउन नपाएको रातामाटेको सोही ठाउँकी दिलमाया नेपाली दुःखेसो पोख्नुभयो । “हाम्रा पुर्खाहरुले गरेको गल्तिको सजाय अहिले हामी भोगिरहेका छौं,” उहाँ भन्नुभयो । छाक टार्नकै लागि भए पनि अरुको काम गरेर बस्नुको विकल्प नभएको उहाँको भनाइ छ । “सासू ससुरा मर्नु अघि लालपुर्जा पाउने आश गर्नुहुन्थ्यो, अहिले हामी पनि त्यही आशै आशमा दिन बिताउन बाध्य छौं,” उहाँले भन्नुभयो । ‘चुनावी आश्वासन बिर्सन्छन्’विसं २०२८ देखि बसोबास गर्दै आएका उक्त दलित समुदायका नागरिकहरुको प्रत्येक संसदीय निर्वाचनमा उम्मेदवारसँग एउटै बोली हुन्छ – “हामीलाई जग्जाधनी लालपुर्जा खोइ ? हामी यहाँ आएर बसोबास गर्न थालेको ४७ वर्ष पुग्यो ।” यस बीचमा आठ वटा संसदीय निर्वाचन भए । “सबै निर्वाचनमा नेताहरुले लालपुर्जा दिने आश्वासन मात्रै दिन्छन् तर, काम भने गर्दैनन्,” स्थानीयवासी सन्जु नेपालीले भन्नुभयो । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेले जारी गरेको २८ बुँदे घोषणापत्रको बुँदा नं ७ मा भूमिहीन रातामाटे दलित वस्तीका बासिन्दालाई लालपुर्जा दिलाइदिने उल्लेख छ तर, निर्वाचन सम्पन्न भएको दुई वर्ष बित्नै लाग्दा समेत कुनै पहल थालिएको छैन । कुनै दलले धनीपुर्जा दिलाइदिने आशा नभएकैले दलित वस्तीका अधिकाँशलाई चुनावसँग कुनै सरोकार नभए झैं लाग्छ । चुनावका बेलामा जुनसुकै राजनीतिक दलका नेताहरुको मुख्य एजेण्डा भनेको नै त्यहाँका नागरिकलाई लालपुर्जा दिलाउने हुने गर्छ । निर्वाचन सकिएपछि भने विस्तारै वर्ष ढल्कदै जान्छन्, समस्या समाधानका लागि कसैले पहल गरेका देखिएको छैन ।
सोही गाउँकै सीता नेपाली पनि उस्तै पीडाको शिकार बनेर दिन बिताउँदै आउनुभएको छ । “स्थानीय तहको निर्वाचनका बेला दिनानुदिन नेताहरु आएर जग्गा तिमीहरुकै नाम बनाइदिन्छ भन्थे, अहिले जितेर गएका नेताहरु पनि कहाँ गए कहाँ ?” सीताले प्रश्न गर्दै भन्नुभयो – “हामीले वर्षौदेखि खेप्दै आएको दुःख कसले हेर्ने होला ? भूमिविहीन भएरै भोलि हाम्रा बालबालिका पनि बस्नुप¥यो भने त सरकारमा जो आए पनि हाम्लाई के लाग्यो र ?” लालपूर्जाका लागि धेरै पटक धेरै ठाउँमा गएर पहल गरे पनि कसैले आफूहरुको आवाज नसुनेको स्थानीयवासी मन बहादुर नेपालीले बताउनुभयो । “लालपुर्जा नहुँदा न ढुक्कले बस्न सकेका छौँ, न वस्ती छोड्न नै,” सोही वस्तीमा जन्मिनुभएका लाल बहादुर नेपालीले भन्नुभयो – “दलित भएकै कारण हामी चपेटामा परेका हौँ । कि हामीलाई नागरिक नै होइन भन्नपु¥यो, होइन भने हाम्रो उचित व्यवस्थापन सरकारले गरिदिनुप¥यो ।” अर्काको काम गरेको भरमा आफ्नो गुजारा टार्दै आएका सो दलित वस्तीका स्थानीय बासिन्दा लालपुर्जा पाउने आशमा पटकपटक विभिन्न निकायहरुसँग हात जोड्न पुगेको भए पनि उनीहरुको समस्या ज्यूँका त्यूँ छ । गत स्थानीय तहको निर्वाचनमा नारायण नगरपालिकाको प्रमुख पदमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको रत्न बहादुर खड्का अहिले नगरको प्रमुख हुनुहुन्छ । निर्वाचनमा भोट माग्न जाँदा लालपुर्जाको समस्या छिट्टै नै समाधान गरिदिने आश्वासन दिनुभएको थियो । सोही बस्तीमा पुग्नुभएको नारायण नगरपालिका वडा नं १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले आफूले यस विषयमा नगरसभा तथा नगरपालिकाका सबै महत्वपूर्ण बैठकहरुमा कुरा राखिरहेको बताउनुभयो । आफूले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताउँदै श्रेष्ठले भन्नुभयो – “यस वस्तीका नागरिकहरु ४७ वर्षदेखि सोही स्थानमा बसोबास गर्दैआएका छन् । उनीहरुको बासस्थानको निश्चित व्यवस्थापन गर्ने दायित्व सरकारको नै हो ।” सुकुम्बासी आयोग बन्ने र त्यहाँका नागरिकहरुको समस्या समाधान गर्न सहज हुनेमा उहाँलाई विश्वास पनि छ । सो वस्तीमा खानेपानीको चर्को समस्या छ । मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ वस्तीमा केही महिना अघि निर्माणाधीन टहरो भत्काइएको थियो । स्थानीय लक्ष्मी नेपालीले निर्माण गर्न थालेको टहरो जिल्ला वनको टोलीले भत्काएको थियो । उहाँका श्रीमान् र शारिरीक रुपले अशक्त एक छोरा छन् । जिल्ला वन कार्यालय दैलेखका सहायक वन अधिकृत नवराज पौडेलका अनुसार सो वस्ती सामुदायिक वनको क्षेत्रमा बनाइएकाले निर्माण गर्न लागिएको टहरो भत्काइएको होे । वन विभागबाट नै यही बेहोराको परिपत्र आएको कार्यालयको भनाइ छ । वन ऐन २०४९ तथा वन नियमावली २०५१ बमोजिम सामुदायिक कबुलियती वन क्षेत्रभित्र कसैले अतिक्रमण गर्न नपाइने उल्लेख गरिएको सहायक वन अधिकृत पौडेलले बताउनुभयो । यदि सरकारले मन्त्रिपरिषद् मार्फत निर्णय गरेर भूमि अतिक्रमण गरेर बस्दैआएका सो वस्तीका नागरिकहरुलाई त्यहाँ बस्न दिइएको खण्डमा आफूहरु त्यसमा बाधक नबन्ने उहाँको भनाइ छ । “सरकारले सो विषयमा निर्णय नगरेसम्म हामी केही गर्न सक्दैनौं,” उहाँले भन्नुभयो । राससझापामा कला साहित्य उत्सव
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार
रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो । फागुन २० गतेसम्म सञ्चालन गरिने यो उत्सवको चौथो शृङ्खलामा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज र फोटो प्रदर्शनी एवं नाटक मञ्चन गरिने कार्यक्रमका संयोजक हरि तिम्सिनाले जानकारी दिनुभयो । आयोजक समितिका सदस्य दामोदर ढुङ्गेलका अनुसार कला, साहित्य उत्सव केवल लेखक र साहित्यकारका लागि मात्र लक्षित नगरी विद्यार्थी एवं सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि भएको बताउनुभयो । उत्सवमा कला, साहित्य, संस्कृति, अर्थराजनीति, सञ्चार एवं पर्यावरणजस्ता विषयमा विमर्श गरिने आयोजक संस्थाका सचिव सौरभ मैनालीले बताउनुभयो ।
फाइल फोटो
प्रणय दिवस – मायालु डाँडामा भिड
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २, बिहिबार
केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने मायालु डाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीले माग गरेका छन् । त्यहाँ पुग्नका लागि पदमार्ग, रेष्टुराँ, भ्यूटावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउनेस्थलका रुपमा स्थापित गर्नसके पर्यटन व्यवसायसमेत फस्टाउने बताइन्छ ।
मायालु डाँडामा आव २०७३÷७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको लभ्लीहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ । कूल रु १२ लाखको लागतमा लभ्लीहिलमा गोलघर ९भ्यु प्वाइन्ट०, रेलिङ र बस्नका लागि आरामदायी बेन्चलगायत पूर्वाधारको निर्माणसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
साँघुरो बेनी बजारमा युवायुवती र वृद्धवृद्धाका लागि रमाउने र आराम गर्ने ठाउँको अभाव खड्किरहेको अवस्थामा मायालु डाँडामा भौतिक पूर्वाधार निर्माणसँगै उचित वातावरणको व्यवस्था गर्न सक्ने हो भने यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने स्थानीयवासी बताउँछन् ।
कृषि गाउँको रुपमा परिचित खबरा र प्राकृतिक दृश्यावलोकनका लागि अति उपयुक्त स्थान मायालु डाँडामा ‘भ्यालेन्टाइन डे’ का अवसरमा मात्रै होइन सधैँभरि पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले यहाँ हरित पार्क निर्माण गर्न लागिएको समितिका अध्यक्ष धु्रवराज कार्कीको भनाइ थियो ।
हरितपार्क निर्माणसँगै विभिन्न सभा र सम्मलेलनका लागि उपयुक्त हुने सभाहलसमेत बनाउने योजनाबमोजिम नगरपालिकासँग समन्वय भइरहेको र सहयोगी अन्य संस्थाको पनि खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । – रासस
Categorized in
भक्तपुरको हनुमन्ते सफाइ ५१औँ हप्ते अभियान
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १, बुधबार
चचा नृत्य विषयक छलफल
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १, बुधबार
दश वर्षदेखि स्विडेनमा बसोबास गर्दै आउनुभएका नृत्य गुरु सुदीप बज्राचार्यले बज्रसत्व तथा चचा नृत्य प्रस्तुत गर्नुभएको थियो । बज्रयान बौद्धधर्ममा चचा गीत तथा नृत्यको महत्व, नामसङ्गीतिको ध्यान, भावना तथा मन्त्रका विविध पक्षमा संस्कृत भाषाका विज्ञ प्रकाशमान श्रेष्ठ, सुदीप बज्राचार्य, बौद्धविद्वान यज्ञमानपति बज्राचार्य तथा आनन्दमुनि बज्राचार्यले प्रकाश पार्नुभयो ।
Categorized in


