STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ६, सोमबार

स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीवीकोपार्जन गर्दै आएका हुन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पछिल्ला वर्षमा नयाँ अनुमति नदिइएको भए पनि पुरानाको नवीकरण भइरहेको छ । तीमध्ये भरतपुर महानगरपालिकाका मात्रै ६८ जना रहेका छन् । यसैगरी खैरहनी नगरपालिकाका आठ जना, रत्ननगर नगरपालिकाका चार जना र माडी नगरपालिकाका एक जना रहेका छन् । अन्य जिल्लामा घर भएर निकुञ्ज हुँदै बग्ने नदीमा माछा मार्नका लागि करीब ३०० जनाले अनुमति लिएको उहाँले बताउनुभयो । हाते जाल प्रयोग गरी माछा मार्नका लागि अनुमति लिने अधिकांश बोटे समुदायका रहेका छन् । उनीहरुको परम्परागत पेशा माछा मार्ने हो । अनुमति पत्र लिनेहरुले महाजाल, विष प्रयोग गर्न पाउँदैनन् । यद्यपि यस आर्थिक वर्षमा महाजालमा परेर तीन वटा गोही राप्ती नदीमा मरेका छन् । गत वर्ष नारायणी नदीमा एउटा भाले गोही महाजालमा परेर मरेको थियो । लुकीछिपी महाजाल प्रयोग भइरहेको छ । नदीमा जाल प्रयोग गरेर माछा मार्नेहरुले राम्रो आम्दानी गर्न सकेको पाइँदैन । यद्यपि यसबाट जलचरमा प्रभाव परेको संरक्षणकर्मीहरुले बताउँदै आएका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदीमा आश्रितलाई वैकल्पिक रोजगारीको व्यवस्था गरेर नदीप्रतिको निर्भरता घटाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । यही पेशाबाट जीवनस्तर उकास्न सम्भव नहुने भएकाले राज्यले वैकल्पिक व्यवस्था गर्नुपर्ने दाहाल बताउनुहुन्छ । विश्वबाटै लोप हुँदै गएको घडियाल गोहीको मुख्य बासस्थान नारायणी र राप्ती नदी हो । घडियाल गोहीले माछा मात्रै खाने गर्दछ । मानिसले माछा मार्दा घडियालको आहारा कम हुने हुँदा गोही संरक्षणमा समस्या पर्दै आएको छ । – रासस
Categorized in

असन, कोथुननी संरक्षणको निम्ति कानूनी सघर्ष थाल्ने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ५, आइतबार

आदिवासी नेवाः सम्पदा बचाउनको लागि काठमाडौंको असनस्थित कोथुननी संरक्षणको निम्ति कानूनी पाईलासंगै सघर्ष गर्ने घोषणा गरेको छ । काठमाडौं महानगरपालिका २७ वडा असनस्थित कोथुननी संरक्षणको लागि असन कोथुननी बचाऊ अभियानद्वारा कानूनी पाईलासंगै संघर्ष गर्ने निर्णय गरेको हो । असन कोथुननी अभियानको शनिबार काठमाडौंको प्रदीप्त पुस्तकालयमा रहेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा गुथि संस्थानले काठमाडौंको असनको सम्पदा क्षेत्रमा रहेको कोथुननी बिजनेस कम्प्लेक्स निर्माणको निम्ति व्यापारीहरुसंग करार गरी सम्पदा विरोधी पाईला चालेको भन्दै कोथुननीमा सदिंयौंदेखि बस्दै आइरहेका स्थानीयबासीहरुलाई नै कोथुननी निर्माण गर्ने जिम्मा दिनुपर्ने माग पनि अभियानले गरेको छ ।
Categorized in

बादी समुदायको जीवन कष्टकर

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ५, आइतबार

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षालय नजिक बस्दै आएका बादी समुदायको दिनचर्या कष्टकर बन्दै गएको छ । केआइसिंह राजमार्गको सडकछेउमै बस्दै आएका बादी समुदायको पक्की भवन नहुँदा वर्षौँदेखि उनीहरू पालको टहरामुनि बस्दै आएका छन् । यही सडकखण्ड भएर दिनहुँजसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । तर आफूहरूको पीडाका बारेमा हालसम्म कसैले पनि चासो नदेखाएको सो बस्तीका तेज बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बनाएका टहरा नजिक भएर ठूलाबडाहरू सधैँ हिँडिरहन्छन्, तर हाम्रो अवस्थाबारे कसैले सोधेका छैनन् ।” सडकको छेउमै रहेको सरकारी जमीनमा उनीहरू बस्दै आएका छन् । उनीहरूसँग लालपुर्जा नभएर सुकुम्बासी भएर बसेका छन् । यो बस्तीमा न खानेपानी छ, न बिजुली बत्ती । यो बस्तीका नागरिकको दैनिकी रात अन्धकारमा र दिन अरुको मजदुरीमा बित्ने गरेको स्थानीयवासी समिर विष्टले बताउनुभयो । डोटीका बादी समुदायको घरबासका लागि दिपायल सिलगढी नगरपालिकाले जग्गा किन्ने निर्णय गरे पनि भनेको ठाउँमा जग्गा नपाउँदा बादीको माग पूरा हुनसकेको छैन । शहरबजारमा आएका नयाँ तथा आधुनिक किसिमका सरसामान तथा भाडाकुँडाका कारण आफूले बनाउँदै आएका माटाका ग्राग्रा, मादल, सुल्भा, पाल्लोलगायतका सामग्री विस्थापित हँुदै गएको श्याम बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “भाडाकुँडा बनाउन हामी माटो नै पाउँदैनाँै, बजारमा आधुनिक सामान पाएपछि हामीकहाँ किन्न पनि कोही आउँदैनन् ।” उनीहरू यहाँ बसेको कम्तीमा पनि २० वर्ष भइसक्यो । दर्जनौँ परिवार भएको यो बस्ती भूस्वामित्वविहीन छ । – रासस
Categorized in

‘गोलढुङ्गामा रङ्गशाला निर्माणका लागि महायज्ञ

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ४, शनिबार

सुदर्शन गोलढुङ्गा स्मृति रङ्गशाला’ निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । गोलढुङ्गा खेलकूद समाजको आयोजनामा समाजका संस्थापक अध्यक्ष एवं काङ्ग्रेस नेता स्व सुदर्शन आचार्यको स्मृतिमा रङ्गशाला निर्माणका लागि महायज्ञ गर्न लागिएको हो । समाजका कार्यवाहक अध्यक्ष राजेन्द्र अर्यालले आचार्यको चाहना गोलढुङ्गाको खेलकूद विकासका लागि खेलमैदान निर्माण गर्ने भएकाले समाजले भोलिदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरेको जानकारी दिनुभयो । “महायज्ञबाट उठेको रकमबाट सुदर्शन गोलढुङ्गा स्मृति रङ्गशाला निर्माण गर्नेछौँ,” उहाँले भन्नुभयो । महायज्ञमा वाचन प्रवीण दीनबन्धु पोखरेलले कथावाचन गर्ने कार्यक्रम रहेको अध्यक्ष अर्यालले बताउनुभयो । यस्तै, महायज्ञमा विस २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पमा परी अकालमा ज्यान गुमाएको आत्माको उद्धारका लागि दिप प्रज्वलन गर्ने कार्यक्रमसमेत रहेको छ । – रासस
Categorized in

प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ राख्न माग

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार

राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग गरेको छ । समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरलाई प्रदेशको स्थायी राजधानी तथा विराटनगर महानगपालिका र तत्कालीन कटहरी गाविस, झोराहाट भौडाहा, भाथिगछ, बुधनगर, वैजनाथपुर , टङ्कीसिनवारी गाविस क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद्को व्यवस्था कायम गर्न सरकारसँग आग्रह गरिएको हो । यसैगरी समितिले राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित हुनुपर्ने, राष्ट्रिय जनगणना आयोगको तथ्याङ्क विभागमा सूचीकृत उन्मुख जातिहरुको अलग्गै अभिलेखको व्यवस्था गरिनुपर्ने तथा भेडियारीस्थित विराट दरबार क्षेत्रको संरक्षण एवम् संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने लगायतका माग गरेको छ । परिषद्का यही फागुन ४ देखि ६ गतेसम्म हुने १२औँ बृहत् भेलाले उपरोक्त माग पूरा गराउन ऐक्यबद्धता जनाउनाका साथै मोटरसाइकल ¥याली र गोष्ठी लगायतका कार्यक्रमको आयोजना गर्ने घोषणा गरेको छ ।
Categorized in

बास छ, लालपुर्जा छैन !

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार

– हिक्मत बहादुर नेपाली

सदरमुकाम दैलेख बजारदेखि ६ किलोमिटरको दूरीमा रहेको पञ्चकोशी तीर्थस्थलमध्येको प्रशिद्ध धार्मिक स्थल हो श्रीस्थान । दैलेख बजार श्रीस्थान सडक खण्डको पुछारको छेउमै रहेको कुईकानाको रातामाटे दलित बस्ती । यही सडकखण्ड भएर दिनहुँ जसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । सडकको छेउमै रहेको लालपुर्जाविहीन सुकुम्बासी दलित वस्तीमा दिनहुँ जसो ओहोरदोहोर गर्ने गरे पनि उनीहरुको ध्यान भने पुग्न सकेको छैन । नारायण नपा–१ कुईकानास्थित रातामाटेमा बसोबास गर्दैआएका दलित वस्तीसँग लालपुर्जा भने छैन । लालपुर्जा नहुँदा यो वस्तीमा न खानेपानी छ, न बिजुली बत्ती । यो बस्तीका नागरिकहरुको दैनिकी रात अन्धकारमा दिन अरुको मजदुरीमा बित्ने गरेको छ ।

विसं २०२८ सालमा दैलेखको साविक कुसापानी गाउँ विकास समिति (हाल भैरवी गाउँपालिका) को डाडासरुबाट तीन घरपरिवार त्यहाँ आइबसेका थिए । तत्कालीन सरस्वती गाउँ पञ्चायतका प्रधानपञ्च नरबहादुर केसीले त्यहाँबाट तीन घर दलितलाई रातामाटेमा ल्याई बसालेका थिए । सरुबाट आएका रविलाल दमाई, अमृत दमाई र हरिलाल दमाई ऐलानी जग्गामा घर बनाएर बसे । उनले ती दलितलाई त्यहाँ ल्याएर राखे तर, उनीहरुको नाममा कुनै जमीनको कुनै कागज बनाई दिएनन् । तत्कालीन प्रधानपञ्चले उनीहरुको नाममा जग्गाको कागज नबनाई दिएकाले अहिले ती दलितका नातिहरुले दुःख भोगिरहेका छन् । श्रीस्थान वन उपभोक्ता समितिको क्षेत्राधिकारभित्र रहेको वस्तीमा अहिले स्थायी लालपुर्जा नपाएका ३२ घर दलित परिवार बस्दैआएका छन् । उनीहरु त्यहाँ आइबसेको ४७ वर्ष पुग्यो । तीन घरबाट फैलिएर ३२ परिवार भएको यो वस्ती करीब आधा शताब्दीदेखि भू–स्वामित्वविहीन छ । उनीहरुको न राम्रो बस्ने बास छ, न मिठो खाने गाँस नै छ । पुर्खाको पालादेखि यो प्रक्रिया निरन्तर चलिरहेको छ । वस्तीमा बसोबास गर्दै आउनुभएका एक हुन् लाल बहादुर नेपाली । उहाँ ४५ वर्षको हुनुभयो । “लालपुर्जा पाउने आशमा यहाँका जमिन्दारको हलो जोत्यौं, भारी बोक्यौं, लालपुर्जा पाउनु त कहाँ हो कहाँ, उल्टो यही समाजको थिचोमिचो सहेर बसेका छौं,” लाल बहादुरले भन्नुभयो । स्थानीय सन्तु नेपालीले वर्षात्को समयमा घरभित्रै पानी पस्ने र हिउँदमा बालबच्चा कठ्याङ्ग्रिएर हैरान हुने गरेको बताउनुभयो । “आफ्नो नाममा जग्गा भएको भए खेती किसानी गरेर दैनिकी गुजार्न सकिन्थ्यो,” सन्तुले भन्नुभयो । वनभित्र रहेको जग्गामा बस्दै आएका उक्त दलित वस्तीका पुरुषहरु सदरमुकाम पुगेर ज्याला र मजदूरी गर्छन् । महिलाहरु घरधन्दामा व्यस्त रहन्छन् । पचासको दशकमा भएको नापीमा ती दलितले जग्गा नाप्ने प्रयास गरे पनि विवादका कारण उनीहरुले जग्गाको लालपुर्जा पाउन सकेनन् । नापी हुँदा कुईकानावासीले वनको जग्गा नाप्न नपाइने बताएपछि ती दलितको लालपूर्जा बन्न नसकेको हो । “नापी हुँदा ठूलाबडाले आफूहरुको जग्गा नापी गराए, हाम्रो जग्गाको कसैले वास्ता नै गरेनन्, गएको पुसमा त वन कार्यालयले आएर घर नै भत्काइदियो,” स्थानीय लक्ष्मी नेपालीले भन्नुभयो । जग्गा आफ्नो नहुँदा वनबाट दाउरा घाँससमेत ल्याउन नपाएको रातामाटेको सोही ठाउँकी दिलमाया नेपाली दुःखेसो पोख्नुभयो । “हाम्रा पुर्खाहरुले गरेको गल्तिको सजाय अहिले हामी भोगिरहेका छौं,” उहाँ भन्नुभयो । छाक टार्नकै लागि भए पनि अरुको काम गरेर बस्नुको विकल्प नभएको उहाँको भनाइ छ । “सासू ससुरा मर्नु अघि लालपुर्जा पाउने आश गर्नुहुन्थ्यो, अहिले हामी पनि त्यही आशै आशमा दिन बिताउन बाध्य छौं,” उहाँले भन्नुभयो । ‘चुनावी आश्वासन बिर्सन्छन्’

विसं २०२८ देखि बसोबास गर्दै आएका उक्त दलित समुदायका नागरिकहरुको प्रत्येक संसदीय निर्वाचनमा उम्मेदवारसँग एउटै बोली हुन्छ – “हामीलाई जग्जाधनी लालपुर्जा खोइ ? हामी यहाँ आएर बसोबास गर्न थालेको ४७ वर्ष पुग्यो ।” यस बीचमा आठ वटा संसदीय निर्वाचन भए । “सबै निर्वाचनमा नेताहरुले लालपुर्जा दिने आश्वासन मात्रै दिन्छन् तर, काम भने गर्दैनन्,” स्थानीयवासी सन्जु नेपालीले भन्नुभयो । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेले जारी गरेको २८ बुँदे घोषणापत्रको बुँदा नं ७ मा भूमिहीन रातामाटे दलित वस्तीका बासिन्दालाई लालपुर्जा दिलाइदिने उल्लेख छ तर, निर्वाचन सम्पन्न भएको दुई वर्ष बित्नै लाग्दा समेत कुनै पहल थालिएको छैन । कुनै दलले धनीपुर्जा दिलाइदिने आशा नभएकैले दलित वस्तीका अधिकाँशलाई चुनावसँग कुनै सरोकार नभए झैं लाग्छ । चुनावका बेलामा जुनसुकै राजनीतिक दलका नेताहरुको मुख्य एजेण्डा भनेको नै त्यहाँका नागरिकलाई लालपुर्जा दिलाउने हुने गर्छ । निर्वाचन सकिएपछि भने विस्तारै वर्ष ढल्कदै जान्छन्, समस्या समाधानका लागि कसैले पहल गरेका देखिएको छैन ।

सोही गाउँकै सीता नेपाली पनि उस्तै पीडाको शिकार बनेर दिन बिताउँदै आउनुभएको छ । “स्थानीय तहको निर्वाचनका बेला दिनानुदिन नेताहरु आएर जग्गा तिमीहरुकै नाम बनाइदिन्छ भन्थे, अहिले जितेर गएका नेताहरु पनि कहाँ गए कहाँ ?” सीताले प्रश्न गर्दै भन्नुभयो – “हामीले वर्षौदेखि खेप्दै आएको दुःख कसले हेर्ने होला ? भूमिविहीन भएरै भोलि हाम्रा बालबालिका पनि बस्नुप¥यो भने त सरकारमा जो आए पनि हाम्लाई के लाग्यो र ?” लालपूर्जाका लागि धेरै पटक धेरै ठाउँमा गएर पहल गरे पनि कसैले आफूहरुको आवाज नसुनेको स्थानीयवासी मन बहादुर नेपालीले बताउनुभयो । “लालपुर्जा नहुँदा न ढुक्कले बस्न सकेका छौँ, न वस्ती छोड्न नै,” सोही वस्तीमा जन्मिनुभएका लाल बहादुर नेपालीले भन्नुभयो – “दलित भएकै कारण हामी चपेटामा परेका हौँ । कि हामीलाई नागरिक नै होइन भन्नपु¥यो, होइन भने हाम्रो उचित व्यवस्थापन सरकारले गरिदिनुप¥यो ।” अर्काको काम गरेको भरमा आफ्नो गुजारा टार्दै आएका सो दलित वस्तीका स्थानीय बासिन्दा लालपुर्जा पाउने आशमा पटकपटक विभिन्न निकायहरुसँग हात जोड्न पुगेको भए पनि उनीहरुको समस्या ज्यूँका त्यूँ छ । गत स्थानीय तहको निर्वाचनमा नारायण नगरपालिकाको प्रमुख पदमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको रत्न बहादुर खड्का अहिले नगरको प्रमुख हुनुहुन्छ । निर्वाचनमा भोट माग्न जाँदा लालपुर्जाको समस्या छिट्टै नै समाधान गरिदिने आश्वासन दिनुभएको थियो । सोही बस्तीमा पुग्नुभएको नारायण नगरपालिका वडा नं १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले आफूले यस विषयमा नगरसभा तथा नगरपालिकाका सबै महत्वपूर्ण बैठकहरुमा कुरा राखिरहेको बताउनुभयो । आफूले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताउँदै श्रेष्ठले भन्नुभयो – “यस वस्तीका नागरिकहरु ४७ वर्षदेखि सोही स्थानमा बसोबास गर्दैआएका छन् । उनीहरुको बासस्थानको निश्चित व्यवस्थापन गर्ने दायित्व सरकारको नै हो ।” सुकुम्बासी आयोग बन्ने र त्यहाँका नागरिकहरुको समस्या समाधान गर्न सहज हुनेमा उहाँलाई विश्वास पनि छ । सो वस्तीमा खानेपानीको चर्को समस्या छ । मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ वस्तीमा केही महिना अघि निर्माणाधीन टहरो भत्काइएको थियो । स्थानीय लक्ष्मी नेपालीले निर्माण गर्न थालेको टहरो जिल्ला वनको टोलीले भत्काएको थियो । उहाँका श्रीमान् र शारिरीक रुपले अशक्त एक छोरा छन् । जिल्ला वन कार्यालय दैलेखका सहायक वन अधिकृत नवराज पौडेलका अनुसार सो वस्ती सामुदायिक वनको क्षेत्रमा बनाइएकाले निर्माण गर्न लागिएको टहरो भत्काइएको होे । वन विभागबाट नै यही बेहोराको परिपत्र आएको कार्यालयको भनाइ छ । वन ऐन २०४९ तथा वन नियमावली २०५१ बमोजिम सामुदायिक कबुलियती वन क्षेत्रभित्र कसैले अतिक्रमण गर्न नपाइने उल्लेख गरिएको सहायक वन अधिकृत पौडेलले बताउनुभयो । यदि सरकारले मन्त्रिपरिषद् मार्फत निर्णय गरेर भूमि अतिक्रमण गरेर बस्दैआएका सो वस्तीका नागरिकहरुलाई त्यहाँ बस्न दिइएको खण्डमा आफूहरु त्यसमा बाधक नबन्ने उहाँको भनाइ छ । “सरकारले सो विषयमा निर्णय नगरेसम्म हामी केही गर्न सक्दैनौं,” उहाँले भन्नुभयो ।  रासस
Categorized in

झापामा कला साहित्य उत्सव

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार

रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो । फागुन २० गतेसम्म सञ्चालन गरिने यो उत्सवको चौथो शृङ्खलामा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज र फोटो प्रदर्शनी एवं नाटक मञ्चन गरिने कार्यक्रमका संयोजक हरि तिम्सिनाले जानकारी दिनुभयो । आयोजक समितिका सदस्य दामोदर ढुङ्गेलका अनुसार कला, साहित्य उत्सव केवल लेखक र साहित्यकारका लागि मात्र लक्षित नगरी विद्यार्थी एवं सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि भएको बताउनुभयो । उत्सवमा कला, साहित्य, संस्कृति, अर्थराजनीति, सञ्चार एवं पर्यावरणजस्ता विषयमा विमर्श गरिने आयोजक संस्थाका सचिव सौरभ मैनालीले बताउनुभयो  ।

फाइल फोटो

Categorized in

प्रणय दिवस – मायालु डाँडामा भिड

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २, बिहिबार

–धु्रवसागर शर्मा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा लभ्लीहिलमा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त षँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य वृद्धि भएको स्थानीयवासी चन्द्रबहादुर कार्कीले बताउनुभयो । हिजोआज म्याग्दीका साथै अन्य जिल्लाबाट आएका व्यक्ति र विदेशीको समेत यहाँ भीड लाग्न थालेको उहाँको भनाइ थियो । विगतमा खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवती भ्यालेन्टाइनडे को माहोल शुरु भएपछि गुलाब र विभिन्न जातका फूलसमेत लिएर एकापसमा साटासाट गरेका दृश्य देखिने गरेको लम्भीहिल हरितपार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिनुभयो । “विभिन्न आधुनिक पोशाकमा सजिएर मोटरसाइकल, स्कुटीलगायत सवारी साधनमा यहाँ आउने युवायुवतीको सङ्ख्या पहिलेको तुलनामा केही दिनयता झन वृद्धि हुँदै गएको छ”, उहाँले भन्नुभयो, “युवायुवतीको सङ्ख्या वृद्धिसँगै यहाँका कृषिउपज र फलफूलको पनि व्यापार बढेको छ ।” मायालु डाँडामा रेलिङ, गोलघर, खाजाघरलगायतका पूर्वाधार निर्माण गरिएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले मायालु डाँडामय बन्न पुगेको छ । म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको उक्त डाँडामा अहिले दिनहुँजसो सयौँको सङ््ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । स–साना बालबालिकादेखि पाका उमेरका मानिस त्यहाँ पुग्ने गरेका छन् । मायालु डाँडाको डिलबाट सुन्दर र आकर्षक देखिने बेनीबजारलाई पिठ्युँमा पारेर फोटो खिच्नेहरूको ओइरो नै लाग्ने गरको छ । त्यहाँबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयवासीले बताए । पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक मायालु डाँडामा परिणत भएपछि समूह–समूह बनाएर दैनिक युवापुस्ताको भिड लाग्ने गरेको छ । अन्य बेलासमेत त्यहाँ मानिसको उपस्थिति देखिन्छ भने बिदा र शनिबारको दिनमा त झनै भीडै लाग्ने गरेको छ । प्रायः कलेज पढ्ने उमेरका युवायुवती मायालु डाँडामा देखिन्छन् । प्रवासी म्याग्देलीलाई साझेदार बनाएर नयाँ अवधारणाअनुसार हाँडेभीर–बेनी जोड्ने म्याग्दी नदीको पुल नजिकैबाट पदमार्ग निर्माण थालिएको छ । पदमार्ग निर्माण भएपछि मायालु डाँडामा पुख्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या तीन गुणाले बढ्ने अपेक्षा गरिएको वडा नं २ का वडाध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर सरकारी निकाय, निजी क्षेत्र र प्रवासी म्याग्देलीको संयुक्त साझेदारीमा पर्यटन पूर्वाधार योजनाअन्तर्गत पदमार्ग निर्माण गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयोे । कूल रु ५७ लाख, आठ हजार, २६० लागत अनुमान गरिएको पदमार्ग निर्माणमा बेनी नगरपालिका, मोना र उद्योग वाणिज्य सङ्घले क्रमशः ५०, ४० र १० प्रतिशत लगानी गर्ने गरी यसअघि नै समझदारीपत्रमा हस्ताक्षरसमेत गरिसकिएको छ । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको मायालु डाँडाबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्र देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तका साथै बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्य अवलोकन गर्न सकिन्छ । केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने मायालु डाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीले माग गरेका छन् । त्यहाँ पुग्नका लागि पदमार्ग, रेष्टुराँ, भ्यूटावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउनेस्थलका रुपमा स्थापित गर्नसके पर्यटन व्यवसायसमेत फस्टाउने बताइन्छ । मायालु डाँडामा आव २०७३÷७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको लभ्लीहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ । कूल रु १२ लाखको लागतमा लभ्लीहिलमा गोलघर ९भ्यु प्वाइन्ट०, रेलिङ र बस्नका लागि आरामदायी बेन्चलगायत पूर्वाधारको निर्माणसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । साँघुरो बेनी बजारमा युवायुवती र वृद्धवृद्धाका लागि रमाउने र आराम गर्ने ठाउँको अभाव खड्किरहेको अवस्थामा मायालु डाँडामा भौतिक पूर्वाधार निर्माणसँगै उचित वातावरणको व्यवस्था गर्न सक्ने हो भने यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने स्थानीयवासी बताउँछन् । कृषि गाउँको रुपमा परिचित खबरा र प्राकृतिक दृश्यावलोकनका लागि अति उपयुक्त स्थान मायालु डाँडामा ‘भ्यालेन्टाइन डे’ का अवसरमा मात्रै होइन सधैँभरि पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले यहाँ हरित पार्क निर्माण गर्न लागिएको समितिका अध्यक्ष धु्रवराज कार्कीको भनाइ थियो । हरितपार्क निर्माणसँगै विभिन्न सभा र सम्मलेलनका लागि उपयुक्त हुने सभाहलसमेत बनाउने योजनाबमोजिम नगरपालिकासँग समन्वय भइरहेको र सहयोगी अन्य संस्थाको पनि खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । – रासस
Categorized in

भक्तपुरको हनुमन्ते सफाइ ५१औँ हप्ते अभियान

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १, बुधबार

देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता भव्यरूपमा मनाइने भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा यही फागुन ४ गते हुने हनुमन्ते सफाइ अभियानको ५१ औँ साताको कार्यक्रम भव्यरुपमा मनाइने भएको हो । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर र जाममुक्त भक्तपुर’ बनाउने लक्ष्यका साथ उहाँकै पहलमा सूर्यविनायक नगरपालिकाको संयोजकत्वमा शुरु भएको उक्त सफाइ अभियानले ५०औँ हप्ता पार गर्दा सरकारको विनालगानी देशकै नमूना सफाइ अभियानको रूपमा परिचित बन्न सफल भएको छ । नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद बस्नेतले १०० हप्ताको हनुमन्ते सफाइ अभियानले वाग्मतीको सहायक नदीको रुपमा बग्ने हनुमन्ते नदी सफाइ अभियानले अरनिको राजमार्गदेखि नगरपालिकाका वडावडामा समेत सफाइ अभियान सञ्चालन गर्न सफल भएको बताउनुभयो । यही फागुन ४ गते बिहान ७ बजे मध्यपुर अस्पतालको दक्षिणतर्फ रहेको मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाको सिमानास्थित हनुमन्ते नदीको पुलबाट सफाइ अभियान सञ्चालन गर्नुका साथै राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको नेतृत्वमा वाकाथुनसमेत हुने सांसद बस्नेतले जानकारी दिनुभयो । वाकाथुनसँगै भक्तपुरको सल्लाघारीमा नेपालको ठूलो झण्डा गाडेर झण्डोत्तोलनसमेत गरिने भएको छ । प्रत्येक साता सांसद बस्नेतदेखि प्रदेशसभा सदस्य शशीजङ्ग थापा, मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाका सबै जनप्रतिनिधिसहित सयौँ अभियन्ताले नियमित रूपमा हातहातमा कुचो समाएर सफाइ अभियानमा जुटेर नमूनाको रुपमा सफाइ अभियान सफल पार्दै आउनुभएको छ । हनुमन्ते सफाइ अभियानले नै अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँटोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको उक्त सफाइ अभियानका संयोजकसमेत रहनुभएका सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
Categorized in

चचा नृत्य विषयक छलफल

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १, बुधबार

नेपालमा बज्रयान बौद्धधर्मको प्रवद्र्धन गर्न युवापुस्ताले विशेष ध्यान दिनुपर्नेमा बौद्धविद्वानले व्यक्त गर्नुभएको छ । ‘बौद्ध दर्शन अध्ययन पुचःले आयोजना गरेको बौद्ध दर्शन’ विषयक छलफल कार्यक्रममा बौद्ध विद्वान गुरु यज्ञमानपति बज्राचार्यले नेपालको बज्रयान बौद्ध धर्ममा चचा नृत्यको विशेष स्थान रहेको बताउँदै यसको संरक्षणका लागि ध्यान जानुपर्ने औँल्याउनुभयो । कार्यक्रममा अमेरिकाको मेरिल्याण्डमा ११ वर्षदेखि बौद्ध धर्म तथा संस्कृतिको विकासका लागि योगदान गर्दै आउनुभएका गुरु यज्ञमान शाक्यले बज्रयान बौद्धधर्ममा प्रसिद्ध ‘महाँकाल’ नामक चचा नृत्य प्रस्तुत गर्नुभएको थियो । पैँतीस वर्षअघि चचा नृत्यको शिक्षा हासिल गर्नुभएका चचा गुरु शाक्यले नेवार समुदायमा हरेक पूजा तथा पर्वमा चचा नृत्य गरिने परम्परा रहेको बताउनुभयो । ३५ वर्षअघि चचा गुरु सप्तरत्न बज्राचार्यबाट चचा गीत तथा नृत्य नृत्य सिक्नुभएका शाक्यले चचा नृत्यमा गहन अध्ययन गरिरहनुभएको छ । दश वर्षदेखि स्विडेनमा बसोबास गर्दै आउनुभएका नृत्य गुरु सुदीप बज्राचार्यले बज्रसत्व तथा चचा नृत्य प्रस्तुत गर्नुभएको थियो । बज्रयान बौद्धधर्ममा चचा गीत तथा नृत्यको महत्व, नामसङ्गीतिको ध्यान, भावना तथा मन्त्रका विविध पक्षमा संस्कृत भाषाका विज्ञ प्रकाशमान श्रेष्ठ, सुदीप बज्राचार्य, बौद्धविद्वान यज्ञमानपति बज्राचार्य तथा आनन्दमुनि बज्राचार्यले प्रकाश पार्नुभयो ।
Categorized in

Pages