प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिए पछि प्रदेश नं २ मा एसइई परीक्षा स्थगित
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १४, बिहिबार
राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाअन्तर्गत आजको अनिवार्य विज्ञान विषयको परीक्षा प्रदेश नम्बर २ मा स्थगित गरेको छ । यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएकाले भन्दै बोर्डको आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले सूचना जारी गर्दै आज स्थगित भएको परीक्षा आगामी २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने पनि बोर्डले जनाएको छ । देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएको थियो ।
Categorized in
बेसहारा बने उज्ज्वल
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १२, मंगलबार
सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्री रोल्पाका सात वर्षीय उज्ज्वल पुन जन्म दिने बुबाआमाले छाडेर गएपछि बेसहारा भएका छन् । नाबालक अवस्थामै जन्म दिने बुबाआमाले छाडेर गएपछि उनी एक्लै दिन काटिरहेका छन् ।
दुई वर्ष पहिले घर छाडेका बुबा श्यामबहादुर पुन अहिलेसम्म घर फर्केका छैनन् । काठमाडौँ इँटाभट्टामा काम गर्ने उनले उतै अर्को विवाह गरेको थाहा पाएपछि उज्ज्वलकी आमा पनि गत साउनदेखि घर छाडेर गइन् । घर छाडेकी आमाले समेत अर्को विवाह गरिन् । घरबाट बाहिरिएका बुबाआमा दुवैले दोस्रो विवाह गरेपछि उज्ज्वल बेसहारा बनेका हुन् ।
चौध वर्षीय दाजु उत्तम पुनले ट्याक्टरको सहचालक भएर काम गर्दै आएका छन् । घरमा बस्ने बास र खाने अन्न नभएपछि दाजु उत्तम पनि ट्याक्टर साहुकै घरमा बस्न थाले । चार जनाको परिवार चारतिर गएपछि उज्ज्वल घरमा एक्लै भए । भत्किएको घरमा धेरै रात एक्लै काटेका उज्ज्वल त्यसपछि भने गाउँभर भौतारिँदै हिँड्न थाले । घरमा खानेकुरा नभएपछि माग्दै पेट पाल्न बाध्य भए । बाँच्नका लागि माग्दै खानुको विकल्प नभए पनि मगन्ते भन्दै कतिपय छिमेकीले हेला गर्न थाले ।
बुबाआमाको लापरवाहीले कष्टपूर्ण जीवन जिउँदै आएका नाबालक उज्ज्वलको बालअधिकारको रक्षार्थ गाँस, बाससहित पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न जरुरी रहेको अधिकारकर्मी तीर्था आचार्यको भनाइ छ । उनले उज्ज्वलको भविष्यका लागि सबैको सहयोगको अपिल समेत गरेका छन् ।
Categorized in
साईकल ¥याली गर्दै ललितपुर कला महोत्सवको प्रचार
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ११, सोमबार
क्राफ्ट सिटीको प्रचारात्मक अभियान स्वरुप शनिबार ललितपुरमा भएको बृहत साईकल
¥यालीको उद्घाटन कार्यवाहक प्रहरी महानिरीक्षक ठूले राईले गर्नुभएको छ ।
ललितपुर महानगरपालिका–१६ ले सो ¥यालीको आयोजना गरेको हो । प्रहरी अतिरिक्त
महानिरीक्षक समेत रहनुभएका राईले कला, संस्कृति, सम्पदा, इतिहासको संरक्षण गर्ने
उद्देश्यले हुन लागेको महोत्सवको सफलताको कामना गर्नुभयो।
ललितपुर कला, संस्कृतिको शहर रहेको उल्लेख गर्दै कार्यवाहक महानिरीक्षक राईले यहा“को
कला, संस्कृतिको संरक्षणसंगै शान्ति सुरक्षा, अपराध न्यूनीकरणमा समुदायको भूमिका
महत्वपूर्ण रहने धारणा राख्नुभयो ।
नेपाल प्रहरीले अघि सारेका समुदाय प्रहरी साझेदारी अभियानलाई प्रभावकारी बनाउन
सबैको साथ र सहयोग अपरिहार्य रहेको पनि कार्यवाहक महानिरीक्षक राईको विचार रहेको छ ।
सो अवसरमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले हस्तकला नगरीको
घोषणालाई औचित्य सिद्ध गर्ने पाईलाको रुपमा महोत्सव गर्न लागेका बताउनुभयो ।
वडाअध्यक्ष शाक्यले ललितपुरको संस्कृति, सभ्यता, कलाको संरक्षण गर्नुपर्ने दायित्वबोध गर्दै
अन्य सरोकारवाला निकायलाई घचघच्याउने पनि महोत्सवको मुख्य उद्देश्य रहेको जानकारी
दिनुभयो ।
उहा“ले महोत्सवको सफलताको लागि नेपाल प्रहरीको भूमिकाको खा“चो औल्याउ“दै
महोत्सवलाई मर्यादित , शान्तिपूर्ण बनाउन प्रहरी प्रशासनसंग समन्वय गरेर अघि बढ्ने
प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पाटन दरबार क्षेत्रबाट शुरु भएको सो ¥याली सौगल, सुन्धारा, ओकुबहाल, टंगल, इखालखु,
गाबहाल हु“दै ठमेल पुगेको थियो । ठेमलबाट काठमाडौ र ललितपुरका विभिन्न भागको
परिक्रमा गर्दै पुनः पाटन दरबार क्ष्ँेत्रमा आएर समापन भएको थियो ।¥यालीमा सशस्त्र
प्रहरीका पूर्व महानिरीक्ष्ँक सिंहबहादुर श्रेष्ठ लगायत करिब ३ सय जनाको सहभागिता रहेको
थियो ।
महोत्सवको तयारी अन्तिमचरणमा
यही चैत्र १३ गते ललितपुरमा हुने बृहत कला र सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा
पुगेको छ ।
वल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा भएको अवसरमा
ललितपुर महानगरपालिका– १६ ले बृहत कला तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको हो
हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव भन्ने मूल नाराका साथ सो महोत्सव पा“च
दिनसम्म चल्ने छ । महोत्सवको प्रर्वद्धकमा नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघ,
ललितपुर उद्योग वाणिज्य रहेका छन् ।१६ वडाभित्रका टोलहरुलाई महोत्सवको सह आयोजकको
रुपमा राखिएको छ ।
हस्तकला महोत्सव मूल समारोह समितिका महाससचिव सगुण धाख्वाका अनुसार नागबहाल टोल सुधार
समितिको सहआयोजना र वसुवर्ण बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा नागबहालमा
धातुकला, मूर्तिकलाको करिब २५ वटा स्टल रहने छन् । नेवारी खाजा र अन्य खाद्य परिकारको
गरी पा“च वटा स्टल रहने छन् ।त्यसैगरी इलाननीमा कलाकारहरुले धातुका मूर्तिमा बुट्टा
कु“दिरहेको जीवन्त प्रदर्शनी हुने छ ।
त्यस्तै नकबहीलस्थिल लोकाकिर्ति महाविहारमा चीनपछिको दोस्रो लिपिको रुपमा रहेको रञ्जना
लिपि लेखन विधिबारे प्रदर्शनी हुने बताइएको छ।नकबहील टोल सुधार समितिको
सहआयोजनामा सो बहीलमा महोत्सव अवधिभर गेडागुडीको मण्डला प्रदर्शनी हुने छ।हरेक
वर्ष मंसिर पूर्णिमा सकिमना (पून्हि) का दिन नेवार समुदायमा हलिमली ब्वयेगु भनि
गेडागुडीको मण्डला, देवीदेवताको आकृति बनाउने परम्परा रहेको छ । सो परम्पराको
प्रतिकको रुपमा सो महाविहारमा प्रदर्शनी हुन लागेको हो । त्यस्तै सो महाविहारमा हरेक वर्ष
दशैंको अवसरमा हुने अष्टमातृका नाचको झझल्को दिने गरी देवीदेवताको मुखाकृतिको
प्रदर्शनी गरिने छ। महाविहारसंगैको नकबहीलमा सांस्कृतिक प्रदर्शनी हुने छ। नकबहीलमा
फल्चामा (पाटीमा) मच्छिन्द्रनाथ बनाउने विधिको जीवन्त प्रदर्शनी हुने छ ।
त्यसैगरी भाष्करदेव संस्कारित लोकाकिर्ति महाविहार न्याखाचोकमा बज्राचार्य पुजाविधिको
सहयोगमा मानिस जन्मदेखि नमरुञ्जेलसम्म गर्नुपर्ने दशकर्म संस्कारमा र विभिन्न पुजाविधिमा
प्रयोग गरिने सामग्रीको प्रदर्शनी हुने छ ।त्यस्तै स्वठ टोल सुधार समिति सहआयोजनामा
नेवारी परम्परागत भेषभुषा प्रदर्शनी, सांस्कृतिक नृत्य एवं सांगितिक कार्यक्रम हुने छ
।धातुका मूर्तिकला, मूर्ति बनाउने प्रक्रियाको जीवन्त प्रदर्शनी गरिने छ । त्यसैगरी
स्थानीय टंगल, तिच्छुगल्लीमा तामाका भा“डाकु“डा र कायगुननीमा विभिन्न पर्वको बोध
गराउने सामग्रीको प्रदर्शनी गरिने छ ।
पिम्बहालस्थित ऐतिहासिक जगमदु पखु“मा (पोखरी) मा बोटिङ्ग , चिलच्वों स्तुपा वरिपरि राष्ट्रिय
र अन्र्तराष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पु¥याएका नेवार समुदायका व्यक्तित्वको चित्र
प्रदर्शनी गरिने बताइएको छ ।महोत्सव अवधिभर वडाका परम्परागत धिमे बाजा, धां बाजा,
नाय्खी बाजा, नौ बाजा मृडंङ्ग भजन, लाखे नाच लगायत विभिन्न सांस्कृतिक झाक्रीहरु
प्रदर्शनी गरिने छ ।त्यसैगरी क्राफ्ट सिटी, संस्कृति संरक्षण, पर्यटक प्रर्वद्धन बारे
अन्र्तक्रिया, डबली बहस हुने बताइएको छ ।हरेक दिन स्थानीय ब्राण्डहरुको सांस्कृतिक
प्रस्तुती हुने छ ।
Categorized in
ऋण तिर्न नसक्दा वादी बिचल्लीमा
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ८, शुक्रबार
पढाइ, घर खर्च र विवाह गर्दा जयपृथ्वी नगरपालिका–१० चैनपुरका सुरेन्द्र वादीले स्थानीय लक्ष्मी सुनारबाट १० वर्ष अगाडि लिएको रु ३० हजार ऋण तिर्न नसक्दा साहुले घरमा ताला लगाइदिएपछि अहिले उनी अरुको घरमा बस्न बाध्य भएका छन् । साँवाब्याज जोडेर उनले रु ७३ हजार साहुलाई तिर्न बाँकी छ ।
ऋण तिर्न नसकेर साहुले घरमा ताला लगाइदिएपछि आफूहरु अर्काको घरमा बस्न बाध्य भएको सुरेन्द्रका भाई कमल वादीले बताउनुभयो ।
सुरेन्द्रको घरमा जस्तै अरुको घरमा ताला लगाएको त छैन तर ऋण नतिरे घरमा ताला लगाइदिन्छु भनेर साहुले भन्ने गरेको वादीहरु बताउँछन् ।
हरिना वादी र पुनी वादीले पनि भुजीदेवी सुनारबाट क्रमशः रु २० हजार र रु २२ हजार ऋण लिएका छन् । ऋण तिर्न नसक्दा साहु सुनारले घरमा ताला लगाइदिन्छु भन्दै दिनहुँ मानसिक तनाव दिने गरेको हरिना वादीले बताइन् ।
त्यस्तै बम्म वादीले साहु लक्ष्मी सुनारलाई रु एक लाख र जुनतारा वादीले साहु भुजीदेवी सुनारलाई रु ९३ हजार ऋण तिर्न बाँकी छ । गाउँघरमा मजदूरी गरेर र मागेर छाक टार्ने वादी समुदायले घरको आवश्यकता टार्न साहुबाट लिएको ऋण तिर्न नसक्दा अहिले उनीहरुलाई आफ्नै घरमा बस्नबाट वञ्चित हुनुपर्ने अवस्था छ ।
तेह्र वादी परिवारको बसोबास रहेको चैनपुरमा स्थानीय छ जना सुनार साहुबाट उनीहरुले लिएको ऋण करिब रु सात लाख ७० हजार पुगेको बताइन्छ ।
नेपाल सरकारले जनता आवास कार्यक्रममार्फत वादीका घर निर्माण गरिदिएपछि साहुहरुले अहिले ऋण असुलउपर गर्ने कार्यमा तदारुकता देखाएको छ । ‘या त लिएको ऋण तिर, नत्र तिम्रो नयाँ घरमा ताला लगाइदिने धम्की दिन थालेपछि वादी समुदायको चिन्ता थपिएको हो ।
जग्गाधनी लालपूर्जा र नागरिकता प्रमाणपत्र धरौटीमा राखेर साहुले ब्याजमा उनीहरुलाई ऋण दिएका छन् । “हामीजस्ता गरीब र विपन्न वादी समुदायले कहिल्यै उन्मुक्ति नपाउनुका पछाडि सुनार जातका साहु पनि हुन्”, चैनपुरकी पुनी वादीले भनिन्, “हामीलाई दुःख अप्ठ्यारो पर्दा साहु सुनारले ऋण दिएको ठीक हो तर ब्याज बढाउँदै जाँदा धेरै ऋण तिर्नुपर्ने अवस्था आएको हुँदा समस्या बढेको छ ।”
वादीहरुका अनुसार रु १० देखि १५ हजारसम्म ऋण लिएका हाँै तर साहुहरुले ब्याज थपेर बढी रकम बनाएको बताउँछन् । सुनार जातिको अगाडि डरले केही भन्न बोल्न नसक्ने तथा साहुले जबर्जस्तीले तमसुकमा ल्याप्चे लगाउने गरेको उनीहरु बताउँछन् । ऋण दिदाँ साहु सुनारले अधिवक्ताबाट कागज बनाएर तमसुक पक्का गर्ने गरिन्छ । वादीहरुको तमसुक कागजबमोजिम लक्ष्मी सुनारलाई चार लाख ४५ हजार तिर्नु पर्ने देखिन्छ ।
यसका साथै भुजीदेवी सुनारको ९३ हजार ८००, सानु चित्रकारको ४६ हजार, नरेश चित्रकारको नौ हजार ५००, रामगिरी सुनारको चार हजार ६०० र राधिका सुनारको एक लाख ७१ हजार ५०० गरी कुल सात लाख ७० हजार वादीहरुले लिएको ऋण तिर्नुपर्ने लक्ष्मी सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “वादीले बिरामी हुँदा, विवाह गर्दा र अन्य चाडपर्वमा खर्च भनेर मागेको हो, समयमै नदिएपछि ब्याज बढ्दै गएको छ ।” यसरी ऋण लिनेमा टेक वादी, पदम वादी, राजु, धर्म, बम्म, सुरेन्द्र, राधा, गगन, जुनतारा, अम्मर, बिजुली र कित्थी वादी रहेका छन् ।
वादीको ऋण चुक्ता गर्न पहल गर्ने भनेर जनता आवास कार्यक्रम सञ्चालनका लागि साहुसँग धितोमा राखेको लालपूर्जा र नागरिकता मागेर वादीका घर निर्माणमा पहल गर्दै आएको जयपृथ्वी नगरपालिका– १० का वडाध्यक्ष दलबहादुर विष्टले बताउनुभयो । “घर त हामीले बनाइदियौँ तर वादीको ऋण चुक्ता गर्न समस्या भएकाले साहुहरुले नयाँ घरमा बस्न अवरोध गर्दै आएको छ”, उहाँले भन्नुभयो, “वादीका आठ परिवारका घर बनाएका छौँ अन्य पाँच परिवारको बाँकी छ तर उनीहरुको लालपूर्जा साहुको कब्जामा रहेकाले अंशबण्डा पनि भएको छैन ।” अध्यक्ष विष्टले साहुको ऋणको तमसुकको फोटोकपी गरेर ऋण असुलीका लागि सरोकारवाला निकायमा जानकारीसमेत गरेको बताउनुभयो ।
Categorized in
पानीको समस्या टार्दै इच्छाकामना
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ८, शुक्रबार
हिउँद लागेसँगै पानीका लागि मुहान खोज्दै भौंतारिनुपर्ने इच्छाकामनाको लेवाटार क्षेत्रका बासिन्दा यसवर्ष भने घरका धारामा नै पानी आउने भएपछि खुशी भएका छन् ।
चैतदेखि असारसम्म उनीहरु त्रिशूली किनारमा झरेर मूल खोज्दै हिँड्नु पर्दथ्यो तर जनप्रतिनिधि आएसँगै उनीहरुले यसवर्षको हिउँदमा पानीका लागि धाउन नपर्ने भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा त्रिशूली नदी किनारमा मुहानलाई संरक्षण गरेर १५ हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ ।
सोही ट्याङ्कीबाट करीब १५० मिटरमाथि पाइप बिच्छ्याएर १८ हजार लिटरको ट्याङ्कीमा पानी जम्मा गरिँदै आएको छ । लेवाटार केवलकार खानेपानी आयोजनाका अध्यक्ष लीलाबहादुर मगरका अनुसार सो ट्याङ्कीबाट लेवाटारको तल्लो भागमा राखिएको ७० हजार लिटरको ट्याङ्की र रमाइलो डाँडामाथिको २० हजार लिटरको ट्याङ्कीमा पानी जम्मा गर्ने गरिएको छ ।
तीनै दुई ट्याङ्कीबाट लेवाटार, केवलकार र बाबाधामका झण्डै ३०० परिवारलाई पानी वितरण गरिएको उहाँले बताउनुभयो । यस वर्षबाट हिउँदको सममया स्थानीयवासीलाई समस्या नहुने मगरले बताउनुभयो ।
इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले आफू अध्यक्ष भएलगत्तै त्यहाँका जनतालाई पानी पु¥याउन काम गरेको बताउनुभयो ।
गाउँपालिका, नेपाल ग्रामीण पुनःनिर्माण संस्था र स्थानीय जनसहभागिता गरी रु १८ लाख ६७ हजार ५५० मा आयोजना सम्पन्न गरिएको हो । यसअघि नै पानीको ट्याङ्की निर्माण भइसकेको थियो ।
पहिला देखिको खर्च हिसाब गर्दा करीब रु २७ लाख खर्च भएको अनुमान गरिएको छ । त्रिशूली किनारको पानी ट्याङ्कीभित्र १० हर्षपावरको मोटर जडान गरिएको छ । सो मोटरलाई सोलारबाट सञ्चालन गरिएको छ । पृथ्वी राजमार्ग क्षेत्र भएकाले त्यहाँ रहेका होटल पनि लिफ्ट गरेर पानी तानेसँगै लाभान्वित भएका छन् ।
इच्छाकामना गाउँपालिका–६ को ढुङ्गे र वडा नं– १ को ज्यानदालामा पनि यस्तै लिफ्टिङ खानेपानी योजनाको काम अघि बढाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाको सबै क्षेत्र पहाडी भएकाले पहिलो प्राथमिकता पानी भएकाले जनतालाई पानी खुवाउने काममा आफू लागिपरेको गुरुङ्ले बताउनुभयो ।
Categorized in
सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा योजना बुझाएर मात्र काम अघि बढाउन काठमाडौँ महानगरको आग्रह
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ७, बिहिबार
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा महानगरलाई योजना बुझाएर मात्र काम अघि बढाउन आग्रह गर्नुभएको छ ।
प्रमुख शाक्यले आज भएको छलफलमा सरोकारवाला कार्यालयका प्रमुखलाई भन्नुभयो, “सडक मर्मत, निर्माण र अन्य काम गर्दा शुरु कहिलेबाट गर्ने कहिलेसम्म उक्त काम सक्ने, दैनिक कामदार कति खटिनेजस्ता विषयमा विवरण बुझाउनुहोस् ।”
शाक्यले भन्नुभयो, “सडक सफा गर्न बु्रमर आयात गरिएको छ, अबको केही दिनमा सफा गर्ने कार्य शुरु हुन्छ, बिहान हिँड्दा केही सद्दे देखिएको सडक बेलुका फर्कंदा खाडल बनिसकेको हुन्छ । को आउँछ ? किन खाडल बनाउँछ ? केही थाहा हुँदैन, यो समस्याको समाधान नगरी महानगरले जति गरे पनि परिणाम देखाउन सक्दैन ।”
शहरी सेवा तथा सुविधा वितरणका काममा केन्द्रित छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले काम गर्दा नागरिक र अन्य साझेदारप्रति उत्तरदायी हुने संस्कारको खाँचो रहेको बताउनुभयो ।
बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पानी परेका बेला पनि पुतलीसडक, जमलजस्ता स्थानमा डुबानमा परेर सवारी आवागमन नै अवरुद्ध हुने गरेको तथ्य उल्लेख गर्दै कमजोर पूर्वाधार सुधारमा ध्यान जानुपर्ने खाँचो औंल्याउनुभयो ।
बैठकमा विद्युत् प्राधिकरण रत्नपार्क शाखाका प्रमुख थिरकुमार खत्रीले बिजुली पोल र तिनमा जेलिएका तारले पु¥याएको असरको भाग प्राधिकरणलाई मात्र नदिन आग्रह गर्नुभयो । प्राधिकरणभन्दा इन्टरनेट र केबुल सेवा प्रदायक निजी क्षेत्रले तारले समस्या पारेको उहाँको भनाइ थियो ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले पहिलो चरणको अधिकांश काम सकिएको जानकारी दिँदै दोस्रो चरणको काम गर्दा महानगरलाई जानकारी दिएर मात्र काम थाल्ने बताउनुभयो ।
Categorized in
देउडा संस्कृतिको संरक्षणमा जोेड
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ७, बिहिबार
कर्णाली देउडा समाज जुम्लाले माघ महीनाको १ गतेबाट जुम्ला सदरमुकाममा नियमित देउडा कार्यक्रम गर्दै आएको छ ।
नियमित देउडा कार्यक्रमअन्तर्गत जुम्लाको सदरमुकाममा आज पनि देउडा कार्यक्रम गरिएको हो । हराउँदै गएको देउडा संस्कृतिको संरक्षण गर्न र प्रचारप्रसारको लागि प्रत्येक महीनाको १ गतेका दिन देउडा कार्यक्रमको थालनी गरिएको हो । कर्णालीको मौलिक परम्पराका रुपमा रहेका देउडा गीतको संरक्षण र विकास गर्ने उद्देश्यले माघ महीनाको १ गतेबाट देउडा कार्यक्रमको आयोजना गरिएको कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
कर्णालीको देउडाको विकास गर्नको लागि प्रत्येक महीनाको १ गतेका दिन देउडा कार्यक्रमको शुरुआत गरिएको उहाँको भनाइ छ । नेपाली सेनाको खेल मैदानमा शुक्रबार भएको देउडा कार्यक्रममा नौ जना टिमको सहभागिता रहेको थियो ।
जसमा चार महिला र पाँच वटा पुरुष टिमको सहभागिता रहेको कर्णाली देउडा समाज जुम्लाका उपाध्यक्ष दुर्गा आचार्यले बताउनुभयो । हराउँदै गएको देउडाको संरक्षण र प्रवद्र्धन गर्नको लागि प्रत्येक महीनामा देउडा गीतको कार्यक्रम राखिएको कर्णाली देउडा समाज जुम्लाले जनाएको छ । स्थानीय पहिरनको महत्वसमेत घट्दै गएकाले यसको संस्थागत विकास गरी पुर्खाको अस्तित्व बचाइ राख्न खोजिएको अध्यक्ष धितालको भनाइ छ ।
विभिन्न उमेर समूहका महिला पुरुषले एकआपसमा परम्परागत देउडा गीत गाउने चलन जुम्लामा रहेको छ । हराउँदै गएको चलनलाई विकास गर्नको लागि देउडा प्रतियोगिताको आयोजना हुने गरेको अध्यक्ष धितालको भनाइ छ । कुनै बेला जुनसुकै शुभकार्यमा अनिवार्य गाइने कर्णालीको देउडा गीत पछिल्लो समय हराउँदै गएको धितालले बताउनुभयो ।
केही वर्षपहिले मौलिकतासँगै शुभअवसरमा रमाइलोका लागि गाइने देउडा गीत सुन्न अचेल देउडा कार्यक्रमको आयोजना नै गर्नुपर्ने आवश्कता देखिएको हो । देउडा गीतसँगै कर्णालीमा गाइने झोडा, चुटिकलो, मागल, चरन, रत्यौली गीतसमेत हिजोआज सुनिन छाडेका छन् ।
विभिन्न अवसरमा यहाँ आयोजना हुने मेला, महोत्सव, चाडपर्व, विवाह, व्रतबन्ध, पूजाआजा, रुद्रीकथामा गाइने एवं वाचन गरिने भिन्न प्रकृतिका गीत अहिले कर्णालीको लागि किंवदन्ती जस्तै बन्नथालेको बताइएको छ ।
बालोनाच, चोपाइ, ढाल भैलीजस्ता गीतहरु कमै मात्र सुनिने गरेको देउडा समाजका अध्यक्ष पुर्णप्रसाद धितालले बताउनुभयो ।
Categorized in
पारोमुक्त हुँदै भरतपुर
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ४, सोमबार
स्वस्थ शहरका रूपमा विकास हुँदै गएको भरतपुर महानगर पारो ९मर्करी० मुक्त महानगर हुने भएको छ । स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने पारो हटाउँदै लगेपछि महानगरलाई पारोमुक्त महानगर बनाउन लागिएको हो । विगत दुई वर्षदेखि पारोमुक्त बनाउन लागि परेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले भरतपुर पारोमुक्त घोषणा हुन मात्रै बाँकी रहेको जनाएको छ ।
संस्थाका कार्यकारी निर्देशक रामचरित्र साहले मानव स्वास्थ्यका लागि पारो घातक रसायन भएको बुझेसँगै अस्पतालमा यसको प्रयोग बन्द भएको बताउनुभयो । यसै साता औपचारिक कार्यक्रम गरी भरतपुरलाई पारोमुक्त स्वस्थ शहर घोषणा गर्न लागिएको छ ।
पारोका कारण स्नायु प्रणाली, प्रजनन, पाचन, श्वासप्रश्वास, मुटु, मिर्गौलामा असर गर्ने उहाँले बताउनुभयो । यससँगै अनिद्रा लाग्ने र यसको प्रभाव पुस्तौँसम्म पर्ने साहले बताउनुभयो । उहाँका अनुसार जिल्लाका अस्पतालमा पारोयुक्त थर्मोमिटर हटेर डिजिटल थर्मोमिटर, पारोयुक्त रक्तचाप नाप्ने ‘बिपी सेट’ हटेर ‘एनोरोयड बिपी सेट’ प्रयोगमा आएका छन् ।
दाँतको उपचारमा प्रयोग भएको पारो अमल्गमको सट्टामा पारोरहित कम्पोजिट, ग्लास, आइनोभर वा कम्पोभर प्रयोगमा आएको उहाँले बताउनुभयो । संस्था र नेपाल डेण्टल एशोसिएशनबीच पारोयुक्त उपकरण र सामग्री प्रयोग नगर्ने सहमति भई सोहीअनुसार देशभरका दन्त अस्पतालमा परिपत्रसमेत गरिसकिएको छ ।
अस्पतालबाहेक खेलौना, रङगरोगन, ब्याट्री, बल्बलगायतमा ठूलो मात्रामा पारो हुने गर्दछ । साहले सन् १९५७ मा जापानको मिनामातामा रसायन उत्पादन गर्ने उद्योगबाट निस्किएको पारोयुक्त फोहोर पानी समुद्रमा पठाउँदा माछा र सामुद्रिक जीवहरु निकै प्रभावित भएको बताउनुभयो । सोही समुद्रको माछा खाएका छ हजार मानिसमध्ये त्यतिबेला नै तीन हजारको मृत्यु भएको भन्दै अन्यको सन्तानमा समेत समस्या देखिएको उदाहरण साहले दिनुभयो ।
नेपालमा पनि संस्थाले गरेको सर्वेक्षणमा सहभागी सबैमा पारोको प्रभाव देखिएको छ । सो संस्थाले पारोले प्रभाव पार्ने मूर्तिमा सुनको जलप लगाउने ३०, बेगनास ताल र फेवा तालमा माछा मार्ने ४० र देशभरका ५० जना दन्त चिकित्सकमा पारोको प्रभाव परीक्षण गरेको थियो ।
Categorized in
चिकित्सक आएपछि खुशियाली छायो
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ४, सोमबार
कुनै समय एक चिकित्सकको भरमा चलेको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालले अहिले विशेषज्ञसहितको सेवा उपलब्ध गराउँदा जनाता खुशी भएका छन् । साविक धौलागिरि अञ्चलकै एकमात्र सुविधा सम्पन्न उक्त अस्पतालमा लामो समयपछि विशेषज्ञ चिकित्सक आएकाले जिल्लावासी खुशी भएका हुन् ।
हाल अस्पतालमा आधा दर्जन भन्दाबढी विशेषज्ञसहितका चिकित्सकले भएकाले बिरामीको सङ्ख्या पनि वृद्धि भएको छ । लामो समयदेखि ‘रेफर सेन्टर’का रुपमा चिनिएको उक्त अस्पतालमा सबैभन्दा बढी स्त्रीरोग विशेषज्ञका माग हुँदै आएको थियो । भौतिक पूर्वाधारको व्यवस्थापनका साथै विशेषज्ञ चिकित्सकका कारण उपचारमा सहज भएको डा सागरकुमार राजभण्डारीले बताउनुभयो ।
“अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक ल्याउन सबैको पहलले सम्भव भएको छ”, व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भन्नुभयो, “दुई दिनमै हाजिर भएर काजमा फकर्ने परिपाटी अन्त्य गर्दैछौँ”, विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवा तथा सुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए । सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको उक्त अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृतले सेवा प्रदान गरेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताउनुभयो । उक्त अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायत सुविधासमेत प्रदान गर्न थालिएको छ । अञ्चल अस्पतालमा विशेषगरी स्वास्थ्य बीमा प्रभावकारी भएसँगै बिरामीको चाप पनि बढेको छ ।
Categorized in
‘फेवाताल जोगाऔँ’
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ३, आइतबार
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखराको पर्यटनको विकासका लागि फेवातालको संरक्षण गर्न एकीकृत योजनाको खाँचो रहेको बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्शले आज पोखरामा आयोजना गरेको पोखराको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र नयाँ लगानीको विषयमा पर्यटन व्यवसायीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले पोखरा र आसपासका जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सामूहिक पहलको खाँचो औँल्याउनुभयो ।
“फेवाताल भएर नै पोखरा छ, फेवातालबाट कमाउने मात्रै निस्किए तर जोगाउनु पर्छ भन्ने भएनन्”, उहाँले भन्नुभयो “संरक्षणको नाममा पैसाको खोलो बग्यो तर नतीजामुखी हुन सकेन ।” व्यवसायमा विविधता ल्याएर उत्पादनलाई पर्यटनसँग जोड्नुपर्ने उहाँको भनाइ थियो । उहाँले लगानीमैत्रीे वातावरण बनाएर देशमा विदेशी पुँजी भित्र्याउन सकिने बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पोखराको पर्यटन पवद्र्धनमा सरकारको लगानी न्यून रहेको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । पर्यटकको साढे एक दिनको पोखरा बसाइँले पोखराको पर्यटन व्यवसायलाई धान्न मुस्किल परेको गुनासो गर्नुभयो । पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले पर्यटन व्यवसाय नै आर्थिक समृद्धिको बलियो आधार भएको भन्दै उठेका सवालहरुलाई लिपिवद्ध गरेर सम्बन्धित निकायसमक्ष पु¥याएर कार्यान्वयनका लागि पहल गरिने बताउनुभयो ।
Categorized in
Pages