यार्सागुम्बा बिक्री भएन
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १४, मंगलबार
–नरेन्द्रसिह कार्की
दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन ।
व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बामध्ये दुई क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन् । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् ।
स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न समस्या भएकोे छ । एकातिर यार्सागुम्बा सङ्कलकले व्यापारीबाट यार्साबापतको रुपैयाँ मागिरहेका छन् भने अर्कोतिर जिल्लाका व्यापारीले खरीद गरेको यार्सागुम्बा बिक्री गर्न नसक्दा समस्यामा परेको छ ।
यार्सागुम्बा व्यापारी तेजबहादुर बमले यो वर्ष खरीद गरेको झण्डै एक क्विन्टल यार्सागुम्बामध्ये आधा पनि बिक्री हुन नसकेको बताउनुभयो । “मैले झण्डै ९० किलोग्रामको हाराहारीमा यार्सागुम्बा खरीद गरे, तर हालसम्म ३०÷३५ किलोग्राम जति मात्रै बिक्री गर्न सकेको छु”, उहाँले भन्नुभयो ।
“गुणस्तर हेरेर प्रतिकिलो रु १७ लाखदेखि २४ लाखसम्मका दरले खरीद गरेको यार्सागुम्बा बिक्री नभएपछि हामी समस्यामा छाँै”, व्यापारी बमले भन्नुभयो, “काठमाडौँमा अहिले प्रतिकिलोग्राम रु १० लाखमा बिक्री हुन मुस्किल भइरहेको छ, विशेषगरी चीनका व्यापारीले निर्यात गर्ने यार्सागुम्बामा कम मूल्य भन्न थालेपछि बिक्री रोकिएको छ ।”
उहाँले भन्नुभयो, “यार्सागुम्बामा प्रतिकिलोग्राम रु सातदेखि आठ लाख घाटा छ । एकातिर स्थानीय सङ्कलकबाट उधारोमै यार्सागुम्बा सङ्कलन गरिएको छ । उनीहरुले पनि यार्साको रुपैयाँ माग्दैछन्, तर हामीहरुको यार्सा नै बिक्री भएको छैन ।” दार्चुलाबाट यार्सा खरीद गरी काठमाडौँ गएर फर्किएका अधिकांश व्यापारी यार्सागुम्बाको भाउ नमिलेको भन्दै निराश भएर फर्किएका छन् ।
व्यापारी सोभानसिंह ठगुन्नाले भन्नुभयो, “एक महीना काठमाडाँै बसेर यार्सागुम्बा बिक्री भएन । अहिलेको अवस्थामा जिल्लाका अधिकांश व्यापारीको घरजग्गा बिक्री हुने अवस्थामा पुगेका छ ।”
यार्सागुम्बा बिक्री भएको छैन । बैंकको ऋण, आफन्तबाट निकालेको ऋण तथा सङ्कलकलाई तिर्नुपर्ने रकम कसरी दिने भन्ने समस्या छ । साना ठूला सबै व्यापारी अहिले यार्सागुम्बा बिक्री नहुँदा समस्यामा छन् ।
व्यापारी ठगुन्नाले अहिलेकै अनुपातमा यार्सागुम्बा बिक्री गर्ने हो भने रु एक करोड घाटा हुँदैछ । अहिले यार्सागुम्बा काठमाडौँ पु¥याएर राखिएको छ । अधिकांश व्यापारीको भने अझै जिल्लामै यार्सागुम्बा थन्क्याएका छन् । व्यापारीका अनुसार झण्डै दुई क्वीन्टल यार्सागुम्बा जिल्लामै छ । आफूले यार्सागुम्बाको कारोवार गर्दा अहिलेको जस्तो अवस्था कहिल्यै भएको थिएन, उहाँले भन्नुभयो ।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी राजु घिमिरेका अनुसार हालसम्म जिल्लाबाट ५५५ किलोग्राम यार्सागुम्बा निकासी गरिएको छ । अझै व्यापारीले मूल्य नपाएको भन्दै यार्सागुम्बा बाहिर लिएका छैनन् ।
कार्यालयले यो वर्ष यार्सागुम्बा व्यवस्थापन ९सङ्कलन तथा ओसारपसार० निर्देशिका २०७३ अनुसार ८२० क्विन्टल यार्सागुम्बा निकासी गर्न सकिने उल्लेख छ । व्यापारीको मागअनुसार यार्सा निकासीको परिणाम बढाइएको हो ।
साउन भदौमा जिल्लाका सबै यार्सागुम्बा व्यापारीले खरीद गरेका थिए । चीनमा यार्सागुम्बा निर्यात गर्ने ठूला व्यापारीबाट लागत मूल्य पनि नपाएपछि यार्सागुम्बा त्यतिकै थन्किएको छ । यार्सागुम्बा बिक्री गर्न नसके सडेर जाने तथा किरा लाग्ने चिन्ता थपिएको छ, अर्का व्यापारी धनसिंह जागरीले भन्नुभयो । काठमाडाँैमा यार्सागुम्बा बिक्री नभएपछि व्यापारीले यार्सा सङ्कलन गर्नेको रकमसमेत भुक्तानी गर्न सकेका छैनन् ।
दुहुँका यार्सागुम्बा सङ्कलक करवीरसिंह कुँवर व्यापारीले लिएको यार्सागुम्बाको रकम हालसम्म नदिएको बतउनुहुन्छ । उहाँले भन्नुभयो, “कतिपय व्यापारीले नगद दिएर यार्सागुम्बा खरीद गरेका थिए, कतिले काठमाडौँमा बिक्री भएपछि दिन्छु भनेर लिएका हुन् तर अझै पैसा पाइएको छैन । व्यापारीले रकम नदिँदा उधारो खाएको सामानको ऋण तिर्न सकिएको छैन ।”
दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतका रुपमा यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लीङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।
हरेक वर्ष जिल्लाबाट छदेखि आठ क्विन्टल बढी यार्सागुम्बा निकासी हुने गरेको छ । कार्यालयले यो वर्ष यार्सागुम्बाको छोडपुर्जी निकासीबापत रु एक करोड ६३ लाख ५० हजार राजश्व सङ्कलन गरेको छ । (रासस )
Categorized in
देवघाटनमा शिवको मूर्ति बनाउन पशुपतिमा धातु सङ्कल
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १४, मंगलबार
चितवन, तनहुँ र नवलपरासीको सङ्गम त्रिवेणीस्थित मुख्य तीर्थस्थल देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुको ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलन गरिने भएको छ ।
आठ प्रकारका धातु सङ्कलनका लागि आगामी वैशाख १ देखि १० गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हङ्समण्डपमा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आयोजना गर्न लागिएको हो ।
दाङ, चितवनलगायत विभिन्न क्षेत्रमा तीन महायज्ञ र दुई बोलबम कार्यक्रम सम्पन गरेको देवघाटधाम संरक्षण प्रतिष्ठानले धातु सङ्कलनका लागि काठमाडौँमा महायज्ञ आयोजना गर्ने तयारी अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पण्डित ईश्वरकृष्ण महाराजको सङ्कल्पमा पशुपतिमा हुन लागेको महायज्ञबाट करीब रु पाँच करोड बराबरको धातु सङ्कलन गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ । महायज्ञमा तीन करोडको बेलपत्र चढाउने कार्यक्रमसमेत रहेको जनाइएको छ । अष्टधातुको शिव मूर्ति निर्माणले धार्मिक पर्यटनको विकाससँगै राष्ट्रको समृद्धिमा सहयोग पुग्ने भएकाले महायज्ञमार्फत धातु सङ्कलन गर्न लागिएको बताउँदै उहाँले भन्नुभयो, “यहाँ बेलपत्र बोकेर आउनुहोस्, घरमा रहेका धातुका भाँडाकुँडा बोकेर आउनुहोस्, पैसा बोक्नु पर्दैन ।”
चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेश, काँच र शिशाबाट शिवको मूर्ति निर्माण हुँदैछ । विगत तीन वर्षदेखि शुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ७० क्विन्टल धातु र रु ३२ लाख सङ्कलन भइसकेको छ । झण्डै रु आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमीनमुनी पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्रामगृह, पार्क निर्माण गरिने भएको छ । अहिले माटोबाट नमूना मूर्ति तयार भइसकेको आयोजकले जनाएको छ । रु एक लाख दान गर्नेलाई संस्थापक सदस्य र रु पाँच लाख दान गर्नेलाई संस्थापक सदस्यका साथै संरक्षणक बनाइने आयोजकको भनाइ छ ।
सरकारबाट रु ५० लाख सहयोग भए पनि आर्थिकसँगै धातुको अभाव भएकाले विभन्न ठाउँमा महायज्ञ लगाएर धातुका सामान जोहो गर्न लागिएको प्रतिष्ठनका महासचिव मदनराज मिश्रले जानकारी दिनुभयो । पवित्र तीर्थस्थल देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउन धातुबाट निर्मित शिवको मूर्तिले थप टेवा दिने विश्वास आयोजकको छ ।
पाण्डेको संयोजकत्वमा मूल समिति निर्माण
काठमाडौँमा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ सञ्चालनका लागि पर्यटन व्यवसायी केशव पाण्डेको संयोजकत्वमा १५ सदस्यीय मूल समारोह समिति गठन गरेर तयारी थालिएको छ । समितिको सहसंयोजकमा अजिता पन्त, सावित्री पाठक र भगवती बस्नेतलाई चयन गरिएको छ ।
यस्तै सचिवमा युवकराज पराजुली, सहसचिवमा ईश्वर पाण्डे र विजया भट्ट, कोषाध्यक्षमा भीमप्रसाद घिमिरे, सहकोषाध्यक्षमा रमेश सिलवाललाई चयन गरिएको संयोजक पाण्डेले जानकारी दिनुभयो । धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रम सफल बनाउन काठमाडौँवासीको महत्वपूर्ण भूमिका रहने भएकाले सबैको सहभागिताको अपेक्षा गरिएको उहाँको भनाइ थियो ।
व्यवसायी शङ्कर शैंजु, राजन सिंखडालगायतले अन्य मुलुकका धार्मिक क्षेत्रमा लाखौँ पर्यटक जाने गरे पनि नेपालको धार्मिक क्षेत्रमा भने सीमित पर्यटक मात्रै पुग्ने गरेको स्मरण गराउँदै धातुबाट शिवको मूर्ति बनेपछि तीर्थस्थल देवघाटको धार्मिक पर्यटनको विकासमा थप टेवा पुग्ने अपेक्षा राखिएको उल्लेख गर्नुभयो । (रासस)
Categorized in
सुदूर पहाडमा हिमपात
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १४, मंगलबार
मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ ।
बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोड्पे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो ।
बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका र बङ्गल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ । यस्तै दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु ,ब्यास, तिङ्कर लगायतका ठाउँमा हिमपात भएको छ ।
हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदूरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् ।
यो वर्ष मात्रै सुदूरपहाडमा पाँच पटक हिमपात भएको छ ।
Categorized in
हिमाली जिल्लामा हुम्लाको सिमकोटमा मौलिकता झल्काउँदै चैतलो पर्व
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १३, सोमबार
हिमाली जिल्लामा हुम्लाको सिमकोट गाउँपालिका–२ साविक ठेहे गाविसमा हरेक वर्षको फागुन १२ गतेदेखि लाग्ने चैतलो पर्व शुरु भएको छ । आइतबारदेखि शुरुभएको यो पर्व परावूर्व कालदेखि मनाउँदै आएको स्थानीयवासी कमल भण्डारीले बताउनुभयो ।
ठेहे गाउँ नजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो । चैतलो ९देउडा० खेलिरहेको समयमा एक महिलालाई भगाएर लगेपछि यो पर्व मनाउने चलन चलेको ६५ वर्षीय बलरुप बोहराले बताउनुभयो ।
परापूर्वकालमा फागुन १२ गतेकै दिन राक्षसले महिलालाई भगाएर लगेपछि त्यसलाई फकाएर महिलालाई फर्काउन पुरुषले चैतलो खेलिरहेकै समयमा फोहर कपडा लगाइ खरानी बोकेर छर्कदै जाने गर्दा राक्षस भुलिएको उहाँको भनाइ थियो । परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलालाई राक्षसले उठाएर लिने भएकाले यो पर्वमा माने नाच पनि गर्ने गरिन्छ ।
दुई दिनसम्म लाग्ने चैतलो पर्वमा विभिन्न किसिमका स्थानीय संस्कृतिका नृत्यसमेत गरिँदै आएको बोहोराले बताउनुभयो । यो पर्वको अन्तिम दिनमा महिलाको पुरानो गाडोले बनेको दौरा, लगाएर बोहरा भण्डारी दुई जातिले प्रतिष्पर्धाका रुपमा तरबार समातेर नाच देखाउने गरेको अर्का स्थानीयवासी शङ्कर रावले जानकारी दिनुभयो । गाउँ नजिकमा रहेको पाइक पर्ने स्थानमा महिलाले सिङ्गारिएका पहिरन लगाएर जुहारी खेल्ने गर्दछन् भने थोत्रा कपाडा लगाएका पुरुषले खरानीका पोका बनाएनर महिलाले गाइरहेको स्थानमा आएर स्थानमा आएर राक्षसलाई भुलाउन नाच देखाउने गर्छन् ।
उक्त पर्वमा काठका सामग्रीबाट बनाइएको घोडा चडेर नृत्य पनि गरिन्छ । एक दुई दिन पैदल हिँडेर पनि यो पर्वमा रमाइलो हेर्न महिला र पुरुषले पुराना धातुका गहना लगाएर ठेहेमा आउँछन् ।
ठेहे गाउँमा मात्र मनाइने दुर्लभ पर्व पछिल्लो समय लामा समुदाय, अन्य गाउँ बस्तीमा रहेका क्षेत्री समुदायले चाडपर्वका रुपमा मनाउने गरेका छन् । केही वर्ष यतादेखि आइतबारकै दिन जिल्ला सदरमुकाम सिमकोटमा पनि यो पर्र्व मनाउँदै आएइको छ । ( रासस )
Categorized in
राउटे समुदायलाई जागिर
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १२, आइतबार
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो ।
राउटे समुदायको संरक्षण गरी उनीहरुलाई काममा जिम्मेवारीबोध गराउने उद्देश्यले जागिर दिइएको हो । नियुक्तिपत्रअनुसार उनीहरुले प्रतिव्यक्ति मासिक रु एक हजार ५०० पाउने भएका छन् । नियुक्तिपत्र प्रदान गर्दै सोसेकका पूर्वअध्यक्ष सीता रानाले राउटे समुदायमा रहेका बालबालिकाको संरक्षणका साथै समुदायका महिला र बालबालिकाको संरक्षण गर्ने उद्देश्यले उनीहरुलाई नियुक्तिपत्र प्रदान गरिएको बताउनुभयो ।
नियुक्तिपत्र पाएका राउटेले अब समुदायभित्र बालक्लब तथा महिला समूह गठन गर्नुपर्ने हुन्छ । त्यसैगरी समुदायका लागि चाहिने काठको व्यवस्थापन गर्नका लागि सामुदायिक वनसँग समन्वय गर्नुपर्नेछ ।
त्यसैबीच राउटे समुदायका बालबालिकालाई पोषणको लागि सर्वोत्तम पिठो पनि प्रदान गरिएको छ । बालबालिकामा कुपोषणको समस्या देखिएकाले उनीहरुलाई सर्वोत्तम पिठो प्रदान गरिएको हो । सोसकले सञ्चालन गरेको राउटे परियोजनाअन्तर्गत अहिले राउटे समुदायको स्वास्थ्य जाँच गर्ने अहेवको व्यवस्था गरिएको छ । परियोजनाअनुसार उनीहरुको समस्याका बारेमा ध्यान दिइनुका साथै बालबालिकालाई पढाउने शिक्षकको पनि व्यवस्था गरिएको छ । सो समुदायकी शिक्षक दुर्गा खत्रीले यस समुदायमा उचित स्याहारको कमीका कारण नवजात शिशुको मृत्यु हुने गरेको बताउनुभयो ।
Categorized in
स्मार्ट’ बत्ती जडान गर्दै ललितपुर महानगरपालिकाका
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १२, आइतबार
ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो ।
चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो । कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्खो, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उहाँले बताउनुभयो ।
प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ । उहाँले भन्नुभयो, “अबको एक वर्षभित्रमा महानगरका मुख्य सडक सबैतिर बत्ती जडान भइसक्नेछ ।”
‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले बताएको छ । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रु र सवारी गएपछि बत्ती आफैँ निभ्नेछ ।”
महानगरपालिकाका अधिकांश सडकमा बत्ती नहुँदा सवारीचालक र यात्रु हैरान छन् भने रातका समयमा सडक दुर्घटना भइरहेको छ ।
Categorized in
नख्खुमा बम विष्फोट एकजनाको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ११, शनिबार
ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको छ ।
बम विष्फोटमा घाइते प्रतिक्षा खड्कालाई अल्का अस्पताल जावलाखेल, आयुषा मानन्धरलाई बिएण्डबी अस्पताल र सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पताल नख्खुमा उपचारका लागि लगिएको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले गम्भीर घाइते गुरुङको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Categorized in
सांसद वलीको अन्तिम दाहसंस्कार
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ११, शनिबार
दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सांसद ओलीको गत शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उहाँको दाङ दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो । सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं–५ का सभामुख पूर्णबहादुर घर्तीलगायतका नेता, कार्यकर्ताले नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा शोक मन्तव्य व्यक्त गर्नुहुँदै प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले वलीको निधनले प्रदेश सरकारलाई ठूलो क्षति भएको बताउनुभयो । उहाँले दाङको पश्चिम क्षेत्रको विकासका लागि खेलेको योग्दान महत्वपूर्ण रहेको भन्दै वलीको निधनले प्रदेशको विकासमा समेत नोक्सान पु¥याउने बताउनुभयो । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले वलीको निधनले प्रदेशसभालाई ठूलो क्षति पुगेको बताउनुभयो ।
गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद वली सवार कार र बस ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका वलीको काठमाडौँको मेडिसिटी अस्पतालमा लगिएको थियो । दुर्घटनामा परी टाउको, खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो । बुटवलबाट गृह जिल्ला दाङ आउँदै गरेको अवस्थामा घोराहीबाट लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नं को यात्रुबहाक बस र सांसद वली चढेको बा १८ च ६८३६ नं को कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
उहाँकी श्रीमती र दुई छोरा छन् । २०४१ सालमा जन्मिनु भएका सांसद वलीको ३४ वर्षको उमेरमा निधन भएको हो । उहाँको पार्थिव शरीरलाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलगायत मन्त्री तथा विभिन्न नेता तथा कार्यकर्ताले शुक्रबार केन्द्रीय कार्यालय काठमाडौँमा श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । शुक्रबार नै हेलिकप्टरमार्फत उहाँको पार्थिव शरीरलाई गृह जिल्ला दाङ ल्याइएको हो ।
Categorized in
दहचोकमा पृथ्वीनाराण शाहका सेनापति काजी कालु पाँडेको पूर्ण कदको सालिक
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ७, मंगलबार
– कृष्णराज गौतम
काठमाडौँ, ७ फागुन ९रासस० स् आधुनिक नेपालका निर्माता निर्माण गरिएको छ । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा रहेको पाँडेको समाधिस्थल नजीकै राखिने सालिक पुरातत्व विभागको सहयोगमा करीब रु १० लाखको लागतमा निर्माण गरिएको उक्त वडाका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यही फागुन ९ गते उक्त सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुहुनेछ ।
काठमाडौँको पश्चिममा अवस्थित दहचोक क्षेत्र धार्मिक तथा ऐतिहासिक महत्वको पुरातात्विकस्थलसमेत हो । कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका सेनापति पाँडेको इच्छाअनुसार शिर गोरखा देखिने गरी समाधि गरिएको इतिहास पाइन्छ । मुलुकको एकीकरणका क्रममा कीर्तिपुर र काठमाडौँ आक्रमण गर्दा सैनिक तथा हातहतियार राखिएको उक्त स्थानमा विभिन्न गढीका साथै कोतघर रहेको र गोरखास्थित मनकामनाको शक्ति प्रतिस्थापन गरिएको प्रतीकात्मक मनकामना मन्दिर स्थापना गरिएको छ ।
उक्त स्थलबाट उत्तर एवं पश्चिमतर्पmका अधिकांश हिमालहरु मनास्लु, लामटाङ, गणेश, अन्नपूर्णलगायत शिवपुरी, नागार्जुन, फुल्चोकी, चम्पादेवी, चन्द्रागिरि डाँडासमेत अवलोकन गर्न सकिन्छ । त्यसैगरी इन्द्र इन्द्रायणी एवं भष्मेश्वर महादेवको मन्दिर एवं दक्षिण पूर्वतर्फ रहेको बिन्ध्यवासिनी मन्दिर तथा स्विट्जरल्याण्ड पार्कले रौनकता थपेको छ । सरकारले मुलुकका पछिल्लो १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा यस क्षेत्रलाई सरकारले सूचीकृत गरेको छ ।
काठमाडौँको नैकाप डाँडादेखि इन्द्रदह हुँदै नागढुङ्गासम्मको विभिन्न पर्यटकीयस्थललाई एउटै प्याकेजमा व्यवस्थापन गरी स्थानीय पर्यटन विकासका योजनाका लागि गृहकार्य भइरहेको छ । उक्त योजनमा सरकारी तथा गैरसरकारी क्षेत्रको सहभागितामा पर्यटक पदमार्ग विश्रामस्थल, साइकल ट्र«ोल, घरबास, होटल, सेमिनार हल, पार्कहरुलगायत अत्यावश्यक पर्यटकीय पूर्वाधारको विकास गर्ने लक्ष्य राखिएको छ ।
समाधिस्थल नजीकै दृश्यावलोकनका लागि पाँचतले ‘भ्यू–टावर’को निर्माण कार्य भइरहेको छ । आगामी ५ वर्षभित्र यस क्षेत्रमा आन्तरिक तथा बाह्य पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यसबाट आन्तरिक एवं बाह्य पर्यटनलाई आकर्षित गरिनेछ ।
यस क्षेत्रको पूर्वाधार विकासका लागि चालू आवमा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको सिफारिशमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्पmत रु ५० लाख तथा चन्द्रागिरि नगरपालिका–१ को विनियोजित बजेट रु ८९ लाख विनियोजन गरिएको थियो ।
भौतिक संरचनाको विकास, कच्ची सडकको कालोपत्रका साथै स्तरोन्नतिका लागि नपुग केही रकम आगामी आवमा थप गरिने वडाले जनाएको छ । पर्याप्त पर्यटनको सम्भावना भएर पनि यस क्षेत्रको अपेक्षाकृत विकास हुन सकेको छैन । विसं २०७३ मा इन्द्रदह एकीकृत पर्यटन विकास समिति गठन गरिएको छ । दहचोक लगायतका स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतले यस क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक सुझाव तथा अनुभवको आदान–प्रदान गर्नुभएको छ ।
नेपाल भ्रमण सन् २०२० लाई लक्ष्य गरी यस क्षेत्रको पूर्वाधार तथा पर्यटकीयस्थलको विकास, संरक्षण गरिनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं नगरपालिकाको समन्वयमा गुरुयोजना तयार गर्ने कार्यसमेत भइरहेको बुझिएको छ । – रासस
Categorized in
‘क्राफट सिटीको घोषणाले हस्तकलाको नगरी बनेको होइनः सत्यमोहन जोशी
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ६, सोमबार
वरिष्ठ संस्कृतिविद् जोशीले आर्थिक समृद्धिका लागि कलाकारहरुको सिर्जनालाई कदर गर्दै हस्तकलाको विकासका लागि साँच्चीकै काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभएको छ ।
वल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं नगरी घोषणा गरेको सन्र्दभमा ललितपुर महानगरपालिका– १६ ले चैत्र १३ देखि १७ गतेसम्म गर्न लागिको हस्तकला र सांस्कृतिक महोत्सवको घोषणा सभामा उहा“ले सो कुरा बताउनुभएको हो ।
पाटन संग्रहालयमा आयोजित सो सभामा वरिष्ठ संस्कृतिविद् जोशीले भन्नुभयो ‘ऐतिहासिक कालदेखि ललितपुर हस्तकलाको शहर रहेको छ । त्यसैले घोेषणा भएर “मात्र ललितपुर हस्तकलाको शहर बनेको होइन । १२ औं शताब्दीका कलाकार अरनिको र महानतम कलाकारहरुको कलाकृतिले भरिएको शहर हो ।’घोषणालाई यहा“को कला, संस्कृति संरक्षण गर्ने अभियान वा अवसरका रुपमा लिनुपर्दछ ।’
अरनिकोको पालादेखि नै नेपाली कलाको विश्वमा ठूलो माग रहेको बताउ“दै भन्नुभयो ‘ कला, संस्कृति बचाउन सरकार, निजी क्षेत्र सबैले मिलेर काम गर्नुपर्दछ । समृद्धिको आधार नै कलाकारिताको कदर हो । कृतिको कदर हो । ’ वरिष्ठ संस्कृतिविद् जोशीले भन्नुभयो ।
सो अवसरमा वडाअध्यक्ष निर्मलरत्न शाक्यले घोषणाले ल्याएको अवसरको बढीभन्दा बढी सदुपयोग गर्ने दिशामा अघि बढ्नका लागि वडास्तरीय प्रयासका रुपमा महोत्सवलाई लिनुपर्ने बताउनुभयो ।‘ यस अर्थमा हस्तकला तथा सांस्कृतिक महोत्सव दीर्घकालीन लक्ष्यको एउटा प्रस्थान बिन्दु मात्र हो ।’ अध्यक्ष शाक्यले भन्नुभयो ।
हस्तकला महासंघलाई सम्मान
विश्वको ३५ औं कला नगरी घोषणा गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको नेपाल हस्तकला महासंघलाई सोही सभामा सम्मान गरियो ।
वडाअध्यक्ष निर्मलरत्न शाक्यले महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यलाई खादा ओढाई र वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले सो सम्मान पत्र प्रदान गर्नुभयो ।
सोही अवसरमा महासंघका निर्वतमान अध्यक्ष धर्मराज शाक्यलाई वल्ड क्राफ्ट काउन्सिलको एसिया प्यासिफिकको उपाध्यक्ष र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सदस्यमा सरकारले नियुक्ति गरेको पृष्ठभूमीमा हस्तकलाको विकासमा पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
महासंघको हालै सम्पन्न निर्वाचनमा नवनिर्वाचित पदाधिकारी, ललितपुर हस्तकला संघका अध्यक्ष विसरामसिं महर्जन सहित कार्यसमिति सदस्य, मयेर कप टेबुलटेनिस प्रतियोगिताका विजयी वडाका खेलाडीपनि सम्मान गरिएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले वल्ड काफ्ट काउन्सिले हस्तकलाको नगरीको घोषणा गरे अनुरुप ठोस काम गर्नुपर्नेमा जोड दिनुभयो । घोषणाले हस्तकला व्यवसायीहरुले भोग्नुपरिरहेको समस्या समाधान गर्दै घोषणाले ल्याएको अवसरलाई अधिकत्तम सदुपयोग गर्नुपर्ने पनि अध्यक्ष शाक्यले औल्याउनुभयो ।
अध्यक्ष शाक्यले घोषणा अनुरुप काम अघि बढाउन सहज हुने गरी वडाले चैत्र १३ देखि १७ गतेसम्म गर्न लागेको हस्तकला तथा सांस्कृतिक महोत्सवको सफलताको लागि महासंघको पूर्ण साथ, सहयोग समर्थन रहेको बताउनुभयो ।
सो अवसरमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य धर्मराज शाक्यले घोषणापछि ललितपुर भित्र रहेका ऐतिहासिक सम्पदा मूलतः मठ, मन्दिर, स्तुप, चैत्य विहार एवं सत्तलहरुको संरक्षण र सम्र्वद्धन गर्ने बाध्यात्मक अवस्था आएको छ। महानगरपालिका भित्र उत्पादन भएका हस्तकलाका वस्तुहरुको गुणस्तरीयता कायम गर्ने, कालिगढहरुको लागि तालिम वा प्रशिक्षण केन्द्र, बजार प्रर्वद्धन लगायत गतिविधि गर्ने सकिने अवसर रहेको बताउ“दै उहा“ले त्यसका लागि ठोस योजनाको खा“चो औल्याउनुभयो ।
ललितपुर हस्तकला संघका अध्यक्ष विसरामसिं महर्जनले घोषणामा रमाउने भन्दा पनि हस्तकला व्यवसायीलाई प्रवद्र्धन गर्न सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
राजनीतिक दलबाट प्रतिबद्धता
सो सभामा नेकपाका नेतृ एवं ललितपुर क्षेत्र – ३ का सांसद् पम्फा भुसाले काठमाडौं उपत्यकालाई सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा आफूले जोड दि“दै आएको जनाउ“दै वडाले गर्न लागेको महोत्सवले सो दिशामा अघि बढ्न सहयोग हुने बताउनुभयो । उहा“ले महोत्सव सफल बनाउन हर प्रकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेश नं ३ का सासंद् शोभा शाक्यले ललितपुरको कला, संस्कृतिलाई प्रर्वद्धन गर्न हुने लागेको महोत्सवले कला संस्कृतिको संरक्षणका लागि बृहत स्तरमा अघि बढ्न सबैलाई प्ररेणा दिने बताउनुभयो ।
नेकपा ललितपुरका प्रमुख हरिकृष्ण व्यञ्जनकार ललितपुर महानगरपालिका – २१ का वडाअध्यक्ष रवीन्द्र महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन लगायतले जिल्लाको आर्थिक समृद्धिको आधार नै कला, संस्कृति रहेको बताउ“दै त्यसको संरक्षणका लागि ठोस नीति, योजना र कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
हस्तकला व्यवसायीहरुको लागि हस्तकला प्रशिक्षण केन्द्र स्थापना गर्नुपर्ने पनि उहा“हरुको जोड रहेको छ । हस्तकलाको क्षेत्रमा महोत्सव समयको माग रहेको बताउदै उहा“हरुले त्यसमा यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Categorized in
Pages