STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

काठमाडौंको सार्वजनिक स्थानमा फोहोर फाले १५ हजार रुपैयाँसम्म जरिवाना

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १५, मंगलबार

काठमाडौं - काठमाडौं महानगरपालिले सार्वजनिक स्थानमा फोहोर नगर्न आग्रह गरेको छ । 

घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको महानगरपालिकाले एक सूचनमार्फत जनाएको छ । 

यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम पाँच हजारदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिवाना महानगरपालिकाले स्पष्ट पारेको छ । 

12.jpg

Categorized in

काठमाडौँ उपत्यकाका ३२ प्रतिशत सवारी प्रदूषित

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १५, मंगलबार

काठमाडौँ - काठमाडौँ उपत्यकाका सवारीसाधन प्रदूषण परीक्षण गर्दा झन्डै ३२ प्रतिशत प्रदूषित भेटिएका छन् । 

वातावरण विभागले ६ महिना गरेको सवारीसाधनको पदूषण परीक्षणमा ३१.८८ प्रतिशत सवारीमा प्रदूषित फेला परेका हुन् । विभागले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ४१४ वटा सवारी जाँच गर्दा १३२ वटामा प्रदूषण फेल भएको जनाएको छ । 

जाँचका क्रममा फेल भेटिएका सवारीमा बस, स्कुल बस, सामान बोक्ने ट्रक लगायत रहेको विभागले जनाएको छ । 

Categorized in

काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १५, मंगलबार

काठमाडौँ - चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो ।

नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि–१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सो सेवाको सोमबार थालनी गरे । गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस सुरुआत गरिसकेका छन् । मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने ध्येयले विसं २०८० देखि नवलपरासीको गैँडाकोटबाट सो सेवा सुरु गरेको थियो भने यो कार्य सबै पालिकाबाट कार्यान्वयनमा आउने जनाएको छ । 

चन्द्रागिरि नगरपालिकाले सबै वडामा यही हप्तादेखि नागरिकताको अनलाइन सिफारिस सेवा प्रदान गर्ने जनाएको छ । नगरपालिकाबाट प्रदान गरिने  सेवालाई अनलाइनमार्फत प्रदान गर्ने नीतिअनुरुप हाल नक्सापास, राजस्व र पञ्जीकरण सेवा अनलाइनमार्फत भइरहेको छ ।

कार्यक्रममा नगरप्रमुख गिरीले नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको जानकारी दिँदै विद्युतीय हस्ताक्षर (डिजिटल सिक्नेचर) छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले नागरिकताको अनलाइन सिफारिस हुँदा नाम, थर, ठेगानालगायत अन्य  आवश्यक कुरा अशुद्ध हुने समस्या सकेसम्म अन्त्य हुने र सेवाग्राहीले बिनाझन्झट सेवा पाउने जनाउँदै नगरपालिकाका अन्य सेवालाई पनि अनलाइनमार्फत प्रदान गरिँदै लगिने बताए । नगर उपप्रमुख वसन्ती श्रेष्ठले प्रविधिमैत्री सेवाका लागि सेवाग्राही पनि प्रविधिमैत्री बन्नुपर्ने बताइन् ।

सहायक प्रमुख  जिल्ला अधिकारी काठमाडौँका मुक्तिराम रिजालले काठमाडौँ उपत्यकाभित्र पहिलोपटक चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरेकामा नगरपालिकालाई धन्यवाद दिँदै यो सेवा काठमाडौँका सबै पालिकामा कार्यान्वयमा ल्याइने जानकारी दिए । 

गृह मन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीका अनुसार नागरिकताको अनलाइन सिफारिस सेवाले नागरिकता प्राप्तिमा थप सहजता हुने छ । हाल वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि अनलाइन सिफारिस लिन सकिने छ । चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले नागरिकताको अनलाइन सिफारिस सेवाले सेवाग्राहीलाई नागरिकता प्राप्तिका लागि थप सहज बनाएको बताए । 

Categorized in

विप्लव नेकपाको ‘सी व्यापार केन्द्र’ बूढानीलकण्ठमा

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १४, सोमबार

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ ।

कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमबीच नेकपा महासचिव चन्द, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गरे ।

व्यापार केन्द्रको उद्घाटन गर्दै नेकपा महासचिव चन्दले उक्त व्यापारिक केन्द्रले मुलुकको आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले व्यापारिक केन्द्रको स्थापना कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएर नभई वर्तमान सामाजिक अवस्था र उद्यागी व्यवसायीहरूको सुझावको आधारमा भएको पनि बताए ।

‘यसका लागि केवल हामीलाई कम्युनिष्ट आन्दोलनले मा हामीलाई प्रेरित गरेको होइन । हामी कम्युनिष्ट भएको हुनाले काम गरौं भन्ने लागेको मात्र होइन । हाम्रो देशको अर्थतन्त्र र उद्योगी व्यवसायीहरूको सुझाव तथा गाउँघरमा देखिरहेको बाझोपन देखेर यो व्यापार केन्द्र स्थापना गरिएको हो । हामीले हाम्रा अग्रजहरूको समेत सुझावको आधारमा यो एउटा उपयुक्त माध्यम हुन सक्छ भन्ने लागेको हो,’ उनले भने । सी व्यापारिक केन्द्रमा कृषिजन्य वस्तुको उत्पादन र वितरण गरिने बताइएको छ ।

Categorized in

सडक पेटीमा फोहोर गर्ने मोटरसाइकल वर्कसपलाई १० हजार जरिबाना

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १४, सोमबार

 काठमाडौं - काठमाडौं महानगरपालिकाले सडक पेटी फोहोर गर्ने एक मोटरसाइकल वर्कसपलाई १० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

काठमाडौं महानगरपालिका-१ स्थित न्यू स्टार मोटरसाइकल वर्कसपलाई जरिबाना गरिएको महानगर प्रहरीले जनाएको छ ।

वर्कसपले सडक पेटीमा फोहोरमैला गरेको, पैदलयात्रुलाई हिँड्न असहज बनाएको पाइएपछि जरिबाना गरिएको महानगर प्रहरीको भनाइ छ ।

Categorized in

कामपामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १३, आइतबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यसवर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ ।

कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् ।

त्यसैगरी विद्युतबाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन् । जोशीका अनुसार सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेको हो । यस्ता घटनामा कमी ल्याउन कामपाले पुराना रूख व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए ।

गत आर्थिक वर्षभरमा विभिन्न प्रकारका गरी चार सय ३१ विपद्का मात्र घटना घटेका थिए । यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ ।  

त्यसैगरी जीर्ण खाना पकाउने ग्यास सिडिण्डरको प्रयोग, ग्यास पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा र वार्षिक रूपमा नफेर्दा आगोजन्य विपद्का घटनामा कमी आउन नसकेको उपरीक्षक जोशीको भनाइ छ । विपद्का घटना बढ्न थालेपछि कामपाले यसको नियन्त्रणका कृतिम अभ्यास र सर्वसाधारणको लागि जनचेतनाका कार्यक्रमसमेत गर्न थालेको छ । कृतिम अभ्यासअन्तर्गत सुरक्षित तबरबाट आगो कसरी निभाउने, सडक दुर्घटना भएको समयमा घाइतेलाई तत्काल अस्पतालसम्म कसरी लैजाने जस्ता विषयमा जानकारी गराइरहेको छ । 

कामपाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ड्राइ राइजर जडानको काम तीव्र रूपमा अघि बढाएको छ । कामपाको वडा नम्बर ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ ड्राइ राइजर जडान भइसकेको छ भने अन्य वडाहरूमा आवश्यकताअनुसार उक्त प्रविधि जडान भइरहेको छ । 

Categorized in

महानगर यातायातले थप्यो ४० नयाँ बस

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १०, बिहिबार

काठमाडौं - महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा सुरु गरेको हो। काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरू आजदेखि सञ्चालनमा ल्याएको हो।

नयाँ बसहरूरु थपिएसँगै महानगर यातायातका बसहरू ८९ पुगेको प्रालिले जनाएको छ।

सिप्रदी ट्रेडिङ्ग प्रालिले सोही कार्यक्रममा बसहरूको चाबी महानगर यातायात प्रालिलाई हस्तान्तरण गरेको हो। नयाँ बसहरू सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरूमा पनि सेवा बिस्तार गरेको महानगर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले बताए।

आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरूलाई सेवा प्रदान गर्न सुरु गरेको खतिवडाले बताए। साथै महानगर यातायात प्रालिले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी गराए।

उनले महानगरपालिकाले छिटै नै १० वटा विद्युतीय बसहरू समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए। एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरू सञ्चालन गर्ने तयारी रहेको उनको भनाई थियो।

Categorized in

जात्राका लागि गहना पोखरी सुकाइयो

Janjati Khabar – Janjati Khabar | २०८१ माघ ९, बुधबार

काठमाडौं - गहना खोज्ने जात्राका लागि काठमाडौँको गहना पोखरी सुकाइएको छ ।

हाँडीगाउँमा ‘तीसा मालिगु जात्रा’ अर्थात गहना खोज्ने जात्राका लागि पोखरी सुकाइएको हो ।

अहिले सुकाएको ठाउँमा पछि पानी भर्नेछ । हरेक वर्षे वैशाख ४ गते उक्त पोखरीमा गहना खोज्नका लागि टुँडाल देवी माईको जात्रा गरिन्छ । देवीलाई तीन पटक घुमाए पछि गहना खोज्न सुरु गरिन्छ ।

Categorized in

साँखु क्षेत्रका प्राचीन सम्पदाको प्रचारका लागि ‘शङ्खरापुर सक्व महोत्सव’

Janjati Khabar | २०८१ माघ ८, मंगलबार

काठमाडौँ, राजधानीको उत्तरपूर्वमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण शङ्खरापुर नगर क्षेत्रका सम्पदाको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिने भएको छ ।
 
शङ्खरापुर नगरपालिकाको आयोजनामा यही माघ १६ देखि १९ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना साँखुस्थित शालीनदीमा माधवनारायण मेला लाग्ने गर्छ । बर्तालुले माधवनारायणसहित श्रीस्वस्थानी परमेश्वरी देवीको पूजाआराधना गर्ने गर्छन् । यही मेलामा शालीनदी आउने लाखौँ धार्मिक पर्यटकलाई साँखु क्षेत्रको प्राचीन बस्ती र सम्पदाको अवलोकन गराउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।
 साँखु काठमाडौँ उपत्यकाकै सबैभन्दा प्राचीन बस्ती मानिन्छ । आजभन्दा तीन हजार तीन सय वर्षअघि राजा शङ्खदेवले शङ्ख आकारमा यो बस्ती बसालेको विश्वास गरिन्छ । साँखुको प्राचीन बस्तीमा आठ टोल, पाँचवटा ढोकासहितको बस्ती वास्तुसम्मत रुपमा राजा शङ्खदेवले निर्माण गरेको बताइन्छ । त्यही बस्तीको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको हो । करिब एक हजार घरको यो बस्तीको संस्कृति, वेशभूषा, पहिचान, मौलिकता झल्काउने गरी महोत्सव गरिनेछ ।
प्राचीन बस्तीको वस्तु तथा सेवा, कला, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको महोत्सव लाखौँले अवलोकन गर्ने अनुमान गरिएको छ । माघ १६ गते मौलिक झाँकीसहित नगर परिक्रमा गरी महोत्सव सुरुआतसहित उद्घाटन गरिनेछ । महोत्सवमा तीनवटा मञ्च बनाइने कार्यक्रम संयोजकसमेत रहनुभएका वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवका चारै दिन कलाकारले लोकदोहोरीलगायत सांस्कृतिक कार्यक्रम गर्नेछन् । महोत्सवमा साहित्यिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रदर्शनी, स्थानीय नेवारी खानाको प्रदर्शनी, आठवटै टोलमा मौलिक नेवारी खानाका कक्षसमेत राखिनेछ ।
महोत्सवमा हस्त, काष्ठ र प्रस्तरकलाका प्रदर्शनी गरिनेछ । साँखु क्षेत्रका परम्परागत सामग्रीसहितको कला प्रदर्शनी पनि गरिनेछ । माघ १७ गते विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । महोत्सवमा चीनको ल्हासा जाने प्राचीन पैदल मार्ग साँखुबाटै रहेकाले त्यससम्बन्धी प्रदर्शनी पनि गरिनेछ । साँखुको शिरमा रहेकी देवी बज्रयोगिनीको उत्पत्तिका विषयमा चित्रद्वारा जानकारीमूलक प्रदर्शनी पनि राखिने भएको छ ।
 महोत्सव सम्पन्न गर्न नगरप्रमुख रमेश नापितको संयोजकत्वमा सबै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरू सदस्य रहनेगरी २३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । नगर प्रवक्ता एवं ६ नं वडाका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा कार्यक्रम संयोजन समिति पनि गठन गरिएको छ ।

Categorized in

लोप हुँदै खोकनाका मौलिक नेवार घर

Janjati Khabar – Janjati Khabar | २०८१ माघ ८, मंगलबार

ललितपुर - ललितपुर महानगरपालिका–२१ खोकना ऐतिहासिक नेवाः बस्तीका रुपमा चिनिन्छ । शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ । ऐतिहासिक सम्पदा रुद्रायणी मन्दिरका कारण पनि खोकना परिचित छ ।  विसं २०४६ यता राजनीतिक परिवर्तनसँगै बस्तीमा नयाँपन आएको स्थानीय बताउँछन् । 

ललितपुर–२१ खोकनामा जम्मा एक हजार ४० घरधुरीमा परम्परागत मौलिक घर हाल छ मात्र बाँकी रहेको खोकनाका स्थानीय कृष्णभक्त महर्जनले बताए । मौलिकपन हाम्रो सम्पत्ति भएकाले आउने पुस्ताका लागि बचाउनुपर्ने उनको भनाइ छ । उनका अनुसार खोकनाको नेवा बस्ती आदिमकालदेखिको हो । विशेषगरी खोकनामा नेवार समुदायअन्तर्गत ज्यापू समुदायको बसोबास हुँदै आएको छ ।  

उनले भने, “हाल पनि खोकनाको रुद्रायणी मन्दिरको मूल पुजारी डङ्गोल र महर्जनमा हुने चलन छ, खोकनाका सबै स्थानीयले मौलिक संस्कृति बचाउन प्रयास गरिरहेका छौँ, नेवा परम्परा र संस्कृतिको संरक्षण गर्न ललितपुर महानगरपालिका र सरोकारवाला सबैको ध्यान जानुपर्ने जरुरी छ ।”

आफूले थाहा पाएअनुसार आफ्नो चार पुस्तादेखि रुद्रायणी मन्दिर र अन्य जात्राहरूमा बजाउने बाजाको संरक्षण गर्दै आएको रुद्रायणीदेवी मन्दिरको बाजा संरक्षण समितिका अध्यक्ष स्थानीय हरिराम डङ्गोलको भनाइ छ । उनले भने, “मौलिकता र संस्कृति बचाउनका लागि नेवारी संस्कृतिमा प्रयोग हुने बाजाको संरक्षण गर्दै आएका छौँ, बाजा संरक्षणका लागि ललितपुरका वडा र महानगरपालिकाले सहयोग गर्नुपर्ने हो ।”

नेवार संस्कृतिमा प्रयोग हुने बाजा संरक्षण गरिराखेको पुरानो मौलिक घर गत असोज १२ गतेको बाढीको समयमा भत्केको स्थानीय बताउँछन् । 

खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डङ्गोलको नेवा शैलीको मौलिक घर निकै जीर्ण अवस्थामा छ । मदनकृष्ण डङ्गोल र स्थानीयका अनुसार यो घरलाई नेपालको पहिलो बिजुलीबत्ती बलेको घरका रुपमा चिनिन्छ । नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् आयोजनाबाट प्रसारण लाइन जोडेर खोकनामा पहिलो पटक बत्ती बलेको इतिहास छ । 

खोकनाको मौलिकता बचाउनका लागि स्थानीय मदनकृष्णले व्यक्तिगत घरलाई खोकना सङ्ग्रहालयका रुपमा स्थापना गरेका थिए । विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको घर अहिले जीर्णोद्धारको पर्र्खाइमा रहेको छ । ललितपुर–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार मौलिकता बचाउनका लागि घरधनीको मञ्जुरीमा खोकना सङ्ग्रहालयका रुपमा रहेको मौलिक घरको जीर्णोद्धार गरी मौलिकता संरक्षण गरिनेछ ।

खोकनाको मौलिकता बचाउनका लागि चारवटा ऐतिहासिक मिलको पुनःनिर्माण गरेको वडाध्यक्ष महर्जनले बताए । उनका अनुसार दुई मिलको काम सकेको र अब दुई मिलको काम छिट्टै सम्पन्न हुनेछ । खोकनाको मौलिकता बचाउनका लागि पोखरी, पाटी ढुङ्गेधारा मन्दिरलगायत ऐतिहासिक संरचनाको पुनःनिर्माण गर्ने र ओझेलमा परेका सम्पदाको खोजी गर्ने गरेको उनको भनाइ छ । रासस

Categorized in

Pages